• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बजेट बेथिति : एकैदिन काटियो साढे ३३ अर्बको चेक

64x64
नेपाल लाइभ सोमबार, असार ३२, २०७५  ०९:१६
1140x725

काठमाडौं– आर्थिक वर्ष सकिन लाग्दा सरकारी बजेट खर्चमा चरम लापरबाही भएको छ। आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा आइतबार एकैदिन साढे ३३ अर्ब रुपैयाँको चेक काटिएको छ।
सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबार पुँजीगततर्फ मात्रै २७ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी भएको छ। यो चालु आर्थिक वर्ष (आव) २०७४/७५ का लागि विनियोजित बजेटको ८ प्रतिशतभन्दा बढी हो।

‘एकै दिन यति ठूलो रकम निकासा हुनु आर्थिक अनुशासन लगायत कुनै पनि दृष्टिकोणबाट सही हुन सक्दैन,’ संसद्को सार्वजनिक लेखा समितिका तत्कालीन सचिव सुदर्शन अर्याल भन्छन्।
आर्थिक वर्षको सुरुमा खर्च नगर्ने तर समय घर्किंदै गएपछि अन्तिम दिनहरूमा खर्च गर्ने वर्षौंदेखिको रोग हो।

महालेखा नियन्त्रक कार्यालयकै अनुसार आर्थिक वर्षको सुरुवाती महिना साउन, भदौ, असोजताका मासिक २ देखि ३ अर्ब रुपैयाँ मात्र खर्च भएको देखिन्छ। यसपछिका महिनामा खर्च केही बढे पनि ठूलो हिस्सा बजेट आर्थिक वर्षको अन्तिमतिर मात्रै हुन्छ।

बजेट खर्चको विगतका प्रवृत्ति हेर्दा असारमा मात्रै विनियोजित बजेटको ३५ देखि ५० प्रतिशतसम्म निकासा÷खर्च हुने गरेको छ। चालू आवकै तथ्याङ्क हेर्दा जेठसम्म करिब ६७ प्रतिशत मात्र खर्च भएको थियो। यसमा पुँजीगत खर्च ४८ प्रतिशत मात्र थियो।

छोटो अवधिमै अर्बौं रुपैयाँ बजेट खर्च गर्नुलाई कानुनले नै गलत मानेको छ। आर्थिक कार्यविधिसम्बन्धी व्यवस्थामा असारमा २० प्रतिशतभन्दा बढी रकम खर्च गर्न नपाउने व्यवस्था छ।

समितिका तत्कालीन सचिव अर्याल त असारमा २० प्रतिशत रकम खर्च हुनुलाई पनि आर्थिक अनुशासनका हिसावले गलत मान्छन्। ‘एकैपटक ठूलो रकम निकासा हुनुले दुरुपयोग बढाउँछ,’ उनी भन्छन्।

‘असारमा भुक्तानी भएको रकम असारमा मात्रै खर्च भएको भन्ने त होइन। तर, भुक्तानी दिन किन असार नै कुरिन्छ भन्ने विषय महत्वपूर्ण हो,’ अर्याल भन्छन्, ‘अनियमितताको नियत राखेर नै खर्च र निकासाका लागि असार र त्यसको पनि अन्तिम दिनहरू कुर्ने प्रवृत्ति छ। यो अनियमितताको सूचक हो।’

Ncell 2
Ncell 2
nimb
nimb

असारे विकास रोक्न ०७१ मा तत्कालीन संसदको सार्वजनिक लेखा समितिले चैत मसान्तभित्र ७० प्रतिशतसम्म खर्च गरिसक्न सरकारका नाममा निर्देशन दिएको थियो।

यस्तै, बजेट खर्चलाई प्रभावकारी बनाउनकै लागि साउन १ को साटो जेठ १५ मै बजेट ल्याउने संवैधानिक व्यवस्थासमेत गरिएको छ। 

चालू आवको बजेट ल्याउँदा बजेट आएको भोलिपल्टै १६ जेठमा अर्थ मन्त्रालयले बजेट कार्यान्वयन कार्यतालिकासहित सबै मन्त्रालय तथा निकायलाई बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको थियो।

खर्च नहुने परिपाटी न्यूनीकरण गर्न चालू आवमा केही सुधारका प्रयास थालियो। विनियोजित बजेट खर्च गर्न कार्यक्रम स्वीकृत गराउनुपर्ने, अख्तियारी चाहिने, पटक–पटक निकासा लिनुपर्ने जस्ता झन्झटिला प्रक्रिया अन्त्य गरियो। अहिले अर्थ मन्त्रालयमा रहेको मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) बाट प्राप्त हुने कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी बजेट निकासालाई सहज बनाइएको छ।

बजेट कार्यान्वयनका लागि सरकारले समयावधि तोकेरै काम अघि बढाउन निर्देशन समेत दिएको थियो।

विभागीय प्रमुख र आयोजना प्रमुखसँग साउन मसान्तभित्रै कार्यसम्पादन सम्झौता गरिसक्नेसम्मको व्यवस्था थियो। खरिद योजना, आयोजनाको विस्तृत डिजाइन, लागत अनुमान, बोलपत्र आह्वान, आवश्यक परेको खण्डमा साउनभित्रै कार्यविधि र निर्देशिका तर्जुमा तथा परिमार्जन गरिसक्ने नीतिगत व्यवस्था गरिएको थियो। भदौ मसान्तसम्म नियमावली तर्जुमा र संशोधन गर्नुपर्ने लगायतका कानुनी व्यवस्था गरिएको थियो। 

सरकारको यतिका प्रयासका बाबजुद बजेट खर्चमा सुधार आउन सकेको छैन।

सरकारले चालू आवमा १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। जसमा चालूतर्फ ८ खर्ब ३ अर्ब, पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो।

विनियोजित बजेटमध्ये असार ३१ सम्ममा करिब ८३ प्रतिशत मात्र खर्च भएको छ। जसमा चालूतर्फ ८६ प्रतिशत, पूँजीगततर्फ ७६ र वित्तीय व्यवस्थापनतर्फ ७७ प्रतिशत खर्च भएको छ।

प्रकाशित मिति: सोमबार, असार ३२, २०७५  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्