• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ भिडियो

समाजले तय गरेको नैतिकताको मापदण्डबाट अलग्गिएर हेर्न ‘चिसो मान्छे’की पुष्पाबाट सिकेँ : स्वस्तिमा खड्का [पात्रसंवाद]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २७, २०७९  २०:०८
1140x725

काठमाडौं– फिल्म ‘चिसो मान्छे’को पोष्टर सार्वजनिक भएदेखि नै यसकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का चर्चामा छिन्। फिल्ममा देखिएको उनको अवतारको धेरैले प्रशंसा गरेका छन्। सुदूरपश्चिमकी युवावयकी महिलाको भूमिकामा देखिएकी उनी फिल्ममा ‘हिरो’ हुन्। नेपाली फिल्महरूले सामान्यतया लडाइँ, विद्रोह र परिवर्तनको जिम्मेवारी पुरुषहरूको काँधमा बोकाइदिएका हुन्छन्। तर, ‘चिसो मान्छे’ले त्यसलाई चिर्ने प्रयास गरेको संकेत ट्रेलरबाट मिल्छ।

फिल्ममा गाडीको स्टेरिङ पुरुष पात्रको हातमा भए पनि सम्पूर्ण फिल्मको स्टेरिङ भने महिला पात्र अर्थात् स्वस्तिमासँग छ। सुदूरपश्चिमको वेषभूषा, भूगोल र भाषामा बनेको उक्त फिल्ममा स्वस्तिमाले गरेको मिहेनत ट्रेलरबाटै झल्किन्छ। स्वस्तिमाले बोल्ने फरक भाषा, पहिरन र फरक फिल्मका लागि पहिचान बनाएका निर्देशक दिपेन्द्र के खनालका कारण फिल्म प्रतिक्षित बनेको छ। असार ३ गते रिलिज तय गरिएको फिल्मको पात्रान्तरण र त्यसले गराएको महशुसीकरणका विषयमा उनीसँग डिबी खड्काले गरेको संवादः  

निकी छौ। गातकुशल ठीक छ। घरका हुन्याँ निका छन् (सञ्चै हुनुहन्छ, घरपरिवारमा पनि राम्रै छ)? 

निकिएइ (सञ्चै) छु। सबै निकाइ (सञ्चै) छन्। 

बाजुराली भाषा बोल्दा कसो लाग्याको छ?

शब्द फर्काउन त गाह्रो हुन्छ होला। रमाइलो भइरहेको छ। अलिअलि डर लागिरहेको छ।

सुदूरपश्चिमकी बैकिनी (महिला) बन्दा कस्तो महसुस हुँदो रहेछ। 

सुदूरपश्चिमकी बैकिनी हुँदा मैले धेरै कुरा सिक्न पाएँ। फिल्मको कलाकारका रूपमा मात्रै होइन, स्वस्तिमा खड्काका रूपमा पनि मैले धेरै जान्ने मौका पाएँ। फिल्मका लागि पुष्पा भएर बाँचिरहँदा धेरै सोचहरू परिवर्तन भए। मैले हेर्ने दृष्टिकोणमा परिवर्तन आयो। फराकिलो भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

पुष्पा फिल्मका लागि लेखकले तय गरेको नाम थिएन रे। स्क्रिप्टमा तपाईंको पात्रको नाम थिएन। फिल्म सुटिङअघि सुदूरपश्चिमको बाजुराको एउटा गाउँ पुग्दा प्राप्त गरेको नामलाई पात्रको नाममा रुपान्तरण गर्नुभयो रे!

फिल्ममा कसैले नाम लिएर बोलाउनु नपर्ने भएकाले कुनै नाम थिएन। तर, मेरा लागि त्यो पात्रको नाम चाहिएको थियो। मलाई थाहा हुनुपर्‍यो। बाजुराको जुन ठाउँ (जहाँ पुष्पाको गाउँ र घर भनेर) सुटिङ गरिएको छ। त्यहाँ पुग्दाखेरि एकजना आमाले परबाटै ‘ओहो हाम्बी पुष्पा काँबाटी आई (हाम्री पुष्पा कहाँबाट आइन्) भन्नुभयो। त्यसपछि मैले आफ्नो पात्रको नाम पुष्पा राखेँ र पुष्पाका रूपमा आफूलाई तयार गरेँ। 

त्यही नाम अहिलेसम्म बोकेर हिँडिएकोे छ?

असार ३ गतेपछि अझै धेरै बोकेर हिँडिन्छ। 

तपाईंले विभिन्न फिल्ममा फरक–फरक पात्रका रूपमा काम गरिसक्नुभयो। ‘चिसो मान्छे’को पुष्पाका रूपमा आफूलाई तयार गर्दा कति अप्ठ्यारो, कति सजिलो र कति रमाइलो भयो?

यस्तो फरक खालको काम गरिरहँदा धेरैले सोध्नुहुन्छ– कत्तिको गाह्रो भयो? प्रायलाई लाग्छ गाह्रो गरि नै सिकेको होला। तपाईंले गाह्रो, सजिलो कि रमाइलो भनेर सोध्नुभयो। पहिलोपटक रमाइलो जोडेर उत्तर आयो। म फिल्म निर्माण प्रक्रियामा असाध्यै रमाउँछु। 

मैले त्यसका लागि असाध्यै संघर्ष गरेकी थिएँ भन्दा धेरैलाई ‘गज्जब’ भन्ने लाग्दो रहेछ। म एउटा अनुभव सुनाउँछु– निम्फ (फिल्म फेस्टिभल) भइरहेको थियो। ‘बुलबुल’ पनि उक्त फेस्टिभलमा प्रतिष्पर्धा गरिरहेको थियो। फिल्म प्रदर्शनपछि बाहिर प्रश्नोत्तर कार्यक्रम थियो। त्यहाँ दर्शकका साथै निर्णायक पनि बस्नुहुन्छ।

एकजना दर्शकले त्यो बेला सोध्नुभएको थियो– यो पात्रका रूपमा प्रस्तुत हुँदा कत्तिको गाह्रो भयो? मेरो उत्तर थियो– गाह्रो भएन। किनभने मैले त्यो प्रक्रियामा रमाइलो गरेँ। एउटा कलाकारका रूपमा मैले गर्ने काम नै हो त्यो। मैले रमाइलो पनि गरिरहेकी छु र त्यसका लागि पैसा पनि प्राप्त भइरहेको छ। ‘बुलबुल’मा टेम्पो सिक्न जान वा फरक तरिकाले बोल्न वा ऊजस्तो देखिन गरिएका प्रक्रियामा म रमाइरहेकी थिएँ। 

यस्तो भन्दा पछि एकजना निर्णायकले नकारात्मक रूपमा लिनुभएछ।  हाम्रो निर्देशकलाई भन्नुभएको थियो रे– मलाई त गाह्रै लाग्दैन भन्ने एट्टिट्युड भयो। ‘चिसो मान्छे’मा पनि आफ्नो चरित्र निर्माण प्रक्रियामा म रमाएँ। गाह्रो र सजिलो केही महसुस भएन। 

फिल्म सुटिङअघि आफू बन्न लागेको पात्रलाई नजिकबाट महशुस गर्न बाजुरा पुग्नुभयो। फिल्म स्क्रिप्ट पढेर कल्पना गरेको पात्रसँग मिल्दोजुल्दो अवस्था देखियो वा एकदम फरक?

अहिले संसारका कुनै पनि कुरा जान्नका लागि एक क्लिकले काम गर्छ। भाषा, संस्कृति ठाउँगाउँ प्रायः देखिन्छन्। फरक यत्ति हो, अरुले जे देखायो, त्यही मात्रै देखिन्छ। आफू त्यहीँ पुग्दा अन्य कुरा पनि हेर्न र भोग्न पाइन्छ। उक्त स्क्रिप्ट पढ्दाखेरि नै मैले उसको बोली, हाउभाउ, स्वभावजस्ता कुराहरूको अनुमान गरेकी थिएँ। बाजुरा जानुअघि मैले त्यतातिरका विभिन्न विषयमा बनाइएका डकुमेन्ट्री हेरेकी थिएँ। भाषा काठमाडौंमा सिकेँ। तपाईं र शोभा दिदि (शोभा थापा)सँग सिकिरहेकी थिएँ। 

पहिल्यै यसबारे केही ज्ञान भएकाले हुनुपर्छ, धेरै परिवर्तन त पाइनँ । तर, उक्त चरित्रलाई निखार्नका लागि चाहिने स–साना कुरा त्यहाँ पुगेपछि महसुस हुन थाल्यो। जस्तोः कपालमा रङ खुइलिएको क्लिप लगाइरहेको देखेँ। दर्शकका लागि त्यसको अर्थ छैन होला तर मलाई उक्त चरित्र पूर्ण बनाउन त्यसको अर्थ थियो। त्यहाँ पुगेपछि मैले सोचेभन्दा फरक होइन, पात्रलाई अझै पूर्ण बनाउन सहज भयो। 

पात्रलाई पूर्ण बनाउन सबैभन्दा बढी दुःख केका लागि गरियो?

जुत्ता खोज्न धेरै मिहिनेत गरियो। त्यहाँ धेरै महिलाले प्रयोग गरिरहेको जुत्ता किन्न हामीले बजारभरि खोज्यौं। लकडाउनका कारण जुत्ता आइरहेको रहेनछ। अरु लगाउँदा पनि हुन्छ भनेर पनि भनिएको थियो। उताका महिलालाई मैले भेट्दा वा देख्दा त्यही जुत्तामा देखेर मेरो दिमागमा त्यही जुत्ता बसिसकेको थियो।

त्यसपछि हामी गाउँ गएर खोज्न थाल्यौं। एकजनाको घरमा दुईजोर जुत्ता पाइयो। एउटा नयाँ थियो, त्यो मलाई ठीक भएन। अगाडिको औंलामा प्वाल परिसकेको पुरानो जुत्ता मागेर ल्याइयो। सुटिङभरि त्यही जुत्ता प्रयोग भएको छ। 

प्रायः फिल्ममा आउनेहरू हिरोइन् बन्न आउँछन्। हिरोइनको अर्थ राम्री र चिटिक्क परेकी केटी। तपाईंको सुरुवाती फिल्म त्यस्तै पनि थिए। अहिले ‘चिसो मान्छे’को पुष्पा पात्रसम्म आइपुग्दा आफूलाई के बन्न आएकी के भएँ जस्तो लाग्दैन?

मलाई रहर यस्तैखालका फिल्ममा थियो। मैले पाँचवटा फिल्मपछि यस्तो खालको फिल्म पाएँ। ‘बुलबुल’बाट मैले फरक खालको भूमिकामा काम गर्न पाइरहेको छु। फिल्मलाइनमा पनि मजस्ताहरू त्यही खालको भूमिकाका लागि हुन् भन्ने रहेछ।  

अरुले हेर्दा म परिवर्तन भइरहेको देख्छन् होला तर म खाशमा अहिले जे गरिरहेकी छु त्यसका लागि आएको हो। माधुरी दीक्षित वा कोहीले कपाल उडाएको, नाँचेको देखेर आएकी होइन। मैले हेर्दा पनि बढी रमाउने मदनकृष्ण र हरिवंश दाइहरूको सिरियलहरू थिए। हरिदाइका फरक–फरक चरित्रले मलाई असाध्यै छुन्थ्यो। उहाँहरूसँग त्यस्तै फरक–फरक पात्र भएर काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो। मलाई कुनै न कुनै दिन यस्तो काम गरिएला भन्ने मनमा थियो। अहिले अवसर पाइरहेकी छु। 

तपाईंले आफूलाई कसरी पात्रान्तरण गर्नुहुन्छ? ‘चिसो मान्छे’मा पात्रान्तरको फरक अनुभव के हो? 

सबैका आ–आफ्नै अनुभव हुन्छन् होला। मैले सिकेर वा थिएटर गरेर आएकी होइन। मैले आफ्नै अनुभव, पढेर आएका मेरा अन्य सहकर्मीहरूसँग पनि सिकेँ। हरेक फिल्मका निर्देशकबाट सिकेँ। म यसरी सिक्दै आइरहेका कारण मेरो पात्रमा आफूलाई रुपान्तरण गर्ने निश्चित तरिका छैन। त्यसैले ‘चिसो मान्छे’मा एउटा प्रक्रियाअनुसार काम गरेँ भने भोलि अर्को फिल्ममा अर्कै हुनसक्छ। 

आफूलाई पनि महसुस हुन्छ– मेरो अब्जरवेशन पावर (अवलोकन शक्ति) राम्रो छ। कतिपय अवस्थामा त मलाई थाहा हुँदैन, तर सवकन्सियसली त्यसलाई मैले ग्रहण गरिसकेकी हुँदो रहेछु। 

‘चिसो मान्छे’मा जुत्ताको कुरा गरेँ अघि। त्यो पनि मेरो दिमागमा यत्तिकै परेको रहेछ। मैले छाता बोकिरहेको छु। त्यो पनि त्यसैगरी दिमागमा कुन दिन पस्यो र मैले पात्र निर्माणका क्रममा प्रयोग गरेँ। बोलीको कुरामा मैले त्यतातिरको केही शब्द उच्चारणका तरिका पहिल्यै दिमागमा राखेकी थिएँ। यो फिल्ममा काम गर्नुअघि तपाईंसँग भेट्दा तपाईंले स्वस्तिमा नभइ ‘श्वस्तिमा’ भनेर उच्चारण गरिरहनुभएको थियो। तपाईंको क्षेत्रमा ‘श’को उच्चारण बढी हुने रहेछ भन्ने मैले त्यहीबेला चाल पाएकी थिएँ। पछि भाषा सिक्दा मैले त्यसलाई अपनाएँ। चाहिने मात्रै होइन, नचाहिने कुरा पनि दिमागले सिकिरहँदा मलाई यस्तै बेला फाइदा पुगिरहेको हुन्छ। 

अरु फिल्ममा अनुहारमा अभिनय आए पुग्थ्यो। ‘चिसो मान्छे’मा अनुहारमा अभिनयका साथै जिब्रोमा लवज पनि चाहिन्थ्यो। त्यही अनुभव यसमा फरक भयो होला!

अन्यमा अभिनयले विश्वसनीय बनाए हुन्थ्यो भने यसमा भाषाबाट पनि विश्वसनीय बनाउनुपथ्र्यो। लवजमा विश्वसनीयता चाहिन्थ्यो। मुख्यगरी भाषालाई मैले राम्ररी उतार्न सक्छु कि सक्दिनँ भन्ने थियो। दुईटैको सन्तुलन मिलाउन समस्या पर्छ कि भन्ने लागेको थियो तर पछि सिक्दै जाँदा त्यही रमाइलो भयो। डबिङमा अझ रमाइलो लाग्यो। 

सुदूरपश्चिममा तपाईंले अभिनय गरेको पुष्पा जस्तै मात्रै होइन, तपाईं जस्तै राम्री पनि होलान्। त्यो पाटो किन फिल्ममा देखिँदैन?
म आफूले अभिनय गरेको पात्र भएर हो कि, मलाई चाहिँ पुष्पा साह्रै मनपर्छ। मेरा अनुहारमा मेकअपले पारेको जुन कालोपन छ, त्यो हुँदैमा नराम्री भन्ने मान्छेहरूलाई लाग्छ। त्यो हुँदै होइन। त्यो त त्यहाँको हावापानी र रहनसहनले बनाएको न हो। हेर्दा पनि राम्रो लाग्छ, आनीबानी मनपर्छ, निर्दोषपन राम्रो लाग्छ। 

यत्ति फरक हो कि मैले मेकअप गरेर अहिले गोरी देखिएकी छु। पुष्पा काली देखिन्छ। हामी बुट्टा भरेको कुरालाई मात्रै राम्रो भन्छौं। वास्तवमा राम्री ऊ छ। बाजुरामा बसेकी भएर अलिकति धुलोमैलो होला। बारीमा काम गरेका कारण त्यस्तो भएको होला। गाउँको मान्छे नराम्रो होइन, दैनिक जीवन त्यस्तै भएर देखिएको मात्र हो। पुष्पामा ‘काली नराम्री बन्यो’ भन्ने कमेन्ट सुन्छु तर मलाई त्यस्तो लाग्दैन। वास्तविक राम्री भए जस्तो लाग्छ।

ट्रेलर हेरेपछि धेरैको साझा टिप्पणी सुनिन्छ– गाडीमा श्रीमानको लास बोकेर हिँडिरहेकी महिला परपुरुषसँग कसरी प्रेमलाप गर्न सक्छे? यो अलि बढी भएन? आदि। तपाईंले त्यो पात्रका रूपमा काम गर्दा कस्तो लाग्यो। यस्तै कि फरक अनुभव छ?

धेरैले यसरी नै बुझेको देख्छु। मलाई पनि भनेका छन्– श्रीमानको लास बोकेर लैजाने क्रममा एउटी महिला कसरी परपुरुषसँग निकट हुन सक्छे? आकर्षण कसरी हुन सक्छ? त्यो प्रश्न उहाँहरूका दृष्टिले जायज हो। हामी समाजको एउटा आइडोलोजी (पहिचान) र सीमाभित्र छौं। हामीले यस्तो किन सोचिरहेका छौं भने हाम्रो समाजले यही कुरा दिमागमा सेट गरिदिएको छ। 

समाजले निर्धारण गरेका सबै कुरा गलत हुँदैनन्। तिनै कुराले हामीलाई सामाजिक बनाउँछ। अनुशासित बनाउँछ । मैले पनि त्यो चरित्रमा काम गरेकी थिइनँ, त्यसको पृष्ठकथा महशुस गर्न सकेकी थिइनँ र त्यो महिला भएर फिल्मका लागि बाँचेकी थिइनँ भने आउने प्रश्न यस्तै हुन्थे। किनभने यो समाजले बनाएको माइन्डसेट हो। तर, यसमा काम गरेपछि मेरो दिमाग परिवर्तन भएको छ– हामीले स्वतन्त्र बसेर पनि सोच्नुपर्ने रहेछ। समाजले राखेको नैतिकताका मापदण्डभित्र बसेर मात्रै होइन, त्यो भन्दा बाहिर बसेर पनि हेर्नुपर्ने रहेछ। 

मैले यहाँ अर्को एउटा कुरा पनि महशुस गरेँ– केटी मान्छेलाई यसरी पनि ‘जज’ गरिँदो रहेछ। त्यहीँ केटा मान्छेलाई केही भनिएको छैन। केटी मान्छेको श्रीमानको लास पछाडी छ, त्यही केटीसँग केटा पनि आकर्षित भइरहेको छ। समाजले कसलाई, कसरी जज गर्छ भनेर यसरी पनि बुझिन्छ नि त। मैले पनि परबाट हेरेको भए यसरी नै हेर्थें होला। 

सुदूरपश्चिको पहाडलाई यहाँबाट हेर्दा र त्यहाँ पुग्दा हेर्ने दृष्टिकोण कति फरक बन्यो वा उस्तै?

हामीले यहाँबाट हेर्दा, पढ्दा र सुन्दा बाजुरा वा बझाङ वा सुदूरपश्चिममा छाउपडी, सानै उमेरमा विवाह, सानैमा बच्चा पाउनुपर्नेलगायत कुरा देखिन्छ। सुनिन्छ। हामीले यताबाट हेर्दा त सहनै नसक्नेगरी पीडामा होला। देख्नै नसक्ने विकट होला भन्ने लाग्छ नि! तर, त्यहाँ पुगेपछि महशुस भयो– यो गलत रहेछ। त्यहाँ पुगेपछि देखेँ– केटी मान्छेहरू कति धेरै फरवार्ड। केटा मान्छेहरू बरु बोल्न लजाए तर केटीहरू बोल्न आए। कुरा गरे। हँसिमजाक गरे। उहाँहरूको खुलदुली पनि उस्तै! यी कुराले मलाई निकै नै छोए। 

मेरो उमेरका केटीहरूले यहाँ (काठमाडौं)मा जति ‘प्रिभिलेज’ पाउँछौं, त्यति त्यहाँ पाइँदैन होला। एउटा गर्भवती महिला सुत्केरी हुने बेला त्यहाँ जति संघर्ष होला, त्यो यहाँ छैन। यी भौतिक सुविधाका कुरा हुन्। त्यहाँ आफ्नो जीवन एकखालको छ। तर, सबै त्यसैमा रमाइरहनुभएको छ। यहाँबाट हेर्दा देखिने पीडा त्यहाँ पुगेपछि गौण देखिन्छन्। त्यहाँँको रमाइलो, आफ्नो रमाइलो छ। केही वर्षदेखि थियो होला तर अहिले परिवर्तन भएको देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ
सम्बन्धित सामग्री
गोपिकृष्ण र जमुना खतिवडाको ‘दिलको राजा दिलकी रानी’ सार्वजनिक (भिडियो सहित) गीतको रेकर्डिङ अनिश योञ्जनले त्रिताल रेकर्डिङ स्टुडियो अनामनगरमा गरेका हुन् । मिक्सिङ सुन्दर लामाले गरेका छन् भने गिटारमा सबिर कार्क... आइतबार, वैशाख २१, २०८२
सुर समीक्षा : जबर्जस्त सन्देश घुसाइएको औसत भजन 'दमाई महाराज' [भिडियाे] आइतबार, साउन ७, २०८०
लोकको व्यथा लयबद्ध गरिएको ‘पैसा सापटी’ निकटस्थ ठानेर अप्ठ्यारो परेको बेला गुण लगाउन पैसा सरसापट लिनुदिनु सामान्य कुरा हो। तर, परिस्थिति सहज भएपछि पैसा फिर्ता हुनु परको कुर... बिहीबार, फागुन १८, २०७९
ताजा समाचारसबै
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब मंगलबार, भदौ २३, २०८३
कास्कीको किम्रुङ खोला पहिरोले थुनियो मंगलबार, भदौ २३, २०८३
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ मंगलबार, भदौ २३, २०८३
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्