• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

स्थानीय तह निर्वाचन परिणाम : राजेन्द्र लिङदेनको नेतृत्वपछि ‘नयाँ राप्रपा’ शक्ति फर्काउँदैछ?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  ०९:१५
1140x725

काठमाडौं– हालै सम्पन्न स्थानीय तह निर्वाचनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को एउटा विभाजन भोग्यो। हरेक एकता महाधिवेशनपछि विभाजन हुँदै आएको राप्रपाबाट यसपटक कमल थापा अलग भए।

कुनै समयका आफ्ना राजनीतिक गुरु थापा बाहिरिएपछि पार्टीलाई उठाउने र साख बचाउने जिम्मा राजेन्द्र लिङदेनको काँधमा आइलाग्यो। भर्खर सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी पाएका लिङदेनलाई पार्टी माथि उकास्न मात्र होइन, पार्टीलाई सम्हाल्न र नयाँ जोस ल्याउनुपर्ने चुनौती पनि थियो।

पार्टीभित्रको यही कुरा मिलाउन नपाउँदै स्थानीय निर्वाचनमा होमिनुपर्‍यो। लिङदेनले यही अवस्थामा पार्टीलाई अघि बढाउने कोशिस गरे। स्थानीय निर्वाचनका लागि सत्तारुढ दल र प्रतिपक्षमा रहेको दल एक आपसमा गठबन्धन गरिरहेका थिए।

नेपाली  कांग्रेसको नेतृत्वमा सत्तारुढ पाँच दलको गठबन्धन बनेको थियो भने एमालेले पनि लिङदेनसँग अलग भएका कमल थापालाई सूर्य चिह्नमा लड्न दिने सहमति गर्‍यो। 

यसरी प्रतिकूल अवस्था भए पनि लिङदेनले केन्द्रबाट कुनै गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय लिए। स्थानीयस्तरमा चितवनको भरतपुरमा एमालेसँग र झापाको दमकमा नेपाली कांग्रेससँग गठबन्धन गर्‍यो। तर, उनको आफ्नै निर्वाचन क्षेत्रको कचनकलव गाउँपालिकामा भने नेपाली कांग्रेस र एमालेले गठबन्धन गरे।

जसका कारण उनले गत वर्ष जितेको उक्त स्थान गुमााए। यसपटक अचम्म लाग्दो रूपमा मत देखिएको मकवानपुरको हेटौंडा हो। कमल थापाको गृहजिल्ला रहेको उक्त उपमहानगरमा राप्रपाले सशक्त उपस्थिति देखायो। मत गणनाको अन्तिम दिनसम्म उक्त महानगरमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिइरहे।

राप्रपाका सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई अन्तिम दिनसम्म तनाव दिइरहेका थिए। एमालेका उम्मेदवार अन्नतप्रसाद पौडेलसँग पनि निकट प्रतिस्पर्धामा थिए। उक्त निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीकी लामाले २३ हजार ७५ मत ल्याउँदै जित हात पारिन् भने उनका प्रतिस्पर्धी एमालेका पौडेलले २० हजार ९०८ मत पाए। त्यस्तै तेस्रो भएका राप्रपाका सिंहले २० हजार ५३१ मत पाए।

अन्य केही स्थानीय तहमा पनि राप्रपा प्रतिस्पर्धीको रूपमा देखियो। कतिपय ठाउँमा तेस्रो र चौंथो स्थानमा रहे पनि बलियो उपस्थिति देखायो। देशभर नै उम्मेदवार उठाएको राप्रपाले यसपटक देशभर उल्लेख्य उपस्थिति देखाउन सफल भएको आन्तरिक मूल्यांकन गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

राप्रपाले यसपटक उपमहानगर गुमाए पनि काठमाडौंको एक नगरसहित ४ पालिकामा जित हात पार्‍याे। कमल थापाको गृहजिल्ला मकवनापुरको हेटौंडा उपमहानगरमा गठबन्धनका उम्मेदवार र नेकपा एमालेलाई राम्रै टक्कर दिएकाले अबको केन्द्रीय निर्वाचनमा झन् उत्साही भएर जाने वातावरण बनेको राप्रपाको निष्कर्ष छ।

त्यस्तै, राप्रपाले यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकको प्रमुख जित हात पार्दै एमालेलाई पनि धक्का दियो। 

काठमाडौ महानगरसहित केही स्थानमा स्वतन्त्र उम्मेदवारहरूले अप्रत्यासित रूपमा जित हात पार्दा राप्रपाले विगतमा आफूतिर रहेको, तर २०७० को दशकपछि गुमाएको मत फर्काएको अनुमान गर्न थालिएको छ।

२०७२ सालमा संविधान बनेपछि देश पूर्णरूपमा गणतन्त्रमा गयो, तर राप्रपा दुई ध्रुवमा विभाजित भयो। कमल थापाहरू सक्रिय राजतन्त्रको पक्षमा उभिए भने सूर्यबहादुर थापा र पशुपति शमशेर राणाहरू गणतन्त्रतिर लागे। योसँगै ५० को दशकमा सत्ताको साँचो बोकेको दल किनारामा पुग्यो। यसरी विभाजित हुँदा कमजोर भएको कुरा पञ्चायत पृष्ठभूमिका यी दलका नेताहरूले स्वीकार गर्दै पाँचौपटक पार्टी एकता गरे। एकतासँगै एकता महाधिवेशन पनि भयो। 

तर, महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेन आमुन्ने–सामुन्ने भए। उक्त दौडमा लिङदेनले जित हात पारे। लिङदेनको जितसँगै थापा पार्टीबाट बाहिरिए। तर, लिङदेनले पार्टीलाई कुनै प्रभाव पार्न नदिएकाले अहिले स्थानीय नतिजामा उत्साह देखिएको महामन्त्री भुवन पाठक दाबी गर्छन्। 

२०७४ सालको निर्वाचनमा राप्रपाले एक उपमहानगरसहित चार पालिका जितेको थियो। अहिले पनि चार पालिकामा प्रमुख जितेको छ तर देशभरको मत भने धेरै बढेको पाठकले दाबी गरे। अघिल्लो स्थानीय निर्वाचनमा १२ वडामा वडाध्यक्ष जितेकोमा यस पटक ६० भन्दा धेरै वडामा जितेकाले आफूहरूको मत बढेको प्रष्ट देखिएको पाठक बताउँछन्। 

‘समग्रमा पार्टीले पाएको मत स्वाभाविक भए पनि केही स्थानमा पाएको मत भने हाम्रा लागि उत्साहजनक छ,’ उनले भने ‘स्थापित भएका कांग्रेस र कम्युनिस्ट पार्टीप्रतिको वितृष्णा र वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेका कारण राप्रपामा आर्कषण देखिएको हो।’ 

‘आफूलाई प्रमुख दल भन्ने पार्टीका प्रतिनिधिहरूको डेलिभरि राम्रो नहुँदा अहिले जनतामा निराशा देखिएको छ,’ उनी थप्छन्, ‘राप्रपाले यही निराशामा विकल्प दिने अजेण्डा अघि सार्ने प्रयास गरेको छ। त्यसैले पहिलाकोभन्दा मत धेरै बढेको हो।’ 

स्वतन्त्र उम्मेदवारको लहरले आफूहरूको भोट काटेको उनले दाबी गरे। आगामी संघ र प्रदेशको निर्वाचनमा झन् धेरै फरक पर्ने बताउँछन्, महामन्त्री  पाठक। आगामी निर्वाचनमा राप्रपा राष्ट्रिय दल बन्दै अहिलेका राजनीतिक दललाई सशक्त दबाब दिने उनको भनाइ छ।

२०७४ सालमा राप्रपाले जितेका स्थानीय तह  :

बाँकेको नेपालगञ्ज उपमहानगरमा प्रमुख 
बाग्लुङको बाग्लुङ नगरपालिका उपप्रमुख  
धादिङको रुवि भ्याली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष  
रुपन्देहीको रोहीणी गाउँपालिकमा उपाध्यक्ष
झापामा कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष
झापाकै गौरीगञ्ज र हल्दीबारी गाउँपालिकामा अध्यक्ष

वडाध्यक्षहरू 

धुलिखेल नगरपालिकाको वडा नम्बर ७ 
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीको वडा नम्बर २ 
मनाङको नेस्याङ गाउँपालिकोका वडा नम्बर ६ 
घरपोझोङ वडा नम्बर २ 
सुस्ता गाउँपालिकाको वडा नम्बर ३
रुपन्देही ओमसतियाको वडा नम्बर १ र ५
बर्दियाको गुलरियाको वडा नम्बर ७ 
कचनकलवको वडा नम्बर १
कपिलवस्तुको कृष्णनगरको वडा नम्बर १
धनुषाको गणेशमान चारनाथको वडा नम्बर ४

यसपटक प्रमुखमा जितेका स्थानीय तह

शंखरापुर नगरपालिका काठमाडौं 
दमक नगरपालिका झापा
शिवराज नगरपालिका रुपन्देही
हल्दिबारी गाउँपालिका झापा

उपप्रमुख

भद्रपुर नगरपालिका, झापा 
रामग्राम नगरपालिका, नवलपरासी पूर्व 
हल्दिबारी गाउँपालिका, झापा 

वडाध्यक्षहरू 

१.नवलपरासीको सरावल गाउँपालिका–३ को वडाध्यक्षमा फिरंगी चौधरीसहित पूरै प्यानल 
२. विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा सूर्यलाल यादव 
३.शंखरापुर–६ मा वडाध्यक्ष राधाकृष्ण श्रेष्ठसहितको प्यानल 
४.भद्रपुर नगरपालिका–७ को वडाध्यक्षमा अभिषेक ढुंगाना
५.भक्तपुरको चागुनारायण नगरपालिका–७ को वडाध्यक्षमा श्याम नायजु श्रेष्ठ 
६.पाँचथरको फिदिम–१० को वडाध्यक्षमा होमराज थाम्सुहाङ 
७.नवलपरासीको रामग्राम नगरपालिका–९ मा वडाध्यक्ष भोजबहादुर यादवसहितको प्यानल 
८.पाँचथरको फिदिम–४ को वडाध्यक्षमा उपेन्द्र लावती
९.धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा वडाध्यक्ष बेचूँ हमालसहितको प्यानल 
१०.काठमाडौं शंखरापुर नगरपालिका–३ को वडाध्यक्षमा सूर्य तामाङ 
११.धादिङको रुविभ्याली–४ मा वडाध्यक्ष प्रशान्त तामाङसहितको प्यानल
१२. धादिङको खनियाबास–३ मा वडाध्यक्ष कमानसिंह तामाङसहितको प्यानल 
१३.रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा वडाध्यक्ष नारायणप्रसाद उपाध्याय सापकोटासहितको प्यानल 
१४.रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा वडाध्यक्ष मुक्तिनाथ यादव (भोला)सहितको प्यानल
१५.धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा वडाध्यक्ष श्यामकुमार आलेसहितको प्यानल 
१६.धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ मा वडाध्यक्ष तेजनारायण (हिरा)सहितको प्यानल 
१७.झापाको भद्रपुर नगरपालिका–३ को वडाध्यक्षमा हेमबहादुर कार्कीसहितको प्यानल
१८. झापाको हल्दिबारी गाउँपालिका–१ मा वडाध्यक्ष देवी थापासहितको प्यानल
१९.बाँकेको नेपालगञ्ज उपमहानगर–२ मा वडाध्यक्ष मनोज श्रेष्ठसहितको प्यानल 
२०.सर्लाहीको कौडेना गाउँपालिका–७ मा वडाध्यक्ष कुमार यादवसहितको प्यानल 
२१.चितवनको माडी नगरपालिका–८ मा वडाध्यक्ष वीरेन्द्र भण्डारी सहितको प्यानल
२२.नवलपरासीको रामग्राम–३ मा वडाध्यक्ष उज्ज्वल न्यौपानेसहितको प्यानल 
२३.नवलपरासीको प्रतापपुर–३ मा वडाध्यक्ष रामनरेश यादवसहितको प्यानल 
२४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा वडाध्यक्ष केशव खत्रीसहितको प्यानल
२५.कपिलवस्तुको कृष्णनगर–१ मा वडाध्यक्ष टुङ्गनाथ चौधरीसहितको प्यानल
२६.सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा वडाध्यक्ष लक्ष्मण मेहतासहितको प्यानल
२७.रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा वडाध्यक्ष मुक्त्तर अहमद पठानसहितको प्यानल
२८.चितवनको माडी नगरपालिका–१ मा वडाध्यक्ष अमित लामासहितको प्यानल
२९.सिद्धार्थनगर नगरपालिका–२ मा वडाध्यक्ष छेदीलाल श्रीवास्तवसहितको प्यानल
३०.नवलपरासी, रामग्राम–१ मा वडाध्यक्ष रुद्रप्रसाद सिंहसहितको प्यानल
३१. डोटीको के.आई. सिंह गाऊँपालिका–७ मा वडाध्यक्ष दिलबहादुर बलायरसहितको प्यानल
३२.बैतडीको सुर्नया गाउँपालिका–२ मा वडाध्यक्ष गणेशबहादुर विष्टसहितको प्यानल 
३३.पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ मा अध्यक्ष उमेश कार्कीसहितको प्यानल
३४.धादिङको खनियाबास गाउँपालिका–१ को वडाध्यक्षमा सोनाम तामाङ
३५. रुपहेन्दीको ओमसतिया–१ मा बेलबहादुर बरालसहितको प्यानल 
३६.कञ्चनपुरको दोधारा चाँदनी–१ मा वडाध्यक्ष बिक्रम चन्दसहितको प्यानल 
३७. धादिङको खनियाबास–२ मा वडाध्यक्ष अरुण तामाङसहितको प्यानल 
३८. रुपन्देहीको सियारी गाउँपालिका–१ मा वडाध्यक्ष अरुण शाहीसहितको प्यानल 
३९.सल्यानको कपुरकोट–६ मा वडाध्यक्ष श्यामकृष्ण बोहोरालगायत केही सदस्य
४०.चाँगुनारायण नगरपालिका–६ मा वडाध्यक्षमा धनबहादुर लामासहितको प्यानल ४१.रुपन्देहीको देवदह नगरपालिका–११ मा वडाध्यक्ष दुधनाथ यादवसहित प्यानल ४२.देवदह–१२ मा चार जना वडा सदस्य
४३.बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा वडाध्यक्षमा लवराज खरेलसहितको प्यानल 
४४.शंखरापुर नगरपालिका–७ मा वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठसहितको प्यानल
४५.सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा वडाध्यक्ष हबिब मियासहितको प्यानल
४६.सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालकोट–४ मा वडाध्यक्ष कुलबहादुर बस्नेतसहित केही सदस्य 
४७.नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा वडाध्यक्ष रमेश कानु बनियाँसहित केही सदस्य
४८.धुलिखेल नगरपालिका–७ मा वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठसहितको प्यानल
४९.झापाको बाह्रदशी गाउँपालिका–५ मा वडाध्यक्ष बिरबहादुर राजवंशीसहितको प्यानल 
५०.गणेशमान चारनाथ नगरपालिका–२ मा वडाध्यक्ष ज्योतिदीप हमालसहितको प्यानल 
५१.रुपन्देहीको रोहिणी गाउँपालिका–४ मा वडाध्यक्ष तारानाथ यादव
५२.नेपालगञ्ज उपमहानगर–८ मा वडाध्यक्ष रजनीश वाजपेयी (बिवेक)सहितको प्यानल 
५३. हल्दीबारी गाउँपालिका–४ मा वडाध्यक्ष सन्तकुमार थापासहितको प्यानल 
५४.राजबिराज नगरपालिका–१३ को वडाध्यक्षमा त्रिलोकीनाथ चौधरी
५५.गणेशमान चारनाथ नगरपालिका–४ मा वडाध्यक्ष सोमबहादुर आलेसहितको प्यानल 
५६.नेपालगञ्ज उपमहानगरपालिका–१० मा वडाध्यक्ष श्रवण श्रेष्ठसहितको प्यानल
५७.झापाको विर्तामोड नगरपालिका–८ मा वडाध्यक्ष अजय कार्कीसहितको प्यानल
५८.रूपन्देहीको रोहिणी गाउँपालिका–७ को वडाध्यक्षमा अन्नान अहमद 
५९.दमक नगरपालिका–७ को वडाध्यक्षमा भिमप्रसाद पौडेल 
६०.धनुषाको सबैला नगरपालिका–११ को वडाध्यक्षमा सरोजकुमार यादव
६१.धरान उपमहानगरपालिका–१४ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद भट्टराई
६२. कञ्चनपुरको पुनर्वास नगरपालिका–४ को वडाध्यक्षमा मनोज सापकोटा 
६३.काठमाडौंको नागार्जुन नगरपालिका–५ मा वडाध्यक्ष महेश रिमालसहितको प्यानल

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरको भूतनाथ मन्दिरमा चोरी, मुकुटसहित भाग्दै गरेका भारतीय नागरिक रहमान पक्राउ
कान्तिपुर म्याक्सको इंग्लिस प्रिमियर लिग प्रसारणको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
जनकपुरको भूतनाथ मन्दिरमा चोरी, मुकुटसहित भाग्दै गरेका भारतीय नागरिक रहमान पक्राउ शुक्रबार, भदौ ५, २०८३
कान्तिपुर म्याक्सको इंग्लिस प्रिमियर लिग प्रसारणको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम शुक्रबार, भदौ ५, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री कार्यालयले भन्यो- उहाँ निजी भ्रमणमा जानुभएको हो शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्