• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

पाँच पालिकामा एमालेको ‘क्लीन स्वीप’, कांग्रेसको भागमा एउटा

64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  १९:०७
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुग्दा देशभरिका सात पालिकामा तीन पार्टीले ‘क्लीन स्वीप’ गरेका छन्। नेकपा एमालेले मात्र पाँच पालिका क्लीन स्वीप गर्दै 'गढ' कायम गरेको छ।

एमालेले पाल्पाका दुई पालिका निस्दी र पूर्वीखोला गाउँपालिकासहित मोरङको रंगेली नगरपालिका, लमजुङको क्वालासोथार र बाजुराको गौमुल गाउँपालिकामा एकलौटी जित हासिल गरेको हो। नेपाली कांग्रेसले संखुवासभाको चिचिला र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरपालिकामा क्लीन स्वीप गरेका छन्।

पाल्पाको निस्दी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै सात वटा वडाका अध्यक्ष र सदस्यमा जित हासिल गरेको छ। अध्यक्षमा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत पाए। उपाध्यक्षमा एमालेकी तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत पाए। यहाँ एमालेले अध्यक्षमा सारुलाई दोस्रो पटक उम्मेदवार बनाएको थियो।

निस्दीका सातमध्ये वडा नं. १ मा एमाले वडाध्यक्ष २८ मतले विजयी भए। अन्य वडामा भने एमालेले फराकिलो अन्तरले जित हासिल गरेको छ।

गएको स्थानीय निर्वाचनमा निस्दीको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिते पनि वडा नं. १ र ७ मा कांग्रेसले जित हात पारेको थियो। वडा नं. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार पूर्णबहादुर खाण २७५ मतले र वडा नं. ७ मा कांग्रेसका गगनसिंह सोती १८ मतले विजयी भएका थिए।

पाल्पाकै पूर्वी खोलामा पनि सत्ता गठबन्धनलाई फराकिलो अन्तरले पराजित गर्दै एमालेले क्लीन स्वीप गरेको छ। ६ वटा वडा रहेको यो गाउँपालिकामा एमालेले २०७४ सालमा पनि क्लीन स्वीप गरेको थियो। यसपटक एमालेले अध्यक्ष र उपाध्यक्षकै उम्मेदवार दोहोर्‍याएको थियो।

अध्यक्षमा एमालेका नुनबहादुर थापाले ६ हजार ३९ मत पाउँदा नेकपा एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २५७ मत पाए। उपाध्यक्षमा एमालेकी भगीरथी शर्माले ५ हजार ८९४ मत पाउँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाएकी थिइन्। वडा नं. ६ मा एमालेका वडाध्यक्ष उम्मेदवार धनबहादुर घर्ती ३७ मतले विजयी भए। अन्य वडामा भने मतान्तर फराकिलो छ।

मोरङको रंगेली नगरपालिकामा पनि एमालेले क्लीन स्वीप गरेको छ। मेयरमा विजयी दिलीपकुमार अग्रवालले अघिल्लो पटक पनि जितेका थिए। तर, उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। त्यति बेला मेयर, उपमेयरसहित तीन वडा माओवादी केन्द्रले जितेको थियो। कांग्रेसले पनि तीन र तत्कालीन संघीय समाजवादी फोरमले दुई वडा जित्दा एमालेले एउटामा मात्र विजय हासिल गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक तत्कालीन मेयर अग्रवाल एमाले प्रवेश गरेर मेयरको उम्मेदवार बनेका हुन्। उनले १२ हजार ८६१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मोदराज घिमिरेले ९ हजार ६१ मत पाए। अघिल्लो निर्वाचनमा पनि घिमिरे उनै अग्रवालसँग पराजित भएका थिए। त्यति बेला एमाले तेस्रो भएको थियो।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका अग्रवालले ८ हजार ६८ मत पाउँदा घिमिरेले ६ हजार १८६ र एमाले उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत पाएका थिए। अग्रवालको प्रवेशपछि एमालेले सिंगो नगरपालिकामा एकलौटी जित निकालेको हो।

उपाध्यक्षमा एमालेकी भुमाकुमारी पराजुलीले ११ हजार ७९० मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी जसपाका पन्नालाल मन्डलले ५ हजार १७५ मत पाए। नौ वडामध्ये कांग्रेस दुई वटामा प्रमुख प्रतिद्वन्द्वी हुँदा जसपा एउटामा निकट रह्यो।

उता, लमजुङको क्वालासोथार गाउँपालिकामा पनि एमालेले एकलौटी जित हासिल गरेको छ। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको गृहपालिका क्वालासोथारमा अघिल्लो निर्वाचनमा कांग्रेसले वडा नं. २ र ८ मा जित हासिल गरेको थियो। 

यसपटक पालिका अध्यक्ष र तीन वटा वडामा मंगोल नेशनल अर्गनाइजेसनसहित तीन पार्टीका उम्मेदवार थिए। उपाध्यक्षसहित पाँच वटा वडामा एमाले र कांग्रेसले मात्र प्रतिश्पर्धा गरेका थिए। अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ ३ हजार ८५६ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४८९ मत पाए। त्यस्तै उपाध्यक्षमा एमालेकी गमीमाया गुरुङले ३ हजार ९८९ मत पाउँदा कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३४० मत पाइन्।

एमालेले बाजुराको गौमुलमा पनि क्लीन स्वीप गरेको छ। यहाँ कांग्रेसले अघिल्लो पटक वडा नं. २ मा जित हासिल गरेको थियो। तर, उक्त वडा यसपटक जोगाउन सकेन भने अन्य वडामा पनि जित हासिल गर्न सकेन।

एमालेले यहाँ अघिल्लो  पटक निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई नै फेरि उम्मेदवार बनाएको थियो। एमालेका हरिबहादुर रोकायाले ३  हजार ४३४ मत पाउँदा कांग्रेसका हिरेन्द्रबहादुर रोकायाले १ हजार ४७० मत पाए। उपाध्यक्षमा सीता रोकाया थापाले ३ हजार १९४ मत पाउँदा कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत पाइन्। 

कांग्रेसले एउटा स्थानीय तह संखुवासभाको चिचिला गाउँपालिकामा एकलौटी जित हासिल गरेको छ। तर, एक जना वडा सदस्य भने माओवादी केन्द्रले जितेको छ। कांग्रेस सबै पदमा विजयी हुँदा वडा नं. २  को एक खुला सदस्यमा माओवादी केन्द्रका जंगबहादुर राईले जितेका छन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नुर्बु शेर्पा १ हजार ८६१ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाए। उपाध्यक्षमा कांग्रेसकी मनकला राईले १ हजार ८५४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाइन्।

यो गाउँपालिका अघिल्लो पटक पनि कांग्रेसले नै फराकिलो अन्तरले जित हासिल गरेको थियो। तर, क्लीन स्वीप गर्न सकेको थिएन। वडा नं. २ मा माओवादी केन्द्रले जित हासिल गरेको थियो।

उता, भक्तपुर नगरपालिकामा फेरि पनि नेमकिपाले क्लीन स्वीप गरेको छ। मेयर र उपमेयरका उम्मेदवार दोहोर्‍याएको नेमकिपाले जित अन्तरसमेत बढाएको छ।

मेयरमा सुनिल प्रजापति २९ हजार २५२ मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुला ३ हजार ४०७ मत पाए। अघिल्लो स्थानीय चुनावमा प्रजापतिले २५ हजार ७३० मत पाएर विजयी हुँदा कांग्रेसका उनै रामप्रसाद कासुलाले ६ हजार ५६० मत पाएका थिए।

उपमेयरमा रजनी जोशी २९ हजार ७५९ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत पाइन्। अघिल्लो निर्वाचनमा जोशी २५ हजार ७११ मत पाएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्द्वी गंगालक्ष्मी अवालले ६ हजार ५८७ मत पाएकी थिइन्। नेमकिपाले जितेको यो एक मात्र पालिका हो।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न सरकारी टोली राजविराज जाँदै बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्