• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पाँच पालिकामा एमालेको ‘क्लीन स्वीप’, कांग्रेसको भागमा एउटा
64x64
नेपाल लाइभ बुधबार, जेठ ११, २०७९  १९:०७
1140x725

काठमाडौं– स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुग्दा देशभरिका सात पालिकामा तीन पार्टीले ‘क्लीन स्वीप’ गरेका छन्। नेकपा एमालेले मात्र पाँच पालिका क्लीन स्वीप गर्दै 'गढ' कायम गरेको छ।

एमालेले पाल्पाका दुई पालिका निस्दी र पूर्वीखोला गाउँपालिकासहित मोरङको रंगेली नगरपालिका, लमजुङको क्वालासोथार र बाजुराको गौमुल गाउँपालिकामा एकलौटी जित हासिल गरेको हो। नेपाली कांग्रेसले संखुवासभाको चिचिला र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुर नगरपालिकामा क्लीन स्वीप गरेका छन्।

पाल्पाको निस्दी गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित सबै सात वटा वडाका अध्यक्ष र सदस्यमा जित हासिल गरेको छ। अध्यक्षमा एमालेका मुक्तबहादुर सारुले ६ हजार ६५२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत पाए। उपाध्यक्षमा एमालेकी तिरनकुमारी श्रेष्ठले ६ हजार ६३८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत पाए। यहाँ एमालेले अध्यक्षमा सारुलाई दोस्रो पटक उम्मेदवार बनाएको थियो।

निस्दीका सातमध्ये वडा नं. १ मा एमाले वडाध्यक्ष २८ मतले विजयी भए। अन्य वडामा भने एमालेले फराकिलो अन्तरले जित हासिल गरेको छ।

गएको स्थानीय निर्वाचनमा निस्दीको गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जिते पनि वडा नं. १ र ७ मा कांग्रेसले जित हात पारेको थियो। वडा नं. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार पूर्णबहादुर खाण २७५ मतले र वडा नं. ७ मा कांग्रेसका गगनसिंह सोती १८ मतले विजयी भएका थिए।

पाल्पाकै पूर्वी खोलामा पनि सत्ता गठबन्धनलाई फराकिलो अन्तरले पराजित गर्दै एमालेले क्लीन स्वीप गरेको छ। ६ वटा वडा रहेको यो गाउँपालिकामा एमालेले २०७४ सालमा पनि क्लीन स्वीप गरेको थियो। यसपटक एमालेले अध्यक्ष र उपाध्यक्षकै उम्मेदवार दोहोर्‍याएको थियो।

अध्यक्षमा एमालेका नुनबहादुर थापाले ६ हजार ३९ मत पाउँदा नेकपा एकीकृत समाजवादीका मीनप्रसाद गिरीले १ हजार २५७ मत पाए। उपाध्यक्षमा एमालेकी भगीरथी शर्माले ५ हजार ८९४ मत पाउँदा कांग्रेसकी विष्णुकुमारी आचार्यले २ हजार २५० मत पाएकी थिइन्। वडा नं. ६ मा एमालेका वडाध्यक्ष उम्मेदवार धनबहादुर घर्ती ३७ मतले विजयी भए। अन्य वडामा भने मतान्तर फराकिलो छ।

मोरङको रंगेली नगरपालिकामा पनि एमालेले क्लीन स्वीप गरेको छ। मेयरमा विजयी दिलीपकुमार अग्रवालले अघिल्लो पटक पनि जितेका थिए। तर, उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। त्यति बेला मेयर, उपमेयरसहित तीन वडा माओवादी केन्द्रले जितेको थियो। कांग्रेसले पनि तीन र तत्कालीन संघीय समाजवादी फोरमले दुई वडा जित्दा एमालेले एउटामा मात्र विजय हासिल गरेको थियो।

यसपटक तत्कालीन मेयर अग्रवाल एमाले प्रवेश गरेर मेयरको उम्मेदवार बनेका हुन्। उनले १२ हजार ८६१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मोदराज घिमिरेले ९ हजार ६१ मत पाए। अघिल्लो निर्वाचनमा पनि घिमिरे उनै अग्रवालसँग पराजित भएका थिए। त्यति बेला एमाले तेस्रो भएको थियो।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका अग्रवालले ८ हजार ६८ मत पाउँदा घिमिरेले ६ हजार १८६ र एमाले उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत पाएका थिए। अग्रवालको प्रवेशपछि एमालेले सिंगो नगरपालिकामा एकलौटी जित निकालेको हो।

उपाध्यक्षमा एमालेकी भुमाकुमारी पराजुलीले ११ हजार ७९० मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी जसपाका पन्नालाल मन्डलले ५ हजार १७५ मत पाए। नौ वडामध्ये कांग्रेस दुई वटामा प्रमुख प्रतिद्वन्द्वी हुँदा जसपा एउटामा निकट रह्यो।

उता, लमजुङको क्वालासोथार गाउँपालिकामा पनि एमालेले एकलौटी जित हासिल गरेको छ। एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङको गृहपालिका क्वालासोथारमा अघिल्लो निर्वाचनमा कांग्रेसले वडा नं. २ र ८ मा जित हासिल गरेको थियो। 

यसपटक पालिका अध्यक्ष र तीन वटा वडामा मंगोल नेशनल अर्गनाइजेसनसहित तीन पार्टीका उम्मेदवार थिए। उपाध्यक्षसहित पाँच वटा वडामा एमाले र कांग्रेसले मात्र प्रतिश्पर्धा गरेका थिए। अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ ३ हजार ८५६ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ४८९ मत पाए। त्यस्तै उपाध्यक्षमा एमालेकी गमीमाया गुरुङले ३ हजार ९८९ मत पाउँदा कांग्रेसकी सिर्जना गुरुङले २ हजार ३४० मत पाइन्।

एमालेले बाजुराको गौमुलमा पनि क्लीन स्वीप गरेको छ। यहाँ कांग्रेसले अघिल्लो पटक वडा नं. २ मा जित हासिल गरेको थियो। तर, उक्त वडा यसपटक जोगाउन सकेन भने अन्य वडामा पनि जित हासिल गर्न सकेन।

एमालेले यहाँ अघिल्लो  पटक निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई नै फेरि उम्मेदवार बनाएको थियो। एमालेका हरिबहादुर रोकायाले ३  हजार ४३४ मत पाउँदा कांग्रेसका हिरेन्द्रबहादुर रोकायाले १ हजार ४७० मत पाए। उपाध्यक्षमा सीता रोकाया थापाले ३ हजार १९४ मत पाउँदा कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत पाइन्। 

कांग्रेसले एउटा स्थानीय तह संखुवासभाको चिचिला गाउँपालिकामा एकलौटी जित हासिल गरेको छ। तर, एक जना वडा सदस्य भने माओवादी केन्द्रले जितेको छ। कांग्रेस सबै पदमा विजयी हुँदा वडा नं. २  को एक खुला सदस्यमा माओवादी केन्द्रका जंगबहादुर राईले जितेका छन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसका पासाङ नुर्बु शेर्पा १ हजार ८६१ मतसहित विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाए। उपाध्यक्षमा कांग्रेसकी मनकला राईले १ हजार ८५४ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाइन्।

यो गाउँपालिका अघिल्लो पटक पनि कांग्रेसले नै फराकिलो अन्तरले जित हासिल गरेको थियो। तर, क्लीन स्वीप गर्न सकेको थिएन। वडा नं. २ मा माओवादी केन्द्रले जित हासिल गरेको थियो।

उता, भक्तपुर नगरपालिकामा फेरि पनि नेमकिपाले क्लीन स्वीप गरेको छ। मेयर र उपमेयरका उम्मेदवार दोहोर्‍याएको नेमकिपाले जित अन्तरसमेत बढाएको छ।

मेयरमा सुनिल प्रजापति २९ हजार २५२ मत पाएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कासुला ३ हजार ४०७ मत पाए। अघिल्लो स्थानीय चुनावमा प्रजापतिले २५ हजार ७३० मत पाएर विजयी हुँदा कांग्रेसका उनै रामप्रसाद कासुलाले ६ हजार ५६० मत पाएका थिए।

उपमेयरमा रजनी जोशी २९ हजार ७५९ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ मत पाइन्। अघिल्लो निर्वाचनमा जोशी २५ हजार ७११ मत पाएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्द्वी गंगालक्ष्मी अवालले ६ हजार ५८७ मत पाएकी थिइन्। नेमकिपाले जितेको यो एक मात्र पालिका हो।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
कुलपति समक्ष उपकुलपति अर्यालले लिए सपथ बुधबार, असार २५, २०८२
बाढीविद् : रसुवामा बाढीको कारण पत्ता लगाउन समस्या देखियो बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्