• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बन्द रहेका आधा दर्जन उद्योग एक वर्षमै सञ्चालनमा ल्याउने सरकारको तयारी

64x64
नेपाल लाइभ शनिबार, असार ३०, २०७५  ००:३०
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ मा बन्द रहेका आधा दर्जन उद्योग सञ्चालनको तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक वर्षभित्र ती उद्योग सञ्चालनमा ल्याउने गरी आगामी आवकोे बजेट कार्यान्वयनको कार्ययोजनामा समावेश गरेको छ।

सरकारले नै चलाएर वर्षौंदेखि बन्द रहेका आधा दर्जन उद्योग एकै वर्षमा सञ्चालनमा ल्याउने योजना सरकारले अघि बढाएको हो।

आगामी आवभित्र ओरियन्टल म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना र वुटवल धागो कम्पनी सञ्चालन गर्ने योजना मन्त्रालयले तयार गरेको छ।

ओरियन्ट म्याग्नेसाइटमा निजी क्षेत्रको सहभागिता

सरकारले ओरियन्ट म्याग्नेसाइट प्रालि निजी क्षेत्र समेतलाई सहभागी गराई सञ्चालन गर्ने योजना बनाएको छ। निजी क्षेत्रलाई रणनीतिक साझेदारका रुपमा सहभागी गराउन सञ्चालन मोडालिटी तयार गरी प्रस्ताव आह्वान गरिने मन्त्रालयले तयार गरेको कार्ययोजनामा उल्लेख छ। यसका लागि सम्बन्धित कम्पनीसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

‘डेड बर्न्ट म्याग्नेसाइट’ उत्पादन गरी भारत लगायतका मुलुकमा निर्यात गर्ने तथा खरी पाउडरको उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले यस उद्योगको स्थापना गरिएको थियो।

कम्पनी ऐन, २०२१ अनुसार २०३५ सालमा स्थापना भएको यस उद्योगले हाल सहायक उत्पादन खरी पाउडर निकै सानो स्तरमा उत्पादन गरिरहेको छ भने मुख्य उत्पादन डेड बन्र्ट म्याग्नेसाइट ०५५ सालदेखि बन्द छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थापनादेखि नै चल्न नसकेको नेपाल मेटल कम्पनी सञ्चालन गरिने

यसैगरी, सरकारले आगामी आवभित्र रसुवामा रहेको नेपाल मेटल कम्पनी सञ्चालन प्रक्रिया अघि बढाउने योजना तयार गरेको छ। उक्त उद्योग सञ्चालनका लागि सेयरहोल्डरबाट आएका प्रस्तावमध्ये सबैभन्दा उपयुक्त विकल्प छनोट गरी आगामी आवभित्र सञ्चालन प्रक्रिया अघि बढाउने योजना मन्त्रालयले अघि सारेको हो।

आगामी आवभित्र भौतिक पूर्वाधार तथा मेसिनरी जडान सुरु गर्ने योजना मन्त्रालयको छ।

कम्पनी ऐन, २०२१ अनुसार ०३३ सालमा स्थापना भएको यो उद्योग स्थापना भएदेखि नै सञ्चालनमा आउन सकेको छैन। जस्ता र सिसाको धाउको उत्खनन् तथा प्रशोधन गरी प्राप्त धाउ (कन्सन्ट्रेट) उत्पादन गर्ने तथा विदेशस्थित स्मेल्टरमा बिक्री गर्ने उद्देश्यले उक्त कम्पनी स्थापना भएको थियो।

चिनीयाँ कम्पनीले उक्त उद्योग सञ्चालन गर्न इच्छा देखाए पनि स्वीकृत कार्ययोजना र चिनियाँ कम्पनीको माग बमोजिम उद्योग सञ्चालनका लागि द्विपक्षीय सम्झौता हुन बाँकी छ।

दुई वर्षदेखि बन्द गोरखकाली टायर पनि सुरु गरिने

गोरखकाली रबर उद्योग लिमिटेडको सञ्चालन सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भइसकेको र प्रतिवेदनले औंल्याएका विकल्पमध्ये उपयुक्त छनोट गरी सञ्चालन गर्ने योजना मन्त्रालयको छ।
कर्मचारीको स्वैच्छिक अवकाशको प्रक्रिया चालू आवमै टुंग्याइने पनि कार्ययोजनामा जनाइएको छ।

कम्पनी ऐन, २०२१ अनुसार ०४१ सालमा गोरखामा स्थापना भएको यस उद्योगले ट्रक तथा गैरट्रक टायर, ट्युब तथा फ्ल्यापको उत्पादन गरी बिक्री वितरण गथ्र्यो। स्थापना कालदेखि नै कुल क्षमताको करिब तिहाई प्रतिशत मात्र उत्पादन गर्दै आएको यो उद्योग चैत ०७२ देखि पूर्ण रुपमा बन्द छ।

बजार मागबमोजिमको टायर उत्पादन हुन नसक्नु, विद्युत् आपूर्तिको अनियमितता, चालू पुँजीको अभाव, न्यून उत्पादन क्षमता, पुराना मेसिन तथा उपहरणहरू, ब्याजभारजस्ता समस्यका कारण उद्योग चल्न सकेको छैन।

हेटौंडा कपडा उद्योग सेनालाई दिने तयारी

यसैगरी, ०५७ सालदेखि बन्द हेटौंडा कपडा उद्योग पनि पुनः सञ्चालन गर्ने योजना सरकारको छ। आगामी आवमा आवश्यक लागत तथा मोडालिटी तयार गरी नयाँ प्रविधिमा उद्योग सञ्चालनको प्रक्रिया अघि बढाउने कार्ययोजना मन्त्रालयले तयार गरेको छ। त्यसका लागि मन्त्रालय र नेपाली सेनाको संयुक्त कार्यदलसमेत गठन गरिसकिएको छ। उक्त उद्योग सञ्चालनको जिम्मा सेनालाई नै दिने मनसाय सरकारको छ।

आगामी आवभित्रै उद्योग सञ्चालनका लागि भौतिक पूर्वाधार, निर्माण र मेसिनरी जडान गरिने मन्त्रालयले जनाएको छ।

नेपाल र चीन सरकारको संयुक्त लगानीमा २०३२ मा स्थापना भएको उक्त उद्योग सरकारले ०७० सालमा खारेज गरी त्यसको सम्पत्ति तथा मेसिनरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई जिम्मा लगाएको थियो।

सञ्चालनमा रहँदा उक्त उद्योगले वार्षिक २ हजार ३ सय मेट्रिक टनसम्म धागो र साढे २ करोड मिटर कपडा उत्पादन गर्थ्यो।

वीरगञ्ज चिनी र वुटवल धागो पनि सञ्चालन गरिने

यसैगरी, आगामी आवभित्र वीरगञ्ज चिनी कारखाना र वुटवल धागो कम्पनी सञ्चालन गर्ने सरकारको योजना छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रलाई लिजमा दिने गरी सूचना प्रकाशन गरिसकेको छ। दुवै उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने आपूर्ति मन्त्रालयले प्रधानमन्त्रीलाई पेस गरेको कार्ययोजनामा उल्लेख छ।

उदयपुर सिमेन्ट र औषधि लिमिटेडको स्तरोन्नति

यसैगरी, आगामी आवमा उदयपुर सिमेन्ट उद्योग र नेपाल औषधि लिमिटेडको स्तरोन्नति अघि बढाउने योजना पनि मन्त्रालयले अघि सारेको छ।

राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभ्ने प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्