• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जाजरकोटमा एमालेले एक नगर गुमायो, गाउँपालिका थप्यो

64x64
नेपाल लाइभ बिहीबार, जेठ ५, २०७९  १३:१३
1140x725

काठमाडौं– अघिल्लो स्थानीय तह निर्वाचनमा दुई नगरपालिका र एक गाउँपालिका जितेको नेकपा एमालेले यसपटक एक नगरपालिका र दुई गाउँपालिका जितेको छ।

२०७४ को स्थानीय निर्वाचनमा सदरमुकामसमेत रहेको भेरी नगरपालिकाका साथै छेडागाड नगरपालिका र शिवालय गाउँपालिका जितेको थियो। तर, यसपटक एमालेले छेडागाड नगरपालिका र शिवालय गाउँपालिका गुमाएको छ। भेरी नगरपालिकामा जित यथावत् राख्दै अघिल्लोपटक हार बेहोरेका जुनीचाँदे र बारेकोट गाउँपालिकामा भने हत्याएको छ।

यसपालि एमालेले गुमाएको छेडागाड नगरपालिकामा कांग्रेस–माओवादी गठबन्धन थियो। त्यहाँ कांग्रेसका रत्नबहादुर खड्का मेयर र माओवादी केन्द्रका चन्द्रबहादुर थापा उपमेयर निर्वाचित भए। खड्का अघिल्लोपटक एमालेका लालबहादुर महतारासँग पराजित भएका थिए। खड्काले यसपालि उनै महतारालाई पराजित गरे।

अघिल्लो निर्वाचनमा महताराले ५ हजार १३६ मत पाउँदा खड्काले ४ हजार ३४७ मत पाएका थिए। यसपटक खड्काले ९ हजार १७३ मत ल्याए भने महताराले ५ हजार ५३७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसपटक छेडागाडको उपमेयर निर्वाचित भएका माओवादीका थापा अघिल्लोपटक मेयरमा पराजित भएका थिए। अघिल्लोपटक तेस्रो भएका उनले २ हजार ६६८ मत पाएका थिए। तर, यसपटक उपमेयरमा ७ हजार ९६८ मतसहित निर्वाचित भए। उपमेरमा पराजित एमालेकी उम्मेदवार अञ्जुकुमारी थापाले ६ हजार ३१ मत ल्याइन्। अघिल्लोपटक छेडागाडमा उपमेयर पनि एमालेले नै जितेको थियो। एमालेकी सरिता वली ५ हजार १४७ मतसहित निर्वाचित भएकी थिइन्। 

एमालेले यसपटक नेतृत्व गुमाएको शिवालय गाउँपालिकामा पनि कांग्रेस–माओवादीको  गठबन्धन थियो। जहाँ कांग्रेसका शेरबहादुर शाही ३ हजार ३०३ मतसहित गाउँपालिका अध्यक्ष निर्वाचित भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका रंगनाथ योगीले २ हजार ७१८ मत पाए।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता शाही २ हजार ६५९ मतसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी एमालेकी नैनसरा शाहीले २ हजार ४२९ मत पाइन्।
यो गाउँपालिकामा अघिल्लोपटक अध्यक्ष, उपाध्यक्ष एमालेले नै जितेको थियो। त्यतिबेला अध्यक्षमा नरेन्द्रकुमार शाही २ हजार ७३ र उपाध्यक्षमा कुमारी थापा २ हजार ६३ मतसहित निर्वाचित भएका थिए।

यसपटक एमालेले दुई गाउँपालिकामा पहिलो जित निकाल्यो। जिल्लाको जुनीचाँदे गाउँपालिकामा एमालेमा वेदबहादुर शाही ३ हजार ४४४ मतसहित अध्यक्ष निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी शिवा आचार्यले ३ हजार ८८ मत पाइन्। आचार्य निवर्तमान उपाध्यक्ष हुन्। 

nimb
nimb

शाही अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका कृष्णबहादुर केसीसँग पराजित भएका थिए। त्योबेला शाहीले २ हजार २७४ मत पाएका थिए भने केसीले २ हजार ७७० मत पाएका थिए।

यसपटक जुनीचाँदेको उपाध्यक्षमा नेपाली कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भए। उनले ३ हजार ७१४ मत पाए। उनका निकटतम प्रतिस्पर्धी एमालेकी अम्बा कुमारी शाहीले २ हजार ८११ मत पाइन्। 

यस्तै, बारेकोट  गाउँपालिका पनि एमालेले नजिता उल्ट्याएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका महेन्द्रबहादुर शाह २ हजार १४८ मतसहित अध्यक्ष निर्वाचित भएका थिए। अध्यक्षमा एमाले तेस्रो भएको थियो।

तर, यसपटक भने एमाले जाजरकोटका सचिव समेत रहेका वीरबहादुर गिरी गाउँपालिकाका निवर्तमान अध्यक्ष शाहलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए। गिरीले ३ हजार ९५४ मत ल्याउँदा शाह ३ हजार ८४५ मतमा समेटिए। 

अघिल्लोपटक उपाध्यक्ष जितेको माओवादी केन्द्रले यसपालि पनि त्यसलाई निरन्तरता दिएको छ। अघिल्लोपटक माओवादी एक्लै चुनावमा गएको थियो भने यसपटक कांग्रेससँग तालमेल गरेको थियो। अघिल्लोपटक माओवादी केन्द्रकी ओमा शाही २ हजार २२४ मतसहित उपाध्यक्ष निर्वाचित भएकी थिइन्। अहिले माओवादी केन्द्रका नरबहादुर गिरी ३ हजार ६६३ मतसहित निर्वाचित भए। एमालेकी गीता सिंहले ३ हजार ४०२ मत पाइन्।

अघिल्लोपटक मेयर र उपमेयर दुवैमा जित निकालेको एमालेले यसपटक भेरी नगरपालिकामा उपमेयर भने गुमाएको छ। मेयरमा निवर्तमान मेयर चन्द्रप्रकाश घर्ती नै निर्वाचित भएका छन्। उनले ५ हजार २१० मत पाए भने कांग्रेस–माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका गगनबहादुर खड्काले ४ हजार १८८ मत पाए। भेरीमा एमाले र एकीकृत समाजवादी एक्लाएक्लै चुनावमा गएका थिए। एकीकृत समाजवादीको तर्फबाट मेयरमा उम्मेदवारी दिएका कमानबहादुर खड्काले ३ हजार ७८८ मत पाए। 

उपमेयरमा कांग्रेसकी सीता जैसी ६ हजार ४६८ मतसहित निर्वाचित भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार ६०३ मत पाइन्।

अघिल्लोपटक मेयरमा एमालेका घर्ती ४ हजार २९२ मतसहित निर्वाचित भएका थिए। घर्तीसँग पराजित कांग्रेसका सनतकुमार कार्कीले ३ हजार ७८७ मत पाएका थिए। उपमेयरमा निर्वाचित एमालेकी भावना भण्डारीले ४ हजार १६२ मत पाएकी थिइन् भने निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी कृष्णा शर्माले ३ हजार ५०४ मत पाएकी थिइन्।

अघिल्लोपालि दुई गाउँपालिका जितेको कांग्रेसले यसपटक भने एक गाउँपालिका गुमायो। एक गाउँपालिकामा जित यथावत राख्यो। जिल्लाको कुसे गाउँपालिकामा कांग्रेसका हरिचन्द्र बस्नेत अध्यक्ष निर्वाचित भए। उनले ३ हजार ४२३ मत पाए भने नेकपा एकीकृत समाजवादीका तप्तबहादुर हमालले ३ हजार १८२ मत पाए। यहाँ एकीकृत समाजवादी र माओवादी केन्द्रको चुनावी तालमेल थियो। यो पालिका प्रमुखमा तेस्रो भएको एमालेले एक हजार ४९६ मत पायो। बस्नेत अघिल्लो निर्वाचनमा पनि निर्वाचित भएका थिए।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै देविका सिंह निर्वाचित भइन्। उनले ३ हजार ५८७ मत ल्याइन्। माओवादी केन्द्रका विकाश रोकायले २ हजार ९१८ र एमालेकी टीका वलीले एक हजार २०८ मत ल्याइन्।

अघिल्लो निर्वाचनमा अध्यक्षमा कांग्रेसका बस्नेत २ हजार ५०८ र उपाध्यक्षमा कांग्रेसकै रामछाया कुमारी शाही २ हजार ३७८ मतसहित निर्वाचित भएका थिए।

अघिल्लो निर्वाचनमा एक नगरपालिका र एक गाउँपालिका जितेको माओवादी केन्द्र यसपटक एक नगरपालिकामा खुम्चिएको छ। अघिल्लो निर्वाचनमा जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाको प्रमुख, उपप्रमुख जितेको माओवादीले यसपटक नलगाड नगरपालिकाको प्रमुख मात्र जितेको छ। नलगाडमा कांग्रेस–माओवादीको गठबन्धन थियो।

नलगाडको मेयरमा माओवादी केन्द्रका डम्मरबहादुर रावत ५ हजार ५९९ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत पाए। 

उपमेयरमा कांग्रेसकी सरिता सिंह ५ हजार ४०६ मतसहित निर्वाचित हुँदा एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाइन्। बोहोरा अघिल्लोपटक पनि उपमेयरमा चुनाव लडेकी थिइन्। त्यसबेला उनले २ हजार ६२३ मत ल्याएर तेस्रो बनेकी थिइन्। 

अघिल्लो निर्वाचनमा नलगाडको मेयरमा माओवादी केन्द्रका टेकबहादुर रावल ३ हजार ४१८ र उपमेयरमा बालकुमारी बस्नेत ३ हजार २४१ मतसहित निर्वाचित भएका थिए। 

कुन पालिकामा कसले कति वडा जिते?

भेरी नगरपालिका
नेकपा एमाले– २
नेपाली कांग्रेस–७
नेकपा माओवादी केन्द्र– ४
एकीकृत समाजवादी–०
स्वतन्त्र–०

नलगाड नगरपालिका
नेकपा एमाले– ३
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र– ५
एकीकृत समाजवादी– ०
स्वतन्त्र–१

छेडागाड नगरपालिका
नेकपा एमाले– ४
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र–४
एकीकृत समाजवादी–१
स्वतन्त्र–०

बारेकोट गाउँपालिका
नेकपा एमाले– ४
नेपाली कांग्रेस–३
नेकपा माओवादी केन्द्र–१
एकीकृत समाजवादी–०
स्वतन्त्र–१

कुसे गाउँपालिका
नेकपा एमाले– ०
नेपाली कांग्रेस–४
नेकपा माओवादी केन्द्र–२
एकीकृत समाजवादी– १
स्वतन्त्र–२

शिवालय गाउँपालिका
नेकपा एमाले– २
नेपाली कांग्रेस–५
नेकपा माओवादी केन्द्र–२
एकीकृत समाजवादी–०
स्वतन्त्र–०

जुनीचाँदे गाउँपालिका
नेकपा एमाले– ३
नेपाली कांग्रेस–२
नेकपा माओवादी केन्द्र–६
एकीकृत समाजवादी–०
स्वतन्त्र–०

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्