• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सीमान्तकृतका सवाल सिंहदरबारले नसुनेपछि पत्रकारिता छाडेर मेयरको उम्मेदवार बनेँ : भोला पासवान

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २७, २०७९  १७:२६
1140x725

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन भए पनि नगर र गाउँपालिकास्तरमा दलहरुले आफू अनुकूल गठबन्धन गरेका छन्। नेकपा एमालेले समेत सम्भव भएसम्मका स्थानमा अन्य दलसँग गठबन्धन गरेको छ। सप्तरीको कञ्चनरुप नगरपालिकामा जसपालाई नेपाली कांग्रेसको साथ छैन। कांग्रेसले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। जसपाले भने पूर्वपत्रकार भोलाकुमार पासवानलाई मेयरकाे उम्मेदवार बनाएको छ। पासवानसँग नेपाल लाइभले गरेको कुराकानी-

तपाईं पत्रकारीता छाडेर किन राजनीतिमा आउनुभयो? 
कोरोनाको पहिलो र दोस्रो लहरमा स्वयंसेवी भएर कञ्चनरूप नगरपालिकालगायत मधेस प्रदेशभर ९० हजार परिवारलाई राहत वितरण गरेँ। विपन्न २० हजार जनतालाई जाडोबाट बच्न ब्लान्केट र फाइबर सिरक वितरण गरेँ। कञ्चनरूपमा सञ्चालित आइसोलेसन सेन्टरमा कोरोनाका बिरामीलाई एक महिनासम्म खाना खुवाएँ। कञ्चनरूप र सिरहाको कर्जन्हामा करोडौँको मेडिकल सामग्री वितरण गर्दैगर्दा किन राजनीतिमा नआउने भन्ने प्रश्नले डेरा जमायो। भोलिका दिनमा यस्तै सामाजिक सेवालाई अझ बिस्तारित रूप दिन राजनीतिक बाटो रोजेको हुँ। 

मैले आर्जन गरेको शिक्षा र मैले देखेको बाहिरी संसारले मलाई आफ्नै गाउँ फर्कायो। गाउँ फर्केपछि यहाँका बालबालिकाको मुहार फेर्ने कोसिसमा लागेँ। मैले जीवनको २० वर्ष पत्रकारितामा लगाएँ। यसैगरी, समाजशास्त्र अध्ययन गर्दै सामाजिक अभियन्ताका रूपमा काम गरेँ। पत्रकारिता र सामाजिक अभियानका क्षेत्रमा गरेका अनुभवले मलाई देश/विदेशमा पहिचान बनाउन सहयोग मिल्यो। तर, म आफ्नै ठाउँको परिवर्तनका लागि केही गर्ने जिम्मेवारीबोधका साथ गाउँ फर्किएँ। 

वास्तबमा पत्रकारका रुपमा काम गर्दैगर्दा सीमान्तकृत वर्गको सवाल सिंहदरवारको सवाल बनेनन्। सञ्चारमाध्यमले समस्या देखायो, समाधानमा राज्य कहिले लागेन। त्यसैले म मेयरको उम्मेदवार बनेँ।

तपाईंका अजेन्डा के के छन्? 
मेरा अजेन्डा भिन्नै केही छैनन्, सबैले घोषणा गरेजस्तै हुन्। तर, मैले भौतिक विकासभन्दा सामाजिक विकासलाई ध्यान दिएको छु। हरेक विकासका कार्यक्रममा सीमान्तकृत वर्गलाई केन्द्रमा राखेको छु। ‘हाम्रो सपना र जिम्मेवारी : निःशुल्क शिक्षा, सुलभ स्वास्थ्य र गरिबी अन्त्यका लागि रोजगारी’ भन्ने मूल नारा अघि सारेको छु। 

nimb
nimb
Ncell 2
Ncell 2

विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, सीप तथा रोजगारमूलक शिक्षा, सचेतना तथा जनचेतामूलक शिक्षा, उच्च शिक्षामा समन्वय गर्नेछु। स्वास्थ्यमा पोषणको पहुँच, निःशुल्क स्वास्थ्य बीमा, स्वास्थ्य साक्षरता, चेकजाँच, औषधि उपचार, जटिल रोग निवारणमा ध्यान दिनेछु। व्यावसायिक कृषि प्रणालीको विकासका लागि बाँझो जमिनमा उत्पादन बढाउन सहयोग   गर्ने, कृषिका लागि आवश्यक पर्ने मल, बीउ, सिँचाइ आदिमा सहयोग, केन्द्र र बजारसम्मको पहुँच विस्तारमा जोड दिनेलगायत योजना छन्।

महिला हिंसा र जातीय विभेदरहित सामाजिक न्यायसहितको कञ्चनरूप नगरपालिका निर्माण गरिनेछ। सबैलाई बराबर अवसर, निर्णय तहमा नागरिकको सहभागिता,  नागरिकप्रति उत्तरदायी र पारदर्शी जनप्रतिनिधि र कर्मचारी जस्ता विषय मेरो अजेन्डामा छन्। 

भौतिक पूर्वाधार विकासमा चाहिँ के योजना छन्?
रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा भौतिक र डिजिटल पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने योजना छ। उद्यमशीलता र गरिखाने कार्यक्रम अगाडि सारिनेछ। सामाजिक विकास समाजलाई सभ्य, उन्नत र आधुनिक तथा सक्रिय तुल्याउन अत्यावश्यकीय काम गर्नेछु। घरबास नभएकालाई आवासको व्यवस्था गरिनेछ। 

डिटिजल कञ्चनरूपका लागि सार्वजनिक ठाउँ, विद्यालय आदिमा इन्टरनेटको व्यवस्था गर्ने, नगरपालिका अन्तर्गतका कामलाई अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउने योजना पनि छ। नगरका पर्यटकीय ठाउँहरू पहिचान गरी प्रचारप्रसार गर्ने र पर्यटक भित्र्याउन सम्भाव्य सबै उपाय अपनाउने योजना पनि बनाएको छु। 

प्रतिस्पर्धीलाई कसरी हेरिराख्नु भएको छ? 
मेरो प्रतिस्पर्धी भनेको नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवार हुन्। तर, अब जनताले कुराभन्दा कामलाई विश्वास गर्छन्। मैले हिजो पनि समाजसेवा गरेको हुँ। आज पनि गर्छु भनेको छु। मैले व्यक्तिभन्दा पनि समुदायका अजेण्डालाई अघि बढाएको छु। मेरो काम, योग्यता, क्षमतालाई जनताले मूल्यांकन गर्नेछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्