• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

थारुमाथिको विभेदविरुद्ध लड्न रेशम चौधरीको पार्टीबाट उम्मेदवार बनेँ : महेन्द्र उपाध्याय

64x64
नेपाल लाइभ सोमबार, वैशाख २६, २०७९  ०९:०५
1140x725

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशका ७५३ वटै स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ। कतै पाँचदलीय गठबन्धन छ, कतै दुई-तीन दलको गठबन्धन छ। तर, धेरैजसो स्थानीय तहमा सबै पार्टीहरू आ-आफ्नो हिसाबमा चुनावी अभियानमा छन्। 

अहिले दल र उम्मेदवारहरू मत माग्दै जनताको घरदैलोमा छन्। आफ्ना योजना र संकल्पन सुनाइरहेका छन्। यिनैमध्येका एक हुन् कैलालीको लम्कीचुहा नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट मेयरको उम्मेदवारी दिएका महेन्द्र उपाध्याय। इन्जिनियरको जागिर छाडेर राजनीतिमा होमिएका महेन्द्रसँग के छन् योजना? उनी किन राजनीतिमा आए र नागरिक उन्मुक्ति पार्टी नै किन रोजे? यही सेरोफेरोमा रहेर उनीसँग नेपाल लाइभले गरेको कुराकानी :

 

तपाईं इञ्जिनियर पेशा छाडेर राजनीतिमा किन आउनुभयो?
म राजनीतिमा आउनुको कारण स्थानीय तहमा भएको भ्रष्टाचारलाई देखेर, त्यसलाई रोक्नका लागि हो। मैले ‘मिञ्झारी’ पुस्तक लेख्दा थारु समुदायको गाउँगाउँमा पुगेको थिएँ। थारु गाउँमा नै बस्ने भएकाले त्यो पुस्तक लेख्दा म थप भिजें। यो किताब स्थानीय तहको निर्वाचनको नतिजापछि मात्र बजारमा आउँदैछ। मेरो जागिर चाहिँ म जुम्ला र कालिकोट हेर्ने गरी शहरी विकास तथा भवन डिजाइन कार्यालयमा थियो। म त्यहाँको इन्जिनियर थिएँ। सरकारी जागिर छाडेर आफ्नो नगरको इन्जिनियरिङ गर्न राजनीतिमा आएको छु। 

यहाँका मुख्य दलका खोक्रा भाषण सुनेर म दिक्क भइसकेको थिएँ। यसको विकल्प के होला भनेर खोजीमा थिएँ। त्यही क्रममा राजनितिमा आइपुगेँ।

किन नागरिक उन्मुक्ति पार्टी नै रोज्नुभयो?
मैले थारुका मुद्दामाथि पहिलेदेखि नै कलम चलाउने गरेको थिएँ। मेरो आगामी पुस्तक पनि त्यही विषयमा छ। पहाडिया सोचले ग्रस्त समाजमा थारुमाथि विभेद भएको आँखाले देखेको छु। थरुहट थारुहरुको मुद्दाभन्दा पनि माओवादीको कमाइ खाने विषय बनेको छ। माओवादीका कारण थारुका मुद्दा ओझेलमा परेका हुन्। टीकापुर घटना २०७२ भदौमा भयो। जसकारण थारु आन्दोलनका व्यक्ति जेल परे। यी सबै कुरालाई नजिकबाट नियालिरहेको छु। त्यसैले रेशम चौधरीको पार्टीमा मैले अगाडि बढ्ने मञ्च पाएँ। त्यसैले यो पार्टी रोजेको हुँ।

तपाईंका अजेण्डा के–के छन्?
म एजेण्डा भन्दिनँ। मैले विकासको मोडेल अघि सारकोको छु। के–के अजेण्डा भनेर भन्दा पनि मैले कसरी विकास गर्ने प्रक्रिया अघि बढाएको छु भन्ने महत्त्वपूर्ण हो। जस्तो पहिलो रोजगार हो। देशमा बढ्दो बेरोजगारीलाई ध्यानमा राख्दै रोजगारी कसरी सिर्जना गर्ने भनेर प्रक्रिया अघि बढाएको छु। सुशासनका लागि रोजगार चाहिन्छ। रोजगारीका लागि आवश्यक रहेका उद्योगहरु यहाँ छैनन्। 

नेपालले अहिले पनि ५० अर्बभन्दा माथिको कागज आयात भइरहेको छ। यो दुःखद विषय हो। कागजको उत्पादन गरेर प्लाष्टिकलाई पूर्णरुपमा बन्देज लगाउने मेरो सोच छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी खेलकुदमा मेरो विशेष रुचि छ। म २५ लाख रुपैयाँ खेलमा लगानी गर्नेछु। पुराना खेलाडीको संयोजकत्वमा खेलकुद समिति बनाइनेछ। वडामा ३० जना खेलाडीको समूह बनाइनेछ। ती समूहलाई ५० हजारको खेल सामाग्री वितरण गरिनेछ। युवाहरुलाई खेलमा समावेश गरे लागु औषधको प्रयोगमा पनि कमि आउँछ।

यहाँका धेरै मानिस कृषिमा आश्रित छन्। तिनका लागि के गर्नुहुन्छ?
रोजगारी सिर्जनाका लागि भैँसी पाल्नेलाई नगरले नै भैँसी किनिदिनेछ। तर, गोबर भने नगरलाई निःशुल्क दिनुपर्नेछ। त्यसबाट गोबरग्यास उत्पादन गरेर ५० प्रतिशत एलपीजीको ग्यासको प्रयोग घटाइनेछ।

लम्कीचुहा नगरपालिकामा चार वटा खोला छन्। यहाँको उर्वर भूमिमा पूरै बाँस लगाउने, पाँच वर्षसम्म ठूलो भइसक्छ। नगरले नै बाँसको बजारीकरण गरिदिन्छ। कैलालीमा सात वटा नगर र एउटा उपमहानगर छ। यसरी रोजगारी सिर्जना गर्छु। इन्जिनियर भएको नाताले कन्क्रिटको विकल्पमा बाँस प्रयोगलाई महत्त्व दिन्छु।

कृषिमा जसको जोत, उसको पोत हुनेछ। बाँझो जग्गामा नगरले नै खेती गर्नेछ। जग्गाको मालिक बीउ छर्न र बाली उठाउन मात्र आउनेछन्। ‘स्मार्ट कृषि एप’को सुरुवात गरिनेछ। नगरले नै खेत जोत्ने मेसिन किनेर खेतीपाती गर्नेछ।

शिक्षा र स्वास्थ्यलाई सुलभ बनाउने योजना के छन्?
लम्कीचुहा नगर कृषिका लागि उर्वर भूमि हो। कक्षा ८ देखि नै कृषि पढाउने योजना छ। ८ कक्षा पढ्ने विद्यार्थीलाई १० वटा गमला वितरण गरिनेछ। विद्यार्थी कक्षा ९ मा पुगे २० वटा विरुवा वितरण गर्नुपर्नेछ। यसरी शिक्षालाई व्यवहारिक बनाइनेछ।

स्वास्थ्यमा सरकारले दिने ७२ प्रकारको औषधि निःशुल्क वितरण गरिनेछ। अहिले अस्पतालले सिटामोलबाहेक औषधि सित्तैमा उपलब्ध गराएको छैन। अब यसलाई अनिवार्य गरिनेछ। शिक्षा, स्वास्थ्य र खेलकुदमा ३ करोड लगानी गरिनेछ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने बिहीबार, वैशाख ३, २०८३
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार बिहीबार, वैशाख ३, २०८३
आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता बिहीबार, वैशाख ३, २०८३
सुनचाँदीको भाउ सामान्य बढ्यो बिहीबार, वैशाख ३, २०८३
रास्वपा संसदीय दलको बैठक बस्दै बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्