• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कीर्तिपुरको गठबन्धनबाट आत्तिएका छैनौं, बरु उत्साहित छौं : केशरत्न बज्राचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख २१, २०७९  १८:०२
1140x725

आगामी वैशाख ३० मा हुन स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटक अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। 

नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे जिज्ञासा राखेकाे छ। त्यसैक्रममा काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएका केशरत्न बज्राचार्यसँग  बीपी अनमाेलले गरेको कुराकानी प्रस्तुत छ:

कीर्तिपुर नगरपालिकाका मतदाताले तपाईंलाई किन भोट दिने?
हामीले कीर्तिपुर नगरको समग्र विकासका योजना अगाडि बढाएका छौं। अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सञ्चालन गर्नुभएको छ। त्यो अभियानलाई अघि बढाउँदै कीर्तिपुरलाई समृद्ध बनाउन पूर्वाधार तयार गर्दै अगाडि बढेको अवस्था छ। हिजोको स्थानीय सरकार पनि एमालेले नै नेतृत्व गरेको थियो। कीर्तिपुरलाई ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले विकास गर्नुपर्छ भनेर हामीले धेरै पूर्वाधार तयार गरिसकेका छौं। अब तिनै पूर्वाधारमा टेकेर अगाडि बढ्नुपर्ने अवस्था छ। हाम्रो नेतृत्वमा नै त्यो पुरा हुनेछ। 

स्थानीय सरकारले स्वामित्व र अभिभावकत्व ग्रहण गर्दै शिक्षामा आम कीर्तिपुरवासीको पहुँच पुगोस् भन्ने हिसाबमा सरकारी र सामुदायिक विद्यालयलाई व्यवस्थापन गरेर अगाडि बढाउने सोचेका छौं। केन्द्र सरकारले पनि कीर्तिपुरमा दुई वटा विद्यालय नमुना विद्यालयको रुपमा लिएको छ। हामीले अरु विद्यालयलाई पनि नमुना बनाएर एउटा प्राविधिक विद्यालयको अवधारणासहित अगाडि बढ्ने विषयमा विज्ञ र शिक्षाविदसँग सल्लाह गरेर काम गर्ने सोचेका छौं। यो सबै एमालेका उम्मेदवारबाट मात्रै सम्भव छ भन्ने आम कीर्तिपुरवासीले बुझेका छन्। 

प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने हिसाबले योजना अघि बढाउने छौं। खेलकुद क्षेत्रको हकमा पनि समृद्ध बनाउन योजना बनाएका छौं। खेलकुदकै क्षेत्रमै स्नातक तहसम्मको अध्ययन गराउने हिसाबले पाठ्यक्रम नै तयार गरेर त्रिविसँग सहकार्य गरेर अघि बढिसकेको अवस्था छ। 

रोजगारको सम्बन्धमा पनि विभिन्न सीपमा आधार भएका व्यक्तित्वहरु हुनुहुन्छ। उहाँहरुलाई संगठित बनाएर कीर्तिपुरमा औद्योगिक विकास गर्ने र रोजगार सिर्जना गर्न सक्ने गरी खाका तयार गरेका छौं। नागरिकका आधारभूत आवश्यकतादेखि लोककल्याणकारी अभियानसम्मका सामाजिक क्षेत्रमा सुधार ल्याउन अगाडि बढ्ने परिपाटीको विकास भएको छ। यस अर्थमा नेकपा एमालेलाई नै कीर्तिपुरवासीले विश्वास गरेर मतदान गर्ने छन्।

शैक्षिक सुधारको त कुरा गर्नुभयो। तर, सामुदायिक र निजी विद्यालयबीचको अन्तर धेरै छ। सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुन सकेको छैन। तपाईंले कसरी काम गर्ने योजना बनाउनुभएको छ?

राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गरेको छ। तर, नतिजामा हामी सन्तुष्ट हुन सक्ने अवस्था अझै बनिसकेको छैन।

Ncell 2
Ncell 2

एउटा कालखण्डमा सामुदायिक विद्यालय व्यवस्थापन समितिको सदस्य रुपमा पनि काम गरेको अनुभव छ। सामुदायिक विद्यालयमा राज्यको लगानीअनुसार क्षमता विकास र मानवश्रोत साधनको विकास गर्न प्रविधिमैत्री बनाउनका लागि तालिम, गोष्ठीलगायतका कामसहित अघि बढ्न सक्छौं। कीर्तिपुर एउटा शैक्षिक केन्द्र पनि हो। यहाँ रहेका शिक्षाविद्हरुसँग बसेर एउटा अवधारणा तयार पारेर जानुपर्छ। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र पठनपाठन व्यवस्थित बनाउनुपर्छ।

सरकारी विद्यालयको पठनपाठन सुधार गर्नुपर्छ। निजी र सरकारी विद्यालयबीचको खाडल पुर्न निजी विद्यालयलाई पनि हामीले दुश्मन र फरक विचारका रुपमा हेर्नुहुँदैन। निजीलाई पनि स्थानीय शिक्षा समितिभित्र ल्याएर स्थानीय सरकारले ती विद्यालयहरुलाई के–कस्तो सुविधा दिन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ।

उहाँहरु आफैँ एउटा शिक्षा नियमावली विधिमा आउनका लागि उत्साहित हुनुहुन्छ। त्यो वातावरण हामीले बनाइदिनुपर्छ। निजी विद्यालयको व्यवस्थापनका लागि हामी नेतृत्व अलि उदार भइदिनुपर्छ। खुल्ला हृदयले हेरिदियो भने उहाँहरु पनि आउनुहुन्छ। मैले धेरै समस्या नै देखेको छैन। स्थानीय सरकारले स्वस्फूर्त रुपमा निष्पक्ष रुपमा अभिभावकत्व ग्रहण मात्रै गरिदिए पनि उहाँहरु स्थानीय सरकारलाई तयार गर्न तयार हुनुहुन्छ। 

फोहोर व्यवस्थापनदेखि साँघुरा सडकलाई विस्तार गर्दै कीर्तिपुर नगरलाई व्यवस्थित बनाउने तपाईंका योजना के छन्?
नयाँ वस्ती विकासमा त हामीले एउटा मापदण्ड नै बनाएर अगाडि बढेका छौं। त्यसको समस्या नै भएन। तर अन्य वस्तीमा बाटो विस्तारका कुराहरु अप्ठ्यारा छन्। हिजो म सामाजिक अभियानमा लाग्दाखेरि विभिन्न सामाजिक द्वन्द्व व्यवस्थापनमा पनि मैले सहज तरिकाले भूमिका खेलेको हुँदा मूल सडकका कीर्तिपुरका बासिन्दाको एउटा विश्वास मप्रति छ। यहाँका सडक तथो ट्राफिक व्यवस्थापन गर्ने योजना हामीसँग छन्। म स्काउटमा संलग्न भएर लामो समयदेखि काम गरेकाले पनि सडक र ट्राफिक व्यवस्थापनका विषयमा अलिकति जानकार छु।

हामीले सडकलाई विस्तार गर्ने क्रममा नयाँ घरहरु बनाउँदा सडकको मापदण्ड अनुसार त छँदैछ। वैकल्पिक सडकको व्यवस्था गर्नुपर्छ। सडक तथा पैदलयात्रीको सुरक्षा, सडक अपांगमैत्री बनाउनेलगायतका विषयमा ध्यान दिएर काम गर्नुपर्छ भन्ने मेरो योजना छ। सबै विषयमा राजनीतिक नेृतत्वसँग ज्ञान नहुन सक्छ। तर, नेतृत्वसँग इच्छाशक्ति हुनुपर्छ भन्ने मान्यता राख्छु। विषयगत विज्ञहरुलाई खुला रुपमा काम गर्न दियौं भने उहाँहरुले एउटा योजना बनाउनुहुन्छ। र, हामीले त्यसलाई दृढताका साथ पालना गर्छौं। 

यस्तै, हामीले घरदेखि नै फोहोर व्यवस्थापनको कार्य अगाडि बढाउने सोचेका छौं। कुहिने फोहोरको व्यवस्थापन घरमै गरी त्यसबाट मल उत्पादन गर्न सकियोस् भनेर योजना बनाएका छौं। हामीले केन्द्रीकृत कृषि विकास गर्दै अनुदानमार्फत् छरिएर रहेका किसानका लागि कृषि अभियान चलाउने सोचेका छौं। 

जनताले निःशुल्क सिफारिस लिन सक्ने वातावरण बनाउन सकियोस् भन्नेतर्फ अघि बढेका छौं। जनतालाई कर नबढाउने तर करको दायरा बढाउनेतर्फ सोच्नुपर्छ। र, केही करमा मिनाह गर्न सकिन्छ। पूर्ण अपांगता भएका व्यक्तिहरुको हकमा सेवा सुविधालाई निःशुल्क गर्ने योजना पनि बनाएका छौं। यस्तो अभ्यास निवर्तमान मेयरको नेतृत्वमा भएको थियो। 

कीर्तिपुरमा कांग्रेस–जसपा गठबन्धन बनेको छ। माओवादी केन्द्र र समाजवादी एक्लाएक्लै चुनावमा होमिएका छन्। एमालेको मुख्य प्रतिस्पर्धी को हो र तपाई आफ्नो प्रतिस्पर्धीको विषयमा के भन्नुहुन्छ?
प्रतिस्पर्धा भनेको कांग्रेस–जसपा गठबन्धनसँग नै हुन्छ। यो गठबन्धनका कारणले हामी उत्साहित पनि छौं। हामीलाई त्यसले थप मनोबल बढाएको छ। त्यही भएर हामी आत्तिएका छैनौं। अहिलेको राजनीतिक तरलतामा जुन गठबन्धन बनेको छ, त्यसबाट कीर्तिपुरवासीहरु अचम्मित भएका छन्। हामी जनताको साथमा उत्साहित भएर चुनावमा होमिएका छौं।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ?
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस्
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्