• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

कीर्तिपुरको गठबन्धनबाट आत्तिएका छैनौं, बरु उत्साहित छौं : केशरत्न बज्राचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख २१, २०७९  १८:०२
1140x725

आगामी वैशाख ३० मा हुन स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धन आबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटक अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। 

नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे जिज्ञासा राखेकाे छ। त्यसैक्रममा काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएका केशरत्न बज्राचार्यसँग  बीपी अनमाेलले गरेको कुराकानी प्रस्तुत छ:

कीर्तिपुर नगरपालिकाका मतदाताले तपाईंलाई किन भोट दिने?
हामीले कीर्तिपुर नगरको समग्र विकासका योजना अगाडि बढाएका छौं। अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सञ्चालन गर्नुभएको छ। त्यो अभियानलाई अघि बढाउँदै कीर्तिपुरलाई समृद्ध बनाउन पूर्वाधार तयार गर्दै अगाडि बढेको अवस्था छ। हिजोको स्थानीय सरकार पनि एमालेले नै नेतृत्व गरेको थियो। कीर्तिपुरलाई ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले विकास गर्नुपर्छ भनेर हामीले धेरै पूर्वाधार तयार गरिसकेका छौं। अब तिनै पूर्वाधारमा टेकेर अगाडि बढ्नुपर्ने अवस्था छ। हाम्रो नेतृत्वमा नै त्यो पुरा हुनेछ। 

स्थानीय सरकारले स्वामित्व र अभिभावकत्व ग्रहण गर्दै शिक्षामा आम कीर्तिपुरवासीको पहुँच पुगोस् भन्ने हिसाबमा सरकारी र सामुदायिक विद्यालयलाई व्यवस्थापन गरेर अगाडि बढाउने सोचेका छौं। केन्द्र सरकारले पनि कीर्तिपुरमा दुई वटा विद्यालय नमुना विद्यालयको रुपमा लिएको छ। हामीले अरु विद्यालयलाई पनि नमुना बनाएर एउटा प्राविधिक विद्यालयको अवधारणासहित अगाडि बढ्ने विषयमा विज्ञ र शिक्षाविदसँग सल्लाह गरेर काम गर्ने सोचेका छौं। यो सबै एमालेका उम्मेदवारबाट मात्रै सम्भव छ भन्ने आम कीर्तिपुरवासीले बुझेका छन्। 

प्राविधिक शिक्षालाई प्रभावकारी बनाउने हिसाबले योजना अघि बढाउने छौं। खेलकुद क्षेत्रको हकमा पनि समृद्ध बनाउन योजना बनाएका छौं। खेलकुदकै क्षेत्रमै स्नातक तहसम्मको अध्ययन गराउने हिसाबले पाठ्यक्रम नै तयार गरेर त्रिविसँग सहकार्य गरेर अघि बढिसकेको अवस्था छ। 

रोजगारको सम्बन्धमा पनि विभिन्न सीपमा आधार भएका व्यक्तित्वहरु हुनुहुन्छ। उहाँहरुलाई संगठित बनाएर कीर्तिपुरमा औद्योगिक विकास गर्ने र रोजगार सिर्जना गर्न सक्ने गरी खाका तयार गरेका छौं। नागरिकका आधारभूत आवश्यकतादेखि लोककल्याणकारी अभियानसम्मका सामाजिक क्षेत्रमा सुधार ल्याउन अगाडि बढ्ने परिपाटीको विकास भएको छ। यस अर्थमा नेकपा एमालेलाई नै कीर्तिपुरवासीले विश्वास गरेर मतदान गर्ने छन्।

शैक्षिक सुधारको त कुरा गर्नुभयो। तर, सामुदायिक र निजी विद्यालयबीचको अन्तर धेरै छ। सामुदायिक विद्यालयको गुणस्तरमा सुधार हुन सकेको छैन। तपाईंले कसरी काम गर्ने योजना बनाउनुभएको छ?

राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गरेको छ। तर, नतिजामा हामी सन्तुष्ट हुन सक्ने अवस्था अझै बनिसकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

एउटा कालखण्डमा सामुदायिक विद्यालय व्यवस्थापन समितिको सदस्य रुपमा पनि काम गरेको अनुभव छ। सामुदायिक विद्यालयमा राज्यको लगानीअनुसार क्षमता विकास र मानवश्रोत साधनको विकास गर्न प्रविधिमैत्री बनाउनका लागि तालिम, गोष्ठीलगायतका कामसहित अघि बढ्न सक्छौं। कीर्तिपुर एउटा शैक्षिक केन्द्र पनि हो। यहाँ रहेका शिक्षाविद्हरुसँग बसेर एउटा अवधारणा तयार पारेर जानुपर्छ। सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र पठनपाठन व्यवस्थित बनाउनुपर्छ।

सरकारी विद्यालयको पठनपाठन सुधार गर्नुपर्छ। निजी र सरकारी विद्यालयबीचको खाडल पुर्न निजी विद्यालयलाई पनि हामीले दुश्मन र फरक विचारका रुपमा हेर्नुहुँदैन। निजीलाई पनि स्थानीय शिक्षा समितिभित्र ल्याएर स्थानीय सरकारले ती विद्यालयहरुलाई के–कस्तो सुविधा दिन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ।

उहाँहरु आफैँ एउटा शिक्षा नियमावली विधिमा आउनका लागि उत्साहित हुनुहुन्छ। त्यो वातावरण हामीले बनाइदिनुपर्छ। निजी विद्यालयको व्यवस्थापनका लागि हामी नेतृत्व अलि उदार भइदिनुपर्छ। खुल्ला हृदयले हेरिदियो भने उहाँहरु पनि आउनुहुन्छ। मैले धेरै समस्या नै देखेको छैन। स्थानीय सरकारले स्वस्फूर्त रुपमा निष्पक्ष रुपमा अभिभावकत्व ग्रहण मात्रै गरिदिए पनि उहाँहरु स्थानीय सरकारलाई तयार गर्न तयार हुनुहुन्छ। 

फोहोर व्यवस्थापनदेखि साँघुरा सडकलाई विस्तार गर्दै कीर्तिपुर नगरलाई व्यवस्थित बनाउने तपाईंका योजना के छन्?
नयाँ वस्ती विकासमा त हामीले एउटा मापदण्ड नै बनाएर अगाडि बढेका छौं। त्यसको समस्या नै भएन। तर अन्य वस्तीमा बाटो विस्तारका कुराहरु अप्ठ्यारा छन्। हिजो म सामाजिक अभियानमा लाग्दाखेरि विभिन्न सामाजिक द्वन्द्व व्यवस्थापनमा पनि मैले सहज तरिकाले भूमिका खेलेको हुँदा मूल सडकका कीर्तिपुरका बासिन्दाको एउटा विश्वास मप्रति छ। यहाँका सडक तथो ट्राफिक व्यवस्थापन गर्ने योजना हामीसँग छन्। म स्काउटमा संलग्न भएर लामो समयदेखि काम गरेकाले पनि सडक र ट्राफिक व्यवस्थापनका विषयमा अलिकति जानकार छु।

हामीले सडकलाई विस्तार गर्ने क्रममा नयाँ घरहरु बनाउँदा सडकको मापदण्ड अनुसार त छँदैछ। वैकल्पिक सडकको व्यवस्था गर्नुपर्छ। सडक तथा पैदलयात्रीको सुरक्षा, सडक अपांगमैत्री बनाउनेलगायतका विषयमा ध्यान दिएर काम गर्नुपर्छ भन्ने मेरो योजना छ। सबै विषयमा राजनीतिक नेृतत्वसँग ज्ञान नहुन सक्छ। तर, नेतृत्वसँग इच्छाशक्ति हुनुपर्छ भन्ने मान्यता राख्छु। विषयगत विज्ञहरुलाई खुला रुपमा काम गर्न दियौं भने उहाँहरुले एउटा योजना बनाउनुहुन्छ। र, हामीले त्यसलाई दृढताका साथ पालना गर्छौं। 

यस्तै, हामीले घरदेखि नै फोहोर व्यवस्थापनको कार्य अगाडि बढाउने सोचेका छौं। कुहिने फोहोरको व्यवस्थापन घरमै गरी त्यसबाट मल उत्पादन गर्न सकियोस् भनेर योजना बनाएका छौं। हामीले केन्द्रीकृत कृषि विकास गर्दै अनुदानमार्फत् छरिएर रहेका किसानका लागि कृषि अभियान चलाउने सोचेका छौं। 

जनताले निःशुल्क सिफारिस लिन सक्ने वातावरण बनाउन सकियोस् भन्नेतर्फ अघि बढेका छौं। जनतालाई कर नबढाउने तर करको दायरा बढाउनेतर्फ सोच्नुपर्छ। र, केही करमा मिनाह गर्न सकिन्छ। पूर्ण अपांगता भएका व्यक्तिहरुको हकमा सेवा सुविधालाई निःशुल्क गर्ने योजना पनि बनाएका छौं। यस्तो अभ्यास निवर्तमान मेयरको नेतृत्वमा भएको थियो। 

कीर्तिपुरमा कांग्रेस–जसपा गठबन्धन बनेको छ। माओवादी केन्द्र र समाजवादी एक्लाएक्लै चुनावमा होमिएका छन्। एमालेको मुख्य प्रतिस्पर्धी को हो र तपाई आफ्नो प्रतिस्पर्धीको विषयमा के भन्नुहुन्छ?
प्रतिस्पर्धा भनेको कांग्रेस–जसपा गठबन्धनसँग नै हुन्छ। यो गठबन्धनका कारणले हामी उत्साहित पनि छौं। हामीलाई त्यसले थप मनोबल बढाएको छ। त्यही भएर हामी आत्तिएका छैनौं। अहिलेको राजनीतिक तरलतामा जुन गठबन्धन बनेको छ, त्यसबाट कीर्तिपुरवासीहरु अचम्मित भएका छन्। हामी जनताको साथमा उत्साहित भएर चुनावमा होमिएका छौं।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्