• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मेरो एक मात्र अजेण्डा समृद्ध नगर : मधु केसी ‘निरज’ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, वैशाख १९, २०७९  २१:२५
1140x725

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन्। उनीहरूले आफ्ना अजेण्डा बुझाउनेदेखि आफूलाई किन मत दिने भनी जनतालाई बताइरहेका छन्। 

मतदान हुनुभन्दा ४८ घण्टाअघि मौन अवधि लागू हुने भएकाले त्यसअघि नै सबै वडा र टोलसम्म पुग्ने उम्मेदवारको प्रयास जारी छ। काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका पनि उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन्। यो नगरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका छन् भने माओवादी केन्द्र र नेकपा एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन्। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका मधु केसी (निरज)सँग  नेपाल लाइभले गरेको कुराकानी :

तपाईंलाई जनताले किन भोट दिने? 
सर्वप्रथम त शंखरापुर नगरपालिका राज्य पुनर्संरचनाको समयमा विलय गराउने प्रयास भएको थियो। त्यसलाई बचाउन स्वतन्त्र अस्तित्व कायम गराउन लड्ने पार्टी माओवादी केन्द्र हो। त्यसैले अब यसलाई अझ विकास र समृद्ध नगरपालिका बनाउनका लागि मेरो उम्मेदवारी हो। यहाँका जनताहरू मैले उम्मेदवारी दर्ता गराएपछि निकै उत्साहित भएको पाएको छु। अहिले पनि म घरदैलोमा व्यस्त छु। जनताको घर आँगनमा पुगिरहँदा मलाई यहाँका जनताहरूले धेरै सकारात्मक रुपमा हौसला दिनु भएको छ।  

जनताहरूले हामीले खोजेको उम्मेदवार भनेर भन्नु भएको छ। मधु केसी ‘निरज’लाई हामीले खोजेको हो र यसपटक मत दिएर नगरको जिम्मेवारी दिन्छौं भन्नुभएको छ। हाम्रो अजेण्डा भनेको शंखरापुर नगरपालिकालाई अलग अस्तित्व कायम गरेपछि अब यसलाई काठमाडौं जिल्लाकै नमूना नगरपालिका बनाउने हो। यो क्षेत्र धेरै गाउँ र थोरै सहर भएको क्षेत्र हो। काठमाडौं जिल्ला भए पनि यहाँ धेरै विकासका काम गर्नुपर्ने छ। त्यसका लागि इमान्दार नेताहरूको आवश्यकता छ र त्यो भनेको मै हुँ भनेर जनतासमक्ष वाचा गरेको छु। जनताले पनि घरदैलोको क्रममा मलाई यही वाचा गर्नु भएको छ।

यहाँको पूर्वाधार विकास र कृषि विकासका लागि हाम्रो जित आवश्यक छ। जसको नीति उसको नेतृत्व भन्ने माओवादी केन्द्रको मूल नीतिअन्तर्गत हामी प्रचारमा लागेका छौं। यहाँ नीति बनाउने काम माओवादी केन्द्रले गरेकाले अब नेतृत्व पनि पाउने छ। जनताले विश्वास गरेर जिम्मेवारी दिने छन्। नगरको समग्र विकास र उन्नति अनि कृषिको उन्नति र यो नगरलाई व्यवस्थित सहर बनाउन माओवादी केन्द्रले जित हात पार्न जरुरी छ।  

nimb
nimb
Ncell 2
Ncell 2

फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंका योजना के छन्? 
फोहोर व्यवस्थापन अबको चुनौती हो। यसका लागि हामी अहिलेदेखि नै योजना बनाएर काम गर्छौं। हाम्रो नगरमा अहिले त्यति धेरै विकराल समस्याको रुपमा भइसकेको छैन। तर, हामी यसलाई आगामी १० वर्षको भविष्य परिकल्पना गरेर योजना बनाउने छौं। हामीले अहिलेदेखि नै कुहिने र नकुहिने तथा प्रयोग हुने र नहुने अलग गराउने अभ्यासको थालनी गराउने योजना अघि सारेका छौं। त्यस्तै गाउँ क्षेत्रमा कुहिने फोहोरबाट मल बनाउने, नकुहिने फोहोरहरूलाई आफ्नै नगरभित्र कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो अलग्गै योजना छ। 

त्यस्तै, सडक हाम्रो ठूलो समस्या हो। अहिले पनि नगरका सबै टोल र बस्तीमा सडक पुगेको छैन। अझै भनौं राम्रो सडक पुग्न सकेको छैन। हामी नगरको नेतृत्वमा पुगेपछि ग्रामिण सडकहरूलाई सँधैभरि मोटर हिँड्न सक्ने बनाउने छौं। प्रत्येक वडामा नगरस्तरीय सडकहरू विस्तार गर्ने मेरो योजनामा उल्लेख छ।  मुख्य सडकहरूलाई केन्द्रीय योजनासँग समन्वय गरेर निर्माण अघि बढाउने छौं।  सडक सञ्जालले सबै क्षेत्रमा जोड्न सकेमा यहाँ उत्पादन हुने तरकारी र अन्य उत्पादनले बजार पाउनेछन्। जसले गर्दा नगरको आयस्तर वृद्धि हुने छ। त्यस्तै,  नगरले केही क्षेत्रमा तरकारी पकेट क्षेत्र पनि बनाउने छ। सामूहिक र व्यक्तिगत रुपमा व्यावसायिक खेती विस्तार गर्न नगरले अनुदान सहयोग उपलव्ध गराउने छ। 

नगरलाई व्यवस्थित बनाउन र रोजगारी सिर्जना गर्न के गर्नुहुन्छ?
अहिले रोजगारी सबैतिरको मुख्य समस्या भइरहेको छ। शिक्षित युवाहरूको जमात बढ्दै गएको छ। उनीहरूलाई रोजगारी दिन जरुरी छ। नगरले यस क्षेत्रमा अब लगानी वृद्धि गर्नुपर्ने र केही योजनाहरू बनाउनुपर्ने छ। यसका लागि मैले नगरको नेतृत्व पाएमा दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्छु। नगरले कम्तिमा उत्पादनमूलक क्षेत्रमा लागेका कृषकहरूलाई प्रोत्साहन दिन अनुदानदेखि उनीहरूलाई बजार विस्तारका लागि नगरले सहयोग गर्ने छ। 

हामीले तीनवटा ‘पी’को अवधारणा अघि सारेका छौं। पब्लिक–प्राइभेट  पार्टनरसिपमा रोजगारी सिर्जनाका लागि हामीले काम गर्छौं। यसका निजी र नगरपालिका मिलेर रोजगारी सिर्जनाका लागि काम गर्ने छौं। रोजगारी यही रुपमा दिलाउँदा नगरभित्र रोजगारी सिर्जना र आत्मनिर्भर हुने अवस्था आउँछ। रोजगारीका लागि बाहिर जानुपर्ने अवस्था पनि अत्य गर्ने हाम्रो योजना छ। 

तपाईंले प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ? 
यहाँ मुख्य रुपमा तीन पक्षीय प्रतिस्पर्धा रहेको छ। नेकपा एमाले र माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा छन् भने नेपाली कांग्रेस र समाजवादीले तालमेल गरेका छन्। यसरी हेर्दा सबै पक्षसँग प्रतिस्पर्धा देखिन्छ। तर, मैदानमा सबै भए पनि मेरो जित निश्चित देखिन्छ। प्रतिस्पर्धी रुपमा अरु देखिएको भए पनि यहाँका जनताहरूले नगर हाँक्नका लागि तपाईंको आवश्यकता छ भन्नु भएको छ। 

तपाईंले यहाँको शिक्षाको गुणस्तर सुधारका लागि कसरी काम गर्ने योजना बनाउनुभएको छ? 
अबको विकास भनेको शिक्षा हो। शिक्षामा नगरले लगानी बढाउनुपर्छ। शिक्षा र स्वास्थ्यमा नगरले विकास गर्नुपर्ने आवश्यकता छ। शिक्षाका लागि ग्रामिण विद्यालयको स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ। त्यस्तै, सहरकेन्द्रित रहेका विद्यालयहरूलाई पनि गाउँ क्षेत्रमा लैजानुपर्ने भएकाले यसका लागि मैले नगरबाट काम गर्ने छु। नगरले आफ्नै पाठ्यक्रम पनि बनाएर लागू गर्ने छ। त्यस्तै, १२ कक्षासम्म शिक्षा निःशुल्क हुनुपर्ने मेरो घोषणापत्रमा उल्लेख छ। म नगरको जिम्मेवारीमा आएमा यसमा काम गर्ने छु। 

त्यस्तै, अबको शिक्षा भनेको किताब मात्र होइन। व्यावहारिक र उत्पादनमुलक हुन जरुरी छ। त्यसका लागि नगरले प्राविधिक विद्यालय निर्माणदेखि लगानी गर्न जरुरी छ। यो क्षेत्रमा म लगानी गर्ने छु। हाम्रो क्षेत्रको अर्को समस्या भनेको स्वास्थ्य पनि हो। स्वास्थ्यमा लगानी बढाउन जरुरी छ। नगरको आफ्नै अस्पताल नभएकाले  नगर अस्पताल पनि निर्माण गर्दै यहाँका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने छ।  नगर अस्पताल बनाएर जनताको उपचारका लागि पहलकदमी लिने भन्ने मेरो घोषणापत्रमा उल्लेख छ। सोही अनुसार काम गर्नेछु। 

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्