• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

जोरपाटीदेखि बागद्वारसम्मको समान विकासका लागि मेरो उम्मेदवारी : दीपक रिसाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, वैशाख २१, २०७९  २०:४४
1140x725

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अधिकांश पालिकामा कुनै न कुनै किसिमको तालमेल भएका छन्। सत्ता गठबन्धनआबद्ध दलहरुले केन्द्रीय रूपमै घोषित तालमेल गरेका छन्। अर्कोतिर, नेकपा एमालेले पनि सम्भव भएका पालिकामा तालमेल गरेको छ। त्यसैले यसपटकको निर्वाचनमा अधिकांश स्थानमा दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चितप्रायः छ। 

नेपाल लाइभले प्रतिस्पर्धामा उत्रिएका विभिन्न उम्मेदवारहरुसँग संवाद गरिरहेको छ। ती उम्मेदवारको मौलिक अजेन्डादेखि प्रतिस्पर्धी उम्मेदवारप्रतिको मूल्यांकनबारे पनि जिज्ञासा राखेका छौँ। यसपटक काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा  नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका दीपक रिसालसँग गरेको कुराकानी प्रस्तुत गरेका छौँ :

तपाईंलाई जनताले किन भोट दिने?
म पहिला पनि नगरपालिकाको प्रमुख सल्लाहकार भएर काम गरेको अनुभव छ। मेयर सन्तोष चालिसेको प्रमुख सल्लाहकार हुँदा मैले काम गर्ने तरिका सिकेँ। जनतासँग धेरै परिचित भएँ। हामीले फोहोरमैला व्यवस्थापन, खानेपानीसम्मको काम गर्‍यौँ। विकासका पूर्वाधार निर्माण पनि सुरु गरेका छौं। नगरभित्र थालनी भएको विकासको निरन्तरताका लागि पनि मेरो जित आवश्यक छ।

जोरपाटी–सुन्दरीजल बाटो विस्तारको काम सक्नेदेखि नगरले अघि सारेका अन्य आयोजना पूरा गर्न मेरो नेतृत्व यहाँका जनताले आवश्यक भएको महसुस गरेका छन्। यो क्षेत्रको पर्यटकीयदेखि अन्य विकासका लागि पनि मैले केही योजना बनाएको छु। यो योजना अबको पाँच वर्षमा कार्यान्वयनमा लैजाने हो, त्यसपछि गोकर्णेश्वर स्व:निर्भर हुन्छ। सुन्दरीजलदेखि शिवपुरीसम्मको पर्यटकीय क्षेत्रदेखि तारेभीरसम्मको विकासका लागि मेरो उम्मेदवारी हो।

त्यस्तै धार्मिक पर्यटकका लागि गोकर्णेश्वर मन्दिर, उत्तरवाहिनी, सुन्दरीजलको बीपी संग्रहालयलाई पर्यटकीय रुपमा विकास गर्ने योजना अघि सारेको छु। हामीले १६ करोड रुपैयाँमा पुनःनिर्माण गरेका छौं। यो स्थान अब पशुपतिपछिको धार्मिकस्थल हुने छ।

nimb
nimb
Ncell 2
Ncell 2

फोहोर व्यवस्थापन र सडक विस्तारमा तपाईंको योजना के?
गोकर्णेश्वर काठमाडौंकै पहिलो नगर हो, जसले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्छ। हामी सिसडोलमात्र होइन अन्यत्र कतै फोहोर पठाउँदैनौं। हामीले जापान पुगेर फोहोर व्यवस्थापनको मोडेल हेरेर मेसिन ल्याएका छौं। नगरको फोहोर यहीभित्र व्यवस्थापन गरेका छौं। जल्ने फोहोर जलाउने, पुनः प्रयोग हुने र मल बनाउनेजस्ता कार्यक्रम चलाइरहेका छौं। अबका दिनमा पनि मैले फोहोर व्यवस्थापनका लागि काम गर्ने छु। हामी नगरभित्रको फोहोर अब घर–घरमै प्रयोगमा ल्याउनेदेखि व्यवस्थापनसम्मका काम गर्छौं। कौसी खेतीदेखि अन्यमा त्यसको प्रयोग गर्न नगरले नै सहयोग गर्छ। कौसी खेती प्रतिस्पर्धादेखि गृहिणीहरुलाई फोहोर कसरी कम गर्नेसम्मका तालिम हामी दिन्छौं।

नगरलाई व्यवस्थित बनाउने र रोजगारी सिर्जना गर्ने योजना के हो?
गोकर्णेश्वर गाउँ र नगर मिसिएर बनेको छ। बौद्धदेखि बागद्वारसम्म फैलिएको यो क्षेत्रमा दुवैलाई व्यवस्थापन गर्नुपर्ने छ। सुन्दरीजलदेखि माथिका गाउँहरुमा शिक्षादेखि स्वास्थ्यको पहुँच वृद्धि गर्नुपर्ने छ भने सहरमा स्वास्थ्यको चाप बढ्दै गएकाले गुणस्तरीय अस्पतालहरु निर्माण गर्नुपर्ने छ। यसका लागि नगरले गुरुयोजना र पञ्चवर्षीय रणनीति बनाएर काम गर्छ। म व्यवस्थित योजनामा काम गर्ने मानिस हुँ। यसले रोजगारी पनि दिन्छ।

अब यो क्षेत्रमा रोजगारीका कार्यक्रमहरु वृद्धि गर्नुपर्ने छ। यसका लागि मेरो कार्यकाल स्वर्ण बनाउने योजना छ। मैले केही कुरा आफ्नो घोषणापत्रमा पनि उल्लेख गरेको छु। म यहाँ शिक्षा र स्वास्थ्यका लागि धाएर अरु नगर वा महानगरसम्म पुग्न नपरोस् र ग्रामीण पुरुष र महिलाहरुले पनि काम गर्न सक्ने हुनुपर्छ भनेर योजना बनाएर काम गर्ने छु। त्यस्तै अहिले धेरै देखिएको समस्या युवा बेरोजगारी हो। यसका लागि युवाहरुलाई प्राविधिक शिक्षामा संलग्न गराएर गोकर्णेश्वरभित्रै त्यसको विस्तारको काम गर्ने छु। हस्तकला, कृषि उत्पादन र सीपमूलक रोजगारीका क्षेत्रमा लगानी गरेर काम गर्छु ।

प्रतिस्पर्धी उम्मेदवारलाई कसरी हेर्नु भएको छ?
यो क्षेत्रमा नेपाली कांग्रेसकै बाहुल्यता छ। त्यही पनि हामीसँग प्रतिस्पर्धा हुने भनेको नेकपा एमाले र माओवादी केन्द्रको हो। माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेर प्रतिस्पर्धा गरिरहेका छन्। त्यस्तै केही संख्यामा राप्रपाका मतदाता पनि छन्। मुख्य रुपमा एमालेसँग प्रतिस्पर्धा हो। अरुलाई पनि सामान्यचाहिँ सोच्न मिल्दैन। निर्वाचन भनेको प्रतिस्पर्धा हो। सबैसँग प्रतिस्पर्धा हुन्छ भन्ने सोच राखेर मैले चुनाव प्रचार थालेको छु।

शिक्षाको गुणस्तर सुधार र स्वाथ्यको पहुँच वृद्धिका लागि कसरी काम गर्नुहुन्छ?
हामीले नै पहिलोपटक स्थानीय पाठ्यक्रम सुरुवात गरेका हौं। यहाँको धर्म, संस्कृति र नैतिकता पढाउनुपर्छ भनेर सुरुवात गरेका थियौं। अहिले यो किताब लोकप्रिय भएको छ। यो निजी र सरकारी दुवैमा पढाइ हुन्छ। अहिले ८ कक्षासम्म यसको पढाइ हुन्छ। म सल्लाहकार हुँदा १६ वटा माध्यमिक विद्यालयमा नयाँ अभ्यास सुरु गरिएको थियो। ती योजनालाई अब निरन्तरता दिने हो। जोरपाटीदेखि बागद्वारसम्मका क्षेत्रलाई समान बनाउन नगरले अब योजना बनाउँछ। शिक्षा र स्वास्थ्यमा हामी राजनीति गर्दैनौं। सबै विद्यालयमा प्राविधिक शिक्षा लागू हुनपर्छ भन्ने मेरो धारणा हो। यसका लागि पनि नगरले अब काम गर्छ।

स्वास्थ्य बिमाको काम अब नगरपालिकाले गर्ने छ। नेपाल मेडिकल कलेजलाई नगरले सहयोग गरेको छ। तर, त्यो निजी हो। हामीले नगर अस्पतालको अवधारणालाई नै अगाडि बढाउनु पर्छ। गोकर्णमा रहेको नगर अस्पताललाई अब सहरी अस्पताल पनि बनाउनुपर्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्