• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पैसाको बलमा भर्ना हुन बन्द, योग्यताक्रममा अब्बलले पढ्ने बाटो खुला

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०७५  ०१:५५
1140x725

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारको माग खुलेर राख्न थालेको २०६६ सालदेखि हो। सुरुका तीन वर्ष ज्ञापनपत्र बुझाउने, छलफल गर्ने लगायतका काम गरेका डा केसी २०६९ सालमा पहिलो पटक आमरण अनसन बसे। 

त्यसयता उनी चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटक-पटक अनसन बसेका छन्। पछिल्लो पटक उनको १५औं अनसन असार १६ देखि जुम्लामा जारी छ। 

डा केसीले आवाज उठाउन थालेपछि सरकारले उनको मागका आधारमा बेलाबेलामा चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका काम अगाडि बढाएको छ। यद्यपि उनको प्रमुख माग चिकित्सा शिक्षाको क्षेत्रलाई व्यवस्थित गर्ने छुट्टै ऐन भने आउन सकेको छैन। तर, यस बीचमा डा केसीको अनसनका कारण चिकित्सा शिक्षा क्षेत्रमा देखिनेगरी नै सुधारका धेरै काम भएका छन्। 

नेपाल लाइभले डा केसीको अनसनपछि प्राप्त उपलब्धिलाई क्रमशः प्रकाशन गर्दै जानेछ। जसमध्ये पहिलो शृंखलामा चिकित्सा शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीका क्षेत्रमा भएको उपलब्धिलाई प्रस्तुत गरिसकेका छौं। दोस्रो शृंखलामा मेडिकल कलेजहरुमा योग्यताक्रम (मेरिट)का आधारमा भर्ना हुने व्यवस्थालार्इ यहाँ प्रस्तुत गरेका छौं:

पैसाको मुठो बुझाएको भरमा भर्ना हुने अवस्थाको अन्त्य

डा गोविन्द केसीको अनसनपछि चिकित्सा शिक्षा क्षेत्रमा भएका महत्त्वपूर्ण उपलब्धिमध्येको एक हो, मेडिकल कलेजहरुमा योग्यताक्रम (मेरिट)का आधारमा भर्ना हुन पाउने व्यवस्था। डा केसीले अनसन सुरु गर्नुअघि भने योग्यताका आधारमा नभई प्रवेश परीक्षामा पास हुनेमध्ये जसले बढी शुल्क बुझाउन सक्छ, सोही विद्यार्थीले पढ्न पाउने अवस्था थियो। जसले गर्दा जेहेन्दार तर कमजोर आर्थिक अवस्था भएका विद्यार्थी पढ्नबाट वञ्चित हुन्थे। 

एमबिबिएस वा त्यसभन्दा माथिल्लो तहमा अध्ययनका लागि विद्यार्थीले अनिवार्य प्रवेश परीक्षा दिनुपर्ने हुन्छ। प्रवेश परीक्षामा ५० नम्बरभन्दा माथि आएकाले मात्र पढ्न पाउँछन्। डा केसीले अनसन सुरु गर्नुअघि प्रवेश परीक्षामा ८० वा ९० नम्बर ल्याएका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले भर्ना पाउन समस्या थियो। जबकि ५० नम्बर मात्र ल्याएका विद्यार्थीले धेरै पैसा बुझाएर सहजै भर्ना पाउँथे। 

विश्वविद्यालयको योग्यताक्रममा अगाडि भएका विद्यार्थीभन्दा पनि पैसाको मुठो धेरै बुझाउन सक्नेलाई भर्ना लिन थालेपछि डा केसीले योग्यताक्रमका आधारमा मात्र भर्ना गर्ने व्यवस्था लागू गर्न माग गरेका हुन्। डा केसीको यो मागलाई केदारभक्त माथेमाको नेतृत्वमा गठित आयोगको प्रतिवेदनमा पनि समावेश गरिएको छ। डा केसीको माग र माथेमा आयोगको प्रतिवेदनले सुझाव दिएपछि सरकारले योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना हुन पाउने व्यवस्था ल्याएको हो। 

Ncell 2
Ncell 2

तर, यो व्यवस्था कार्यान्वयनमा आउन भने लामो समय लाग्यो। मेडिकल कलेजहरुले उक्त व्यवस्था लागू नगरेपछि डा केसीले हरेक पटकको अनसनमा यो विषय उठाउन थाले। कलेजले उक्त व्यवस्था लागू नगरी पैसाकै आधारमा भर्ना लिएको भन्दै अब्बल विद्यार्थीले सर्वोच्च अदालतमा मुद्दा समेत हालेका थिए। अदालतले योग्यताक्रमका आधारमा भर्ना गराउन आदेश दिएपछि भने यो व्यवस्था पूर्णरुपमा लागू हुन थालेको छ। 

यो व्यवस्था लागू गर्नमा शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको भूमिका पनि महत्त्वपूर्ण छ। शिक्षा मन्त्रालयले भर्ना प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन मेरिटका आधारमा मात्र भर्ना गर्न २०७३ चैतमा निर्देशन दिएको थियो। त्यसपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले प्रवेश परीक्षाको योग्यताक्रममा अगाडि रहेकालाई परामर्शका आधारमा भर्ना गर्न पाउने व्यवस्था गरेको हो। 

सो व्यवस्था अन्य विश्वविद्यालय तथा प्रतिष्ठानमा पनि लागू गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएपछि अन्यत्र पनि त्यस्तै व्यवस्था सुरु गरिएको हो। मन्त्रालय र विश्वविद्यालयले भर्नालाई व्यवस्थित बनाउने व्यवस्था ल्याएपछि नेपाल मेडिकल काउन्सिलले योग्यताक्रमलाई नमानी पैसाको बलमा भर्ना भएका विद्यार्थीलाई मान्यता नदिने निर्णय गरेको थियो। काउन्सिलको उक्त निर्णयपछि कलेजहरु नियम मान्न बाध्य भएका थिए।

काउन्सिलले विश्वविद्यालयले तोकेको भर्ना प्रक्रियाभन्दा बाहिर गई विद्यार्थी भर्ना गरेको विषयमा ध्यानाकर्षण गर्दै नियम अनुसार भर्ना गर्न र नियम विपरीत भर्ना गरिएका विद्यार्थीको प्रक्रिया रद्द गर्न कलेजहरुलाई सूचित गरेको थियो।

काउन्सिलले योग्यताक्रमभन्दा बाहिरका विद्यार्थीको सम्पूर्ण जिम्मेवारी भर्ना लिने मेडिकल र डेन्टल कलेज, भर्ना हुने विद्यार्थी, भर्ना गराउने अभिभावकले नै लिनुपर्ने र त्यसरी प्रक्रिया मिचेर पैसाको आडमा भर्ना भएका विद्यार्थीलाई काउन्सिलले मान्यता नदिने जानकारी गराएपछि सबै मेडिकल कलेजले योग्यताक्रम अनुसार विद्यार्थी भर्ना गराउन थालेका हुन्।

भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन सबैभन्दा पहिला आइओएमले ओपन हाउस काउन्सिलिङ सुरु गरेको हो। यो प्रक्रियामा योग्यताक्रममा परेका विद्यार्थीलाई भेला गराएर पहिलो नम्बरमा रहेका विद्यार्थीलाई आफूले पढ्न चाहेको कलेज छनोट गर्न लगाइन्छ। त्यसपछि क्रमश: योग्यताक्रमका आधारमा दोस्रो, तेस्रो हुँदै बाँकी रहेका कोटा नसकिएसम्म छनोट गर्न लगाइन्छ। 

आइओएमका डीन डा जगदीशप्रसाद अग्रवालले नियम अनुसार मेरिटका आधारमा ओपन हाउस काउन्सिलिङमा छनोट भएका विद्यार्थीले मात्र कानुनी मान्यता पाउने बताए। उनले उक्त व्यवस्था विपरीत भर्ना भएका विद्यार्थीलाई आइओएमले मान्यता नदिने र रजिस्ट्रेसन समेत नहुने जानकारी दिए।

यो पनि पढ्नोस्:

चिकित्सा क्षेत्रमा डा गोविन्द केसीको अनसनका उपलब्धि शृंखला १ : नेपालमा फेल भएका ९५ प्रतिशत विद्यार्थी डाक्टरी पढ्न विदेश जाने क्रमको अन्त्य

प्रकाशित मिति: मंगलबार, असार २६, २०७५  ०१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपति पौडेलद्वारा धन्यवाद व्यक्त बिहीबार, फागुन २१, २०८२
कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद बिहीबार, फागुन २१, २०८२
६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान बिहीबार, फागुन २१, २०८२
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी बिहीबार, फागुन २१, २०८२
दोलखाको मालुमा रोकिएको मतदान फेरि सुरु बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौंमै फिर्ता बिहीबार, फागुन २१, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्