• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ११, २०८३ Mon, May 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के गभर्नर हटाउने निर्णय सर्वोच्चले उल्टाइदिएपछि महेश आचार्यले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्?

64x64
किशोर दहाल बुधबार, वैशाख ७, २०७९  ११:१३
1140x725

काठमाडौं- मन्त्रिपरिषद्को २०७८ चैत २४ गते बसेको बैठकले छानबिन समिति गठन गरेपछि निलम्बन भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनर्बहाली भएका छन्। सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेशसँगै उनको पुनर्बहाली भएको हो।

मंगलबारको आदेशमा भनिएको छ- 'नेपाल सरकारको मिति २०७८।१२।२४ को निर्णय तथा अर्थ मन्त्रालयको मिति २०७८।१२।२५ को निवेदकको नाममा जारी गरिएको पत्राचार तत्काल कार्यान्वयन नगर्नू नगराउनू र निवेदनकलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ।'

अर्थमन्त्री जनार्दन शर्मासँग असझदारी भएपछि उनीमाथि छानबिन गर्न समिति गठन गर्दै निलम्बनको बाटो अपनाइएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा गठन गरिएको छानबिन समितिले काम सुरु गरिसकेको अवस्थामा सर्वोच्चको अन्तरिम आदेश आएको हो।

मन्त्री शर्माको जोडबल र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निलम्बन गरिएका गभर्नर अधिकारी पुनर्बहाली भएपछि सरकारमाथि नैतिक प्रश्न उठेको छ। खासगरी अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने माग सामाजिक सञ्जालमा उठेको पाइन्छ। त्यसको माग गर्नेहरुले दुई दशक अगाडिको एउटा यस्तै सन्दर्भलाई चर्चामा ल्याएका छन्। त्यो हो तत्कालीन मन्त्री महेश आचार्य र गभर्नर तिलक रावलबीचको विवाद।

के भएको थियो त त्यतिबेला?

मन्त्री महेश आचार्य र गभर्नर तिलक रावलबीचको टकराव २०५६ माघमै सुरु भएको थियो।  कृष्णप्रसाद भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्‌मा आचार्य अर्थमन्त्री थिए। मन्त्री आचार्यको अहसमतिका बाबजुद प्रधानमन्त्री भट्टराईले रावललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेका थिए। त्यतिबेला अर्थमन्त्री आचार्यले मन्त्रालयका सचिव रामविनोद भट्टराईलाई गभर्नर बनाउन चाहेका थिए। तर त्यसलाई अस्वीकार गर्दै प्रधानमन्त्री भट्टराईले वाणिज्य बैंकका पूर्वकार्यकारी अध्यक्ष रावललाई गभर्नर बनाउने अडान लिएका थिए।असन्तुष्ट मन्त्री आचार्यले राजीनामा दिएका थिए। 

तर त्यसको केही महिनापछि अर्थात् २०५६ चैत ३ गते भट्टराई सरकार ढल्यो। पार्टीभित्रको तानातानबाट दिक्क हुँदै उनले राजीनामा दिएका थिए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। चैत ७ गते प्रधानमन्त्री नियुक्त भएका उनले ८ गते नयाँ मन्त्रिपरिषद् गठन गरे। सो मन्त्रिपरिषद्‌का अर्थमन्त्री बने उनै आचार्य। २०५७ असोज १६ गते उनलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सुम्पिए।

यसैबीच, २०५७ भदौ १२ गतेको मन्त्रिपरिषद्ले गभर्नर रावललाई बर्खास्त गरिदियो। बर्खास्त गर्नुअघि प्रधानमन्त्री कोइरालाले समेत रावललाई राजीनामा दिन आग्रह गरेका थिए। तर रावलले अस्वीकार गरेका थिए। त्यसपछि उनलाई सरकारका आर्थिक तथा वित्तीय सुधार कार्यक्रम तथा नीति अघि बढाउन नसकेको आरोपसाथ बर्खास्त गरिएको थियो। उक्त पदमा पूर्वसचिव दीपेन्द्रपुरुष ढकाललाई नियुक्त गरिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बर्खास्तबारे मन्त्री आचार्यको भनाइ थियो- केन्द्रीय बैंकलाई नेतृत्व दिन उहाँ सक्षम हुनुभएन। रावलले भने आफूले वित्तीय क्षेत्रको सुधार सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गरेको बताएका थिए। कान्तिपुर दैनिकलाई त्यतिबेला दिएको प्रतिक्रियामा उनले भनेका छन्- मैले बजेटमा उल्लेखित वित्तीय क्षेत्रको सुधार तथा अन्य कार्यक्रमलाई सक्रियताका साथ बढाइरहेको थिएँ। तिब्बतसँगको नेपालको व्यापार बैंक प्रणालीभित्र ल्याउने, सुन राष्ट्र बैंकमार्फत आयात तथा बिक्रीवितरण गर्ने जस्ता कार्यक्रम मैले नै सुरु गरिसकेको थिएँ।

उनले आफूमाथि अन्याय भएकोले चुप लागेर नबस्ने प्रतिक्रिया दिएका थिए। कुनै न कुनै रुपमा आफू लड्ने उनको भनाइ थियो।

अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा त्यतिबेला पार्टीका प्रतिपक्षी नेता थिए। उनले पनि गभर्नर हटाउने निर्णयलाई गलत भन्दै विरोध गरेका थिए। भदौ १५ गते प्रकाशित कान्तिपुर दैनिकमा उनको प्रतिक्रिया छ- 'प्रधानमन्त्रीले किन यसो गर्नुभयो, थाहा भएन, तर उहाँले जे गर्नुभयो गल्ती गर्नुभयो।' 

सरकारको निर्णय कानुनसम्मत नभएकाले बदर गरी उक्त पदमा पूर्ण अवधिका लागि बहाल गराउन आदेश जारी माग गर्दै रावलले भदौ २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

रिट निवेदनमा 'आफूलाई नियुक्ति गरेको ७ महिना नपुग्दै अवकाश दिनुपर्ने कानुनी आधार तथा तथ्य समेत नभएको र त्यस्तो आधार तथा तथ्य थियो भन्ने अभिव्यक्तिसमेत कहीँ कतै नभएको' उल्लेख थियो।

अवकाश दिनुपर्ने कारण र औचित्यका सम्बन्धमा आफूलाई सुसूचित नगराई भदौ १२ गतेको सरकारी निर्णय र त्यसका आधारमा अवकाश दिन अर्थ मन्त्रालयले लेखेको भदौ १५ गतेको पत्र, प्रशासनिक टिप्पणी-आदेश लगायत तीसम्बन्धी सम्पूर्ण काम-कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गर्न उनले माग गरेका थिए। तोकिएको कार्यावधिसम्म निर्बाध रुपमा काम गर्न पाउने गरी गभर्नर पदमा पुनर्बहाली गर्नू-गराउनू भनी परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गर्न रिटमा माग गरिएको थियो।

यो विषय महिनौंसम्म सर्वोच्चमै थन्कियो। गभर्नरको रुपमा दीपेन्द्रपुरुष ढकालले काम गरिरहे। यसैबीचमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निकै बदनाम भइसकेका थिए। उनको राजीनामा माग भइरहेको थियो। प्रतिपक्षी दल मात्रै होइन, पार्टीभित्रको विपक्षी समूहले उनीप्रति असन्तुष्ट थियो। पार्टीभित्रको विवाद मिलाउने प्रयासस्वरुप उनले मन्त्रिपरिषद् पुनर्गठन पनि गरे। माघ २५ मा गरिएको पुनर्गठनबाट उनले मन्त्रिपरिषद्लाई व्यापक विस्तार गरी ३७ सदस्यीय पुर्‍याए। 

अर्थ र रक्षा मन्त्री रहँदै आएका महेश आचार्य भने पुनर्गठनसँगै रक्षा मन्त्रालयमा मात्रै सीतिम भए। माघ २६ गतेको कान्तिपुर दैनिकमा उल्लेख छ- 'प्रधानमन्त्रीको अति निकट मानिएका महेश आचार्य दातृ संस्थाहरुको राम्रो सद्भाव हुँदाहुँदै अर्थ मन्त्रालयको गहन जिम्मेवारीबाट पन्छी रक्षामा सीमित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। आचार्य आफैंले बर्खास्ती गरेका राष्ट्र बैंकका गभर्नर डा तिलक रावलको मुद्दा सर्वोच्च अदालतलमा फैसला हुने स्थितिमा पुगिसकेको र त्यसमा प्रतिकूल फैसला आएको खण्डमा नैतिक संकट आउने सम्भावनाका कारण उहाँ अर्थ मन्त्रालयबाट पन्छिन खोज्नुभएको अड्कलबाजी हुन थालेको छ।'

अर्थमन्त्रीको रुपमा डा रामशरण महतले फागुन १ गते कार्यभार सम्हालेका थिए।

चैत १५ गते सर्वोच्च अदालतले रावललाई पूरा अवधिका लागि पुनर्बहाली गर्ने आदेश दियो। रावललाई बर्खास्त गर्ने निर्णय कानुनसम्मत नभएकाले उत्प्रेषणको आदेशद्वारा बदर गर्दै पुनः उक्त पदमा बहाल गरी पूरा अवधि कार्य गर्न दिनु भनी सरकारको नाममा परमादेश गरेको थियो। न्यायाधीशद्वय कृष्णजंग रायमाझी र टोपबहादुर सिंहको संयुक्त इजलाशले उक्त आदेश दिएको थियो।

इजलासको निर्णय सुनाउँदै न्यायाधीश रायमाझीले भनेका थिए- गभर्नरजस्तो राष्ट्रको प्रतिष्ठित पद सामान्य आधारमा एउटा फालेर अर्को ल्याउने होइन, त्यस्तो कार्य कानुनी आधारमा हुनुपर्छ।'

'ऐनमा कार्यकारण परे विभिन्न आधार दिई हटाउनसक्ने अधिकार छ तर अवकाश दिएर हुने क्रिया र आरोप लगाएर हटाउने छुट्टै कुरा हो', आदेश सुनाउँदै उनले भनेका थिए, 'त्यसकारण कार्यकारण भन्दैमा आरोप लगाएर अवकाश दिने होइन, यसको कानुनी प्रक्रिया हुन्छ।'

'गभर्नरको पद कानुनी भएको र कानुनले किटेबमोजिम सरकारले रावललाई नियुक्त गर्ने निर्णय गरेकाले तोकिएको समयसम्म पदमा रहने हक छ। गैरकानुनी रुपमा निवेदकको हकमाथि आघात पुगेकाले सरकारको उक्त निर्णय बदरभागी छ।'

फैसलापछि रावलले भनेका थिए- म सरकारको निर्णयले अन्याय भयो भनेर आएको थिएँ, न्याय पाएँ। खुसी छु।

आचार्यले भने सर्वोच्चको फैसलाको सम्मान गरिने बताएका थिए। त्यतिबेलाका अर्थमन्त्री रामशरण महतले पनि सर्वोच्चको निर्णयलाई आदर गर्ने बताएका थिए।

सर्वोच्चको आदेशको भोलिपल्ट मन्त्री आचार्यले प्रधानमन्त्री कोइरालासमक्ष राजीनामा बुझाए। राजीनामापत्रमा आचार्यले विभागीय मन्त्रीका रुपमा आफैंले निर्णय गरी हटाएको व्यक्तिलाई सर्वोच्च अदालतले गैरकानुनी र नियमविपरीत भन्दै पुनर्बहाली गरेकाले पदमा बस्नु नैतिकताले नमिल्ने उल्लेख गरेका थिए।

त्यतिबेला विमर्श साप्ताहिकलाई उनले राजीनामाबारे प्रतिक्रिया दिँदै भनेका थिए- 'कसै न कसैले जिम्मेदारी लिनुपर्‍यो नि! सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णयलाई नै कानुनसम्मत नभएको ठहर गरिसकेपछि सम्बन्धित व्यक्तिले त्यो निर्णयको जिम्मेदारी लिनु उचित हैन र? कसैले पनि जिम्मेदारी नलिने हो भने अदालतको फैसलाको महत्त्व हुँदैन र उत्तरदायित्वको बोध पनि हुँदैन। मन्त्रिपरिषद्ले गरेको त्यो निर्णयको पछाडि मुख्य भूमिका मेरै थियो। त्यसैले तत्कालीन विभागीय मन्त्रीको नाताले नैतिक आधारमा राजीनामा दिएको हुँ। तर जुन कारणले सरकारले त्यो निर्णय गरेको थियो, त्यसको वस्तुगत कारण र औचित्यको मामलामा भने म आफैं पनि दृढ छु। फगत कुनै लहडमा आएर वा व्यक्तिगत पूर्वाग्रह राखेर त्यो निर्णय भएको थिएन।'

आलोचकहरुले त्यतिबेला राजीनामा प्रकरणलाई नैतिकता प्रदर्शन गर्ने चलाखीको रुपमा व्याख्या गरेका थिए। किनकि, त्यतिबेला प्रधानमन्त्री कोइराला निकै संकटबाट गुज्रिरहेका थिए। उनीमाथि अनेक आरोप लागिरहेका थिए, राजीनामा माग भइरहेको थियो। विपक्षी एमालेले राजीनामा माग्दै ५७ दिनसम्म अवरोध गरेको संसद् बैठक केही दिनअघि मात्रै सकिएको थियो। त्यस्तो परिस्थितिमा कोइरालाका निकट र विश्वासपात्र आचार्यको राजीनामा स्वीकृत हुने सम्भावना नै थिएन। भयो पनि त्यस्तै। भोलिपल्टै राजीनामा अस्वीकृत भयो। 

(उल्लेखित सन्दर्भहरु मूल रुपमा कान्तिपुर दैनिकका साथै त्यतिबेला प्रकाशित विभिन्न पत्रिकाबाट लिइएको हो।)

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी कार्यक्रममा बोल्दै उनले समाजमा लैंगीक समानता कायम न... आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीभित्र सहकार्य र समन्वयको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा नेपाली... आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा काठमाडौँमा आयोजित कार्यक्रममा अभियानको औपचारिक घोषणा गर्दै ३३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्