• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

संकटतर्फ होइन, कोभिडका कारण थला परेको अर्थतन्त्र ‘रिकभरी’तर्फ गएको होः अनलराज भट्टराई [अन्तर्वार्ता] 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ६, २०७९  ०९:३१
1140x725

काठमाडौं- अहिले देशको अर्थव्यवस्था खस्किँदै गएको छ। व्यापार घाटा बढ्दै गएको छ भने महँगी पनि बढिरहेको छ। विकास खर्च नहुने तर, आयात बढ्ने कार्यले अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने चिन्ता आमरुपमा देखिएको छ। रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र नेपालमा यसको उच्च आयात तथा कोभिड–१९ को महामारीपछि रेमिटेन्‍स घट्ने कारणले अर्थतन्त्र शिथिल अवस्थामा छ। अहिले देखिएको आर्थिक संकट के हो, कसरी समाधान गर्ने र आगामी बजेट कस्तो ल्याउने भन्ने विषयमा एनआरएन डेभलपमेन्ट फण्डका कार्यकारी अधिकृत तथा पूर्वबैंकर अनलराज भट्टराईसँग नेपाल लाइभकी सुमित्रा कार्कीले गरेको कुराकानीः

देश आर्थिक संकटमा पुगेको चर्चा चलिरहेको छ। खासमा हामी कस्तो अवस्थामा छौं? 
अर्थतन्त्रमा संकट देखिएको भन्नुअघि कुन–कुन क्षेत्रमा दबाब देखिएको छ भन्ने महत्त्वपूर्ण हुन्छ। त्यसबाट संकटबारे थाहा पाउन सकिन्छ। हामीले हेर्ने भनेको हामी कुन क्षेत्रमा अप्ठ्यारोमा छौं भन्ने हो। आँकडाहरुलाई हेर्ने हो भने हामी बिग्रेको अवस्थामा पुगेको छैनौं। अहिले पनि हाम्रो उद्योगको उत्पादन बढेको छ। खुद्रा उत्पादन बढेको छ। पर्यटनको क्षेत्रमा जानुहुन्छ भने अहिले त्यत्रो एअरलाइन्सहरु प्यासेन्जरले भरिभराउ छन्। पर्यटकीय क्षेत्रमा पर्यटकहरुको आवात–जावात बढिरहेको छ। आन्तरिक पर्यटनको प्रवर्द्धनमा पनि जोड दिइरहेको बेला छ। सरकारले गर्ने आम्दानी राजस्वमा पनि आशा गरेअनुसार वृद्धि भइरहेको छ। बैंकले  उत्साहित भएर कर्जामा लगानी गरिहेको छ। कुन क्षेत्रमा हामी बिग्रेका छौं, त्यहाँ हाम्रो प्रश्न छ? हाम्रोमा अहिले माग बढी आइरहेको छ, जसकारण हाम्रो अर्थतन्त्रमा दबाब सिर्जना भएको देखिन्छ।

त्यसो भए हाम्रो अर्थतन्त्र संकटतर्फ गएको होइन?  
अर्थतन्त्र संकटतिर गएकै छैन। कोरोना महामारीको दुई वर्षको अवधिमा अर्थतन्त्र ‘रिकभरी’ नभएको अवस्था थियो। अहिले रिकभरीतर्फ गइरहेको हो। यसकारण अर्थतन्त्रको विभिन्न क्षेत्रमा दबाब सिर्जना भएको छ। यसलाई अर्थतन्त्र संकटमा गएको भन्न मिल्दैन। अहिले सबैभन्दा धेरै दबाब देखिएको क्षेत्र भनेको हाम्रो बाह्य वित्तीय सन्तुलन हो, जहाँ केही संकट देखा पर्छकि भन्ने अवस्था हो। 

अर्थतन्त्रमा दबाब सिर्जना हुनाको कारण के हो?
पहिलो कुरा कोरोना महामारीको कारण लामो समय व्यापार व्यवसाय बन्द थियो। बजारमा माग र आपूर्ति थिएन। कोभिडको प्रभाव विस्तारै कम हुँदै गयो। उपभोक्ताको माग ह्यात्तै बढ्यो। हरेक क्षेत्रमा माग बढ्दा अर्थतन्त्रमा धेरै नै चाप परेको छ। त्यही बेला विश्व बजारमा सप्लाइ म्यानेजमेन्ट बिग्रिन गयो। नेपालमा मात्र नभएर विश्व बजारमा नै सप्लाइको म्यानेजमेन्ट बिग्रिएको छ। अहिले युक्रेन र रसियाको लडाइ चलिरेको छ, यसले गर्दा विश्वमा नै सप्लाइको सबै कुरा बिग्रिएको छ। यसले गर्दा विश्वमा नै बिभिन्न कुरामा दबाब सिर्जना भएको छ। हामी विदेशबाट हुने आयातमा निर्भर रहेका कारण समस्या देखिएको हो। 

यसकारण हामीलाई चाहिने हरेक कुरा बाहिरबाट आयात हुन्छ। हाम्रो देशको अहिलेको अवस्था हेर्दा हामी अझै आउने दिनमा पनि आयातमा निर्भर हुनु पर्ने अवस्था छ। किनभने, अहिले नै हामीसँग देशको मागअनुसारको उत्पादन स्वदेशमा नै धान्न सक्ने अवस्था छैन।

अहिले भइरहेको कृषि पेसालाई हामीले नियमन गर्न सक्ने अवस्था छैन। यसैगरी, अहिले कै अवस्थामा हामीले हाइड्रोपावरबाट बिजुली निकालेर बेच्न सक्ने क्षमतामा पनि हामी छैनौं। हाइड्रोपावर सञ्चालन गरेर बिजुली बेचेर आम्दानी लिने कुरा चलेको ५० औं वर्ष भइसकेको छ। तर, पनि अहिलेसम्म हामी सफल हुन सकेको अवस्था छैन।  

हामी केही क्षणमै सुध्रिन सक्ने अवस्थामा छैनौं। अझ कैयौं वर्ष यो कुरा परिवर्तन हुन लाग्छ। हाम्रो कमजोरी व्यवस्थापनमा भयो। वित्तीय क्षेत्र ऋण प्रवाह गर्न अति नै उत्साहित देखिए। यता ऋण सजिलै पाएपछि व्यापार व्यवसाय गर्नेहरु पनि उत्साहित भए। सरकार पनि उत्साहित भयो। यही कारणले अहिलेको अवस्था आयो। दबाब सबै ठाउँमा देखिएको छ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकको तालमेल नमिल्दा यस्तो अवस्था आयो भनिन्छ। वास्तविकता त्यही हो?
विदेशी मुद्रा सञ्चिति कम रहनुमा न राष्ट्र बैंकको भूमिका रहन्छ, न त सरकारको। यसमा राष्ट्र बैंक र सरकारको धारणा नमिल्ने भन्ने केही पनि छैन। यो आफैंमा स्वतन्त्र विषय हो। किनभने, माग र आपूर्तिको आधारमा यो घटबढ हुन्छ। हामी कहाँ उपभोक्ताले माग गरेको सामान आयातीत वस्तुमा उपभोग गर्ने गर्छौं। हाम्रो अर्थतन्त्र उपभोक्ता आधारित भएको कारणले माग बढाउनाले विदेशी मुद्राको सञ्चिति घट्छ र सप्लाइले यस्तो सञ्चिति बढाउँछ। अर्कोतर्फ हाम्रो रेमिट्यान्स आउने विदेशमा रहेका नेपालीको कमाइको आधारमा हो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यहाँको कमाइलाई नेपाल सरकारको र नेपाल राष्ट्र बैंकको नीतिले केही पनि असर गर्दैन। नियमन निकायलाई एउटा के कुराको थाहा हुन्छ भने रेमिटेन्स फर्मल च्यानलबाट कति आएको छ र इनफर्मल च्यानलबाट कति आएको छ। 

माग अनुसारको यहाँ उत्पादन छैन। कुनै पनि व्यवसायीले सामान स्टकमा राख्नको लागि त मगाएको हुँदैन। सामान बेच्न कै लागि ल्याएको हुन्छ। यसकारण उपभोक्ताले यस्तो कुरामा माग घटाउनु पर्‍यो जुन बस्तु नहुँदा पनि हाम्रो दैनिकी चल्छ

तीन/चार वर्षको तथ्यांक हेर्ने हो भने रेमिटेन्स घटेको छैन। यो आर्थिक वर्ष रेमिट्यान्स गत आर्थिक वर्षमा भन्दा केही घटेको छ। तर, त्यो भन्दा अघिल्ला आर्थिक वर्षको तुलनामा भने घटेको छैन। गत आर्थिक वर्षमा रेमिट्यान्स सबैभन्दा धेरै आएको थियो। त्यो पनि हामीले विचार गर्नुपर्‍यो। कोभिड भएपछि एकैपटक पैसा बढेर आयो। त्यो हिसाबले सधै पैसा आउँदैन। हामीसँग भएको विदेशी मुद्रा सञ्चिति पनि घटेको छैन। तर, सजक चाँही हुनुपर्ने अवस्था छ। 

अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न के गर्न सकिन्छ? 
यो समस्या गर्नको लागि अहिलेको अवस्थामा उपभोक्ताले माग कम गर्नुपर्‍यो। अहिले यो अवस्था उपभोक्ताको मागका कारण आएको हो। व्यवसायीले किन बाहिरबाट सामान माग गरे भन्दा नेपाली बजारमा यसको माग भएर हो। माग अनुसारको यहाँ उत्पादन छैन। कुनै पनि व्यवसायीले सामान स्टकमा राख्नको लागि त मगाएको हुँदैन। सामान बेच्न कै लागि ल्याएको हुन्छ। यसकारण उपभोक्ताले यस्तो कुरामा माग घटाउनु पर्‍यो जुन बस्तु नहुँदा पनि हाम्रो दैनिकी चल्छ। 

Xtrem

Xtrem

अब उपभोक्ताले के सोच्नु पर्‍यो भने अहिले हाम्रो आय बढी रहेको छैन, सामानको मूल्य आकासिएको छ। विश्व बजारमा पनि वस्तुको मूल्य वृद्धि भइरहेको छ। अहिले पेट्रोलियम पर्दाथ कै कुरा गर्ने हो भने गत आर्थिक वर्षमा प्रति ब्यारेल ४०/५० डलर पर्ने पेट्रोलियम पदार्थको मूल्य अहिले प्रति व्यारलको मूल्य १०० डलरभन्दा बढीमा खरिद गरिहेका छौं। अघिल्लो वर्ष जति पेट्रोल खरिद गरेका थियौं, यो वर्ष पनि त्यति नै पेट्रोल खरिद भएको छ।   

मूल्यवृद्धि भएको कारण अहिले हाम्रो ठूलो रकम बाहिरिएको छ। अहिले यसको आयात रोक्न सक्ने अवस्था पनि देखिँदैन। त्यसलाई रोक्न उपभोक्ताले त्यसको माग घटाउनु पर्छ। माग घट्न सक्ने अवस्था पनि छैन। 

नीतिगतरुपमा व्यवस्था परिवर्तन गर्नु पर्ने आवश्यकता देख्नुहुन्छ?

हामीकहाँ साधारण हिसाबले हेर्ने हो भने विदेशी ऋण ल्याउन चाहनुहुन्छ भने त्यसको स्वीकृति प्रक्रिया एकदमै झन्झटिलो छ। अहिले एउटा व्यापार व्यवसाय गर्दा चार/पाँच ठाउँमा गएर दर्ता गर्नु पर्ने व्यवस्था छ। यसले प्रक्रियालाई झन्झटिलो बनाएको छ। सरकारले एउटा प्याकेजको कामलाई टुक्रा–टुक्रा बनाएर नीतिगत काम गरिदिने गरेको छ। यसले काम गर्न पनि लामो समय लाग्ने हुन्छ। यो प्रोसेस चेन्ज गर्न आवश्यक छ। हामीकहाँ अहिले नीतिगत कुराले विदशी लगानी भित्र्याउनको लागि कसिएको अवस्था छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
चेकविरुद्ध इङ्ल्यान्डको जित
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने बुधबार, असोज १४, २०८३
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्