काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले पोखरामा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले पोखराको तालचोक र हल्लनचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकको तालचोक शाखाको उद्घाटन प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुुरुङले गरेका थिए भने हल्लनचोक शाखाको उद्घाटन प्रदेश ४ का सभामुुख नेत्रनाथ अधिकारीले गरे।
नयाँ शाखा सञ्चालनमा आएसँगै देशभर बैंकको शाखा संख्या ५२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।