• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : ऋतुराज चले त चेन्नई चल्यो !

64x64
नेपाल लाइभ आइतबार, चैत २०, २०७८  ०८:११
1140x725

काठमाडौं– चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो दुवै खेल हारेको यो इतिहासमा पहिलो पटक हो। तर, चेन्नई आइतबार पञ्जाब किंग्सविरुद्ध आफ्नो जितको खाता खोल्न चाहन्छ।

चेन्नई पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा नवप्रवेशी लखनऊ सुपरजायन्ट्ससँग ६ विकेटले नै पराजित भएको थियो।

ब्रेबोर्न स्टेडियमको पिच ब्याटिङ अनुकूल मानिन्छ। यो पिचमा चेन्नईका ड्वेन ब्राभो र ड्वेन प्रिटोरियस जस्ता सुस्त गतिका बलरहरू उपयोगी साबित हुन सक्छन्। तर, चेन्नईले ‘पावरप्ले’मा विकेट लिने दीपक चाहरलाई गुमाउने छ। उनी चोटका कारण टोलीमा फर्किने सम्भावना न्यून छ। 

कोलकाता र लखनऊविरुद्धको खेलमा चेन्नईका कुनै पनि बलरले ‘पावरप्ले’मा विकेट लिन सकेनन्। टोलीको चिन्ता दीपकको चोट मात्र होइन एडम मिल्ने र क्रिस जोर्डनको अनुपलब्धता पनि हो। त्यसैले चेन्नईले लखनऊविरुद्ध निकै महँगो साबित भएका मुकेश चौधरी र तुषार देशपाण्डेलाई निरन्तरता दिने सम्भावना छ।

यता, पञ्जाबको टोली पनि कोलकातासँग हार बेहोरेर मैदान फर्किँदै छ। यद्यपि, पञ्जाबले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध २०६ रनको विशाल लक्ष्य पछ्याउँदा ठूलो जित हात पारेको थियो। पञ्जाबले आफ्नो बलिङमा सुधार गर्नुपर्छ।

पञ्जाबलले दुई खेलमा ६ विकेट मात्र लिएको छ। कागिसो रबाडा र राहुल चाहरले उत्कृष्ट प्रदर्शन गरेका छन् भने अर्शदीप सिंह र हरप्रीत ब्रारमा सुधारको आवश्यक छ।

कागजमा दुवै टोलीको ब्याटिङ उत्कृष्ट देखिन्छ र यो सिजन दुवैले २०० भन्दा बढी रन बनाएका छन्। त्यसैले ब्याटिङमैत्री पिचमा रनको वर्षा देख्न पाइने आकलन गरिएको छ।

जोनी बेयरस्टो क्वारेन्टाइन पूरा गरेपछि पञ्जाब टोलीमा सामेल हुन तयार छन्। उनले ओडिन स्मिथको स्थान लिन सक्नेछन्। अर्कोतर्फ राज बावाको स्थान सन्दीप शर्माले लिन सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एडम मिल्ने चोटका कारण चेन्नईको उद्घाटन खेलबाट बाहिर भएका थिए। प्रशिक्षक स्टिभन फ्लेमिङले उनी फिट भएको संकेत गरेका छन्। यदि यस्तो भयो भने उनले मुकेश या तुषारको स्थान लिन सक्छन्।

सम्भावित ११
चेन्नई सुपर किंग्स: १. ऋतुराज गायकवाड, २. रोबिन उथप्पा, ३. मोइन अली, ४. शिवम दुबे, ५. अम्बाती रायडु, ६. रवीन्द्र जडेजा (कप्तान), ७. महेन्द्र सिंह धोनी (विकेटकिपर), ८. ड्वेन ब्राभो, ९. ड्वेन प्रिटोरियस, १०. एडम मिल्ने, ११. तुषार देशपाण्डे/मुकेश चौधरी

पञ्जाब किंग्सः १. शिखर धवन, २. मयंक अग्रवाल (कप्तान), ३. भानुका राजपाक्षे, ४. लियाम लिभिङ्स्टन, ५. जोनी बेयरस्टो, ६. शाहरुख खान, ७. हरप्रीत ब्रार, ८. कागिसो रबाडा, ९. राहुल चाहर, १०. सन्दीप शर्मा, ११. अर्शदीप सिंह

रणनीतिक बिन्दु
राहुल चाहर अहिलेसम्म बायाँ हाते ब्याट्सम्यानहरुविरुद्ध घातक साबित भएका छन्। त्यसैले उनलाई मोइन अली, शिवम दुबे र जडेजाविरुद्ध मैदानमा उतार्न सकिन्छ। उनले २०१० देखि ११ पटक बायाँ हाते ब्याटरविरुद्ध विकेट लिएका छन्, जुन राशिद खान पछि दोस्रो हो। राहुलको स्ट्राइक रेट राशिदको भन्दा पनि राम्रो छ।

यता, ऋतुराज गायकवाड पहिलो दुई खेलमा ० र १ रनमा आउट हुनु चेन्नईलाई महँगो सावित भएको छ। गत वर्षको ओरेन्ज क्याप विजेता ऋतुराजको अनौठो कीर्तिमान छ। उनले ओपनरका रूपमा ३० वा सोभन्दा बढी रन बनाएको अवस्थामा टोलीले १३ खेलमध्ये १२ खेल जितेको छ। 

यस अवस्थामा चेन्नईको विजयी प्रतिशत ९२.३ छ। ३० रनभन्दा कम स्कोर गर्दा यही अंक २२.२ प्रतिशतमा झर्छ। उनले फास्ट बलिङविरूद्ध सुरुमा प्राय: सावधानीपूर्वक खेल्नुपर्छ र अर्शदीप सिंह यस खेलमा थप सतर्कताको कारण हुन्। अर्शदीपविरुद्ध ऋतुराज ३ इनिङ्समा २ पटक आउट भएका छन्। यसमा १०.५ को औसत र १११ को स्ट्राइक रेट छ।

पञ्जाबलाई रबाडा र चेन्नईलाई ब्राभोको आवश्यक
तथ्यांकको हिसाबले रबाडा पछिल्ला केही सिजनमा आईपीएलका उत्कृष्ट बलर बनेका छन्। उनले २०१९ यता ७१ विकेट लिएका छन्। ५० वा सोभन्दा बढी विकेट लिने बलरहरूमध्ये रबाडाको उत्कृष्ट स्ट्राइक रेट (५१ इनिङ्समा १५ को स्ट्राइक रेटमा ७७ विकेट) छ। तर, चेन्नईविरुद्ध उनको कीर्तिमान निकै सामान्य रहेको छ। 

५ इनिङ्समा मात्र ५ विकेट लिएका छन्। उनको २२.४ को स्ट्राइक रेट अन्य कुनै पनि विपक्षी बलरको तुलनामा बढी छ। गत सिजन चेन्नईविरुद्धको २ खेलमा उनले कुनै विकेट नलिइकन ७ ओभर बलिङ गरे। 

चेन्नईले पहिलो २ खेलमा खासै केही उपल्ब्धि हासिल गर्न सकेको छैन। तर, ब्राभोको प्रदर्शन उच्च छ। अघिल्लो खेलमा पनि उनले लसिथ मालिंगालाई पछि पार्दै १ सय ७१औं आईपीएल विकेट लिएका थिए। उनी आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थान छन्।

२०१९/२०२० सिजनमा फार्म र फिटनेसका कारण समस्यामा परेका ब्राभोले १८ इनिङ्समा ३० को औसत र २१.९ को स्ट्राइक रेटमा मात्र १७ विकेट लिएका थिए। अहिले उनको औसत र स्ट्राइक रेट पनि १७.७ र १३.९ मा आएको छ। बलियो र आक्रामक ब्याटिङ लाइनअप र अन्तिम ओभरमा लम्बाइ नियन्त्रण गर्ने उनको अनुभव चेन्नईका लागि अमूल्य हुनेछ।

चेन्नईले पञ्जाबविरुद्ध २५ खेलहरू मध्ये १५ मा जित निकालेको छ। सन् २०१८ यता ८ खेल मध्ये चेन्नईले ५ जितेको छ।

शिखर धवनले चेन्नईविरुद्ध ४० भन्दा बढीको औसत रन बनाएका छन् भने २०२० बाट यो औसत बढेर ६६.८ पुगेको छ।

यो पनि

आईपीएल : चार पटकको विजेता चेन्नई र नवप्रवेशी लखनऊबीच प्रतिष्ठाको लडाइँ

आईपीएल : कोलकाताको सधैं वर्चस्व, तर पञ्जाबको पक्षमा छ वानखेडे

आईपीएल म्याच प्रिभ्यू : शमी र पृथ्वीमा हुनेछ नजर

आईपीएल : पोलार्डलाई रोक्न सञ्जुसँग छन् दुईवटा उत्कृष्ट विकल्प !

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्