• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल : चार पटकको विजेता चेन्नई र नवप्रवेशी लखनऊबीच प्रतिष्ठाको लडाइँ

64x64
नेपाल लाइभ बिहीबार, चैत १७, २०७८  ०८:५७
1140x725

काठमाडौं– पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलोपटक सहभागी लखनऊ सुपरजायन्ट्स र चार पटकको विजेता चेन्नई सुपर किंग्स दुवैले यो सिजनको सुरुआतमै हारको स्वाद चाख्नुपरेको थियो। तर, यो हारले दुवै टोलीलाई खासै समस्यामा पर्ने छैन। किनकि, यो प्रतियोगिताको उद्घाटन चरण हो।

लखनऊका कप्तान केएल राहुलले आफ्नो टोलीले यो भन्दा राम्रो प्रतियोगिता सुरु गर्न नसक्ने बताए। सबैभन्दा ठूलो कारण गुजरात टाइटन्सविरुद्ध लखनऊको मध्यक्रमको ब्याटिङ थियो। गुजरातविरुद्धको शीर्षक्रम सस्तोमा प्याभिलियन फर्किएपछि लखनऊको मिडल अर्डरले इनिङ्सको जिम्मा लिएको थियो।

लखनऊको मिडल अर्डर कागजमा कमजोर छ। तर, पहिलो खेलमा २९ रनमा चार विकेट गुमाएपछि दीपक हुड्डा र आयुष बडोनीले लखनऊलाई सम्मानजनक स्कोरमा पुर्‍याउन उपयोगी इनिङ्स खेले। अर्कोतर्फ कप्तान केएल राहुल अन्तिम भिडन्तमा तीव्र गतिका बलर दुश्मन्ता चमिराको पूर्ण उपयोग गर्न नसकेकोमा पक्कै पछुताएका छन्।

गुजरातका लागि चमिरा सबैभन्दा घातक बलर साबित भए। तर, खेलमा उनको कोटाको एक ओभर बाँकी रह्यो। अर्कोतर्फ, चेन्नई सुपर किंग्स नतिजाको चिन्ता नगरी शान्त मनोवृत्तिको लागि परिचित छन्। तर, कोलकाता नाइट राइडर्सविरुद्धको पराजयमा पनि चेन्नई टोलीका लागि धेरै सकारात्मक पक्षहरू उभिएका छन्।

एमएस धोनीले ३८ बलमा अविजित ५० रनको इनिङ्स खेले। उनको यो दुई वर्षपछि आईपीएलमा पहिलो अर्धशतक हो। यता, ड्वेन ब्राभोले ४ ओभरमा मात्र २० रन दिएर तीन विकेट लिए। यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सक्यास लिसकेका छन् र लिगको पहिलो खेलमा दुवैको आगमन चेन्नईका लागि राम्रो संकेत हो।

लखनऊले फेरि एकपटक जेसन होल्डर बिना नै मैदानमा उत्रिनुपर्नेछ। होल्डर अर्को खेलबाट उपलब्ध हुनेछन्। जबकि एन्ड्रयू टाईको उपलब्धताको बारेमा कुनै औपचारिक बयान जारी गरिएको छैन। 

यदि एन्ड्रयू टाई चेन्नईविरुद्ध उपलब्ध रहे भने मोहसिन खानलाई टोलीबाट बाहिर राख्नुपर्ने हुनसक्छ। पछिल्लो खेलमा लखनऊको टोली तीन विदेशी खेलाडी मात्रै लिएर मैदान उत्रिएको थियो।

यता, अलराउन्डर मोइन अली चेन्नईको क्याम्पमा सामेल भएका छन्। भिसा समस्याका कारण मोइन पहिलो खेलमा टिममा पर्न सकेनन्। मोइन अली आएपछि मिचेल सान्टनर बेन्चमा बस्नु पर्ने हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्भावित ११
लखनऊ सुपरजायन्ट्स : केएल राहुल (कप्तान), क्विन्टन डी कक, इभिन लुइस, मनिष पाण्डे, दीपक हुडा, आयुष बडोनी, क्रुणाल पाण्डे, एन्ड्रयू टाई/मोहसिन खान, दुश्मान्ता चमिरा, रवि बिश्नोई, आवेश खान

चेन्नई सुपर किंग्स : ऋतुराज गडकवाड, डेभोन कोनवे, रोबिन उथप्पा, मोइन अली, अम्बाती रायडु, रवीन्द्र जडेजा (कप्तान), एमएस धोनी, शिवम दुबे, ड्वेन ब्राभो, एडम मिल्ने, तुषार देशपांडे।

दुवै टोलीको रणनीति 
चेन्नईले मोइन अलीलाई डी ककविरुद्ध प्रयोग गर्न सक्छ। अलीले पछिल्लो टी–२० विश्वकपमा पावरप्लेमा उत्कृष्ट बलिङ गरेका थिए। विश्वकपको पावरप्लेमा अलीले ११ ओभरमा ५.७ प्रति ओभरको औसतमा ५ विकेट लिएका थिए।

अहिलेसम्म अलीले आठ खेलमा डि ककलाई बलिङ गरेका छन्। जसमा अलीले डि ककलाई चार पटक आफ्नो शिकार बनाएका छन्।

यता, क्रुणालले चेन्नईको मध्यक्रमको लागि समस्या सिर्जना गर्न सक्छ। चेन्नईको मिडल अर्डरलाई कमजोर बनाउन लखनऊका लागि क्रुणाल ट्रम्प कार्ड साबित हुन सक्छन्। 

रोबिन उथप्पाले हालसम्मका सबै टी–२० खेलमा क्रुणालको ३३ बलमा ३८ रन बनाएका छन् भने क्रुणालले उथप्पालाई पनि दुई पटक आफ्नो शिकार बनाएका छन्।

त्यहीँ धोनीले क्रुणालको बलमा २४ बलमा १७ रन मात्र बनाएका छन्। तर, क्रुणालले जडेजालाई एकपटक पनि प्याभिलियन पठाउन सकेका छैनन्। क्रुणालको बलमा जडेजाले १५ बलमा १५ रन बनाएका छन् भने रायुडुले २५ बलमा २८ रन बनाएका छन्। यी दुवै ब्याट्सम्यानलाई क्रुणालले दुई पटक शिकार बनाएका छन्।

केएल राहुलले २०१८ यता सबैभन्दा बढी छक्का प्रहार गरेका छन्। कुल ५६ इनिङ्समा राहुलले ११० पटक बल स्ट्यान्डमा पठाएका छन्।

सोही अवधिमा धोनी र पाण्ड्याले १६ देखि २० ओभरको अन्तरालमा भारतीय बलरविरुद्ध सर्वाधिक छक्का प्रहार गरेका छन्। दुवै ब्याट्सम्यानले ५१ छक्का प्रहार गरे।

जडेजाले केएल राहुललाई एकपटक पनि आउट गर्न सकेका छैनन्। जडेजाको बलमा केएल राहुलले ३८ बलमा ३९ रन बनाए।

एडम मिल्नेले आईपीएलमा १० खेलमा ७ विकेट लिएका छन्। यस अवधिमा उनले प्रति ओभर ९.४७ को औसतमा रन खर्चेका छन्। मिल्नेले आईपीएलबाहेक १२७ टी–२० खेलमा ७.५२ प्रति ओभरको औसतमा १४४ विकेट लिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्