काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को दशौं खेल शनिबार साँझ ७ः४५ बजेदेखि दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुनेछ।
यो खेल पुणेको एमसीए स्टेडियममा हुँदैछ। पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको थियो। यस्तै, राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ६१ रनको विशाल जित निकालेको थियो।
पुणेको एमसीए स्टेडियममा आईपीएल २०१८ यता खेलेका ७ खेलहरूमा पहिले बलिङ गर्ने टोलीले ४ पटक जितेको छ।
पहिलो इनिङ्समा यस मैदानको औसत स्कोर १७९ रहेको छ। तर, यस मैदानको पहिलो इनिङ्समा औसत जितको स्कोर २०८ हो। जाहिर छ, पहिले ब्याटिङ गर्ने टोलीले ठूलो स्कोर बनाउने प्रयास गर्नेछ।
प्रभाव पर्नसक्ने खेलाडी
आजको खेलमा शुभमन गिल र शार्दुल ठाकुरबीच कडा भिडन्त देख्न सकिन्छ। शार्दुलले अहिलेसम्म ४ खेलमध्ये ३ मा शुभमनलाई प्याभिलयन फर्काएका छन्।
शार्दुलको बलमा शुभमनले २४ बलमा २७ रन बनाएका छन्। शार्दुलको बलिङ शुभमनका पार्टनर म्याथ्यु वेडले निकै मन पराउँछन्। वेडले शार्दुलको १८ बलमा २०० को स्ट्राइक रेटमा ३५ रन बनाएका छन्।
ऋषभ पन्तलाई लकी फर्गुसन र राशिद खानको मनस्थिति बुझ्न गाह्रो छ। पन्तले अहिलेसम्म फर्गुसनको २८ बलमा २६ रन बनाएका छन् भने राशिदले पन्तलाई दुईपटक आउट गरेका छन्।
आईपीएल २०२० देखि पन्तले १२१ को स्ट्राइक रेटमा रन बनाएका छन्, जुन श्रेयस अय्यर (११७) र शुभमन गिल (११८) पछि ब्याट्सम्यानको सबैभन्दा कम स्ट्राइक रेट हो।
शमीको जिम्मेवारी
पावरप्लेमा बलिङको कुरा गर्दा टाइटन्सका लागि मोहम्मद शामी ठूलो हतियार हुन्।
लखनऊ सुपर जायन्ट्सविरुद्धको पहिलो खेलको पावरप्लेमा शमीले ३ विकेट लिएका थिए। पावरप्लेसँगै शमीले डेथ ओभरमा पनि बलिङ गर्नेछन्।
शमीको चुनौतीपछि, राशिदको स्पिनले मध्य ओभरहरूमा दिल्लीलाई समस्यामा पार्नेछ। राशिदले दिल्लीविरुद्ध खेलेका १२ खेलमा १५ विकेट लिएका छन्।
शीर्षक्रममा पृथ्वी
दिल्लीको शीर्षक्रममा पृथ्वी शा छन्, जो आफ्नो विस्फोटक इनिङ्सका लागि परिचित छन्। शाले आईपीएलमा ७० प्रतिशत रन पावरप्लेमा बनाएका छन्। पावरप्लेमा उनको स्ट्राइक रेट १४७ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।