• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

एमाले एक्लै चुनाव लड्ने सामर्थ्य राख्छ: युवराज ज्ञवाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, चैत १८, २०७८  २१:३२
1140x725

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिस्थिति हेर्दा ५ दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बीच प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय नै गरिसकेका छन्। एमाले भने स्थानीय तहको निर्वाचनमा आफ्नो संगठन र जनआधारकै वलमा एक्लै निर्वाचनमा होमिने भनिरहेको छ। स्थानीय तहको निर्वाचनमा एमालेको रणनीतिका विषयमा नेपाल लाइभका लागि बीपी अनमोलले एमालेका उपाध्यक्ष युवराज ज्ञवालीसँग गरेको कुराकानी:

पाँच दलीय गठबन्धनले स्थानीय तहमा तालमेल गरेरै जाने निर्णय गरेको छ। एमाले कसरी प्रतिस्पर्धा गर्छ गठबन्धनसँग?
पाँच दलीय गठबन्धन जसरी पनि एमालेलाई पराजित गर्ने भनेर लागिरहेका छन्। त्यसमा हामीले अहिले नै राष्ट्रिय स्तरमा गठबन्धन गरिहाल्ने दलको कुनै योजना छैन। एक्लै एमालेले सामना गर्ने गरी तयारी गर्ने भन्ने हाम्रो प्रष्ट कुरा हो। स्थिति चाहिँ पाँच दलीय गठबन्धन भएपनि अत्यन्तै प्रतिस्पर्धा हुने छ। एमाले त्यति कमजोर छैन। किनभने अहिले एमालेमा प्रवेशको लहर चलिरहेको छ देशभरी। अर्कोतर्फ एमाले विभाजन पनि भएको छैन। त्यसले गर्दा पनि एमाले अहिले एक्लै लडेर जित्ने भन्ने नै हो। गठबन्धनमा भर परेर पनि हुँदैन। त्यसको कहिलेसम्म ठेगान हुन्छ, हुँदैन थाहा हुन्न। त्यसो भएको हुनाले एमाले आफ्नै संगठन र जनाधारका हिसाबले नै चुनाव लड्ने हो। ठाउँ विशेष अवस्थालाई हेरेर विभिन्न स्थानीय तहमा परिस्थिति हेरेर आफ्नो उपलब्धिलाई ख्याल गर्दै तल (तालमेल) गर्नै नसक्ने भन्ने कुरा त हुँदैन। त्यहाँको मुख्य प्रतिस्पर्धीलाई पराजित गर्नका लागि क–कसलाई समेटेर जान सकिन्छ त्यो ढोका खुल्ला छ। तर, पनि हामी एक्लै चुनाव लड्ने सामर्थ्य राख्छौं।

एमालेले एक्लै चुनाव जित्ने आधार के हो त? 
धेरै आधारहरु छन् एमालेले चुनाव जित्ने। के त भन्दा अहिले पनि संसद्‌मा सबैभन्दा ठूलो दल नै नेकपा एमाले हो। स्थानीय तहमा पनि ठूलो दल हो। तिनीहरुले गरेका काम नै प्रमुख हुन्। कतिपय ठाउँमा केही काम राम्रा नभएका होलान्, तर समग्रमा स्थानीय तहमा गरेका कामहरुको सकारात्मक प्रभाव परेको छ। उनीहरुले किटानीका साथ नै हामीले यो गर्‍यौं भनेर प्रष्ट भन्न सक्ने अवस्था छ। जनतालाई बुझाउने गरेर गरेका काम लैजान सक्ने अवस्था रहेको छ। स्थानीय तहका जनप्रतिनिधिहरु पनि उत्साहित नै देखिनुभएको छ। गठबन्धन नहुँदा त हाम्रो सुनिश्चितता नै हुन्थ्यो, तर गठबन्धन भए पनि हामी सामना गर्न सक्छौं। जित्न सक्छौं भन्ने नै हो। परिणामले के देखाउँछ त्यो त पछि समीक्षा गर्ने विषय होला। 

एमालेले तालमेल गर्छ कि गर्दैन त?
स्थानीय तहमा आवश्यकता अनुसार गर्नै नसक्ने भन्ने छैन। यो सँग गर्ने नगर्ने भन्ने नै किटान नै गरिएको अवस्था अहिले पार्टीभित्र होइन। कतिपय ठाउँमा नेपाली कांग्रेस र माओवादीले पनि गर्न सक्ला, त्यो ठाउँ हेरेर निर्णय हुने कुरा हो। गाउँपालिका वा वडाको स्थिति होला। कतिपय ठाउँमा वडामा नै बेग्लै खालको परिस्थिति हुने गरेको छ। स्थानीय तहको फरक चरित्र हुन्छ। त्यसो भएको हुनाले त्यसमा हाम्रो ढोका खुल्ला नै रहन्छ। अमुकसँग गर्ने नगर्ने भन्ने पनि छैन। त्यहाँको आवश्यकताअनुसार स्थानीय कमिटीले आवश्यक ठान्छ भने केन्द्रबाट स्वीकृत लिनुपर्छ। मनमानी र अराजक हिसाबले हुँदैन। र पनि मूल कुरा भनेको आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्ने भन्ने नै हो।

पार्टीबाट एउटा पक्ष बाहिरिएको र अन्य दलले गठबन्धन गरेर जाँदा एमालेलाई चुनौती त हुन्छ नि, होइन?
हामी अहिले पनि ठूलो दल नै हो। अहिलेसम्म एमालेका भएका जतिपनि जनपरिचालन र कार्यक्रमलाई हेर्न हो भने त्यो कुनै पनि पार्टीले हामीलाई भेटाउन सक्दैन। हामीले हरेक अधिवेशनमा जनपरिचालन गर्न सक्यौं, अरुले त्यो गर्नै सकेनन्। प्रवेशको लहर पनि उल्लेख्य नै छ अन्यको तुलनामा। देशको ठूलो र सम्भावना भएको पार्टी नै एमाले हो भन्ने मानिसहरुले बुझेका छन्। अहिले कि त कांग्रेस कि एमाले नै भन्ने हो मानिसले। अन्य पार्टीको अवस्था त्यस्तो छैन। एकथरी राप्रपामा पनि लागिरहेका छन्, तर त्यो पार्टीको भविष्य छैन भन्ने बुझेका छन्। राजनीतिक रुपमा एमाले र कांग्रेस नै हो मानिसले रोज्ने भनेको त। बीचका पार्टीहरुको प्रभाव केही हुँदैन। एमाले र कांग्रेसको नै देशभरी प्रतिस्पर्धा हुने हो। 

Ncell 2
Ncell 2
nimb
nimb

भनेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तत्काल तालमेल हुने केही सम्भावना छैन?
छैन छैन। माओवादी र समाजवादीसँग कुनै तालमेल र एकताको सम्भावना अहिले छैन। स्थानीय तहमा कहीँ आवश्यकताअनुसार गर्नैपर्ने अवस्था रहेछ भने त्यो विशेष अवस्था हुन सक्छ। तर, माथि नै केन्द्रीय नीति बनाएर योजना बनाएर जाने अवस्था छैन।

एमाले नेतृत्वका तीनवटै सरकारले गरेका काम नै आधार हुन कि, नयाँ अजेन्डा केही छ चुनावमा जाने? 
त्यो त अहिले जाने भनेको स्थानीय तहका जनप्रतिनिधिहरुले जुन राम्रो काम गरेका छन्, त्यसैलाई नै हो लिएर जाने। ती उपलब्धिलाई ठोस प्रमाण र तथ्यसहित लिएर यो पाँच वर्षमा हामीले यी काम गर्‍यौं भन्ने नै हो। एमालेलाई त्यही भएर पनि ०७४ सालको भन्दाराम्रो बहुमत आउँछ भन्ने हो। पछि संघीय सरकारले गरेका राम्रा काम पनि छन्। त्यसको पनि समग्रमा जनतामा राम्रो प्रभाव छ। केही राजनीतिक विषय उठ्लान, जस्तो संसद् विघटनका। तर, त्यसको जनतामा खासै ठूलो प्रभाव पर्दैन। सरकारले गरेका कामहरु नै जाने हो। यो बीचमा संघीय र प्रदेश सरकारले के के काम गरे। स्थानीय सरकारले के काम गरे भन्ने नै जनतामा लगेर जाने तयारी हो। 

उम्मेदवार छनोट लगायतको काम कसरी टुंगो लगाउँछ एमालेले?
त्यो मापदण्ड तय गरेको छ। तलबाट सिफारिस गर्ने भनेको छ। निश्चित ठाउँलाई निश्चित कमिटीले निर्णय गर्ने भनेको छ। कम्तीमा पनि एकजना महिला सहित ३ जना सिफारिस गर भनिएको छ। सकेसम्म हामीले सर्वसम्मत रुपमा नै पठाउन भनेका छौं। त्यहीअनुसार तयारी भइरहेको छ। तल्लो कमिटीबाट पठाएपछि टुंगो लाग्छ। 

Xtrem
Xtrem

एमालेमा प्रवेश गरेकाहरुलाई पनि त समेटनुपर्ने होला नि?
त्यो विशेष अवस्था अनुसार हुन्छ। त्यहाँको परिस्थितिलाई ख्याल गरेर एमालेका पुराना नेता कार्यकर्ताभन्दा पार्टी प्रवेश गरेका व्यक्ति प्रभावशाली हुन्छन् भन्ने भयो भने पछि निश्चित रुपमा समेटिन्छन्। कस्तो हुन्छ भने प्रवेश गरेको व्यक्तिले जनताको एउटा तहमा छुट्टै स्वतन्त्र प्रभाव परिरहेको हुन्छ। एमालेको भोट थपिँदाखेरी प्रवेश गरेको व्यक्तिले जित्ने अवस्था हुन्छ भने त महत्व दिनु नै पर्ने हुन्छ। त्यसैले त्यहाँको अवस्था हेरेर प्रवेश गरेका व्यक्तिलाई प्राथमिकता दिन पनि सकिन्छ नभए अर्को कोही लोकप्रिय व्यक्ति भए उसैले पाउँछ।

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्