काठमाडौं– आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।
महानगरपालिकाको निर्णय केन्द्रबाटै गर्ने र अन्य पालिकाका लागि स्थानीय कमिटीलाई निर्णय गर्न दिइने खनालले बताए। त्यसका लागि सबै दलको संयन्त्र बनाउने विषयमा समझदारी भएको खनालले बताए।
बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।