काठमाडौं– शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ।
शेयर बजारको मापक नेप्से परिसूचक ३६ दशमलब ०१ प्रतिशतले वृद्धि भएर १ हजार २ सय २४ दशमलब ४१ बिन्दुमा पुगेको छ।
आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७ दशमलब ५१ बिन्दुले बढेर २ सय ५७ दशमलब ४६ बिन्दुमा पुगेको छ। लगातार ओरालो लाग्दै आएको बजारमा आज भने सबै उपसूचकमा हरियाली छाएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल १ सय ६८ कम्पनीको १२ लाख १ हजार ४ सय ३३ कित्ता शेयर ४६ करोड २० लाख १८ हजार ६ सय ३० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। आज कारोबार रकममा समेत वृद्धि भएको छ।
स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, माइक्रोफाइनान्स ८५.९ र अन्य ८.४८ बिन्दुले बढेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।