• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
गिरिजाप्रसाद कोइराला स्मृति दिवस विमान अपहरणपछि यसरी बन्यो राष्ट्रिय नेताको छवि
शीतल कोइराला सोमबार, चैत ७, २०७८  १३:४५
1140x725

मानिसले आफ्नो उचाइ एकै दिनमा प्राप्त गर्दैन। जन्मेको शिशुले जसरी विस्तारै आफ्नो अंग-प्रत्यंग हासिल गर्छ, त्यसैगरी राजनीतिमा पनि लागेको दिनदेखि कोही व्यक्तिले बिस्तारै आयाम प्राप्त गर्न थाल्छ।

गिरिजाप्रसाद कोइराला पनि यसको अपवाद होइनन्। २००७ सालका क्रान्तियोद्धा गिरिजाप्रसादको २०१७ सालसम्म नेपालको राजनितिमा एकल पहिचान थिएन। त्यति बेला उनलाई दाजु बीपी कोइराला सँगसँगै सम्झिनुपर्थ्यो। गिरिजाको जीवनको पूर्वार्द्धमा नेपाली कांग्रेसका प्रमुख चार नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय थिए। यी नेतापछि कृष्णप्रसाद भट्टराईको नाम आउँथ्यो। पार्टीका पदाधिकारी थिए, श्रीभद्र शर्मा, विश्वबन्धु थापा। सरोज कोइरालाको स्थान पनि गिरिजाभन्दा माथि थियो।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि 'कू' गरेपछि नख्खुको जेलमा गिरिजाको लामो बसाइ भयो। त्यसपछि मात्र राजनितिमा उनको छुट्टै व्यक्तित्व देखिन थाल्यो। अनसन बसेर उनी कारागारमुक्त भएका थिए। त्यो अनसन एउटा विशेष राजनीतिक पृष्ठभूमिमा गरिएको थियो। लगत्तै गिरिजाले राजा महेन्द्रको भेट पाए। राजासँगको उक्त भेटपछि उनी दाजु बीपी कोइरालाको रिहाइका लागि सक्रिय भएर लागे। यो कार्यले उन महत्त्वलाई बढायो।

बीपी कारागारमुक्त हुनुमा गिरिजाको भूमिका थियो। कारागारमुक्त भएलगत्तै बीपी भारत निर्वासनमा गए। तर, गिरिजा नेपालमै थिए। पछि उनलाई पनि निर्वासनमा जान बाध्य पारियो। उनी भारतको बिहार (फारबिसगंज)लाई केन्द्र बनाएर पञ्चायती व्यवस्थाविरुद्ध कुनै न कुनै प्रकारले आन्दोलनमा लागिरहे।

साहसिक निर्णय
२९ असार २०३० मा विराटनगरबाट एउटा विमान अपहरण गरेर फारबिसगंज लगियो। यसको कथा विभिन्न व्यक्तिले आ-आफ्नो ढंगले भनिरहेकै छन्। गिरिजाले पनि यो अपहरण आफूले गराएको बताएका थिए। तर, उक्त विमान अपहरणले सुवर्ण शमशेर र बीपी कोइरालाको राजनीतिक गतिविधिमा खाडल ल्याउने काम गर्‍यो। यद्यपि, यो विमान अपहरण प्रकरणपछि गिरिजालाई भने नेपाली राजनीतिमा बलियोसँग स्थापित हुन ठूलो सहयोग मिल्यो। नेपाली राजनीतिमा उनी नयाँ भूमिकाका साथ देखिए।

बीपी सशस्त्र संघर्षको कुरा गर्दै थिए। तर, संघर्षका लागि साधन र स्रोतको पूरा अभाव थियो। विमान अपहरणपछि त्यसको पूर्ति भयो। २०३१ सालमा नेपाली कांग्रेसद्वारा संचालित सशस्त्र संघर्षले नेपालका पूर्वी जिल्लाहरु कब्जा गर्दै कांग्रेस स्थानीय सरकार गठन गरेर अगाडि बढेको थियो। त्यही क्रममा सरकारी पक्षले धरपकड गर्दा क्रान्तिका कमाण्डर यज्ञबहादुर थापालगायत योद्धाहरुले ओखलढुंगामा शहादत प्राप्त गरे।

ओखलढुंगा काण्डमा गिरिजाको केन्द्रीय र निर्णायक भूमिका थियो। गणेशमान सिंहले अदालतमा दिएको बयानबाटै यो कुराको पुष्टि हुन्छ। विमान अपहरण र ओखलढुंगा काण्ड, यी दुई घटनापछि नेपाली राजनीतिमा गिरिजा साहसिक व्यक्तिका रुपमा चिनिए।

भारतमा लामो निर्वासनबाट २०३३ सालमा नेपाल फर्किने बित्तिकै बीपी जेल परे। २०३६ सालको जनमत संग्रह घोषणाअगडि उनी जेलमुक्त भएका थिए। जनमत संग्रहको घोषणालगत्तै भारतबाट गिरिजा पनि नेपाल फर्किए। त्यससँगै उनलाई देशभित्रै दह्रोसँग राजनीतिमा केन्द्रित हुने अवसर प्राप्त भयो। उनी स्वदेश फर्किनुअगावै बीपीले नेपाली कांग्रेसको पुनर्गठन गरिसकेका थिए। पुनर्गठित नेपाली कांग्रेसमा गिरिजा महामन्त्री भए। यसबाट उनले संगठन गर्ने प्रशस्तै मौका पाए। उनको नेतृत्व गतिशील थियो।

Ncell 2
Ncell 2

संगठन भनेको पार्टीको निश्चित लक्ष्यका बढीभन्दा बढी मानिस जुटाउनु हो। यसको तरिका एउटै हुन्छ, कार्यकर्ता, समर्थक, साथी र आम जनतासँग बढीभन्दा बढी तादात्म्यता राख्नु। सबैसँग सम्बन्ध स्थापित गर्नु। उनीहरुका दैनिक सरोकारका विषयमा भाग लिनु। यी सबै विषयमा गिरिजा अभ्यस्त थिए। उनी संगठनका विश्व विख्यात मान्यतालाई आत्मसात् गरेर पार्टीभित्र लोकप्रिय भएका थिए।

बीपीमा संवेदनशीलता, अध्ययनशीलता, उच्च बौद्धिक क्षमता, गहिरो अन्तरदृष्टि थियो। गिरिजामा यी सबैको उपस्थिति कमजोर भए पनि राजनीतिप्रति गहिरो चाख थियो। काम नपाएपछि उनी बेचैन हुन्थे। केही न केही नगरी बस्नै सक्दैन थिए। २०३६ सालदेखि जीवनको उत्तरार्द्धसम्मै अनवरतरुपमा नेपालको भ्रमण गरी नै रहे, हिँडी नै रहे। र त्यसलाई ठोस राजनीतिक रुप दिने काममा क्रियाशील भइरहे।

खोले ढोका खुला अर्थतन्त्रको
२०४६ सालपछि गिरिजा नेपाली राजनीतिको नेतृत्वदायी र कार्यकारी भूमिकामा उदाए। जनआन्दोलनको सफलतापश्चात सफलतापूर्वक २०४६ सालको संविधान लेखाएका कृष्णप्रसाद भट्टराई आमनिर्वाचनमा पराजित भएपछि गिरिजा नेपालको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेलगत्तै उनले नेपाल खुला अर्थतन्त्रमा प्रवेश गरेको घोषणा गरे।

खुम्चिएको निजी क्षेत्र, न्यून आधारशीला, भौतिक तथा पूर्वाधार क्षेत्रमा लगानीको अभाव, कमजोर सामाजिक परिसूचक, उत्पादनशील स्रोत र साधनमा राज्यको नियन्त्रण तथा ज्यादै संकुचनको व्यवस्थाबाट देश बनाउन सकिँदैन भन्नेमा उनी प्रष्ट थिए। उदारवादी अर्थव्यवस्थाले राज्यको हरेक क्षेत्रमा सम्भावनाको ढोकाहरू खोल्दछ भनेर नै उनले देशलाई खुला अर्थ व्यवस्थामा प्रवेश गराएका हुन्। त्यति बेला उनैले सुरु गरेको उदारवादी अर्थव्यवस्था यति बेला पनि हाम्रो ठूलो आर्थिक मार्गचित्र हो।

shivam cement

shivam cement

अद्वितीय उपलब्धि
२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थामाथि हस्तक्षेप गरे। त्यसविरुद्धको आन्दोलनको उनी सर्वोच्च कमाण्डर थिए। माओवादी हिंसालाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण र संविधानसभामार्फत व्यापक राजनीतिक परिवर्तनमा उनले नेतृत्व गरेको त्यो आन्दोलनको परिणाम थियो।

गिरिजाको राजनीतिक जीवनको सबभन्दा ठूलो उपलब्धि र योगदान बाह्रबुँदे समझदारी हो। यस ऐतिहासिक घडीमा उनी नभएका भए देशले यो मोड सायदै लिने थिएन। उनको सामुन्ने अरु त के, पुष्पकमल दाहाल 'प्रचण्ड’ समेत होचो लाग्थ्यो। प्रचण्डले जनयुद्ध लडेका थिए, तर त्यसक्रममा उनी अँध्यारो सुरुङमा फसे। उनिसँग निस्कने बाटो थिएन। त्यतिखेर गिरिजाले नै उनलाई सहारा दिएका थिए। प्रचण्डका लागि खोला तर्ने लौरो भइदिएका थिए।

अन्तर्राष्ट्रिय विश्वसनीयतासहितको उपल्लो स्तरको राजनितिक उचाइले गर्दा त्यति बेला माओवादी गिरिजाको 'शरण'मा परेका हुन्। त्यो समयमा गिरिजाले जे गरे, आत्मविश्वासका साथ गरे। उनको व्यक्तित्वको अभावमा बाह्रबुँदे समझदारी सम्भव थिएन। एकात्मकबाट संघीयता, राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्र अनि नयाँ विशेषतासहितको विविधतापूर्ण समावेशी पहिचान बनाउँदै नेपाल जसरी नयाँ युगमा प्रवेश गरेको छ, त्यसको आधार बाह्रबुँदे नै हो। गिरिजालाई कांग्रेसीजनले मात्रै होइन, सिंगो देशले नै युग परिवर्तनको नायकका रुपमा कालान्तरसम्म सम्झिइहने छ।

प्रक्रियाभन्दा परिणामको खोजी गर्ने उनको राजनीतिक चरित्र थियो। फलस्वरुप निरंकुश बनेका राजालाई २०६२/६३ को जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्न बाध्य मात्र पारेनन्, सँगसँगै दलहरूले तय गरेको मार्गचित्रमा आगामी दिनमा अगाडि बढ्न राजी भएको कबोल गराए। राजाको त्यो कबोलपछि शान्तिपूर्ण रूपमा देशमा गणतन्त्र स्थापना गर्ने आधार बन्यो।

विवादमाथिको व्यक्तित्व
गिरिजा पनि मानवोचित त्रुटिबाट मुक्त थिएनन्। उनका विषयमा अनेकन् विवाद र आलोचना यद्यपि  जिवित छन्। जीवन्तताको अर्को नाम हो, विवाद। गिरिजा पनि जीवन्त राजनीतिक हुन्। जसले काम गर्दछ, उसका बारेमा टीकाटिप्पणी हुन्छन् नै। कोइरालाले कार्य गर्ने र निर्णय लिने साहस देखाए, आँट देखाए।

उनको निरन्तरको सक्रियता जीवनको सबभन्दा सकारात्मक पक्ष हो। कहिल्यै हार नखाने उनको स्वभाव थियो। जीवनका आखिरी दिनहरूमा उनले गरेको निर्णायक र ऐतिहासिक कामले उनको विगतमा देखिएको अभाव र कमजोरीलाई पूर्णतया गौण बनाइदियो।

(लेखक गिरिजाप्रसाद कोइरालाका सञ्चार सल्लाहकार थिए।)

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने
सम्बन्धित सामग्री
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवैजनाको रिट एकैठाउँमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आधुनिक ओखतिविज्ञान, आर्यूवेद तथा आध्यात्मिक अभ्यासका कारण चौरासी वर्षका क्याप्टेन आशबहादुर गुरुङ क्यान्सरमुक्त भएका हुन् । दिल्लीस्थ... आइतबार, फागुन १८, २०८१
ताजा समाचारसबै
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्