• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
गिरिजाप्रसाद कोइराला स्मृति दिवस

विमान अपहरणपछि यसरी बन्यो राष्ट्रिय नेताको छवि

शीतल कोइराला सोमबार, चैत ७, २०७८  १३:४५
1140x725

मानिसले आफ्नो उचाइ एकै दिनमा प्राप्त गर्दैन। जन्मेको शिशुले जसरी विस्तारै आफ्नो अंग-प्रत्यंग हासिल गर्छ, त्यसैगरी राजनीतिमा पनि लागेको दिनदेखि कोही व्यक्तिले बिस्तारै आयाम प्राप्त गर्न थाल्छ।

गिरिजाप्रसाद कोइराला पनि यसको अपवाद होइनन्। २००७ सालका क्रान्तियोद्धा गिरिजाप्रसादको २०१७ सालसम्म नेपालको राजनितिमा एकल पहिचान थिएन। त्यति बेला उनलाई दाजु बीपी कोइराला सँगसँगै सम्झिनुपर्थ्यो। गिरिजाको जीवनको पूर्वार्द्धमा नेपाली कांग्रेसका प्रमुख चार नेता बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय थिए। यी नेतापछि कृष्णप्रसाद भट्टराईको नाम आउँथ्यो। पार्टीका पदाधिकारी थिए, श्रीभद्र शर्मा, विश्वबन्धु थापा। सरोज कोइरालाको स्थान पनि गिरिजाभन्दा माथि थियो।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि 'कू' गरेपछि नख्खुको जेलमा गिरिजाको लामो बसाइ भयो। त्यसपछि मात्र राजनितिमा उनको छुट्टै व्यक्तित्व देखिन थाल्यो। अनसन बसेर उनी कारागारमुक्त भएका थिए। त्यो अनसन एउटा विशेष राजनीतिक पृष्ठभूमिमा गरिएको थियो। लगत्तै गिरिजाले राजा महेन्द्रको भेट पाए। राजासँगको उक्त भेटपछि उनी दाजु बीपी कोइरालाको रिहाइका लागि सक्रिय भएर लागे। यो कार्यले उन महत्त्वलाई बढायो।

बीपी कारागारमुक्त हुनुमा गिरिजाको भूमिका थियो। कारागारमुक्त भएलगत्तै बीपी भारत निर्वासनमा गए। तर, गिरिजा नेपालमै थिए। पछि उनलाई पनि निर्वासनमा जान बाध्य पारियो। उनी भारतको बिहार (फारबिसगंज)लाई केन्द्र बनाएर पञ्चायती व्यवस्थाविरुद्ध कुनै न कुनै प्रकारले आन्दोलनमा लागिरहे।

साहसिक निर्णय
२९ असार २०३० मा विराटनगरबाट एउटा विमान अपहरण गरेर फारबिसगंज लगियो। यसको कथा विभिन्न व्यक्तिले आ-आफ्नो ढंगले भनिरहेकै छन्। गिरिजाले पनि यो अपहरण आफूले गराएको बताएका थिए। तर, उक्त विमान अपहरणले सुवर्ण शमशेर र बीपी कोइरालाको राजनीतिक गतिविधिमा खाडल ल्याउने काम गर्‍यो। यद्यपि, यो विमान अपहरण प्रकरणपछि गिरिजालाई भने नेपाली राजनीतिमा बलियोसँग स्थापित हुन ठूलो सहयोग मिल्यो। नेपाली राजनीतिमा उनी नयाँ भूमिकाका साथ देखिए।

बीपी सशस्त्र संघर्षको कुरा गर्दै थिए। तर, संघर्षका लागि साधन र स्रोतको पूरा अभाव थियो। विमान अपहरणपछि त्यसको पूर्ति भयो। २०३१ सालमा नेपाली कांग्रेसद्वारा संचालित सशस्त्र संघर्षले नेपालका पूर्वी जिल्लाहरु कब्जा गर्दै कांग्रेस स्थानीय सरकार गठन गरेर अगाडि बढेको थियो। त्यही क्रममा सरकारी पक्षले धरपकड गर्दा क्रान्तिका कमाण्डर यज्ञबहादुर थापालगायत योद्धाहरुले ओखलढुंगामा शहादत प्राप्त गरे।

ओखलढुंगा काण्डमा गिरिजाको केन्द्रीय र निर्णायक भूमिका थियो। गणेशमान सिंहले अदालतमा दिएको बयानबाटै यो कुराको पुष्टि हुन्छ। विमान अपहरण र ओखलढुंगा काण्ड, यी दुई घटनापछि नेपाली राजनीतिमा गिरिजा साहसिक व्यक्तिका रुपमा चिनिए।

भारतमा लामो निर्वासनबाट २०३३ सालमा नेपाल फर्किने बित्तिकै बीपी जेल परे। २०३६ सालको जनमत संग्रह घोषणाअगडि उनी जेलमुक्त भएका थिए। जनमत संग्रहको घोषणालगत्तै भारतबाट गिरिजा पनि नेपाल फर्किए। त्यससँगै उनलाई देशभित्रै दह्रोसँग राजनीतिमा केन्द्रित हुने अवसर प्राप्त भयो। उनी स्वदेश फर्किनुअगावै बीपीले नेपाली कांग्रेसको पुनर्गठन गरिसकेका थिए। पुनर्गठित नेपाली कांग्रेसमा गिरिजा महामन्त्री भए। यसबाट उनले संगठन गर्ने प्रशस्तै मौका पाए। उनको नेतृत्व गतिशील थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संगठन भनेको पार्टीको निश्चित लक्ष्यका बढीभन्दा बढी मानिस जुटाउनु हो। यसको तरिका एउटै हुन्छ, कार्यकर्ता, समर्थक, साथी र आम जनतासँग बढीभन्दा बढी तादात्म्यता राख्नु। सबैसँग सम्बन्ध स्थापित गर्नु। उनीहरुका दैनिक सरोकारका विषयमा भाग लिनु। यी सबै विषयमा गिरिजा अभ्यस्त थिए। उनी संगठनका विश्व विख्यात मान्यतालाई आत्मसात् गरेर पार्टीभित्र लोकप्रिय भएका थिए।

बीपीमा संवेदनशीलता, अध्ययनशीलता, उच्च बौद्धिक क्षमता, गहिरो अन्तरदृष्टि थियो। गिरिजामा यी सबैको उपस्थिति कमजोर भए पनि राजनीतिप्रति गहिरो चाख थियो। काम नपाएपछि उनी बेचैन हुन्थे। केही न केही नगरी बस्नै सक्दैन थिए। २०३६ सालदेखि जीवनको उत्तरार्द्धसम्मै अनवरतरुपमा नेपालको भ्रमण गरी नै रहे, हिँडी नै रहे। र त्यसलाई ठोस राजनीतिक रुप दिने काममा क्रियाशील भइरहे।

खोले ढोका खुला अर्थतन्त्रको
२०४६ सालपछि गिरिजा नेपाली राजनीतिको नेतृत्वदायी र कार्यकारी भूमिकामा उदाए। जनआन्दोलनको सफलतापश्चात सफलतापूर्वक २०४६ सालको संविधान लेखाएका कृष्णप्रसाद भट्टराई आमनिर्वाचनमा पराजित भएपछि गिरिजा नेपालको प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री बनेलगत्तै उनले नेपाल खुला अर्थतन्त्रमा प्रवेश गरेको घोषणा गरे।

खुम्चिएको निजी क्षेत्र, न्यून आधारशीला, भौतिक तथा पूर्वाधार क्षेत्रमा लगानीको अभाव, कमजोर सामाजिक परिसूचक, उत्पादनशील स्रोत र साधनमा राज्यको नियन्त्रण तथा ज्यादै संकुचनको व्यवस्थाबाट देश बनाउन सकिँदैन भन्नेमा उनी प्रष्ट थिए। उदारवादी अर्थव्यवस्थाले राज्यको हरेक क्षेत्रमा सम्भावनाको ढोकाहरू खोल्दछ भनेर नै उनले देशलाई खुला अर्थ व्यवस्थामा प्रवेश गराएका हुन्। त्यति बेला उनैले सुरु गरेको उदारवादी अर्थव्यवस्था यति बेला पनि हाम्रो ठूलो आर्थिक मार्गचित्र हो।

Xtrem

Xtrem

अद्वितीय उपलब्धि
२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थामाथि हस्तक्षेप गरे। त्यसविरुद्धको आन्दोलनको उनी सर्वोच्च कमाण्डर थिए। माओवादी हिंसालाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण र संविधानसभामार्फत व्यापक राजनीतिक परिवर्तनमा उनले नेतृत्व गरेको त्यो आन्दोलनको परिणाम थियो।

गिरिजाको राजनीतिक जीवनको सबभन्दा ठूलो उपलब्धि र योगदान बाह्रबुँदे समझदारी हो। यस ऐतिहासिक घडीमा उनी नभएका भए देशले यो मोड सायदै लिने थिएन। उनको सामुन्ने अरु त के, पुष्पकमल दाहाल 'प्रचण्ड’ समेत होचो लाग्थ्यो। प्रचण्डले जनयुद्ध लडेका थिए, तर त्यसक्रममा उनी अँध्यारो सुरुङमा फसे। उनिसँग निस्कने बाटो थिएन। त्यतिखेर गिरिजाले नै उनलाई सहारा दिएका थिए। प्रचण्डका लागि खोला तर्ने लौरो भइदिएका थिए।

अन्तर्राष्ट्रिय विश्वसनीयतासहितको उपल्लो स्तरको राजनितिक उचाइले गर्दा त्यति बेला माओवादी गिरिजाको 'शरण'मा परेका हुन्। त्यो समयमा गिरिजाले जे गरे, आत्मविश्वासका साथ गरे। उनको व्यक्तित्वको अभावमा बाह्रबुँदे समझदारी सम्भव थिएन। एकात्मकबाट संघीयता, राजतन्त्रात्मक प्रणालीबाट गणतन्त्र अनि नयाँ विशेषतासहितको विविधतापूर्ण समावेशी पहिचान बनाउँदै नेपाल जसरी नयाँ युगमा प्रवेश गरेको छ, त्यसको आधार बाह्रबुँदे नै हो। गिरिजालाई कांग्रेसीजनले मात्रै होइन, सिंगो देशले नै युग परिवर्तनको नायकका रुपमा कालान्तरसम्म सम्झिइहने छ।

प्रक्रियाभन्दा परिणामको खोजी गर्ने उनको राजनीतिक चरित्र थियो। फलस्वरुप निरंकुश बनेका राजालाई २०६२/६३ को जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्न बाध्य मात्र पारेनन्, सँगसँगै दलहरूले तय गरेको मार्गचित्रमा आगामी दिनमा अगाडि बढ्न राजी भएको कबोल गराए। राजाको त्यो कबोलपछि शान्तिपूर्ण रूपमा देशमा गणतन्त्र स्थापना गर्ने आधार बन्यो।

विवादमाथिको व्यक्तित्व
गिरिजा पनि मानवोचित त्रुटिबाट मुक्त थिएनन्। उनका विषयमा अनेकन् विवाद र आलोचना यद्यपि  जिवित छन्। जीवन्तताको अर्को नाम हो, विवाद। गिरिजा पनि जीवन्त राजनीतिक हुन्। जसले काम गर्दछ, उसका बारेमा टीकाटिप्पणी हुन्छन् नै। कोइरालाले कार्य गर्ने र निर्णय लिने साहस देखाए, आँट देखाए।

उनको निरन्तरको सक्रियता जीवनको सबभन्दा सकारात्मक पक्ष हो। कहिल्यै हार नखाने उनको स्वभाव थियो। जीवनका आखिरी दिनहरूमा उनले गरेको निर्णायक र ऐतिहासिक कामले उनको विगतमा देखिएको अभाव र कमजोरीलाई पूर्णतया गौण बनाइदियो।

(लेखक गिरिजाप्रसाद कोइरालाका सञ्चार सल्लाहकार थिए।)

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्