काठमाडौँ- लगातार ओरालो लाग्दै आएको सेयर बजार आज भने सामान्य बिन्दुले उकालो लागेको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार सेयर बजार मापक परिसूचक नेप्से शून्य दशमलव ६५ बिन्दुले बढेर एक हजार १८० दशमलव ३६ बिन्दुमा पुगेको छ।
‘क’ वर्गका कम्पनीको सेयर मापक परिसूचक सेन्सेटिभ परिसूचकसमेत शून्य दशमलव २२ बिन्दुले बढेर २४८ दशमलव २५ बिन्दुमा पुगेको छ। आज कूल १६२ कम्पनीको ९ लाख १५ हजार १३६ कित्ता सेयर रु २१ करोड ८१ लाख ९८ हजार ९९८ मूल्यमा खरिद बिक्री भएको छ।
आइतबार र सोमबारको तुलनामा सेयर संख्यामा कारोबार रकममा समेत सामान्य वृद्धि भएको छ। नेप्सेका अनुसार ४ उपसमूहको सेयर आज घटेको छ भने ५ उपमूहको सेयर बढेको छ।
बैंकिङ ३.५३, होटल ६.५३, फाइनान्स १.९८, उत्पादन १५.४४ र अन्य समूहको शेयर ०.७१ बिन्दुले बढेको छ। यस्तै विकास बैंक ०.१६, जलविद्युत् १६.४७, बीमा २८.६७ र माइक्रोफाइनान्स ९.५४ बिन्दुले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।