बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक युवक पक्राउ
घटना १ः–सन्तोषी सुुब्वा – काठमांडौ (२५ वर्ष) –यौन हिंसा ।
हत्या गरी बेपत्ता पारिएकी युवतीकोशव सडेको अवस्थामा फेला
घटना २:– सुुजिता ठाकुर – महोत्तरी (२६ वर्ष) –घरेलुु हिंसा ।
बञ्चरोले हानेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ
घटना ३:–स्याना कुमारी चौधरी – दाङ (२६ वर्ष) – घरेलुु हिंसा ।
श्रीमतीलाई मर्स्याङ्दी नदीमा फालेको आरोपमा एकजना पक्राउ
घटना ४:– सम्झना रेग्मी – धादिङ (२४ वर्ष) – घरेलुु हिंसा ।
घरभित्रै महिलाको शव भेटियो
घटना ५:– हिममाया अस्लामी – विरगञ्ज (३२ वर्ष) – घरेलुु हिंसा ।
श्रीमतीको हत्या आरोपमा हरिबहादुर पक्राउ
घटना ६:–पार्वती कार्की – बारा (४५ वर्ष) – घरेलुु हिंसा ।
कोरोनाको खोप पुर्यापउन हिँडेकी थिइन्, मृत भेटिइन् अस्मिता
घटना ७:– अस्मीता धामी – डडेल्धुुरा (२६ वर्ष) – यौन हिंसा ।
सरिताको हत्या आरोपमा युवक पक्राउ
घटना ८:– सरीता सेरेन – वीराटनगर (३० वर्ष) – घरेलुु हिंसा ।
अनिता हत्याको आरोपमा देवर पक्राउ
घटना ९:–अनिता यादभ– विराटनगर (२४ वर्ष) – घरेलुु हिंसा ।
श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
घटना १०:– लक्षीराम थारु – बर्दिया (३८ वर्ष) – घरेलुु हिंसा ।
आँप दिने प्रलोभनमा पारी ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, आमालाई भनिदिने डरपछि हत्या
घटना ११:– बालीका – सप्तरी९ वर्ष) – बाल यौन अपराध ।
प्रहरी भन्छ- सल्यानमा खोलामा मृत भेटिएकी महिलाको घाँटी थिचेर हत्या
घटना १२ः– खीमा खड्का – सल्यान(३० वर्ष) – घरेलुु हिंसा ।
श्रीमती र छोरीलाई आगो लगाएको आरोपमा युवक पक्राउ
घटना १३:– लक्ष्मी भाट, (२८ वर्ष) अढाई वर्षिय छोरी –डोटी – घरेलुु हिंसा ।
हसियाले हिर्काएर श्रीमतीको हत्या घटना
१४:–सीता परियार, (४१वर्ष) – पर्वत –घरेलुु हिंसा ।
धरानको गेस्टहाउसमा महिलाको हत्या, सँगै बसेका पुरुष फरार
घटना १५:–सुुनीता तामाङ्ग, – पाँचथर –(४० वर्ष) – पर्वत –घरेलुु हिंसा ।
स्कुलबाट एक्लै हिंडिन्, घर पुग्नै पाइनन्
घटना १६ः– करुणा राई मोरङ्ग –(१२ वर्ष)– वाल यौन अपराध।
उल्लेखित घटनाहरु विभिन्न सञ्चार माध्यममार्फत् केही महिनाको अन्तरालमा लिइएको हो। यी हाम्रो समाजको प्रतिनिधि घटना मात्र हुुन्।
यस्ता घटनाहरु प्रायः दैनिकजसो घटिरहेका छन्। अधिकांश घटनाका पीडितहरु महिलातथा बालिका छन् र पीडकहरु परिपक्व, तथा वृद्धावस्थाका पुुरुषहरु नै छन्। देशका सवैजसो जिल्लाहरुमा यस्ता क्रुर हत्याहरु भएका छन् ।
हाम्रो समाजमा परापूूर्व कालदेखिनै योनीअङ्गसँग सहिनसक्नुुको समस्या छ। गर्भाधान लगत्तै शुुरुहुुने यो समस्यासँग योनीअङ्ग निरन्तर लडिरहनुुपर्छ।
गर्भभित्र रहँदा, जन्मपश्चात, हुुर्काई, खानपान, लवाई, लवज, अध्ययन, भ्रमण, खेलकुुद, कामको बाँटफाँट, कार्यलयस्थल, पारिश्रमिक लगायत हरेक क्षणको लडाईसँग योनीअङ्ग अवाक छ।
यसको विपरित पुुरुषलिङ्ग धेरै हिसावले सुुरक्षित छ। आफ्नो शरीरमा योनीअङ्ग भएकै वा बोकेकै कारणले नावालिकाहरुले अत्यन्तै पिडादायक, हिंस्रक मृत्युुवरण गर्नुुपरेको छ।
१२ वर्षकी बालिकालाई देखेर ६४ वर्षको पुुरुष उत्तेजित हुन्छ र अपरिपक्व योनीलाई क्षत्विक्षत् बनाउँछ। यत्तिले पनि नपुुगेर बालिकाको जीवन समाम्त पार्छ।
हाम्रोजस्तो सामाजिक परिवेशमा एउटी छोरीलाई १२ वर्षको वनाउन ग्रामिण परिवेशका घरपरिवारको अझैभनौं आमाको संघर्षको व्यथा कति होला?
अहिले एउटा विषय जल्दोवल्दो रुपमा उठिरहेको छ। एकजना परिपक्व कलाकार र बालिका गायिकाको सम्बन्धमा। मुुलुुकी अपराध संहितामा स्पष्ट लेखिएको छ, १८ वर्षभन्दा मुनिका नावालिगसँगको शारीरिक सम्बन्धला२ जवरजस्ति करणी मानिनेछ। कानुुन थाहा थिएन भनेर उन्मुुक्ति पाइँदैन।
किशोरावस्थमा विपरित लिङ्गिप्रति आकार्षण हुुनुु स्वभाविक हो। उनीहरु सही निर्णय लिन सक्दैनन्, त्यसैले नै १८ वर्षभन्दा मुनिका नाबालिग मानिएको हो र उनीहरुको संरक्षणका लागि यस्तो कानुन आएको हो। हरेक नावालिगको संरक्षण गर्नु एक सचेत नागरिकको कर्तव्य हो।
कतिपय सञ्चारमाध्यमहरु अहिले असाध्यै गलत दिशातर्फ उन्मुुख रहेको छ। किशोरीको नाम त खुुल्लमखुुल्ला सार्वजनिक भैसक्यो। यहाँसम्मकी उनको स्वास्थ रिर्पोट नै सार्वजनिक हुनुुको पछाडि कुुन तत्वले काम गरेको छ?
पत्रकारिताको सामान्य नैतिकताको जानकारी नहुनेहरुलाई यो रमिता लागेको हो? वा पीडितको स्वास्थ रिर्पोट गोपनीय राख्नुपर्ने कानुनी प्राबधानबाट सम्बन्धित सम्पूर्ण निकायहरु अनभिज्ञ हुन्? यदि यो अनभिज्ञता हो भने यि निकायहरु किन हैसियतमा संचालित छन्? यस्तो अधिकार उनीहरुलाई कसले दियो? केही मानव अधिकारकर्मी, महिला अधिकारकर्मीको विरोध र आग्रहमा केही संचार माध्यमलाई कारवाही भयो। तर, पहिले नै किन सम्बन्धित निकायहरु मौन रहे?
कलाकारकर्मी, अभियन्ता भनिएकाहरु हुुलका हुल जाने परिस्थिति किन वन्यो? यसले उजुरिकर्ताको बालमनोविज्ञानमा कति असर पार्यो? यो भन्दा पनि उदेकलाग्दो कुरे त के छ भने, लामो समयदेखि संचार माध्यम तथा महिला अधिकारको क्षेत्रमा वकालत गरिरहेका नाम चलेका कतिपय अधिकारकर्मीहरुको दृष्टिकोण पनि के हो भनेर ठ्याक्कै आउन सकेन। घुमाइफिराइ आइरहेका छन्। नाम चलेका पुराना कलाकारहरुबाट पनि गैर–जिम्मेबार अभिव्यक्तिहरु आइरहेका छन्। मलाई जन्माउँदा मेरी आमा यति वर्षकि हुनुहुन्थो भन्ने जस्ता तर्क पनि नसुनिएको होइन।
सुत्केरी हुन नसकेर सोहि उमेर समूहका कतिजना नावालिक आमाहरुले ज्यान गुमाउनुपर्यो होला? यहाँसम्मकी सर्वश्रेष्ठ घराना, राणापरिवार, राजपरिवारका रानीहरु लगायतका महिलाहरु सुत्केरी व्यथाको कारणले ज्यान गएको यथार्थ इतिहास हामीसामु छ।
बालिकामाथि कुरा मिलुन्जेल सही, नमिलेपछि फसाउने? पहिले नै किन उजुरी नगरेको? बच्चा पाउने उमेर भएकाहरु केको नावालिग? अब त्यो र त्यसका सन्तानसँग कसले विहे गर्छ? अहिलेको मुुख्य मुुद्दालाई असर गर्ने गरि यस्ता टिप्पणीहरु छ्यापछ्याप्ती छन्। के सही के गलत यो कानुनले भन्ला। बलात्कारजस्तो संवेदनशील विषयमा उजुरी परेर हिरासतमा भएको व्यक्तिलाई खुलेआम समर्थन गर्ने, पीडितलाई झन् मनोवैज्ञानिक त्रासको भुँमरीमा लैजाने फिल्मी स्टाइलका कलाकारको लागि खै कस्तो गीत गाउने होला? फिल्ममा देखाउने हिरोइज्म वास्तविक यथार्थमा के रहेछ त? अव कुनै प्रतिभावान छोरीलाई आफ्नो प्रतिभा देखाउन समस्या हुुनेछ।
अस्पताल, आवश्यक सुुविधा न्यून आर्थिक अवस्थाले गर्दा सुुत्केरी हुुन नसकेर ज्यान गुुमाउनुु परेका आमाहरुको मतलव कसलाई छ? यो वर्ष नेपालका विभिन्न राजनीतिक दलका महाधिवेशनहरु भए। एकपछि अर्को गर्दै, जतिवेला यिनिहरुको महाधिवेशनहरु चलिरहेका थिए, अस्पतालको सुुविधा, आर्थिक अभावले गर्दा सुुत्केरीको ज्यान गएको थियो।
कैयौ महिलाहरुले घरेलुु हिंसाको कारणले मृत्युुवरण गरिरहेका थिए। यो सम्बन्धमा कुुनै पनि दलले महाधिवेशनमा छलफल गरेनन्। कतै आवाज उठाएको सुुनिएन। न त युुवा नेता भनिएकाहरु, न त महिला नेतृ मानिएकाहरु कसैले यी विषयलाई उठाएन। एकले अर्कोलाई अनेक दोष लगाँउदै गैरजिम्वेवार अभिव्यक्ति दिंदै र गालीगलौजमै केन्द्रित रहेर विभिन्न दलका महाधिवेशनहरु सक्किए। सर्वसाधारण जनतालाई “जुन जोगी आएपनि कानै चिरेको” भनेझै भयो।
राजनीतिक दलहरुले महिला अधिकार र महिला हिंसा न्यूनीकरणका नारा उठाए पनि त्यो कागजमै मात्र देखिएको छ। सत्ता र पदका लागि मात्र केन्द्रीत हुने राजनीतिक पार्टीमा महिला हिंसा न्यूनीकरणका प्रयासबारे कहिले छलफल हुने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।