• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कक्षा १२ को ऐच्छिक नेपालीबाट हटाउने प्रयास भइरहेको कविता ‘हरिनन्द र माटो’ मा के छ?

64x64
नेपाल लाइभ शनिबार, फागुन २१, २०७८  १५:२०
1140x725

काठमाडौं– कवि भूपाल राईको कवितासंग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ २०७१ सालमा नै प्रकाशित भएको हो। उक्त कविताको किताबमा रहेका साढे दुई दर्जन कविता नै सीमान्तकृत चेतनामा आधारित छन्। पहिचान र जातीय मुक्तिका कविता लेख्ने कवि राईको यो किताबले उति बेला पनि निकै चर्चा पाएकै हो। र सात वर्षपछि फेरि चर्चामा आएको छ।

यसपटक यो किताबलाई चर्चामा ल्याएको छ उनको कविता ‘हरिनन्द र माटो’ले।

यसै वर्षदेखि कक्षा १२ को ऐच्छिक नेपाली विषयमा ‘आगोले जन्मोत्सव मनाउँदैन’बाट यो कविता पनि समावेश छ। अहिले कक्षा १२ पढिरहेका विद्यार्थी सीमान्तकृत चेतनामा आधारित ‘हरिनन्द र माटो’ पढिरहेका छन्। कक्षा १२ मा अन्य कविता पनि छन्। तर, केही व्यक्तिले पाठ्यक्रम विकासकेन्द्रमा ‘उजुरी’ दिएपछि यो कविताको चर्चासँगै विवाद पनि भएको छ।

पाठ्यपुस्तकमा राखिएको कवितामा भएको विवाद बुझ्नका लागि पहिला पात्र ‘हरिनन्द’बारे बुझ्न आवश्यक छ। कवितामा नै उनको पूरा नाम, ठेगाना र उनले गरेको काम स्पष्ट उल्लेख छ।
पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३
(हरिनन्द र माटो)

माझकिराँतको ‘माटो द्रोह’
हरिनन्द पाध्या (पोखरेल) चौदण्डी (माझ किराँत) का सेन राजाहरूका पुरोहित थिए। उनलाई खोटाङको खार्पास्थित धेरै उब्जनी हुने खेत बिर्ता दिइएको थियो। त्यसकारण खार्पामा पोखरेलहरूको थातथलो कायम भएको थियो।

तर, कुनै कारण हरिनन्द र सेन राजाहरूबीचको सम्बन्ध बिग्रियो। त्यसबेला गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान चलाइरहेका थिए। विभिन्न इतिहासकारहरूले उल्लेख गरेअनुसार हरिनन्दले चौदण्डीका उच्च सैनिक अधिकारी स्वरूपसिंह कार्कीसँग मिलेर पृथ्वीनारायणलाई आक्रमणको निम्ता दिएका थिए।

त्यसबखत पृथ्वीनारायण शाह राज्य विस्तार गर्दै नुवाकोट पुगेका थिए। यता चौदण्डीका राजा कर्ण सेनसँग स्वरूपसिंह कार्कीको सम्बन्ध पनि बिग्रिएको थियो। हरिनन्द र स्वरूपसिंह माझकिरातको माटो लिएर नुवाकोट दरबार पुगे। उनीहरूले पृथ्वीनारायण शाहलाई माझ किराँतको माटो ‘चढाएर’ आक्रमणको लागि उक्साए। पृथ्वीनारायण शाहले स्वरूपसिंहलाई तत्काल गोर्खाली सेनाको सरदारमा नियुक्त गरेका थिए।

माझकिराँतको मुख्य प्रशासनिक केन्द्र चौदण्डीगढी थियो। पहाडतर्फ स–साना रजौटाहरू पनि थिए। ती राज्यमा आक्रमणको निम्ता दिएका हरिनन्दले गोरखाली फौजका लागि बन्दुक र अन्य हतियारको व्यवस्था पनि गरिदिए। उनले बनारसबाट हतियार ल्याइदिएका थिए। त्यसैगरी गोरखाली सेनालाई दुधकोशी तर्न डुंगाको व्यवस्थासमेत गरिदिएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

हरिनन्द पाध्या र स्वरूपसिंह कार्कीलाई गोरखाली शासकले एकीकरण अभियन्ताको रूपमा व्याख्या गरे। शाहवंशका राजा रहेकाले हरिनन्द र स्वरूपसिंहकै पक्षमा इतिहास लेखियो। तर, पछिल्लो समय सीमान्तकृत समुदायको दृष्टिबाट इतिहासको अध्ययन सुरु भएपछि यस्ता पात्रमाथि प्रश्न उठ्न थालेको लेखक राजेन्द्र महर्जन बताउँछन्। कवि भूपाल राईको कवितामा हरिनन्द र माटोको कथा सीमान्तकृत बिम्बको रूपमा आएको छ। उनले हरिनन्दको कार्यलाई ‘माटो द्रोह’को संज्ञा दिएका छन्।

किन आयो विवाद?
कवि राईको कविताले पोखरेलहरूप्रति नकारात्मक भ्रम फैलाएको भन्दै खार्पाका केही व्यक्तिले पाठ्यक्रम विकास केन्द्रमा ‘उजुरी’ दिएको स्रोतले जनाएको छ। मौखिक रूपमा दिइएको उक्त उजुरीपछि त्यस कवितालाई कक्षा १२ को पाठ्यक्रमबाट हटाउने तयारी थालिएपछि विवाद उत्पन्न भएको हो।

यो कवितालाई ‘सीमान्तकृत चेतना’ अन्तर्गत उक्त विषयमा समावेश गरिएको थियो। ऐच्छिक नेपाली विषय समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे छन् भने सदस्यमा इन्दु खनाल, देवी नेपाल र विष्णु ज्ञवाली छन्। समिति अध्यक्ष घिमिरेले पाठ्यक्रम विकास केन्द्रमा गुनासो गरिएको बारे आफूले पनि जानकारी पाएको तर, कविता नै हटाउनेबारे आफूलाई थाहा नभएको बताए। ‘पाठ्यक्रम विकास केन्द्रमा के हुँदैछ भन्ने मलाई थाहा छैन, यो विषयमा केन्द्रमा नै सोध्दा राम्रो हुन्छ,’ उनले भने।

नेपाली ऐच्छिक विषयको उक्त पाठ्यपुस्तकको सम्पादकमा डा. रामप्रसाद ज्ञवाली, डा. गणेश अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुंगेल छन्। स्रोतका अनुसार विषय समितिका सदस्य र पाठ्यपुस्तकका सम्पादकहरूलाई कविताको गुनासोबारे औपचारिक जानकारी गराइएको छैन। तर, पाठ्यक्रम विकास केन्द्रले उक्त कविता हटाएर भूपाल राईकै अर्को कविता ‘ऐनाभन्दा पर’ राख्ने तयारी गरेको पनि स्रोतले जनाएको छ।

के कवितामा जातीयद्वेष छ?
कवितामा पोखरेलविरुद्ध जातीयद्वेष भएको र यसले खार्पाली पोखरेलको बेइज्जत गरेको भन्दै मौखिक गुनासो गरिएको थियो। पाठ्यक्रम विकास केन्द्र स्रोतले भन्यो, ‘खार्पाली पोखरेलहरू प्रशासनमा पनि उच्च तहमा पुगिसकेका छन्। कतिपय उच्च पदमा अझै कार्यरत छन्। उनीहरूले लिखित रूपमा नभइ आफ्नो पहुँच प्रयोग गरेर मौखिक रूपमा गुनासो गरेका हुन्। त्यसकारण कविता फेर्ने कुरा उठेको हो।’

तर, कविताले इतिहासलाई नबिगारेको लेखक राजेन्द्र महर्जन बताउँछन्। पृथ्वीनारायण शाहले गरेको राज्यविस्तारलाई ठीक मान्नेहरूको आँखाबाट हेर्दा र सीमान्तकृत तथा राज्य गुमाएका सुमदायको आँखाबाट हेर्दा घटना फरक हुने उनी बताउँछन्। ‘हिजोको चौदण्डी राज्यका जनताको आँखाबाट हेर्दा हरिनन्दले द्रोह गरेका हुन्। त्यसैले यो कवितामा सीमान्तकृत जनताको आवाज छ,’ महर्जनले भने, ‘इतिहासका पात्रहरूलाई सिंगो समुदायसँग जोडेर हेर्नुहुँदैन। त्यसो गरियो भने त प्रशंसाको मात्र इतिहास लेखिने भयो।’

विषय समितिका एक सदस्यले पनि इतिहासका एक पात्रलाई सिंगो समुदायसँग जोडेर कविता बदल्नु नहुने बताए। ‘यसरी कविता हटाइयो भने भोलि राणा परिवारका सदस्यले पनि उजुरी देलान्, अनि नेपालको इतिहास नै पढाउन नपाइने अवस्था हुन्छ,’ उनले भने, ‘पात्रलाई बिम्बको रूपमा बुझ्नुपर्छ। विद्यार्थीलाई हरिनन्दको परिचय पनि बिम्बको रूपमा दिनुपर्छ। त्यसैकारण यो कविता पाठ्यक्रममा परेको हो।’

यस्तो छ कविता ‘हरिनन्द र माटो’
हरिनन्द
निषेध गर्छ माटोलाई
तर, पूजा गर्छ मालिकलाई

ऊ– बिनाहावा
बिनापानी
बिनामाटो
फुलाउँछ फूल
माटो नछोई
उमार्छ फसल
भर्छ भकारी
र, छुट्याउँछ माटोबाट राजभक्तिको फूल

माटोको बङ्करभित्र
खडा गर्छ माटोकै महल
खान्छ माटै
बिस्ट्याउँछ माटै
तैपनि माटोकै विरुद्धमा
तय गर्छ धमिराको भूमिगत यात्रा

हरेक विकल्प छ माटोको ऊसँग
त्यसैले द्रोह गर्छ माटोसँग
त्यसैले भेटी चढाउँछ
आफैले शरण लिएको एक मुठी माटो
नुवाकोटको दरबारमा

ऊ– एक द्रोह उर्फ दारा
पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३

दुर्भाग्य!
म माटो ढोग्छु
त्यसैले माली छु
ऊ माटो टेक्छ
त्यसैले ऊ मालिक छ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्