• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कक्षा १२ को ऐच्छिक नेपालीबाट हटाउने प्रयास भइरहेको कविता ‘हरिनन्द र माटो’ मा के छ?

64x64
नेपाल लाइभ शनिबार, फागुन २१, २०७८  १५:२०
1140x725

काठमाडौं– कवि भूपाल राईको कवितासंग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ २०७१ सालमा नै प्रकाशित भएको हो। उक्त कविताको किताबमा रहेका साढे दुई दर्जन कविता नै सीमान्तकृत चेतनामा आधारित छन्। पहिचान र जातीय मुक्तिका कविता लेख्ने कवि राईको यो किताबले उति बेला पनि निकै चर्चा पाएकै हो। र सात वर्षपछि फेरि चर्चामा आएको छ।

यसपटक यो किताबलाई चर्चामा ल्याएको छ उनको कविता ‘हरिनन्द र माटो’ले।

यसै वर्षदेखि कक्षा १२ को ऐच्छिक नेपाली विषयमा ‘आगोले जन्मोत्सव मनाउँदैन’बाट यो कविता पनि समावेश छ। अहिले कक्षा १२ पढिरहेका विद्यार्थी सीमान्तकृत चेतनामा आधारित ‘हरिनन्द र माटो’ पढिरहेका छन्। कक्षा १२ मा अन्य कविता पनि छन्। तर, केही व्यक्तिले पाठ्यक्रम विकासकेन्द्रमा ‘उजुरी’ दिएपछि यो कविताको चर्चासँगै विवाद पनि भएको छ।

पाठ्यपुस्तकमा राखिएको कवितामा भएको विवाद बुझ्नका लागि पहिला पात्र ‘हरिनन्द’बारे बुझ्न आवश्यक छ। कवितामा नै उनको पूरा नाम, ठेगाना र उनले गरेको काम स्पष्ट उल्लेख छ।
पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३
(हरिनन्द र माटो)

माझकिराँतको ‘माटो द्रोह’
हरिनन्द पाध्या (पोखरेल) चौदण्डी (माझ किराँत) का सेन राजाहरूका पुरोहित थिए। उनलाई खोटाङको खार्पास्थित धेरै उब्जनी हुने खेत बिर्ता दिइएको थियो। त्यसकारण खार्पामा पोखरेलहरूको थातथलो कायम भएको थियो।

तर, कुनै कारण हरिनन्द र सेन राजाहरूबीचको सम्बन्ध बिग्रियो। त्यसबेला गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान चलाइरहेका थिए। विभिन्न इतिहासकारहरूले उल्लेख गरेअनुसार हरिनन्दले चौदण्डीका उच्च सैनिक अधिकारी स्वरूपसिंह कार्कीसँग मिलेर पृथ्वीनारायणलाई आक्रमणको निम्ता दिएका थिए।

त्यसबखत पृथ्वीनारायण शाह राज्य विस्तार गर्दै नुवाकोट पुगेका थिए। यता चौदण्डीका राजा कर्ण सेनसँग स्वरूपसिंह कार्कीको सम्बन्ध पनि बिग्रिएको थियो। हरिनन्द र स्वरूपसिंह माझकिरातको माटो लिएर नुवाकोट दरबार पुगे। उनीहरूले पृथ्वीनारायण शाहलाई माझ किराँतको माटो ‘चढाएर’ आक्रमणको लागि उक्साए। पृथ्वीनारायण शाहले स्वरूपसिंहलाई तत्काल गोर्खाली सेनाको सरदारमा नियुक्त गरेका थिए।

माझकिराँतको मुख्य प्रशासनिक केन्द्र चौदण्डीगढी थियो। पहाडतर्फ स–साना रजौटाहरू पनि थिए। ती राज्यमा आक्रमणको निम्ता दिएका हरिनन्दले गोरखाली फौजका लागि बन्दुक र अन्य हतियारको व्यवस्था पनि गरिदिए। उनले बनारसबाट हतियार ल्याइदिएका थिए। त्यसैगरी गोरखाली सेनालाई दुधकोशी तर्न डुंगाको व्यवस्थासमेत गरिदिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

हरिनन्द पाध्या र स्वरूपसिंह कार्कीलाई गोरखाली शासकले एकीकरण अभियन्ताको रूपमा व्याख्या गरे। शाहवंशका राजा रहेकाले हरिनन्द र स्वरूपसिंहकै पक्षमा इतिहास लेखियो। तर, पछिल्लो समय सीमान्तकृत समुदायको दृष्टिबाट इतिहासको अध्ययन सुरु भएपछि यस्ता पात्रमाथि प्रश्न उठ्न थालेको लेखक राजेन्द्र महर्जन बताउँछन्। कवि भूपाल राईको कवितामा हरिनन्द र माटोको कथा सीमान्तकृत बिम्बको रूपमा आएको छ। उनले हरिनन्दको कार्यलाई ‘माटो द्रोह’को संज्ञा दिएका छन्।

किन आयो विवाद?
कवि राईको कविताले पोखरेलहरूप्रति नकारात्मक भ्रम फैलाएको भन्दै खार्पाका केही व्यक्तिले पाठ्यक्रम विकास केन्द्रमा ‘उजुरी’ दिएको स्रोतले जनाएको छ। मौखिक रूपमा दिइएको उक्त उजुरीपछि त्यस कवितालाई कक्षा १२ को पाठ्यक्रमबाट हटाउने तयारी थालिएपछि विवाद उत्पन्न भएको हो।

यो कवितालाई ‘सीमान्तकृत चेतना’ अन्तर्गत उक्त विषयमा समावेश गरिएको थियो। ऐच्छिक नेपाली विषय समितिका अध्यक्ष कृष्णप्रसाद घिमिरे छन् भने सदस्यमा इन्दु खनाल, देवी नेपाल र विष्णु ज्ञवाली छन्। समिति अध्यक्ष घिमिरेले पाठ्यक्रम विकास केन्द्रमा गुनासो गरिएको बारे आफूले पनि जानकारी पाएको तर, कविता नै हटाउनेबारे आफूलाई थाहा नभएको बताए। ‘पाठ्यक्रम विकास केन्द्रमा के हुँदैछ भन्ने मलाई थाहा छैन, यो विषयमा केन्द्रमा नै सोध्दा राम्रो हुन्छ,’ उनले भने।

नेपाली ऐच्छिक विषयको उक्त पाठ्यपुस्तकको सम्पादकमा डा. रामप्रसाद ज्ञवाली, डा. गणेश अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुंगेल छन्। स्रोतका अनुसार विषय समितिका सदस्य र पाठ्यपुस्तकका सम्पादकहरूलाई कविताको गुनासोबारे औपचारिक जानकारी गराइएको छैन। तर, पाठ्यक्रम विकास केन्द्रले उक्त कविता हटाएर भूपाल राईकै अर्को कविता ‘ऐनाभन्दा पर’ राख्ने तयारी गरेको पनि स्रोतले जनाएको छ।

Xtrem

Xtrem

के कवितामा जातीयद्वेष छ?
कवितामा पोखरेलविरुद्ध जातीयद्वेष भएको र यसले खार्पाली पोखरेलको बेइज्जत गरेको भन्दै मौखिक गुनासो गरिएको थियो। पाठ्यक्रम विकास केन्द्र स्रोतले भन्यो, ‘खार्पाली पोखरेलहरू प्रशासनमा पनि उच्च तहमा पुगिसकेका छन्। कतिपय उच्च पदमा अझै कार्यरत छन्। उनीहरूले लिखित रूपमा नभइ आफ्नो पहुँच प्रयोग गरेर मौखिक रूपमा गुनासो गरेका हुन्। त्यसकारण कविता फेर्ने कुरा उठेको हो।’

तर, कविताले इतिहासलाई नबिगारेको लेखक राजेन्द्र महर्जन बताउँछन्। पृथ्वीनारायण शाहले गरेको राज्यविस्तारलाई ठीक मान्नेहरूको आँखाबाट हेर्दा र सीमान्तकृत तथा राज्य गुमाएका सुमदायको आँखाबाट हेर्दा घटना फरक हुने उनी बताउँछन्। ‘हिजोको चौदण्डी राज्यका जनताको आँखाबाट हेर्दा हरिनन्दले द्रोह गरेका हुन्। त्यसैले यो कवितामा सीमान्तकृत जनताको आवाज छ,’ महर्जनले भने, ‘इतिहासका पात्रहरूलाई सिंगो समुदायसँग जोडेर हेर्नुहुँदैन। त्यसो गरियो भने त प्रशंसाको मात्र इतिहास लेखिने भयो।’

विषय समितिका एक सदस्यले पनि इतिहासका एक पात्रलाई सिंगो समुदायसँग जोडेर कविता बदल्नु नहुने बताए। ‘यसरी कविता हटाइयो भने भोलि राणा परिवारका सदस्यले पनि उजुरी देलान्, अनि नेपालको इतिहास नै पढाउन नपाइने अवस्था हुन्छ,’ उनले भने, ‘पात्रलाई बिम्बको रूपमा बुझ्नुपर्छ। विद्यार्थीलाई हरिनन्दको परिचय पनि बिम्बको रूपमा दिनुपर्छ। त्यसैकारण यो कविता पाठ्यक्रममा परेको हो।’

यस्तो छ कविता ‘हरिनन्द र माटो’
हरिनन्द
निषेध गर्छ माटोलाई
तर, पूजा गर्छ मालिकलाई

ऊ– बिनाहावा
बिनापानी
बिनामाटो
फुलाउँछ फूल
माटो नछोई
उमार्छ फसल
भर्छ भकारी
र, छुट्याउँछ माटोबाट राजभक्तिको फूल

माटोको बङ्करभित्र
खडा गर्छ माटोकै महल
खान्छ माटै
बिस्ट्याउँछ माटै
तैपनि माटोकै विरुद्धमा
तय गर्छ धमिराको भूमिगत यात्रा

हरेक विकल्प छ माटोको ऊसँग
त्यसैले द्रोह गर्छ माटोसँग
त्यसैले भेटी चढाउँछ
आफैले शरण लिएको एक मुठी माटो
नुवाकोटको दरबारमा

ऊ– एक द्रोह उर्फ दारा
पूरा नाम– हरिनन्द पोखरेल
ठेगाना– खार्पा, माझ किरात, खोटाङ
द्रोह वर्ष सन् १७७३

दुर्भाग्य!
म माटो ढोग्छु
त्यसैले माली छु
ऊ माटो टेक्छ
त्यसैले ऊ मालिक छ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज १५, २०८३
दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्रले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्