• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वाधारबिनाको रेसुङ्गा विमानस्थल, कसरी होला नियमित उडान?

64x64
नेपाल लाइभ आइतबार, असार १७, २०७५  १३:४७
1140x725

गुल्मी- देशका विभिन्न जिल्लामा वर्षौंदेखि बन्द भएका कतिपय विमानस्थलमा कतै परीक्षण उडान त कतै नियमित उडानको विषयले चर्चा पाउन थालेपछि हामीले ती विमानस्थलको अवस्था के-कस्तो छ भनेर स्थलगत रिपोर्टिङ गरेका छौं। हामीले भौतिक पूर्वाधार, भौगोलिक अवस्था, प्राविधिक पक्ष तथा विमानस्थलहरुको धरातलीय यथार्थ लगायतका विषयमा जानकारी लिएका छौं। यसै सिलसिलामा नेपाल लाइभको टिमले असोजदेखि नियमित सञ्चालनमा आउने भनिएको गुल्मीको रेसुङ्गा विमानस्थल पुगी सरोकारवालासँग कुरा गरेको छ।

गुल्मी सदरमुकाम तम्घासदेखि दक्षिणमा रहको रेसुङ्गा विमानस्थल पुग्न ५ किलोमिटर पैदल जानुपर्‍यो। आगामी असोजदेखि नियमित उडान सञ्चालन गर्ने भनिएको विमानस्थल पुग्ने कच्ची बाटो बन्दै थियो। बाटो केही फराकिलो बनाउन डोजर चलिरहेको थियो। पानी नपरेकाले धुलो बुङ्बुङ्ती उडिरहेको थियो। ५ किलोमिटरको हिँडाइपछि एउटा लाम्चो र केही फराकिलो ठाउँ देखा पर्यो‍। कुनै भौतिक संरचना नै नबनेको त्यो धुले मैदान नै रेसुङ्गा विमानस्थल थियो। 

यो विमानस्थल हो, यहाँ केही समयअघि परीक्षण उडानको उद्घाटन नै भएको थियो र आगामी असोजदेखि नियमित उडान हुनेछ भन्ने सोचेर तपाईं त्यहाँ पुग्नु भयो भने तपाईंलाई अत्यास लाग्नेछ। 

हवाई यात्रालाई जति सहज मानिन्छ, त्यति नै संवेदनशील पनि। पूर्वाधार निर्माण र सुरक्षाका उपाय बिनै विमानस्थल सञ्चालन गरेर नियमिति उडान सुरु गर्छु भन्नु कत्ति व्यावहारिक छ भन्ने प्रश्न उठेको छ।

रेसुङ्गा विमानस्थलमा गत जेठ २५ मा परीक्षण उडान गरियो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले परीक्षण उडानको उद्धाटन नै गरेका थिए। रेसुङ्गा विमानस्थल ज्ञवालीको आफ्नै निर्वाचन क्षेत्र गुल्मी–१ मा पर्छ। सदरमुकाम तम्घासस्थित देउराली (कालोपत्रे सडक) बाट कच्ची सडक हुँदै विमानस्थलमा पुग्न सकिन्छ।

यो पनि पढ्नोस्ः स्थलगत शृंखला-१ः पूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?

Ncell 2
Ncell 2
nimb
nimb

विमानस्थलको पूर्वतर्फ केही भाग सम्याउन बाँकी देखिन्थ्यो। धुले मार्गमा रहेको विमानस्थलको पूर्व र उत्तरतर्फ जाली भर्ने काम चलिरहेको थियो। 

विमानस्थलको चारै दिशामा तार जाली र ढल÷नाली बनाउन १ महिनाअघि सुनिल समिर निर्माण कम्पनीले ठेक्का हात पारे पनि काम भने सुरु भएको छैन। यद्यपि, निर्माण कम्पनीले एक वर्षमा काम सक्ने दाबी गरेको छ। 

टर्मिनल भवन, सुरक्षा पोस्ट, टावर निर्माणको काम कहिलेदेखि सुरु गर्ने भन्नेमा विमानस्थल व्यवस्थापन समिति नैै अन्योलमा छ। बजेट अभावका कारण धावन मार्ग कालोपत्रे गर्ने विषय उठेको समेत छैन। परीक्षण उडानपछि विमानस्थल परिसर शनिबारका लागि ‘ड्राइ पिकनिक’ गर्ने स्थल बनेको छ। 

विमानस्थल जाने बाटो निर्माण हुँदै

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रेसुङ्गा विमानस्थल व्यवस्थापन समितिका अध्यक्ष एवं छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तका अनुसार माथिल्लो निकायले बजेट विनियोजन गरेपछि मात्रै भवन, टावर र सुरक्षा पोस्ट निर्माण र धावन मार्ग पिच हुनेछ। समिति र नागरिक उड्डयन प्राधिकरणबीच पहिलो चरणको काम सकेपछि थप बजेट निकासा हुने शर्तसहितको सहमति भएको पन्तले जानकारी दिए। 

रेसुङ्गा नगरपालिका १० मा अवस्थित विमानस्थलको क्षेत्रफल १ सय २ रोपनी  छ। ५ सय ७० मिटर रहेको धावनमार्ग विस्तारपछि ६ सय १० मिटर कायम गरी विमानस्थल नियमित सञ्चालनमा ल्याउने तयारी रहेको रेसुङ्गा नगरपालिकाका–१० का वडाध्यक्ष पदम अर्याल बताउँछन्। जबकि, १९ सिटेसम्मका साना जहाज उडान–अवतरण गर्न बिमानस्थलहरुको धावनमार्ग न्यूनतम ६ सय ५० मिटर हुनुपर्ने मानिन्छ।

निर्धारित मितिमा होला त सञ्चालन?

विगत १ वर्षदेखि भौतिक संरचना निर्माणले गति लिएको भनिएको विमानस्थल आगामी असोज २६ देखि नियमित गर्ने व्यवस्थापन समितिको योजना छ। पूर्वाधारको कमी र वर्षात्को समयले गर्दा तोकिएको मितिमा उडान नियमित होला भन्नेमा स्थानीयहरु विश्वस्त छैनन्। 

केही स्थानीय जनप्रतिनिधि र दलका नेताहरु भौतिक संरचना निर्माणसँगै उडान पनि जारी राख्नुपर्ने बताउँछन्। विमानस्थल रहेको वडा नम्बर १० का अध्यक्ष अर्याल अहिलेकै अवस्थामा अरु पूर्वाधार नबने पनि उडान–अवतरण सुरु गर्न सकिने तर्क गर्छन्। 

एउटा विमानस्थललाई चाहिने आवश्यक पूर्वाधारका रुपमा गुणस्तरीय पिच भएको धावन मार्ग, टर्मिनल भवन, टावर, सुरक्षा पोस्ट जस्ता कामका लागि बजेट विनियोजन भएको छैन। जसले गर्दा असोजसम्ममा नियमित उडान गर्न कठिन रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल स्वीकार गर्छन्। उनले धावन मार्गको लम्बाइ पनि पूरा हुन नसकेको विमानस्थलमा भौतिक संरचनाकै कारण नियमित उडान गर्ने तालिका फरक पर्न सक्ने बताए। 

नेपाली कांग्रेसका जिल्ला सभापति भुवन श्रेष्ठ भने विमानस्थल पूर्ण रुपमा निर्माण हुन्छ र सञ्चालनमा आउँछ भनेर पर्खिनु नहुने बताउँछन्। ‘निर्माण हुँदै गर्छ। तर, असोजपछि उडान सुरु गर्नुपर्छ,’ उनले भने।

विमानस्थलको पूर्वाधार निर्माणमा काम गर्दै आएका कन्सल्टेन्ट सिभिल इन्जिनियर नवराज त्रिपाठी सम्पूर्ण सुरक्षाको पूर्व तयारीबिना विमानस्थल सञ्चालनमा ल्याउनु घातक हुने बताउँछन्।

उनका अनुसार विमानस्थल सञ्चालन गर्न आकस्मिक अवतरण गर्नुपर्दाको पूर्व तयारी, दमकल आउनसक्ने फराकिलो बाटो, ६ सय ५० मिटर लम्बाइको पिच गरिएको धावन मार्गजस्ता आधारभूत पूर्वाधार हुनैपर्छ। जुन रेसुङ्गा विमानस्थलमा अहिले उपलब्ध छैन।

वर्षौंदेखि अलपत्र काम

२०३६ सालदेखि चर्चा चले पनि औपचारिक रुपमा २०६२ सालबाट रेसुङ्गा विमानस्थल निर्माणको पहल सुरु गरिएको हो। २०६२ कार्तिक ७ मा रेसुङ्गा विमानस्थल निर्माण उपभोक्ता समिति बन्यो। २०६३ जेठ ३० मा विमानस्थल निर्माणको थप पहलकदमी लिन पदम अर्यालको नेतृत्वमा अर्को समिति बन्यो। २०६३ असार २५ मा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको शिलान्याश गरे। तर, २०६९ वैशाख १७ मा गठन भएको मधुकृष्ण पन्त नेतृत्वको निर्माण समितिले मात्र विमानस्थल निर्माणमा केही काम अगाडि बढायो। 

विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरण र व्यवस्थापन समितिबीच शर्तसहितको सम्झौता भएको थियो। विमानस्थलका लागि आवश्यक जग्गाको व्यवस्था स्थानीय समितिले गर्ने शर्त राखिएको थियो। जसअन्तर्गत त्यहाँ रहेका ४१ परिवारलाई मुआब्जा दिइएको थियो।

प्राधिकरणका तर्फबाट भौतिक संरचना निर्माणका लागि बजेट उपलब्ध गराउने सहमति भएको थियो। तर, यतिका वर्ष बितिसक्दा पनि पूर्वाधार निर्माणको कामले सार्थकता पाउन सकेको छैन। तथापि, विमानस्थल निर्माण, उडान परीक्षण र नियमित उडानको जस लिन खोज्नेहरु भने धेरै छन्।

२०६३ सालदेखि हालसम्म विभिन्न आर्थिक वर्षमा रेसुङ्गा विमानस्थल निर्माणका लागि भनी १४ करोड १७ लाख ८० हजार रुपैयाँ जुटेको छ। जसमा अहिले बाहिरी तारजाली र ढल÷नाला निर्माणका लागि लगाइएको ५ करोड ७० लाख रुपैयाँको ठेक्का पनि जोडिएको छ। 

स्थानीयको चासो

गुल्मीको व्यापारिक निकटता बुटवल र भैरहवासँग छ। बुटवलदेखि १ सय १४ किलोमिटर दूरीमा छ गुल्मी सदरमुकाम तम्घास। तर, गुल्मीबाट बुटवल जाने सडकमा शिद्धबाबाको पहिरोले अवरोध सिर्जना गरिरहँदा सधैं सास्ती खेप्नुपरेको गुल्मीबासीको गुनासो छ। विमानस्थल सञ्चालनमा आए गुल्मीसँगै अर्घाखाँची, पाल्पा, प्युठान र वागलुङका केही भागका जनताले लाभ लिन सक्ने वडाध्यक्ष पदम अर्याल बताउँछन्।

मालिका गाउँपालिका ८ गुल्मीका सन्तोष पौड्यालले बिरामी पर्दा भरपर्दो उपचारको व्यवस्था जिल्लामा नभएको जनाउँदै भने, ‘बुटवल वा राजधानी काठमाडौं पुगुन्जेल बिरामीको मृत्यु भएका धेरै घटना छन्। हवाइ सेवा नियमित भए धेरैलाई राहत पुग्छ।’ यद्यपि, पौड्यालले नियमित उडान हुनेमा भने विश्वस्त हुन नसकेको प्रतिक्रिया दिए।

रेसुङ्गा १० का केशव कुँवर विमानस्थल नियमित हुन सके रिडी, रेसुङ्गा, सुपा देउरालीजस्ता धार्मिक ठाउँमा आन्तरिक तथा वाह्य पर्यटकको वृद्धि हुने बताउँछन्। 

एकातिर आफ्नै जिल्लामा विमानस्थल सञ्चालन हुन्छ भन्ने आशा बोकेका जनता र विमानस्थल देखाएर जस लिन खोज्ने नेताहरुको बीचमा छ, रेसुङ्गा विमानस्थल। न्यूनमत मापदण्डका पूर्वाधार समेत निर्माण नगरी विमानस्थल सञ्चालनमा ल्याउने हतारोले सम्भावित जोखिमलाई कसरी कम गर्ला? त्यो जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने विषय हो।

प्रकाशित मिति: आइतबार, असार १७, २०७५  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्