• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पूर्वाधारबिनै विमानस्थल थप्ने हतारो, आन्तरिक उडानले निरन्तरता पाउने सम्भावना कति?

64x64
नेपाल लाइभ शनिबार, असार १६, २०७५  ०६:४५
1140x725

काठमाडौं- गत चैत १६ मा सय दिने कार्ययोजना सार्वजनिक गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आन्तरिक विमानस्थलको सुधार तथा उडानलाई प्राथमिकतामा राखेका थिए। विमानस्थल भएका जिल्लाहरुमा विमान पुर्‍याउने र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउने उनको प्रतिबद्धता थियो।

केही विमानस्थलमा मन्त्री अधिकारी आफै सहभागी भई परीक्षण उडान पनि गराए। तर गुल्मीको रेसुंगा, इलामको सुकिलुम्बा–फाल्गुनन्द, अछामको साँफेबगर, बाग्लुङको बलेवा जस्ता विमानस्थलमा भौतिक संरचनाले अझै पूर्णता पाएको छैन। 

रेसुंगा विमानस्थलको धावनमार्गमा घाम लाग्दा बुङ्बुङ्ती धुलो उड्छ भने झरी पर्दा हिलो। विमानस्थलमा न तारजाली हालिएको छ न त टर्मिनल भवन नै बनेको छ। सुरक्षा पोस्टसमेत स्थापना भएको छैन। 

एउटा विमानस्थल सञ्चालनका लागि नभई नहुने पूर्वाधार निर्माणबिना उडान–अवतरण कति व्यावहारिक र सम्भव होला भन्ने प्रश्न उठेको छ। यी विमानस्थलमा भौतिक संरचनालाई पूर्णता दिन पर्याप्त बजेटसमेत छैन।

हालै पर्यटनमन्त्री अधिकारीले उद्घाटन गर्दै हिँडेका कतिपय विमानस्थलको अवस्था रेसुंगाको तुलनामा धेरै राम्रो छैन।

रेसुंगा विमानस्थल प्रदेश ५ को पहाडी जिल्ला गुल्मीमा पर्छ। उक्त विमानस्थल २०६३ असार २५ मा तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए। १२ वर्षपछि यहाँ गत जेठ २५ मा तारा एयरको विमानको परीक्षण उडान गरियो। दसैंपछि नियमित उडान गरिने बताइए पनि अत्यावश्यक भौतिक संरचना निर्माण नसकिएकाले उडान अनिश्चित बनेको छ। आन्तरिक उडानका लागि भन्दै पर्यटनमन्त्री अधिकारी भने विभिन्न जिल्लामा नयाँ गन्तव्य थप्दै गएका छन्। 

राजविराज विमानस्थलमा हवाई सेवा उद्घाटन गर्न पुगेका पर्यटनमन्त्री अधिकारी


२०३० देखि नियमित उडानमा आएको बागलुङस्थित बलेवा विमानस्थल २०४८ पछि पूर्ण रुपमा बन्द भएको थियो। गत चैत ९ देखि विमानस्थल सञ्चालनमा त आयो तर घाँसे मैदानका रुपमा रहेको विमानस्थलका कारण भौतिक संरचना विस्तार तत्कालको आवश्यकता देखिएको छ। विमान/यात्रुको सुरक्षा तथा धावनमार्ग कालोपत्र गर्न गम्भीरतापूर्वक ध्यान दिइएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

२०५४ देखिको प्रयासपछि इलाममा जेठ २१ गते पहिलोपटक परीक्षण उडान भयो। इलाम नगरपालिका ९ अवस्थित फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा पहिलोपटक विमान अवतरण गरेको थियो।

परीक्षण उडान भएलगत्तै मन्त्री अधिकारीले निर्माण सम्पन्न भएको जनाउँदै ट्विटसमेत गरे।

अधिकारीको ट्विटमा उल्लेख गरे पनि कच्ची धावनमार्गमा कालोपत्रे लगायत अन्य संरचना विस्तारका लागि निकै लगानी र समय खर्च गर्नुपर्ने देखिन्छ। टावर, कम्पाउन्ड, सेक्युरिटी पोस्ट, तारजाली लगायतका आधारभूत पुर्वाधार बनिसकेको छैन।

७ सय मिटर धावनमार्ग रहेको विमानस्थलका लागि सांसद, जिविस, नगरपालिका, स्थानीय नेता र सर्वसाधारणको खर्चबाट जग्गा किनिएको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले जानकारी दिए। विमानस्थलका लागि २६७ रोपनी जग्गा छुट्याइएको छ। ‘नियमित उडानका लागि नागरिक उड्ययन प्राधिकरणको जति छिटो भौतिक संरचना निर्माण गर्छ, नियमित उडान त्यसमै निर्भर हुन्छ,’ उनले भने, ‘अहिले त नागरिकको नाताले प्लेन आएको हेर्ने काम मात्रै हो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इलामको सुकिलुम्बा विमानस्थल


हालसम्म विमानस्थलका लागि २० करोडजति खर्च भएको हुन सक्ने उनी बताउँछन्। भौतिक संरचना निर्माण नसकिएका कारण यहाँ नियमित उडान कहिलेदेखि हुने भन्ने टुंगो छैन। बस्नेतका अनुसार विमानस्थल अहिले धुले सडकका रुपमा सीमित छ। 

राजविराजमा तोकिएको मितिमा उडान हुन सकेन 
पर्यटनमन्त्री अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलवाट नियमित हवाई सेवा सुरु हुने बताए पनि तोकिएको मितिदेखि नियमित उडान हुन सकेन।

यात्रु प्रस्थान कक्ष, प्रतीक्षालय र कुनौली सडकदेखि विमानस्थलसम्म पुग्ने करिब एक किलोमिटर सडक मर्मत नभएका कारण तोकिएकै मितिमा विमान उडान तथा अवतरण हुन नसकेको हो। राजविराज विमानस्थल निर्माण योजनाका प्रमुख रामएकवाल महतोले केही सयमैमै सम्पूर्ण तयारी पूरा गरेर नियमित विमान सेवा सुचारु हुने दाबी गरेका थिए।

 राजविराज विमानस्थल


असार १० गतेदेखि मात्र यहाँ श्री एयरलाइन्सले उडान भरिरहेको छ।

२०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थल कच्ची धावन मार्गका कारण २०५२ बैसाखदेखि अवरुद्ध थियो। १ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण सम्पन्न भएपछि जेठ १० गते मन्त्री अधिकारी, संघीय 8वादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले संयुक्त रुपमा सेवा सञ्चालनको उद्घाटन गरेका थिए।

रेसुंगामा विमान पुगेको छ, तर पूर्वाधार बन्न सकेको छैन। २७ वर्षदेखि बन्द रहेको बागलुङस्थित बलेवा विमानस्थल नियमित गर्ने प्रक्रिया सुरु गरिए पनि प्रभावकारितामा कमी देखिएको छ। उडान क्षेत्रमा बढोत्तरी आए पनि पूर्वाधारलाई प्राथमिकतामा पारेको दैखिँदैन।

बागलुङको बलेवा विमानस्थल


पूर्वाधार नपुगेका स्थानमा विमानको दीर्घकालीन उडान कति सम्भव छ? कतिपयले चर्चाकै लागि हतारमा परीक्षण उडानमा मन्त्री अधिकारीले चासो राखेको बताउँदै आएका छन्। विमानस्थलको संख्या बढाउने ‘मनोकांक्षा’ले मूर्तरुप प्राप्त गर्नेमा  भने धेरैका सन्देह पैदा भएको छ। 

‘भौतिक संरचना निर्माणलाई पहिलो प्राथमिकतामा नराखी परीक्षण उडानलाई महत्व दिएको’ मन्त्री माथि बागलुङ नगरपालिकाका कांग्रेस नेता बसन्तकुमार श्रेष्ठको आरोप छ। विमानस्थलहरुमा उडानको निरन्तरता, भौगोलिक वस्तुस्थिति, सुरक्षा, टावर, धावन मार्गको क्षेत्रफल लगायतका विषयमा पूर्व अध्ययनलाई ‘कम महत्व’ दिइएको उनले बताए। 

साताको दुईपटक उडान हुने भनिएको बलेवामा नियमित उडान हुन सकेको छैन। अर्कोतर्फ परीक्षण उडानमा सीमित रेसुंगा विमानस्थल धुले धावनमार्गमा सीमित छ। असोजदेखि नियमित उडान गर्ने भनिएको विमानस्थलमा हालसम्मको पूर्वाधार विकास हेर्दा उक्त समयमा नियमित उडानको सम्भावना कम देखिन्छ। 

गुल्मीको रेसुंगा विमास्थल


पूर्वाधारमा जोड नदिईकन उडानलाई महत्व दिइरहेको समाचार आइरहेको समयमा धरातलीय यथार्थ बुझ्नका लागि नेपाल लाइभ टिमले स्थलगत रिपोर्टिङ गरेको छ। भौतिक पूर्वाधार, भौगोलिक अवस्था, प्राविधिक पक्ष तथा विमानस्थलहरुको धरातलीय यथार्थ लगायतका विषयमा हामीले विभिन्न विमानस्थल पुगेर त्यहाँका सरोकारवालासँग कुरा गरेका छौं। बाँकी स्टोरीमा क्रमश: प्रकाशन गर्दै जानेछौं।

प्रकाशित मिति: शनिबार, असार १६, २०७५  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्