काठमाडौं– एक युवतीसहित तीन जनालाई प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ। प्रहरीले सुनसरीका डेनिस राई, प्रज्ञा राई र सुभाष गुरुङलाई शनिबार पक्राउ गरेको हो।
सुरुमा प्रहरीले डेभिड र प्रज्ञालाई लागूऔषधसहित पक्राउ गरेको थियो। उनीहरुले गुरुङसँग लागूऔषध किन्ने सूचनाका आधारमा गुरुङलाई पनि पक्राउ गर्दा प्लाष्टिकको सर्टगन, प्लाष्टिकको पेस्तोल, चक्कुहरु तथा विभिन्न प्रकारका लागूऔषधहरु बरामद गरेको हो।
उनीहरु लागूऔषध कारोबार तथा अन्य अपराधिक गतिविधिमा संलग्न भएको प्रहरी आशंका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।