• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सत्ताको तुजुक र नेताका उट्पट्याङ

64x64
हेमन्त मल्ल ठकुरी बिहीबार, माघ २०, २०७८  ०९:००
1140x725

यति बेला सत्तामा आसीन रहेकाहरुको तुजुक साँच्चै हेरिनसक्नु छ। उनीहरु जनताबाट निर्वाचित भएर, जनताकै लागि सेवा प्रवाह गर्न (भन्नलाई शासन सञ्चालन गर्न पनि भनिन्छ) सत्तामा पुगेका हुन्। तर, उनीहरुको आचरण, व्यवहार, शैली र सोच हेर्दा सत्ता सञ्चालक हुन् कि कर्मचारी वा जमिन्दारी सोचका तालुकदार छुट्याउनै गाह्रो पर्ने अवस्था छ। हामी राजनीतिलाई सोझो अर्थमा बुझ्नेहरुका लागि यो अवस्था आफैंमा बिडम्बना भएको छ।

नेताहरु अहिले उट्पट्याङ गर्ने पात्रका रुपमा दरिन्छन्। कोही मुलुकको सम्पत्तिमाथि उट्पट्याङ गर्छन्। कोही नागरिकको संवेदनामाथि उट्पट्याङ गर्छन्। कोही देशको गरिमामाथि नै उट्पट्याङ गर्न पनि धक मान्दैनन्। नेताहरुको उट्पट्याङमा उनीहरुको मात्र गल्ती छैन, हाम्रो पनि छ। किनभने हामी उनीहरुका उट्पट्याङमा रमाउँछौं, तारिफ गर्छौं। प्रोत्साहित पनि गर्छौं। पदमा आसीन नेताहरुले लोकरिझ्याईंकै लागि किन नहोस्, कानुनी दायरा बाहिर गएर काम गर्दा, कसैलाई धम्क्याउँदा पनि हामी वाहवाही गरिदिन्छौं। उसले गर्नैपर्ने काम गर्दा पनि नमूना मानिदिन्छौं। यस्तो लाग्छ, हामीले प्रशासनतन्त्र बुझेका, देश बुझेका र नागरिकको समस्या बुझेका व्यावसायिक राजनीतिज्ञ चाहेका छैनौं। बरु यस्तै मुंग्रोधारी शासक चाहेका छौं। 

अहिले समाजमा यो वा त्यो रुपमा बढ्दै गएको अनुशासनहीनता र दण्डहीनताले यस्ता चरित्रलाई हिजोभन्दा आज प्रोत्साहित गरिराखेको छ। यसबाट हौसिएर समाजका धेरै तप्कामा उट्पट्याङ क्रमशः मौलाउँदै गएको छ। कर्तव्य बिर्सेर अधिकारको मात्र रट लगाउने, जिम्मेवारी बिर्सेर अवसरमात्र खोजिरहने राजनीतिक पार्टीसँग (एउटा होइन, यो सबै पार्टीको आमचरित्र हो) सत्ताको बागडोर भएपछि त्यसले जन्माउने भनेको अनुशासनहीनता र दण्डहीनता मात्र हो। यो तथ्य पछिल्ला केही वर्षमा थप प्रमाणित हुँदै गइरहेको छ। विगतका वर्षहरुमा भएका कैयौं संगीन अपराधको न्याय निरुपण नहुँदा त्यसले समाजकै चरित्रको रुपमा आफ्नो आकार ग्रहण गर्दै गयो। यसरी समाजका जरासम्म स्थापित हुँदै जाने अनुशासनहीनता र दण्डहीनताले निम्त्याउने असरबाट कुनै पनि राजनीतिक पार्टीहरु अछुतो रहनेवाला छैनन्। हरेक पार्टीका नेतृत्वहरु यसको मार झेल्न तयार भएर बस्दा हुन्छ। 

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले टोली लिएर हुत्तिँदै नारायणहिटी दरबार संग्रहालय छिरे। कानुनी रुपमा सही हो वा गलत थाहा छैन, तर उनले त्यहाँ बनेका (बतास समूहले बनाएका भनिएका) संरचनाहरु भत्काए। त्यसपछि पत्रकार सम्मेलन गरेर चर्का कुरा गरे। हामी सबैले विनासंकोच उनको वाहवाही गर्‍यौं। एकजना बहालवाला मन्त्रीको काम गराइको यो शैली उचित थियो त? 

शैलीबारे छुट्टै बहस हुन सक्छ। तर, यथार्थ यो पनि हो कि तत्कालीन राजदरबारले आफूसँग राखेका र अहिले सरकारी कोषमा आइसकेका सम्पत्तिमाथि राजनितिज्ञहरुको छत्रछायाँ प्राप्त  गरेकाहरुले मोज गरिरहेका छन्। कौडीको भाउमा ती सम्पत्ति कब्जा गरेका छन्, गरिरहेका छन्। सत्तामा बसेर मिलेमतोमा यस्ता सार्वजनिक सम्पत्ति, जग्गा आदि बाँडीचुँडी खानेहरुमाथि प्रहार गर्न, मिलेमतो सिद्ध गरेर ती सम्पत्ति फिर्ता गर्न जरुरी थियो। यस्तो मनोविज्ञान जनस्तरमा बाक्लिएको थियो। त्यहीकारण पनि मन्त्री आलेको कदम र शैलीले वाहवाही बटुलेको हुनुपर्छ। सत्तामा बसेका नेताहरुले आफ्नो विर्ता बाँडेसरह बाँडेका यस्ता सार्वजनिक सम्पत्तिको छानबिन गर्नु र त्यस्ता सम्पत्तिमा बदमासी गर्नेहरुलाई सार्वजनिक गर्नु जरुरी छ। तर, ती ठाउँमा हात हाल्नु भनेको अरिंगालको गोला चलाएसरह हो। त्यो जोखिम लिने आँट कसले गर्ने? 

Ncell 2
Ncell 2
nimb
nimb

श्रममन्त्री बेलाबखत छापा मार्दै हिँडेको देखिन्छ। वाणिज्य तथा आपूर्तिमन्त्रीहरु पनि बेलाबेला छापा मार्दै हिँडेकै छन्। राज्यका संयन्त्रको भर नपरेर, तिनलाई प्रभावकारी नबनाएर मन्त्रीहरु आफै 'पुलिसिङ' गर्ने जस्ता क्रियाकलापमा रमाएको देखिन्छ। मन्त्रीहरुले नै यसरी लत्तो छाड्न थालेपछि निजामती कर्मचारीले भरिएका मन्त्रालयका विभाग, महाशाखा शाखाहरुको काम चाहिँ के त? 

यसबीचमा जो पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने, उनीहरुको एउटा काम छापामार शैलीमा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुग्ने पनि हुने गरेको छ। विमानस्थल निरीक्षणमा त मन्त्रीहरुको तदारुकता देखियो। तर, त्यही विमानस्थलबाट भिजिट भिसामा मानव तस्करहरुले विदेश पुर्‍याएर अलपत्र पार्ने नेपालीको बारे ध्यान गएन। श्रममन्त्रीहरुले पनि भिजिट भिसा लिएर गएका नेपाली खाडी मुलुकमा अलपत्र परेका भनेर आउने समाचारमा ध्यान दिँदैनन्। अहिले पनि त्यही अवस्था छ। त्यसैले मन्त्रीले आफ्नो मन्त्रालयको काममा सरोकार राख्ने विषयमा ध्यान दिन र मन्त्रालय चलायमान गर्न जरुरी छ। यो होइन कि, मन्त्री चाहिँ चलायमान देखिने, उनको संयन्त्र मरेतुल्य हुने। त्यसकारण मन्त्री चलायमान हुनुभन्दा आफूमातहतका संयन्त्र र कर्मचारीलाई चलायमान गराएमा त्यो स्थायी पनि हुन्छ, सँगै त्यसको व्यापकता पनि हुन्छ। 

केही दिनअघि संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले रौतहट पुगेर सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तादेखि स्वयं राउतसम्मलाई हत्या गर्नेसम्मको धम्की दिइन्। झण्डै डेढ दशकपहिले रौतहटमा भएको २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्याको जस्तै घटना दोहोरिन सक्ने धम्की सार्वजनिक कार्यक्रमबाटै दिइन्। अहिले यो घटनाको सर्वत्र विरोध भइरहेको छ, तर प्रधानमन्त्री र स्वयं यादवको दल मौन छन्। 

Xtrem
Xtrem

सत्तामै रहेका मन्त्रीबाट सार्वजनिक रुममा यस्तो धम्की आउनु र त्यसबारे कसैले केही नगर्नु दण्डहीनताको पराकाष्ठा हो। यस्तो घटनामा प्रधानमन्त्री नै मौन रहनु झन् ठूलो बिडम्बना हो। मन्त्री यादवकै पार्टीका अध्यक्ष मौन रहनु कुनै आश्चर्य होइन, किनकी यसभन्दा अघिको चर्चित गौर हत्याकाण्डको जिम्मेवार पनि उनैलाई ठानिन्छ। तर, २०६३ सलपछि राजनितिको बागडोर सम्हालेकाको हैसियत कानुनभन्दा, संविधानभन्दा पनि माथि हुनपुगेको छ। त्यसैले त सबै तैं चुप मै चुप छ्न्।

यी केही उदाहरण मात्र हुन्। अहिले सत्तामा रहेका मात्र होइन, सत्ताबाहिर रहेकाहरु पनि आफू सत्तामा रहँदा यस्तै मनमौजी व्यवहारमा रमाएका उदाहरण खोज्ने हो भने बग्रेल्ती भेटिन्छन्। उनीहरुलाई नै हामीले हाम्रा 'भाग्य निर्माता' मान्नपरेको छ। भनिराख्नुपर्दैन, मन्त्रीको भूमिका कर्मचारीलाई टिमको रुपमा काम गर्न प्रोत्साहित गर्ने, राजनीतिक तहमा समन्वय गर्ने, राष्ट्र र नागरिक हितमा नीति निर्माण गर्ने हो। तर, अहिलेको राजनीतिज्ञहरुमा आफैं अर्थशास्त्री, आफैं प्रहरी, आफैं निजामती हुन खोज्ने रोग मौलाएको छ। उनीहरुले त्यसो गरेर समस्या समाधान गर्नेभन्दा समस्था थप बढाएका छन्। यसले अनुशासनहीनता र दण्डहीनतालाई प्रोत्साहित मात्र गर्दैन, राज्यसंयन्त्रलाई थप कमजोर बनाउँछ। यसको असर राज्यका निकायहरुको दैनिक काम कारबाहीमा पर्छ, मन्त्रालयले लिने निर्णयमा पर्छ र अन्ततः जनताका लागि गरिने सेवा वितरणमा पर्छ।

यो कुरा किन पनि गम्भीर छ भने जब मन्त्री नै सर्वेसर्वा बनेर हिँड्न थाल्छन्, कर्मचारी काम नगर्ने हुनपुग्छन्। किनभने, त्यसो हुँदा कर्मचारी जिम्मेवार हुँदैनन् र जिम्मा लिन पनि डराउँछ्न्। अन्तमा यसको असर भनेको कर्मचारीमा काम नगर्ने मनोविज्ञान विकास हुन जान्छ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
वर्याका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन बिहीबार, असोज ८, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्