काठमाडौं– काठमाडौंको टोखा नगरपालिका–५ वालुवाखानीमा एक व्यक्ति मृत अस्वथामा भेटिएका छन्।
बालुवाखानी नजिक चौरमा पार्किङ गरी राखेको वा.२ च ८०८३ नम्बरको मारुती सुजुकी जिपभित्र काठमाडौं महानगरपालिका–२९ लैनचौर घर भई टोखा नगरपालिका–५ श्रीटोल बस्ने ६१ वर्षीय कृष्णराज कुँवरको शव भेटिएको हो।
प्रहरीले शव पोष्टमार्टमका लागि अस्पतालमा पठाएर घटनाको अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।