राजिवराज- गैरकानुनी रुपमा आयात गरिएको साढे ४ लाख मूल्य बराबरको औषधिसहित सप्तरीको तिलाठी कोइलाडी–१ बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
भारतबाट आयात गरिएको औषधिसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ का रामविलास दास, ३० वर्षीय श्रवण सदा र ५० वर्षीय फुल्गेन सदालाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट डेक्ट्रोलिन, मोक्सी, क्रिटोजना, प्रिम्नोटकिट, मुल्टिभिट, वालकोवाल प्लसलगायत गरी ४ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको औषधी बरामद भएको सप्तरीका एसपी मुकेश सिंहले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई प्रहरी चौकी तिलाठीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।