• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कति प्रहरीले भोग्नुपर्ने हो एसएसपी यादवको नियति?

64x64
हेमन्त मल्ल ठकुरी सोमबार, पुस १२, २०७८  ०९:०३
1140x725

प्रहरी वरिष्ठ उपरीक्षक सुशील यादवको मृत्युको खबर मेरा लागि अकल्पनीय थियो। जसै यो खबर आयो, विश्वास नै नलागेर मैले प्रहरी सेवामा रहेका केही साथीहरुसँग पुष्टि गर्ने प्रयास गरेँ। खबर साँचो रहेछ, मैले विश्वास गर्नैपर्‍यो। प्रहरी संगठनले एउटा होनहार 'अफिसर'लाई असमयमै गुमायो।

यो अकल्पनीय घटनासँगै मेरो मानसपटलमा कतिपय पुराना कुरा फन्फनी घुम्न थाले। प्रहरी सेवाबाट निवृत्त भएको वर्षौं बितिसके पनि मैले ती घटना एक एक गर्दै स्मरण गर्न थालें। मैले जानेसम्म, बुझेसम्म र चिनेसम्म एसएसपी यादव अनुशासित प्रहरी अधिृकत थिए। उनी जिम्मेवार थिए। व्यवहारिक थिए। त्यहीकारण तल्लो तहका प्रहरीले उनलाई मन पराउँथे।

जागिरमा पदोन्नतिका हिसाबले उनी पछि परेका थिए। अरु भए यसलाई सार्वजनिक रुपमै चर्चाको विषय बनाउँथे होला। उनले यसबारे बाहिर हल्ला नगरे पनि आफ्नै निम्ति एउटा असन्तुष्टिको विषय भने थियो। आफूनजिकका प्रहरी अधिकृतदेखि साथीभाइलाई उनी यसबारे सुनाइरहन्थे। सायद उनलाई मृत्युको मुखसम्म पुर्‍याउने एउटा कारण यो असन्तुष्टि पनि बनेको हुनसक्छ। (झुण्डिएको अवस्थामा मृत भेटिएका एसएसपी यादवको मृत्यु अहिलेसम्म आत्महत्या नै हो भन्ने देखिन्छ।) तर, उनको मृत्युको खास कारण के हो भन्ने समय र प्रहरी अनुसन्धानले देखाउला, यदि त्यसमा अनुसन्धान भयो भने। यहाँ उनलाई नै सन्दर्भ बनाएर लेख्ने जमर्को गर्नुको कारण भने उनको व्यक्तिगत पृष्ठभूमि र जिम्मेवारी बहन पनि हो।

एसएसपी आफैँमा प्रहरीको माथिल्लो दर्जा हो। यस हिसाबले पनि उनी महत्वपूर्ण जिम्मेवारी बोकेका प्रहरी अधिकृत थिए। 

विभिन्न असन्तुष्टि र व्यक्तिगत तथा पारिवारिक समस्याका कारण प्रहरीले आत्महत्या गरेका समाचार अरु बेला पनि आइराख्छन्। तर, ती घटनामै सीमित हुनेगरेका छन्। एउटा प्रहरी वा प्रहरी अधिकृतले किन आत्महत्याको बाटो रोज्छ त? त्यसको कारण बुझ्ने र त्यसलाई सम्बोधन गर्नेतिर आजसम्म प्रहरी संगठन, गृह मन्त्रालय र नेपाल सरकारले कुनै पहल गरेको जस्तो लाग्दैन। आन्तरिक सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको प्रहरी संगठनभित्र यदाकदा भइराख्ने, तर निरन्तरका यस्ता घटनाको कारण खोज्न र त्यसलाई सम्बोधन गर्न सरकार जिम्मेवार हुनैपर्छ।

हामीले देखेका छौं, कैयौं मुलुकमा सुरक्षाको जिम्मेवारी बोकेका निकायमा यस्ता घटना भएपछि सरकारले प्राथिकतामा राखेर घटनाका कारण जान्न खोज्छ। ती कारणलाई सम्बोधन गर्न आयोगहरु गठन गर्छ। त्यसो किन पनि गरिन्छ भने अरुको सुरक्षाको जिम्मेवारी बोकेका हतियारसहितका सुरक्षाकर्मी स्वयंले नै आफूलाई असुरक्षित महसुस गर्नु गम्भीर विषय हो।

कार्यदक्षता मूल्यांकनको प्रश्न
नेपाल प्रहरीमा कार्यक्षमता र दक्षता मूल्यांकनको विधि सही नभएको विषय लामो समयदेखि उठ्दै आएको छ। कार्यदक्षता मूल्यांकन गर्ने वैज्ञानिक र पारदर्शी विधि तथा मापदण्ड नहुँदा संगठनमा नेतृत्व क्षमता भएका व्यक्तिहरु अन्यायमा पर्छन्। अनि प्रहरीभित्र नेतृत्व क्षमता र व्यावसायिक दक्षता भएका प्रहरी अधिकृत वृत्ति विकासमा पछि पर्दै जान्छन्। त्यसरी पछि परेका कारण उनीहरुको कार्यक्षमतामा पनि असर पर्छ। त्यसको प्रभाव प्रहरी संगठनले प्रदर्शन गर्ने कामकारबाहीमा पनि परिराखेको हुन्छ। नेपाल प्रहरीभित्रको यो यथार्थ कतैबाट लुकेको छैन।

मेरो अनुभव छ, व्यावसायिक क्षमता भएका र समय अनुसार व्यावसायिक क्षमता विकास गरिसकेका प्रहरी अधिकृतहरुमा एक किसिमको दम्भ पनि हुन्छ। उनीहरु ‘गणेश भक्ति’ गरेर कसैलाई खुशी पार्ने कुराबाट हमेसा टाढै हुन्छन्। आफूले गरेको कामका आधारमा आफ्नो मूल्यांकन होस् भन्ने चाहन्छ्न्। तर, कार्यदक्षता मुल्यांकनको वैज्ञानिक प्रणाली नहुँदा यस्ता अधिकारीहरु समेटिँदैनन्। समयक्रममा यस्ता उनीहरुलाई पन्छाइँदै गइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी संगठनलाई अप्ठेरो परिस्थिति र चुनौती आइपरेका बखत चाहिने चाहिँ यस्तै अफिसरहरु हुन्। त्यस बेला यस्तै व्यक्तिको खोजी हुन्छ। तर, पदोन्नति या संगठनबाट पुरस्कार पाउने बेलामा यस्ता व्यक्ति विरलै मात्र प्राथमिकतामा पर्छन्। 

अध्ययन भयो, परिणाम खोजिएन
नेपाल प्रहरीको कूल संख्याको ८० प्रतिशत प्रहरी जवान र हवल्दारले ओगट्छन्। जिम्मेवारीअनुसार फिल्डमा खटिने, नागरिकमाझ देखिने र नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने जनशक्ति यही हो। दूरदराजसम्म नेपाल सरकारको उपस्थिति जनाउने दर्जा पनि यही हो। 

प्रहरी जवान र हवल्दारबारे नेपाल प्रहरीले अध्ययन पनि गरेको छ। त्यो अध्ययनले जागिरमा आइसकेपश्चात् ६० प्रतिशत तल्लो दर्जाका प्रहरी ऋणमा रहेको, ८० प्रतिशतभन्दा बढीले प्रहरीको जागिर आफूले सोचे अनुसार नपाएको, आवश्यकताभन्दा बढी ड्युटीमा खट्नुपरेको देखाएको छ। यी सबै कारणले असर गर्ने भनेको प्रहरीको कार्यक्षमता, कार्यदक्षता र स्वयंको स्वास्थ्यमा हो।

निकै लामो 'ड्युटी आवर', अपारदर्शी कार्यदक्षता मूल्यांकन, परिवारबाट टाढा रहनुपर्ने आदि कारणले नैराश्य उत्पन्न हुनसक्छ। समयमा बिदा नपाउँदा घर, परिवार र सामाजिक दायित्व निर्वाह गर्न नसक्ने बाध्यताले पारिवारिक तथा सामाजिक समस्या निम्तिन्छन्। त्यसले गर्दा जागिर छाड्ने, ड्युटी तथा तथा जिम्मेवारीबाट विमुख हुन खोज्ने र अन्ततः आत्महत्यासम्मको बाटो रोज्ने गरेको पनि देखिन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीभित्रका यी र यस्ता समस्या निराकरणका लागि आयोग, समितिहरु पनि गठन भएका छन्। तर, तिनले दिएका सुझाव कति कार्यान्वयन हुन्छन् वा भएका छन् भन्ने प्रश्न सबभन्दा महत्वपूर्ण हो। तसर्थ, यी समस्याहरुतर्फ सरकारको ध्यान जान आवश्यक छ। होइन भने, प्रहरी आफ्नो जिम्मेवारीबाटै विमुख हुने त छँदैछ, एसएसपी यादवको नियति दोहोरिइरहने अवस्था पनि ज्यूँकात्यूँ रहनेछ।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्