• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पोलिमर नोट काण्डमा आरोपित पूर्व गभर्नर रावलको दाबी– हामी चुकेका छैनौं

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  ०२:२९
1140x725

काठमाडौं– पोलिमर नोट छपाइमा १६ वर्षअघि भएको घोटाला प्रकरणमाथि  अस्ट्रेलियामा छानबिन सुरु गरिएपछि यसले नेपालमा तरंग पैदा गरेको छ।

२०५९ सालमा अस्ट्रेलियामा नेपाली पोलिमर नोट छपाइमा भएको घोटालाबारे त्यहाँको महान्यायाधिवक्ता विभागले छानबिन थालेको हो। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरदेखि प्रतिष्ठित बैंकरसम्म जोडिएकाले यसले तरंग सिर्जना गरेको हो। यो काण्डमा तीन फर्मसहित २२ लाई प्रतिवादी बनाइएको छ।

हालै मात्र नेपालको कानुन मन्त्रालयले यस प्रकरणसँग जोडिएका व्यक्ति तथा फर्मको विवरण अस्ट्रेलियाको सरकारलाई उपलब्ध गराएको छ। दुई देशको पारस्परिक सन्धि र सर्वोच्च अदालतको फैसला अनुसार भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि २०७४ साउनमा अनुरोध भए अनुसार यस प्रकरणसँग जोडिएका विषयसँग सम्बन्धित सम्पूर्ण विवरण गत २८ चैतमा अस्ट्रेलिया पठाइएको हो।

सम्बन्धित समाचार- पोलिमर नोट प्रकरण : नेपालका उच्च राजनीतिक व्यक्तिसहित पूर्व गर्भनरविरुद्ध अस्ट्रेलियामा भ्रष्टाचार मुद्दाको छानबिन हुँदै

यससँगै पोलिमर नोट काण्डको अनुसन्धान अघि बढेको छ। यस प्रकरणका आरोपित राष्ट्र बैंकका तत्कालीन गभर्नर डा तिलक रावलसँग प्रतिक्रिया उनले पोलिमर नोट छपाइमा सबै प्रक्रिया नियमानुसार नै भएको दाबी गरे।

नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘पोलिमर काण्डमा हामी कुनै पनि रुपमा चुकेका छैनौं।’

यस काण्डमा आफू र आफूपछिका गभर्नर विजयनाथ भट्टराईको अग्रसरताले थप क्षति हुन जोगिएको जिकिर उनको छ।

१० को नोटपछि क्रमशः २०, ५०, १००, ५०० र एक हजार दरका नोट छाप्ने सर्तसहित ठेक्का दिइएको थियो। तर, १० को नोट छपाईमै घोटाला भएको  तथ्य अस्ट्रेलियाको करप्सन एन्ड क्राइम कमिसनको अनुसन्धानले देखाएपछि बाँकी नोट छपाइ रोकिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले केही कमजोरी देखेरै पूरै नोट स्विकारेनौं’, रावल भन्छन्।

रावलका अनुसार, यो काण्डबाट अस्ट्रेलियाले करिब आठ लाख अस्ट्रेलियन डलर नोक्सानी व्यहोर्नुपर्‍यो।

नक्कली नोटसँग जोडिएका यस्ता प्रकरण अस्ट्रेलियाको अन्य मुलुकसँग पनि  भएको भन्दै रावल थप्छन्, ‘नक्कली नोटको विषय अन्य मुलुकसँग जोडिएका केसमाथि छानबिन गर्न पनि अस्ट्रेलियाले नेपाललाई तानेको हुनसक्छ।’

उनले तत्कालीन समयमा कागजबाट पोलिमर नोट छपाइमा जाने निर्णय मन्त्रिपरिषद्बाटै भएर छपाइको प्रक्रिया अघि बढाइएको बताए।

रावलको पछिल्लो भनाइलाई आधार मान्दा पनि पोलिमर नोट काण्डमा तत्कालीन उच्च राजनीतिक व्यक्तिहरुमाथि नै प्रश्न उठ्ने देखिएको छ।

यस्ता थिए पोलिमर नोट प्रकरणका शृंखला

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०५८/०५९ मा रिजर्भ बैंक अफ अस्ट्रेलिया अन्तर्गत नोट प्रिन्टिङ अस्ट्रेलियामा पोलिमर नोट छाप्ने टेन्डर दियो। पोलिमर नोट छाप्ने निर्णय तत्कालीन मन्त्रिपरिषद्बाट भएको थियो।

पहिलो चरणमा १० र त्यसपछि क्रमशः २०, ५०, १००, ५०० र एक हजार दरका नोट छाप्ने सर्त ठेक्कामा थियो। तर, त्यसको केही महिनाभित्रै नेपाली एजेन्टसहित तत्कालीन गभर्नर डा तिलकबहादुर रावल, मुद्रा विभागका प्रमुख उपेन्द्रकेशरी पौड्यालसहितले नोट छपाइ प्रक्रियामा घुस रकम लिएको खुलासा अस्ट्रेलियाको ‘करप्सन एन्ड क्राइम कमिसन’ को अनुसन्धानले देखायो। 

उक्त निकायले पोलिमर प्रकरणमाथिको थप अनुसन्धानको जिम्मा फेडरल पुलिसलाई दियो। २ फागुन ०७० मा अस्ट्रेलियाले आफूसँग भएको विवरणसहित थप अनुसन्धानका लागि नेपालको सहयोग माग्यो। सोही वर्ष अस्ट्रेलियाको भ्रष्टाचार अनुसन्धान ब्युरोले यो प्रकरणमा जोडिएका नेपालका तत्कालीन गर्भनरसहित राष्ट्र बैंककै मुद्रा विभागका प्रमुख पौड्याल तथा प्रतिष्ठित बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिका तत्कालीन अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित २२ व्यक्ति/फर्मको बैंक खाता र कारोबार विवरण माग गर्‍यो।

तर, यता आरोपितहरू गोप्य विवरण दिन इन्कार गर्दै काठमाडौं जिल्ला अदालत पुगे। अदालतले पारस्परिक सहायता कानुनमा हस्ताक्षर गरेको नदेखिएको भन्दै तत्काल नपठाउन अन्तरिम आदेश जारी गर्‍यो। त्यसको केही समयपछि सोही अदालतले सरकारले चाहेमा भ्रष्टाचारको अनुसन्धानमा विवरण पठाउन सक्ने अन्तिम फैसला सुनायो।

जिल्ला अदालतको फैसला लगत्तै आरोपितहरू पृथ्वीबहादुर पाँडे र हिमालय पाँडे गोपनीयताको हक र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरीत फैसला भएको भन्दै पुनरावेदनका लागि सर्वोच्च अदालत पुगे।

सर्वोच्चले सुरुमा आरोपितको पक्षमा अन्तरिम आदेश जारी गरे पनि साउन २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले माग भएका कागजपत्र पठाउन कुनै कानुनले नरोक्ने फैसला सुनाएको थियो।

सर्वोच्चको फैसलासँगै कानुन मन्त्रालयले अस्ट्रेलिया सरकारलाई विवरण पठाउन राष्ट्र बैंकलाई पत्राचार गर्‍यो। 

५ साउन ०७४ मा कानुन मन्त्रालयको पत्रमा जवाफ दिँदै अस्ट्रेलियाले सन् १९९९ देखि २००७ सम्मका सम्पूर्ण विवरण पठाउन पत्राचार गर्‍यो।

गत ७ कात्तिकमा कानुन मन्त्रालयले राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयलई पत्र लेख्दै आरोपितहरूको विवरण उपलब्ध गराउन भन्यो। सोही बमोजिम २८ चैत २०७४ मा कानुन मन्त्रालयले सम्पूर्ण विवरण अस्ट्रेलिया पठाएको थियो। 

१० प्रतिशत कमिसन लिएर गुणस्तरहीन नोट छापी भ्रष्टाचार गरेको अभियोगमा संलग्न व्यक्तिहरूको सम्पूर्ण विवरण राष्ट्र बैंक लगायतबाट जुटाई कानुन मन्त्रालयले उपलब्ध गराएसँगै अस्ट्रेलियामा यो काण्डको छानबिन अगाडि बढेको छ।
 
सर्वोच्चको फैसलाका केही तथ्य

२०७३ को फैसलामा सर्वोच्चले स्पष्ट भनेको छ – ठेक्का लिँदा–दिँदाको अवस्थामा भ्रष्टाचार भएको भन्ने एउटा प्रसंग देखिन्छ भने दिइएको ठेक्का अनुसार छापिएका पोलिमर नोटहरू गुणस्तरहीन भएकाले प्रचलनमा धेरै समय कायम रहन नसकेको तथ्यहरू पनि खुल्न आएको छ।

पोलिमर नोट काण्डमा नेपालको विशेष चासो र सरोकार रहनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने फैसला सर्वोच्चले गरेको छ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यस विषयमा अनुसन्धान–छानबिन गरिरहेको भनी रिट निवेदनमा उल्लेख भए पनि सो छानबिनको कुनै सार्थक नतिजा देखापरेको पाइएन’, उक्त फैसलामा सर्वोच्चले थप भनेको छ, ‘यो निस्क्रियता स्वभावतः आश्चर्यजनक र रहस्यमय पनि छ। यसलाई वाञ्छित मान्न सकिँदैन।’

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्