जाऔं तमाशा हेर्न रामशाहपथ
लोकतन्त्रमा
राजनीति र सत्ताको एक्सन हेरेर
रमाएका नेपालीका लागि
बालुवाटारको एक छिनको आराम
रामशाहपथले धानेको छ।
दुवैतिर बन्दुक तानातान छ
धोती खोला खोल छ
कोही केही भन्छन्, कोही केही
कसको विश्वास गर्नु?
कसको भर पर्नु?
दुईको युद्धमा
न्यायको खोजीमा कैलालीबाट आएका धनसिंह
न्याय पाउनुभन्दा
के को झगडा हो नबुझ्दै ट्वाँ परेका छ्न्
साँढेको जुधाइ बाच्छाको मिचाइ
चरितार्थ भएको छ।
खेलाडीले दर्शक लाटो ठानेका छन्
तर, झगडाको चुरो
जान्नेले जानी सके
बुझ्नेले बुझी सके
सामान्य नेपालीका लागी
आँखामा पट्टी बाँधी
लालटिन बोकी न्यायको
खोजी भइराखेको छ पश्चिमा पावर पोइन्टको
सिकाइ उत्पातै रहेछ
न्याय दिन सिकाउनको साटो
न्याय किन्न सिकाइएको छ
तर, विदेशी नक्कलभन्दा
आफ्नै मौलिकता काम लाग्दो रहेछ।
ढिलै भए पनि
यस्तो हुनै थियो
कुरा बाहिर आउनै थियो
देशले पृथ्वीनारायण शाह खोज्दै छ
अहिले आएर थाहा हुँदै छ
बुढा पाकाले त्यतिकै भनेका रहेनछ्न्-
न्याय न पाए गोरखा जानू।
गोरखनाथले हामी सामान्य
जनताको कल्याण गरुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।