• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कसले रोक्ने चाडबाडमा भइरहेको घरेलु हिंसा?

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक १९, २०७८  ०७:४०
1140x725

लामो समयपछि गाउँमा छु। बिहान मलिन घाम लागेको छ। होटेलमा मान्छेको आवतजावत कम छ। चाडबाडमा धेरै गाउँले घर आएका छन्। तर, बिहानै कोही किन निस्किओस् चोकतिर!

म यसै उभिइरहेकी थिएँ। एक महिला हस्याङफस्याङ गर्दै आइन्। उनले कपाल छाडेकी थिइन्। शरीरका कपडा पनि ल्याङफ्याङजस्तै थिए। अनुहारमा आक्रोश थियो। उनलाई देख्दा लाग्थ्यो– प्रलय भोगेर आएकी छिन्।

उनी होटेलवालासँग झगडा गर्न थालिन्। उनको पहिलो वाक्य थियो– त्यो जँड्याहालाई किन जाँड खान दिएको? 

उनले भैँसी बेचेकी रहिछिन्। त्यसैबाट चाडबाडमा खर्च गर्ने योजना रहेछ। तर, त्यो पैसा उनका श्रीमानले रक्सीमै सकाएछन्। अघिल्लो रात त मदिराको सुरमा श्रीमती र छोराछोरीलाई कुटपिट पनि गरेछन्।

उनले निकै बिलौना गरिन्। ‘मेरो र छोराछारीको बिचल्ली बनाएको छ। रक्सी खाएर मलाई त कुट्छ कुट्छ, छोराछोरी पनि कुट्छ,’ उनले भन्दै गइन्, ‘घरमा खाने अन्न छैन, अरुका लागी चाडबाड हाम्रो लागि दशा हुन्छ।’

उनको नाम घौली नेपाली हो। उनको विवाह १५ वर्षकै उमेरमा भएको हो। अहिले २६ वर्षकी भइन्। चार सन्तान छन्। श्रीमान्को भर नहुँदा उनलाई घर चलाउन मुस्किल रहेछ। उर्जावान समयमा नै वृद्धझैँ देखिन्छिन्।

उनको खेतबारी छैन। बनिबुतो गरेर परिवार पाल्छिन्। श्रीमानको नाम राम हो। उनी पनि ज्याला मजदुरी गर्छन्। तर, पैसा रक्सीमै सक्छन्।

यसपटक दशैँ–तिहारको गर्जो टार्न उनले भैँसी बेचिन्। श्रीमानले पैसा रक्सीमै सकिदिए। मिठो मसिनो खाने रहर रहरै भयो।

Ncell 2
Ncell 2
nimb
nimb

चाडबाड आएपछि उनको मनमा पहिरो जान्छ। किन चाडबाड आउँछ जस्तो लाग्छ। अरु बेला अलिअलि काम गर्ने श्रीमान् चाडबाडका बेला रक्सी मात्र खाएर बस्छन्। उनले चाड मनाउन राखेको पैसासमेत सकिदिन्छन्। 

उनको बिलौना सुनेपछि चाडबाड मनाउने सामाजिक संरचना कति पुरुषप्रधान रहेछ भन्ने बुझ्न मद्दत गर्‍यो। चाडबाडमा पुरुष रमाइलो गर्छन्, महिला घरको काममा झनै धेरै जोतिनुपर्छ। 

दशैँ–तिहार आएपछि मेरै दाइको अनुहार देख्न झन्डै हप्ता दिन लाग्छ। उसले जहाँ जे गरोस्, छुट छ। जुन मलाई छैन। चाडबाडको बेला आमा, भाउजू र मेरो काम दोब्बर हुन्छ। तर, बुवा, दाइ र भाइलाई मस्ती हुन्छ।

उसो त यो बेला पारिवारिक मिलन हुनुपर्ने हो। सबैमा हाँसो र खुसी हुनुपर्ने हो। यहाँ त चाडबाडका नाम एक पछि अर्को घरेलु हिंसा बढ्छन्। महिलाको लागि यही बेला काम बढ्छ।

मेरो आफ्नै घरको अवस्था पनि उस्तै छ। दशैँका दिनमा माइति नगएर आमाले घरको सबै गरिन्। घरभित्रको सबै काम आमाको जिम्मामा थियो। बुवाले त केही नगरे पनि हुने। खाएको थालसमेत नधुने। 

जसरी धौली नेपाली चाडबाड नजिकिँदा चिन्तामा पर्छिन्, आम महिला त्यसरी नै चिन्तित हुन्छन्। चाडबाडमा गाउँघरमा पुरुष आलीको डिलमा बसेर जुँगा घुमाउँदै गफ चुट्छन्। भट्टी धाउँछन्। राति आएर थकानले गलेको महिलाको शरीरमा लात बजार्छन्। 

यस्ता खालका विभेद बोकेर महिला चाडबाडमा खुसी कसरी हुन सक्छन्? चाडपर्वको नाममा घरेलु हिंसा गर्ने छुट पुरुषलाई कसले दियो? यस्तो ‘संस्कृति’ किन सुधार नगर्ने? अब बहस जरुरी छ। 

गाउँघरमा घरेलु हिंसाको मूल कारण मदिरा नै हो। चाडबाड मनाउने यो शैलीले महिलालाई ‘दास’ बनाएको छ। जसरी र जुन कोणबाट हेर्दा पनि यी चाडबाड स्त्रीद्वेषी छन्। एकातिर परिवारलाई रिझाउनु पर्ने, अर्कातिर कामको बोझ। त्यसमाथि हिंसा। यसलाई ‘चलन’ भनेर चुपचाप कहिलेसम्म सहने?

मदिरा स्वास्थ्य र सामाजिक तथा पारिवारिक सद्भाव दुवै दृष्टिबाट ठीक छैन। यसले बलात्कारलगायत अन्य अपराध पनि हुन्छ। मान्छेलाई हिंसात्मक बनाउन ‘क्याटालिष्ट’को काम गर्छ। त्यसैले पुरुषअनुकुल ‘रमाइलो’ र ‘खुसी’को व्याख्या हुनु हुँदैन। आजको प्रगतिशील, विवेकशील युगमा अब बहस हुनु जरुरी छ। पुरुष सुध्रनै पर्छ। महिलाले पनि ठीक संस्कार र व्यवहारको अनुशरण गर्ने र गलत व्यवहारको विरोध गर्ने गर्नुपर्छ। सचेत पुरुषले यो अभियानमा महिलालाई साध दिनुपर्छ।

धौली नेपाली त एक प्रतिनिधि पात्र मात्र हुन। आम महिलाको नियति धौलीको जस्तै छ। पारिवारिक र आर्थिक सत्ता पुरुषको हातमा छ। महिला हिंसा बढ्नुको प्रमुख कारण पुरुष नै हुन्। 

चाहे पञ्चामृत खानुहोस्, चाहे मदिरा– उत्पीडित वर्गका लागि विभेदकारी नै छ। चाडपर्व मिलनको प्रतीक हुनुपर्ने हो। तर, पारिवारिक विचलन हुन्छ। खुसी छाडेरभन्दा ऋण बोकाएर जान्छ। 

पारिवारिक ऋण थपिनुमा तडकभडक र देखासिकी बढी जिम्मेवार छन्। अरुको चाडबाड मनाउने शैली होइन, आफ्नो आम्दानीअनुसारको खर्च गर्नुपर्छ। तडकभडक देखाउनेको मात्र ‘सामाजिक इज्जत’ हुन्छ भन्ने भ्रम रहनु हुँदैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्