• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कस्ती राम्री, बाहुनी जस्ती!

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक ४, २०७८  ०७:०२
1140x725

‘ओहो! कस्ती गोरी, ठ्याक्कै बाहुनी जस्ती।’

‘कमिनी भएर पनि कति राम्री! चिटिक्क परेकी।’

‘स्नातकसम्म पढेकी, बाहुनको गोता गइछौ।’

‘आहा! सफासुग्घर लुगा कस्तो मिलाएर लगाउन जानेकी! ठयाक्कै बाहुनी जस्ती।’

‘मीठो मसिनो खाने, कस्तो बाहुनको जस्तो रोजाइ!’

के बाहुनी मात्र ‘राम्री’ हुने नियम हो? बाहुनले मात्र पढ्ने हो? 

कुनै निश्चित जात र वर्ग मात्र राम्रो र सफा हुने। गोरो मान्छे ‘राम्रो’ वा ‘राम्री’ भइहाल्ने। दलित समुदायको मान्छे ‘कालो’ नै हुनुपर्ने। पढ्न नहुने। जात व्यवस्थाले खडा गरेका भाष्य अहिले पनि कथित उपल्लो जातिका मानिसको मगजमा जस्ताको तस्तै छ। अनि मगजमा भएको ‘तुष’ बेलाबेला बोलीमा प्रकट भइहाल्छ।

पोहोर साल लकडाउनमा म बाजुरास्थित गाउँको घरमा नै थिएँ। करिब बिहानको ९ बजे गाउँका दुई महिला (भाउजू र बुहारी साइनो लगाउछौँ) सदरमुकामबाट छोरी डोर्‍याउँदै आइपुगे। गाउँ पुग्ने मुखैमा हाम्रो होटेल छ। ती महिलाले गोलभेँडा, टिमुर र अकबरे खुर्सानी राखेर अचार पिसिमागे। अनि कोदोको रोटासँग मीठो मानेर खान थाले।

Ncell 2
Ncell 2

त्यही बेला गाउँकै ब्राम्हण समुदायका मान्छे (काका साइनो लगाउछौँ) आएर होटेलमा आए। उनले कुनै ब्रान्डको सुर्तिजन्य सुपारी मागे। अनि रोटा खाँदै गरेका महिलालाई भने, ‘ढोल्यानीका जन बाहिरौदी बसिकन छकालै रोटा खानी छन्।’ (ढोल्यानीका परिवारले घरबाहिर बसेर बिहानै रोटा खाएका छन्।) यसो भन्ने व्यक्ति सदरमुकामको एउटा सरकारी कार्यालयमा काम गर्छन्।

ती महिला गलल हाँसे। अनि एउटीले भनिन्, ‘सर, भोक लाग्या खानु पड्यइन!’ (भोक लागेपछि खानुपर्छ सर।)

ती काकाको अभिव्यक्तिले मेरो दिमागमा अन्तरद्वन्द्व जन्मियो। किनभने कथित उपल्लो जातिले दलितलाई घरभित्र पस्न नदिने हुनाले बाहिरै बसेर खान्छन्। त्यसैले उनका लागि बाहिर बसेर खाने सबै दलित हुन्। 

यस्तो घटना म आफैंले पनि भोगेको छु। म एउटा विद्यालयमा काम गर्थेँ। बिहानै परीक्षा चलिराखेको थियो। त्यहाँ एक जना ‘सर’ परीक्षामा गार्ड बस्न आउँथे। खाजा खाना समय सबै क्यान्टिन गयौँ। ती सर अलग्गै बसेर खान थाले। एकजनाले ठट्टामै सोधे– ‘बखे्रल सर,  किन अलग्गै बसेर खानुभएको?’

उनले हाँस्दै जवाफ दिए– ‘म दलित भएर छुट्टै बसेको।’

उनी दलित थिएनन्। तर, किन यसो भने बुझ्न सकिन्छ। विद्यालय पढ्दा यस्ता विभेद धेरै भोगियो। खेल्दा, कक्षाकोठाभित्र, परीक्षामा, अतिरिक्त क्रियाकलापमा यस्ता विभेद हुन्थे।

विद्यालयमा हामी पनि ‘छोइडुम’ खेल्थ्यौँ। बिदाका दिनमा त घरमा पनि खेल्थ्यौँ। आखिर बालबालिका नै थियौँ, त्यो विभेदकारी खेल हो भनेर बुझ्ने बेला भइसकेको थिएन।

धेरै जनाको समूहमा गोलो घेरा लगाउने। पहिले एकजनालाई ‘डुम’ बनाउने। अनी अरु भाग्ने। जबसम्म त्यो डुमले अर्कोलाई छुँदैन, तबसम्म हामी खुसी हुने। आफू ‘डुम’ नभएको बेला खेलमै भए पनि हामी खुसी हुन्थ्यौँ। त्यो खेलको ‘डुम’ भएर बाँच्ने समुदाय कहिल्यै खुसी हुन पाएको छ त!

कोही कसैको व्यवसाय घाटामा लाग्यो भने सिधै ‘ढोली बुढी टाम्कामुनि’ भन्छन्। यो शब्दले त ‘कामकाज नभएका’ भनेर दलित समुदायलाई अपमानित गर्छ। जबकि, सबैभन्दा बढी श्रम गर्ने नै उत्पीडित सुमदाय र वर्ग हो। यस्ता उखान त कति छन् कति!

दलित समुदायलाई नमस्कार नभन्ने चलन अझै यथावत् छ। एक जना दाइले भारतको हरिद्वारमा काम गर्दै पढेछन्। पछि गाउँकै स्कुलमा शिक्षक बन्न प्रयत्न गरे। तर, ‘डुम’लाई नमस्कार भन्नुपर्छ भनेर जागिर दिएनछन्। अचेल उनी बेलाबेला ती किस्सा सुनाउँछन्। 

के उखान वा ‘चलिआएको चलन’का नाममा कुनै सुमदायलाई होच्याइरहन पाइन्छ? नकारात्मक कुरा भन्ने शब्द अरु कुनै छैनन्? भाषा अभिव्यक्तिको माध्यम हो। दलित सुमदाय तपाईंको भाषा सभ्य र मीठो सुन्न चाहन्छ। ‘राम्रो’को परिभाषा तपाईं अनुकूल मात्र हुँदैन। जब भाषालाई कथित उपल्लो समुदायले आफू अनुकूल चलाइरहन्छ, विभेद कायम रहन्छ।

एक पटक आमा र म खेतबाट घर फर्किँदै थियौँ। पछाडि गाउँका एक जना पण्डित आउँदै थिए। उनको हातमा बाल्टिन थियो। बाटो छोड्नु पर्ने भयो। म बाटोमाथि लागेँ, आमा बाटोमुनि। तर, आमाले मलाई पनि तानेर बाटोमुनि नै लैजानुभयो। पछि मैले सोधेँ– ‘बाटो छोडेकै थिएँ, किन तान्नुभएको?’ 
आमाले भन्नुभयो– ‘चोखो मान्छे आउँदा बाटोमाथि उभिनु हुँदैन, उनीहरुको साइत बिग्रिन्छ रे।’ 

धार्मिक र सांस्कृतिक दुवै प्रकारले दलितलाई हेप्ने भाषा तयार गरिएको छ। चन्द्रग्रहण लाग्दा सिङ्गो चमार समुदायलाई गाली गरिन्छ। चन्द्रग्रहणमा ‘छोड चमार छोड’ भन्दै थाल बटुका ठटाउनेहरु अझै भेटिन्छन्। के थाल ठटाएर चन्द्रमामा परेको छायाँ हट्छ? 

धार्मिक र सांस्कृतिक दुवै प्रकारले दलितलाई हेप्ने भाषा तयार गरिएको छ। चन्द्रग्रहण लाग्दा सिङ्गो चमार समुदायलाई गाली गरिन्छ। चन्द्रग्रहणमा ‘छोड चमार छोड’ भन्दै थाल बटुका ठटाउनेहरु अझै भेटिन्छन्। के थाल ठटाएर चन्द्रमामा परेको छायाँ हट्छ? 

उपल्लो समुदायले आफूलाई कहिले सच्याउला? यी विभेदकारी बिम्ब कहिले बदलिएलान्? यी सबै समयक्रममा बदलिन्छन् भनेर हामी कहिलेसम्म विभेद सहेर बसिरहने? यो अन्याय र अत्याचारबाट कथित उपल्लो जातिले आफूलाई मुक्त गर्नु नपर्ने हो?

स्कुलका कतिपय विभेदकारी पाठ्यक्रम परिवर्तन भए। केही परिवर्तन हुनै बाँकी छन्। तर, ‘सामाजिक पाठ्यक्रम’ले हरेक बालबालिकालाई त्यही विभेदकारी भाषा सिकाइरहेको छ। तिनै उखान, बिम्ब र खेलहरु सिकाएको छ। हाँस्य कलाकार भनिनेहरु पनि विभेदकारी भाष्यबाट आफ्ना ‘कन्टेन्ट’ तयार गरिरहेका छन्।

कलाबार सन्दीप क्षेत्री त्यही समूहमा पर्छन्, जो मधेसी समुदायलाई गिज्याउने गरी कार्यक्रमका कन्टेन्ट बनाएर ‘कमाइ’ गरिरहेका छन्। देशविदेश घुमिरहेका छन्। हेर्ने र सुन्नेहरु पनि मजाले ताली बजाइरहेका छन्। 

सायद, उत्पीडित जातिलाई अपमान गर्दा कथित उपल्लो जातिलाई ‘सामान्य’ लाग्छ। मेरो बुबालाई एकाधबाहेक कसैले तपाईं भनेको सुनेको छैन। कतिपयले ‘तँ’ नै भनेर बोलाउँछन्। नाति पुस्ताको गैरदलित समुदायको मान्छेले हजुरबुबा उमेरको दलित समुदायको मान्छेलाई पनि नाम किटेर बोउलाउँछन्। समाजमा जरो गाडेका यी ‘पाठ्यक्रम’ कहिले फेरिन्छन्? 

दलित समुदायको अघिल्लो पुस्ताका व्यक्तिको नाम हेर्नुभयो भने थाहा हुन्छ, ती कति अपमानित छन्। अलि श्याम वर्णको भए सिधै ‘काले’ भनिहाल्छन्। कसैलाई जुठे, कसैलाई सेते, कसैलाई के नाम राखिदिन्छन्। दमाईंकी श्रीमतीलाई सिधै ‘दमाइनी’, कामीको श्रीमतीलाई ‘कमिनी’ भनेरै बोलाउँछन्। धेरैले त यस्तो सुन्दासुन्दै आफ्नो नामै बिर्सिसकेका छन्।

हुन त नेपाली भाषा सिकाइदेखि नै विभेदलाई संस्थागत गरिएको छ। ‘य यज्ञ’ भनेर बाह्मण देखाइन्छ। ‘क्ष क्षेत्री’ भन्दै जुँगामुठे ‘बहादुर’ मानिस देखाइन्छ। ‘क’देखि ‘ज्ञ’सम्म वर्णमालामा कतै पनि समावेशी छैन।

सरकारको लिखित पाठ्यक्रममा र समाजको अलिखित पाठ्यक्रम दुवै विभेदकारी छ। त्यसैले त ‘राम्रो म’ कथित उपल्लो जाति मात्र हो। दलित समुदाय ‘राम्रो’ भए ‘बाहुनी जस्तो’ हुन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्