• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कस्ती राम्री, बाहुनी जस्ती!

64x64
धनु विश्वकर्मा बिहीबार, कात्तिक ४, २०७८  ०७:०२
1140x725

‘ओहो! कस्ती गोरी, ठ्याक्कै बाहुनी जस्ती।’

‘कमिनी भएर पनि कति राम्री! चिटिक्क परेकी।’

‘स्नातकसम्म पढेकी, बाहुनको गोता गइछौ।’

‘आहा! सफासुग्घर लुगा कस्तो मिलाएर लगाउन जानेकी! ठयाक्कै बाहुनी जस्ती।’

‘मीठो मसिनो खाने, कस्तो बाहुनको जस्तो रोजाइ!’

के बाहुनी मात्र ‘राम्री’ हुने नियम हो? बाहुनले मात्र पढ्ने हो? 

कुनै निश्चित जात र वर्ग मात्र राम्रो र सफा हुने। गोरो मान्छे ‘राम्रो’ वा ‘राम्री’ भइहाल्ने। दलित समुदायको मान्छे ‘कालो’ नै हुनुपर्ने। पढ्न नहुने। जात व्यवस्थाले खडा गरेका भाष्य अहिले पनि कथित उपल्लो जातिका मानिसको मगजमा जस्ताको तस्तै छ। अनि मगजमा भएको ‘तुष’ बेलाबेला बोलीमा प्रकट भइहाल्छ।

पोहोर साल लकडाउनमा म बाजुरास्थित गाउँको घरमा नै थिएँ। करिब बिहानको ९ बजे गाउँका दुई महिला (भाउजू र बुहारी साइनो लगाउछौँ) सदरमुकामबाट छोरी डोर्‍याउँदै आइपुगे। गाउँ पुग्ने मुखैमा हाम्रो होटेल छ। ती महिलाले गोलभेँडा, टिमुर र अकबरे खुर्सानी राखेर अचार पिसिमागे। अनि कोदोको रोटासँग मीठो मानेर खान थाले।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही बेला गाउँकै ब्राम्हण समुदायका मान्छे (काका साइनो लगाउछौँ) आएर होटेलमा आए। उनले कुनै ब्रान्डको सुर्तिजन्य सुपारी मागे। अनि रोटा खाँदै गरेका महिलालाई भने, ‘ढोल्यानीका जन बाहिरौदी बसिकन छकालै रोटा खानी छन्।’ (ढोल्यानीका परिवारले घरबाहिर बसेर बिहानै रोटा खाएका छन्।) यसो भन्ने व्यक्ति सदरमुकामको एउटा सरकारी कार्यालयमा काम गर्छन्।

ती महिला गलल हाँसे। अनि एउटीले भनिन्, ‘सर, भोक लाग्या खानु पड्यइन!’ (भोक लागेपछि खानुपर्छ सर।)

ती काकाको अभिव्यक्तिले मेरो दिमागमा अन्तरद्वन्द्व जन्मियो। किनभने कथित उपल्लो जातिले दलितलाई घरभित्र पस्न नदिने हुनाले बाहिरै बसेर खान्छन्। त्यसैले उनका लागि बाहिर बसेर खाने सबै दलित हुन्। 

यस्तो घटना म आफैंले पनि भोगेको छु। म एउटा विद्यालयमा काम गर्थेँ। बिहानै परीक्षा चलिराखेको थियो। त्यहाँ एक जना ‘सर’ परीक्षामा गार्ड बस्न आउँथे। खाजा खाना समय सबै क्यान्टिन गयौँ। ती सर अलग्गै बसेर खान थाले। एकजनाले ठट्टामै सोधे– ‘बखे्रल सर,  किन अलग्गै बसेर खानुभएको?’

उनले हाँस्दै जवाफ दिए– ‘म दलित भएर छुट्टै बसेको।’

उनी दलित थिएनन्। तर, किन यसो भने बुझ्न सकिन्छ। विद्यालय पढ्दा यस्ता विभेद धेरै भोगियो। खेल्दा, कक्षाकोठाभित्र, परीक्षामा, अतिरिक्त क्रियाकलापमा यस्ता विभेद हुन्थे।

विद्यालयमा हामी पनि ‘छोइडुम’ खेल्थ्यौँ। बिदाका दिनमा त घरमा पनि खेल्थ्यौँ। आखिर बालबालिका नै थियौँ, त्यो विभेदकारी खेल हो भनेर बुझ्ने बेला भइसकेको थिएन।

धेरै जनाको समूहमा गोलो घेरा लगाउने। पहिले एकजनालाई ‘डुम’ बनाउने। अनी अरु भाग्ने। जबसम्म त्यो डुमले अर्कोलाई छुँदैन, तबसम्म हामी खुसी हुने। आफू ‘डुम’ नभएको बेला खेलमै भए पनि हामी खुसी हुन्थ्यौँ। त्यो खेलको ‘डुम’ भएर बाँच्ने समुदाय कहिल्यै खुसी हुन पाएको छ त!

कोही कसैको व्यवसाय घाटामा लाग्यो भने सिधै ‘ढोली बुढी टाम्कामुनि’ भन्छन्। यो शब्दले त ‘कामकाज नभएका’ भनेर दलित समुदायलाई अपमानित गर्छ। जबकि, सबैभन्दा बढी श्रम गर्ने नै उत्पीडित सुमदाय र वर्ग हो। यस्ता उखान त कति छन् कति!

दलित समुदायलाई नमस्कार नभन्ने चलन अझै यथावत् छ। एक जना दाइले भारतको हरिद्वारमा काम गर्दै पढेछन्। पछि गाउँकै स्कुलमा शिक्षक बन्न प्रयत्न गरे। तर, ‘डुम’लाई नमस्कार भन्नुपर्छ भनेर जागिर दिएनछन्। अचेल उनी बेलाबेला ती किस्सा सुनाउँछन्। 

के उखान वा ‘चलिआएको चलन’का नाममा कुनै सुमदायलाई होच्याइरहन पाइन्छ? नकारात्मक कुरा भन्ने शब्द अरु कुनै छैनन्? भाषा अभिव्यक्तिको माध्यम हो। दलित सुमदाय तपाईंको भाषा सभ्य र मीठो सुन्न चाहन्छ। ‘राम्रो’को परिभाषा तपाईं अनुकूल मात्र हुँदैन। जब भाषालाई कथित उपल्लो समुदायले आफू अनुकूल चलाइरहन्छ, विभेद कायम रहन्छ।

एक पटक आमा र म खेतबाट घर फर्किँदै थियौँ। पछाडि गाउँका एक जना पण्डित आउँदै थिए। उनको हातमा बाल्टिन थियो। बाटो छोड्नु पर्ने भयो। म बाटोमाथि लागेँ, आमा बाटोमुनि। तर, आमाले मलाई पनि तानेर बाटोमुनि नै लैजानुभयो। पछि मैले सोधेँ– ‘बाटो छोडेकै थिएँ, किन तान्नुभएको?’ 
आमाले भन्नुभयो– ‘चोखो मान्छे आउँदा बाटोमाथि उभिनु हुँदैन, उनीहरुको साइत बिग्रिन्छ रे।’ 

धार्मिक र सांस्कृतिक दुवै प्रकारले दलितलाई हेप्ने भाषा तयार गरिएको छ। चन्द्रग्रहण लाग्दा सिङ्गो चमार समुदायलाई गाली गरिन्छ। चन्द्रग्रहणमा ‘छोड चमार छोड’ भन्दै थाल बटुका ठटाउनेहरु अझै भेटिन्छन्। के थाल ठटाएर चन्द्रमामा परेको छायाँ हट्छ? 

धार्मिक र सांस्कृतिक दुवै प्रकारले दलितलाई हेप्ने भाषा तयार गरिएको छ। चन्द्रग्रहण लाग्दा सिङ्गो चमार समुदायलाई गाली गरिन्छ। चन्द्रग्रहणमा ‘छोड चमार छोड’ भन्दै थाल बटुका ठटाउनेहरु अझै भेटिन्छन्। के थाल ठटाएर चन्द्रमामा परेको छायाँ हट्छ? 

उपल्लो समुदायले आफूलाई कहिले सच्याउला? यी विभेदकारी बिम्ब कहिले बदलिएलान्? यी सबै समयक्रममा बदलिन्छन् भनेर हामी कहिलेसम्म विभेद सहेर बसिरहने? यो अन्याय र अत्याचारबाट कथित उपल्लो जातिले आफूलाई मुक्त गर्नु नपर्ने हो?

स्कुलका कतिपय विभेदकारी पाठ्यक्रम परिवर्तन भए। केही परिवर्तन हुनै बाँकी छन्। तर, ‘सामाजिक पाठ्यक्रम’ले हरेक बालबालिकालाई त्यही विभेदकारी भाषा सिकाइरहेको छ। तिनै उखान, बिम्ब र खेलहरु सिकाएको छ। हाँस्य कलाकार भनिनेहरु पनि विभेदकारी भाष्यबाट आफ्ना ‘कन्टेन्ट’ तयार गरिरहेका छन्।

कलाबार सन्दीप क्षेत्री त्यही समूहमा पर्छन्, जो मधेसी समुदायलाई गिज्याउने गरी कार्यक्रमका कन्टेन्ट बनाएर ‘कमाइ’ गरिरहेका छन्। देशविदेश घुमिरहेका छन्। हेर्ने र सुन्नेहरु पनि मजाले ताली बजाइरहेका छन्। 

सायद, उत्पीडित जातिलाई अपमान गर्दा कथित उपल्लो जातिलाई ‘सामान्य’ लाग्छ। मेरो बुबालाई एकाधबाहेक कसैले तपाईं भनेको सुनेको छैन। कतिपयले ‘तँ’ नै भनेर बोलाउँछन्। नाति पुस्ताको गैरदलित समुदायको मान्छेले हजुरबुबा उमेरको दलित समुदायको मान्छेलाई पनि नाम किटेर बोउलाउँछन्। समाजमा जरो गाडेका यी ‘पाठ्यक्रम’ कहिले फेरिन्छन्? 

दलित समुदायको अघिल्लो पुस्ताका व्यक्तिको नाम हेर्नुभयो भने थाहा हुन्छ, ती कति अपमानित छन्। अलि श्याम वर्णको भए सिधै ‘काले’ भनिहाल्छन्। कसैलाई जुठे, कसैलाई सेते, कसैलाई के नाम राखिदिन्छन्। दमाईंकी श्रीमतीलाई सिधै ‘दमाइनी’, कामीको श्रीमतीलाई ‘कमिनी’ भनेरै बोलाउँछन्। धेरैले त यस्तो सुन्दासुन्दै आफ्नो नामै बिर्सिसकेका छन्।

हुन त नेपाली भाषा सिकाइदेखि नै विभेदलाई संस्थागत गरिएको छ। ‘य यज्ञ’ भनेर बाह्मण देखाइन्छ। ‘क्ष क्षेत्री’ भन्दै जुँगामुठे ‘बहादुर’ मानिस देखाइन्छ। ‘क’देखि ‘ज्ञ’सम्म वर्णमालामा कतै पनि समावेशी छैन।

सरकारको लिखित पाठ्यक्रममा र समाजको अलिखित पाठ्यक्रम दुवै विभेदकारी छ। त्यसैले त ‘राम्रो म’ कथित उपल्लो जाति मात्र हो। दलित समुदाय ‘राम्रो’ भए ‘बाहुनी जस्तो’ हुन्छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्