• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यात्रा डायरी : पुग्नुपर्ने सुदूरपश्चिम पहाड, बाटो छेक्नेहरु कति कति!

64x64
धनु विश्वकर्मा बिहीबार, असोज २८, २०७८  १९:३७
1140x725

काठमाडौंदेखि धनगढीको यात्रामा छौँ। पुग्नुपर्ने त बाजुरा हो।

अग्रिम बुकिङ गरिएको ‘खप्तड यातायात’मा यात्रु खचाखच छन्। हुने नै भए। दशैँ पो हो त।

मलाई चाडबाडको बिदा मनाउनेभन्दा पनि पारिवारिक भेटघाट महत्वपूर्ण लाग्छ। यात्रामा परिवारकै १६ जना छौँ। गाडीभरि एउटै परिवारजस्तो।

‘यात्रु आइपुग्नु पर्ने समय ३ः३० बजे र गाडी छुट्ने ४ः०० बजे,’ टिकटमा लेखिएको थियो। तर, समयमा किन हिँड्थ्यो र!

‘ओए! ढोका बन्द गर्।’

लामा लामा कपाल भएका गुरुजीको आदेश पालना गर्दै आधा शरीर देखिने गरी खस्नै लागेको पाइन्ट लगाएका सह–चालकले ढोका बन्द गरे। चालकले कपाल पाल्नु, रुमाल बाँध्नु,  अश्लील बोल्नु र सह–चालकले पाइन्टको जाँघ झुण्डाएर लाउनु ‘परम्परा’ भएको छ।

‘मिलेर बस्नोस्।’

बस गुड्न थालेपछि सह–चाकलले भने। कति जनासम्म मिल्न सक्छन्, यो उनीहरूको लेखाजोखामा पर्दैन। बस्! गाडीको शरीर ठटायो, यात्रु चढायो। जतिसुकै लामो दूरीको यातायात होस्, गोंगबु बसपार्कदेखि कलङ्कीसम्म पुग्दासम्म यात्रुहरू चढाउने काम निरन्तर चलिरहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

ठूलो भर्‍याङमा एक जना अपरिचित बसमा चढे। उनले टिकट काटेको सिट र सहचालकले देखाएको सिट फरक पर्‍यो। उनी म नजिकैको सिटमा बस्न आइपुगे। उनको गन्तव्य कता हो, त्यो मलाई थाहा छैन। कानमा हेडफोन कोचेर मोबाइलमा हिन्दी मुभी हेर्नमा मस्त छन्।

काठमाडौँमा जाम छ। गाडीमा बसेको दुई घण्टाभन्दा बढी हुँदा पनि काठमाडौँ छोड्न सकिएको छैन। यो राज्यको शासन व्यवस्थाको ऐना पनि हो।

विमानस्थलतिर नवजोडीहरू छुट्न गाह्रो भएजस्तै हामीलाई जामका कारण काठमाडौँसँग छुट्न गाह्रो भइरहेको थियो। काठमाडौँ यस्तै छ। यो ठाउँमा आउन गाह्रो छ, आइसकेपछि निस्किन पनि गाह्रो छ।

साँझको करिब ७ बजेको छ। धादिङ पुगिसक्दा पनि जाम छँदैछ। गाडीभित्र भने चर्को गर्मी। यस्तै सकसपूर्ण तरिकाले करिब एक हजार किलोमिटर यात्रा गर्नुछ।

गाडीमा बजिरहेका अनेक गीतले मन पनि बेसुरमा बगिराखेको छ। कहिले हिन्दी, कहिले नेपाली गीत। बेलाबेला देउडा ‘झ्याम्म झ्याम्म’ले स्फूर्ति पनि दिइरहेको छ। दैनिक कामको भागदौडले गलेको शरीर, गाडीभित्र गुम्सिँदा म त निद्रामा परेँछु।

केही समयपछि ब्युझिएँ। मेरा अपरिचित मित्र भने मोबाइलमै व्यस्त थिए। यसो चिहाएको पब्जीमा ‘मारकाट’ रहेछ। हुन त, उनी यस युगको पुरुष, उनको पूरै दिल–दिमाग मोबाइलमा हुनु के ठूलो कुरा हो र? आईफोन वा ग्यालेक्सी मोबाइल नहुनु, पब्जी, क्याण्डी क्रसजस्ता खेल नखेल्नु, यति बेला यी कुरा नगरिए मान्छे भएको प्रमाण नै हुँदैन। प्रविधिले मान्छेलाई कब्जामा पारिसकेको छ।

अहिले रातिको ८ः४५ भैसकेको छ। मस्त सुत्ने बेलामा खाजा रे!

धादिङको नौबिसे रहेछ। ‘आँधिखोला खाजा घर’मा छौँ।

के खानु र? रोटी तरकारी मगाएँ। तर, मूल्य रहेछ २५० रुपैयाँ मात्र। यो हाइवेको होटेलको हैकम हो। यहाँ राज्य, सरकार, नियम, कानुन, इमान्दारिता केही हुँदैन। एउटा सानो बोतल चिसोको सिधै १०० रुपैयाँ हो।

मलाई थाहा छैन पौने ९ बजे खाजा खुवाएपछि खाना कति बेला खुवाउने हो।

खाजा खाएपछि म केही बेर निदाएँछु। राति १ बजे मान्छेको खलबलले ब्युझिएँ। सह–चालक खाना खान बोलाउँदैरहेछ। कस्तो सजाय हो, यो! मध्यरात पनि नाघेपछि खाना खाइदिनुपर्ने!

लामो यात्रा छ। नखाए पनि सकिँदैन। खान पनि उनीहरुको समयअनुसार छ। जहाँ ‘कमिसन’ आउँछ, त्यहीँ पुर्‍याउँछन्।

नवलपरासीको गैँडाकोट रहेछ। ‘होटेल छाप्रो, गैँडाकोट–९ थुम्सी’ लेखिएको साइनबोर्ड छ।

साधा खानाको ३०० रुपैयाँ। पहिले नै पैसा तिरेर कुपन लिनुपर्ने। अनि लाइन लागेर आफैँ पस्किँदै जानुपर्ने। ओहो! खाना पनि सकसले खाइयो। कुनै स्वाद नभएजस्तो।

‘जसले झ्याल खोल्छ पाँच सय जरिवाना है।’

राति यात्रुहरू मस्त निदाइरहेका थिए। बेलाबेला सह–चालक आएर झ्याल बन्द गर्न लगाउँथे। यो जरिवाना उसैले तोकेको हो। ‘पुलिस’ ऊ। ‘न्यायाधीश’ ऊ। तर, मलाई त झ्याल नखोली हुँदैन।

‘वान्ता हुन्छ, झ्याल नखोली कसरी हुन्छ?’

मैले भनिहालेँ। मलाई समस्या हुने भएपछि मैले नै त बोल्नुपर्‍यो।

‘एसी लगाएको भएर होला झ्याल बन्द गर्नु भनेको।’

धन्य भएँ। पब्जीमाथि घोप्टिएको ऊ पहिलो पटक बोल्यो। तर, मेरो समस्यामा भने उसको पनि ध्यान गएन। ऊ एसीको बारेमा जान्दोरहेछ। ‘मोसन सिकनेस’बारे जान्दो रहेनछ।

यस्तै सकसमा बित्यो असोज २२ गते। तर, मेरो यात्रा जारी थियो।

असोज २३ गते बिहान ७ः५० बजे गाडी कपिलवस्तुमा थियो, होटेलको अगाडि। ‘प्युठान होटेल, शिवराज–१ बनकस, कपिलवस्तु।’

यो होटेल पनि राजमार्गका अन्य होटेलभन्दा फरक छैन। अझ आसपास अरु होटल नै छैन। यहाँ पानी पनि राम्रो छैन। शौचालय शौच गर्न लायकको छैन। शौचालयको झ्याल र कुनातिर जतातै प्याड कोचेको छ। गन्धले ढलिएलाजस्तो।

त्यहाँबाट केही समयपछि गाडी हिँड्यो। पुग्नुपर्ने अझ धेरै टाढा छ।

बाँकेको ढकेरिमा बिहानको खाना खाँदा दिउँसो झन्डै २ बज्न लागेको थियो। अनि मूल्य पनि उही ‘खाए पनि नखाए पनि पैसा चाहिँ हात खोलेर देऊ’ शैलीको थियो।

खाना खाएपछि झ्याप्प निदाएँछु। केही बेर भए पनि आनन्द भयो। संघीय राजधानीबाट सुदूरपश्चिम पुग्न सजिलो कहाँ छ र!

तर, जति पश्चिम पुग्दै गयो, उति मन आनन्द हुन्छ। नयाँ दृश्यहरु आँखामा आउँछन्। घर नजिकिएझैँ लाग्दै जान्छ। निकुञ्जका चराचुरुङ्गी र ठाउँ–ठाउँमा भेटिने खोला र नदीको आवाजले मनलाई शान्ति दिन्छ। ती आवाज वर्षौँदेखिका परिचित छन्।

२६ घण्टाको लामो यात्रा पछि बल्ल पुगियो, अत्तरिया। गोधुली साँझ छ। यस्तै ६ बजेको हुनुपर्छ। हामीले काठमाडौँदेखि आएको बस छाडिदियौँ। अब यहाँबाट सुदूरपश्चिमी पहाडको उकालो चढ्नुछ।

हामीले काठमाडौँबाटै बाजुरा जाने बसको टिकट लिएका थियौँ। तर, त्यो बस त अरु नै यात्रु बोकेर ४ बजे नै हिँडिसकेछ। त्यसले धोका दियो।

हामी दोधारमा छौँ, आज बास बस्ने कि जाने सल्लाह हुँदैछ।

अत्तरिया आइपुग्दा पब्जीवाला यात्रु पनि गन्तव्यतिर हिँडिसकेका थिए। उनी त अत्तरियामा सह–चालकले झर्ने संकेत गरेपछि मात्र मोबाइलबाट बाहिरी संसारमा आएका थिए। अहिले अदृश्यभ ए। ओहो! प्रविधिले हामीलाई यस्तरी निलेको छ।

‘मार्तडीसम्म हैन त? ल हुन्छ–हुन्छ, ढुक्क हुनुहोस्।’

एउटा माइक्रोबस भेट्टियो। उसलाई जानका लागि मनायौँ। ऊ जाने भयो।

भोलिपल्टको नियमित गाडी पर्खनु भनेको होटेलमा बस्नु हो। फेरि समूह ठूलो छ। खर्च ठूलै हुन्छ। होटेलमा बस्नु, खानु खर्च बढ्नु हो।
साँझ ८ बज्न लागेपछि माइक्रोबसले अत्तरियाबाट डडेल्धुराको बाटो समात्यो।

गोदावरी पुलमाथि पुग्यौँ। त्यो सुदूरपश्चिमको तराई र पहाड छुट्ट्याउने पुल हो। एक वर्षदेखि बिछोडिएको पहाडीपन र पहाडी मन यो पुल कटेपछि आफ्नै ठेगानामा पुगेजस्तो लाग्छ। हामी पहाड प्रवेश गर्‍यौँ।

जंगलको बाटो। पहाडका घुम्ती। हामी फनफनी घुमिरह्यौँ। अब गर्मी भने थिएन।

‘आम्मामा! कति चिसो पानी हो फुपू!’

खानडाँडाको  चिसो पानी मुटु नै काँप्ने थियो। पानी पिउँदै कोपिलाले भनेकी थिइ।

हामी राति सवा ९ बजे त्यहाँ पुगेका थियौँ। राति पनि हरिया काँक्रा बेच्न राखिएका थिए। तराईतिरबाट आएका गाडी रोकिनेबित्तिकै ती पसले चिच्याउन थालिहाल्छन्।

रोकिनु, गुड्नु, रोकिनु। लामो यात्रामा अरु के हुन्छ र? यात्राको दिक्दारी पनि अचाक्ली हुन्छ।

हामी सहजपुर पुग्यौँ। डोटीको बदामको कसले बयान गर्न सकोस्! भातकाँडाको भात कसलाई मन नपर्ला! मध्यरात १२ बजे खाना खान तयार भयौँ।

हामी त्यहाँबाट हिँड्दा नयाँ दिन सुरु भइसकेको थियो।

गुड्दा–गुड्दै बिहान भयो।

पहाडको बिहान र तराईको बिहानमा फरक छ। काठमाडौँको बिहान र सुदूरपश्चिमको बिहानमा फरक छ। शहरको बिहान र गाउँको बिहानमा फरक छ।

गाउँमा बिहान सबैभन्दा पहिला सुनिन्छ, चराको चिरबिर आवाज। अनि शुरु हुन्छ दिनचर्या।

हामी चाहिँ गुडिरहेका छौँ। नजिक नजिक पुग्दैछौँ।

बिहानको घाम उकालो लाग्दैगर्दा हामी डोटीको दिपायलमा थियौँ। अब यहाँको विशेषता बेग्लिँदै जान्छ। गैराको गोरस, सिलगढीको न्यानोपन, साँझघाटको स्याउ, साना गाउँका माटाका साना–साना घर, चौखुट्टेको चाम, मार्गको माया काटेर आयौँ। हामी असोज २४ गते साढे ११ बजे बाजुरा सदरमुकाम मार्तडीमा थियौँ। काठमाडौँबाट ४५ घन्टाको यात्रापछि पुगेका हौँ।

घर पुग्नका लागि त अझ पैदल हिँड्नु छ। करिब दुई घन्टा हिँड्न खुट्टा लागेकै थिएन। मन भने घरले तानिरहेको थियो।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्