• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन यसरी गले प्रचण्ड?

64x64
नेपाल लाइभ मंगलबार, असोज २६, २०७८  १९:३१
1140x725

० कहिलेकाहीँ यस्तै हुँदोरहेछ। सायद म एक दुई वर्षपछि एक्लो पो हुने हो कि! र माओले जस्तै ‘म एक्लो छु’ भन्नुपर्ने हो कि! कहिलेकाहीँ त्यस्तोत्यस्तो चित्र पनि दिमागमा आउँछ क्या!तपाईंहरु यो पनि चिन्तनमनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा, यो रोग के हो? (‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा। २०७८ भदौ २७ )

० हामी हिजो त्यत्रो सहिदको बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण र क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिँड्ने पार्टी आज एमाले जस्तै भइयो भने त, यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र?बरु त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ। (सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा। २०७८ भदौ २३)

० म त अहिले मन्त्री बन्न मकहाँ दबाब दिने हुलबाट आएको छु। आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने। हाम्रो ४९ जना सांसद् सबैलाई मन्त्री चाहिएको छ। हामीले पाउने भनेको बढीमा सात जना। (नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसमा आयोजित कार्यक्रममा। २०७८ साउन ९)

माथि उल्लेख भएका तीनवटै अभिव्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का केही महिनायताका हुन्, जसले निकै चर्चा पाए। आफ्नो राजनीतिक उदयको बेला जुझारु र विद्रोही नेताको छवि बनाएका उनी पछिल्लो कालखण्डमा कस्तो निराशाबाट गुज्रिरहेका छन् भन्ने बुझ्न ती अभिव्यक्तिहरु सहयोगी हुनसक्छन्। क्रमिक अवरोहबाहेक उनले राजनीतिक रुपमा तत्कालै गुमाएको केही छैन। तैपनि दिग्दारी व्यक्त गरिरहेका छन्।

उनका अभिव्यक्तिका सन्दर्भ केलाउँदा उनको निराशाको केन्द्रमा देखिन्छ, माओवादी पार्टीको दुरावस्था। त्यहाँभित्र मौलाएको अवसरवाद। पार्टीलाई पुनः बलियो बनाएर लैजान सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको कमी। त्यसका अतिरिक्त प्रचण्ड स्वयंका कैयौं व्यक्तिगत कमजोरी। जसका कारण उनी निराश सुनिन थालेका छन्।

प्रचण्डले आफ्ना अभिव्यक्तिहरुमा पार्टीलाई पुनः बलियो बनाउनुपर्ने, केन्द्रबाटै नेताहरु सच्चिनुपर्ने बताइरहेका छन्। तर, त्यसले कुनै तात्विक फरक परेको देखिँदैन। किनकि, पार्टी बलियो बनाउन विधि-पद्धति विकास गर्ने, सैद्धान्तिक स्पष्टता कायम गर्ने, सांगठनिक संरचना चुस्तदुरुस्त बनाउने, नेतृत्व हेरफेरको सहज प्रणाली विकास गर्ने, बहस गर्ने र निष्कर्ष निकाल्ने कमिटीगत बैठकहरुलाई नियमित गर्ने लगायतका कामहरुमा उनले खासै रुचि राखेको पाइँदैन। फगत पार्टीको अवस्था सम्झेर चिन्ता व्यक्त गरिरहेका छन्।

माओवादी केन्द्रको अवस्था कमजोर बन्दै गएका कारण उनीप्रति निराशा बढ्दै गएको देखिन्छ। त्यसो भए पार्टीमा कस्ता कमजोरी भइरहेका छन् त? केही माओवादीकै नेता तथा विश्लेषकहरुसँगको कुराकानीका आधारमा यहाँ केलाउने प्रयास गरिएको छ।

सांगठनिक संरचना ध्वस्त
माओवादीको लामो समयदेखिको समस्या भनेको यसको सांगठनिक भद्रगोल हो। आफ्ना सदस्यहरुको लगत माओवादीसँग छैन। साथै, कमिटी प्रणाली पनि छैन। एमालेसँगको एकता विथोलिएसँगै त्यहाँबाट अलग्गिएपछि एक किसिमको संरचना कायम रहेकाले पार्टी केन्द्रमा कमिटीहरु देखिने भए पनि तल्ला तहमा माओवादीको कमिटी छैन। कमिटी नै नभएपछि पार्टीले चुनावी रणनीति अख्तियार गर्न सक्ने अवस्था पनि छैन।

Ncell 2
Ncell 2
nimb
nimb

चुनावमा हार हुने चिन्ताले प्रचण्डलाई सधैं पिरोलिरहेको देखिन्छ। त्यसैले उनी एक्लै लड्ने आँट अभिव्यक्त गर्न सक्दैनन्। गठबन्धन बनाइराख्ने, टिकाइराख्नेमा उनको जोड देखिन्छ। गठबन्धनले तत्कालीन समयमा लाभ गर्ने भए पनि आफ्नो पार्टी संरचना, प्रतिबद्धता र नयाँ सदस्य आबद्ध गर्ने कुरालाई भने ध्वस्त बनाउँछ। त्यतातिर प्रचण्डले ध्यान दिएको पाइँदैन।

पार्टीमा विधि र पद्धति छैन। उनी मन्त्री बन्नेको हुलले आतंकित भएको त बताउँछन्। तर, मन्त्री चयन गर्ने निश्चित मापदण्ड भने बनाउन सक्दैनन्। वा चाहँदैनन्। बरु फलानोलाई मन्त्री बनाएँ, यतिलाई मन्त्री बनाएँ भनेर रवाफ व्यक्त गर्छन्। सामूहिक निर्णय गर्ने प्रणाली छैन। न महाधिवेशन निश्चित छ, न अन्य बैठक। बहस र छलफल गर्ने माओवादीसँग विषय पनि छैन, त्यसखालको सांगठनिक संरचना पनि छैन।

यो पनि पढ्नुहोस्

प्रचण्ड ३२ वर्षदेखि माओवादी नेतृत्वमा : अझै देखिएनन् दाबी गर्ने कोही

सामूहिकतामा चल्ने र कमिटीगत निर्णयलाई लागू गर्ने जस्ता लोकतान्त्रिक प्रक्रिया अपनाउन नसक्दा माओवादीमा नेतृत्व परिवर्तनको विषय पनि अन्योलपूर्ण छ। पार्टीभित्र उनलाई नेतृत्वमा चुनौती दिन नसक्ने स्थिति सिर्जना हुँदा उनलाई त फाइदै पुगेको छ। तर, त्यसले माओवादी केन्द्रको निरन्तरतामा आशंका सिर्जना गरेको छ। बेलाबखत केही नेताहरुलाई उत्तराधिकारीको रुपमा चर्चा गरिन्छ। तर, ती नेतृत्वको लागि उत्साहित र परिपक्व हुनुअघि नै विवादमा परिसके। कतिपयले नैतिक क्षमता पनि गुमाइसके। कतिपय भ्रष्ट र अपारदर्शी भइसके। उनीहरुसँग नयाँ विचार छैन। थप क्षमता पनि छैन।

पार्टीको नेतृत्व विकासका लागि सहयोगी मानिने भातृ तथा जगवर्गीय संगठनहरुको व्यवस्थित सञ्चालन हुन सकेको छैन। त्यहाँभित्र नेतृत्व सीप विकास गर्ने, क्षमता विकास गर्ने, परिपक्वता विकास गर्नेतिर ध्यान दिइएको छैन। बरु टिके प्रथालाई निरन्तरता दिइएको पाइन्छ। जसले गर्दा प्रचण्डका विश्वासपात्रले अवसर त पाएका छन्, तर पार्टीको आगामी नेतृत्वको हुर्काइ प्रक्रिया प्रभावित भइरहेको छ।

वैचारिक पक्ष ओझेलमा
२०४५ सालको 'सेक्टर काण्ड'पछि मोहन वैद्य 'किरण'ले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए। आफ्नो हातमा नेतृत्व आएपछि उनले पार्टीलाई आफ्नो ढंगले डोर्‍याउन थाले। मुलुकलाई नयाँ राजनीतिक मुद्दाहरु दिए। त्यसमा मूलतः सफल पनि भए। गणतन्त्र र संविधानसभाबाट संविधान जारी भइसकेपछि उनीसँग मुलुकलाई दिन नयाँ चिज केही देखिँदैन।

प्रचण्डसँग जसरी अब नयाँ विचार छैन, माओवादी केन्द्रसँग पनि छैन। जसले प्रचण्डलाई राम्रो भन्छ, उसैले अवसर पाउने अवस्था छ। नियमित रुपमा तलदेखि माथिसम्मका कमिटीको बैठक हुन्थ्यो भने, बहसका विषय र समय उपलब्ध हुन्थ्यो भने पक्कै पनि नेतृत्वको विकास हुन्थ्यो, वैचारिक स्पष्टता बढ्थ्यो, अध्ययनको संस्कृति बढ्थ्यो। नयाँ खालका विचार, कार्यदिशा, रणनीति प्रस्तुत हुनसक्थ्यो। तर, ती अभिव्यक्त हुने खालको पार्टी संरचना र सञ्चालन प्रक्रिया छैन।

यतिबेला माओवादीको मुद्दा के हो? चल्तीकै विषयमा पार्टीको धारणा के हो? पार्टीका बैठकहरु नियमित नहुने, महाधिवेशन नियमित नहुने भएकाले नेताहरुका दस्तावेजहरु, फरकमतहरु, लेख तथा अन्तर्वार्तामा धारणाहरु आउन लभगभ छाडे। जो अलिअलि बोल्छन्, तीमध्ये अधिकांशको ध्यान नेतृत्वलाई खुसी बनाउने वा चित्त दुख्ने हो कि भनेर डराउने खालको छ। बाँकीको स्वर अत्यन्तै मसिनो छ। त्यसैले शिक्षा, स्वास्थ्य, विकास लगायतका विषयमा माओवादीको धारणा के हो? व्यवहार के हो? भन्ने जस्ता विषयमा अन्योल देखिन्छ।

विवादित ठेकेदारको घरमा बसिरहेका छन्, जुन उनकै नेता तथा कार्यकर्तालाई मन परिरहेको छैन। तर प्रचण्डआफूप्रति उठेको प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। बरु रिसाउँछन्।

वैचारिक पक्ष माओवादीका लागि शान्ति प्रक्रियामा आएदेखि नै प्राथमिकतामा परेन। त्यसका दुई उदाहरण हुन्, एकताकेन्द्र मसालसँग एकता गर्दा प्रचण्डपथ छाड्नु र एमालेसँग एकता गर्दा माओवाद छाड्नु। ती कति सान्दर्भिक थिए वा थिएनन्, अलग पक्ष रह्यो। तर, उनमा वैचारिक पक्षप्रतिको दृढता नरहेको भन्ने चाहिँ पुष्टि गर्छन्। अर्कोतिर, आफ्नो राजनीतिक जीवन सुरक्षित हुने भयो भने उनी आफ्नो वैचारिक मान्यता पनि छाड्छन् भन्ने स्पष्ट पार्छन्।

एमालेसँगको एकता मूलतः प्रचण्डको व्यक्तिगत स्वार्थको विकसित रुप थियो। आफ्नो राजनीतिक जीवनको सुरक्षाका निम्ति उनले एमालेसँग पार्टी मिलाएका थिए। त्यसैले उनले केही विश्वासपात्र नेताको सहयोगमा त्यो निर्णय लिएका थिए। त्यत्रो ‘जनयुद्ध’ गरेर मुलुकलाई अग्रमागी बाटोमा हिँडाउन सफल भएको मान्छे, तिनै परिवर्तनका ‘विरोधी’ ओलीलाई नेता मानेर अघि बढ्न तयार भए। यसले पनि उनीभित्रको अवसरवादलाई पुष्टि गर्छ।

भन्न त प्रचण्ड अहिले पनि समाजवादमा जाने हो भन्छन्। तर, त्यसको ठेगाना उनलाई थाहा भएजस्तो चाहिँ देखिँदैन।

व्यक्तिगत कमजोरीले पार्टीलाई क्षति
पछिल्लो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो नाममा कुनै सम्पत्ति नभएको र पत्नी सीता दाहालको नाममा चितवनमा एक कठ्ठा जमिन र तीन तोला सुन रहेको उल्लेख गरेका थिए। त्यही सम्पत्तिको आलोकमा हेर्दा उनको जीवनशैली अत्यन्तै विलासी छ। यसले स्पष्ट गर्छ, उनी अपारदर्शी जीवनशैली बाँचिरहेका छन्। उनी विवादित ठेकेदारको घरमा बसिरहेका छन्, जुन उनकै नेता तथा कार्यकर्तालाई मन परिरहेको छैन। तर, प्रचण्डआफूप्रति उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। बरु रिसाउँछन्।

उनको व्यक्तिगत जीवनको यही पाटोसँग जोडिन्छ, ‘जनयुद्ध’का पीडित र प्रभावितहरुको कष्टसाध्य जीवन। हिजो उनकै पार्टीमा रहेकाहरुले आक्रोशसाथ यही विषय उठाउँछन्, विपक्षीले त्यसैलाई उचाल्छन्। तर, आफू हिजो देखाएका सपनाप्रति इमानदार छु, आफू पनि इमानको जिन्दगी बाँचिरहेको छु भन्न सक्ने अवस्थामा प्रचण्ड छैनन्। उनी स्वयं कसका नेता भएका छन्, उनलाई कसले सहजै भेट्न पाउँछ, कसले पाउँदैन, त्यसकै आधारमा भन्न सकिन्छ।

उनी सधैं आफ्नै चिन्तामा डुबिरहेको देखिन्छ। घटनाक्रमले उनमा पदका लागि मरिहत्ते गर्ने गरेको देखिन्छ। पार्टीलाई सत्ता पक्षमा राखिराख्न उनले शान्ति प्रक्रियायता गरेका प्रयासहरु स्पष्टै छन्। त्यसैका कारण उनको छवि पनि अस्थिर नेताको रुपमा स्थापित भएको छ। नातावाद उनको अर्को कमजोरी हो। जसले गर्दा उनी र माओवादी केन्द्रले विपक्षी प्रहार खेप्नुपरेको छ। आलोचना व्यहोर्नुपरेको छ।

आफ्नो संलग्नताको काममा आत्मप्रशंसा गर्ने प्रचण्ड कमजोरीको व्यवहारिक स्वीकारोक्तिमा भने कमजोर छन्

‘जनयुद्ध’ सकिएको डेढ दशक भइसक्यो। त्यो उनको नेतृत्वमा लडिएको भन्नेमा दुई मत रहेन। तर उनले मात्रै लडेका होइनन्। उनको मात्रै बुद्धि प्रयोग भएको पनि होइन। तर, उनी एकल जस लिइरहेका छन्। हुँदाहुँदा, पार्टीले बनाउने मन्त्रीसम्मलाई मैले नै यति र उतिलाई मन्त्री बनाएँ भनेर आफ्नै बखान गरिरहन्छन्। यसले पार्टीभित्र सामूहिक भावना विकास गर्नमा अवरोध गरिरहेको छ।

आफ्नो संलग्नताको काममा आत्मप्रशंसा गर्ने प्रचण्ड कमजोरीको व्यवहारिक स्वीकारोक्तिमा भने कमजोर छन्। त्यसको पछिल्लो उदाहरण हो, एमालेसँगको एकता र विभाजन। एकताका बेला उनले पार्टीगत छलफल र निष्कर्षको प्रतिनिधित्व गरेका होइनन्। बरु आफूले नै ओलीलाई एकताको प्रस्ताव राखेको थिएँ भनेर दोहोर्यााइरहन्छन्। तर, सम्पूर्ण पार्टीलाई गुमराहमा राखेर गरेको एकता भंग भएपछि उनले नैतिकता देखाएनन्, क्षमा मागेनन्। बरु आफ्नो महिमामण्डन नै गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १९:३१
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’
सम्बन्धित सामग्री
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष संवाद र स्थानीय... सोमबार, भदौ २९, २०८३
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल... सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्। सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
ईशानले ३ महिने ‘नेपाल ई–स्पोर्ट्स लिग’ गर्ने सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३९० जनाको शव फेला सोमबार, भदौ २९, २०८३
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्