• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

किन यसरी गले प्रचण्ड?

64x64
नेपाल लाइभ मंगलबार, असोज २६, २०७८  १९:३१
1140x725

० कहिलेकाहीँ यस्तै हुँदोरहेछ। सायद म एक दुई वर्षपछि एक्लो पो हुने हो कि! र माओले जस्तै ‘म एक्लो छु’ भन्नुपर्ने हो कि! कहिलेकाहीँ त्यस्तोत्यस्तो चित्र पनि दिमागमा आउँछ क्या!तपाईंहरु यो पनि चिन्तनमनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा, यो रोग के हो? (‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा। २०७८ भदौ २७ )

० हामी हिजो त्यत्रो सहिदको बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण र क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिँड्ने पार्टी आज एमाले जस्तै भइयो भने त, यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो र?बरु त्यो भन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ। (सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा। २०७८ भदौ २३)

० म त अहिले मन्त्री बन्न मकहाँ दबाब दिने हुलबाट आएको छु। आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने। हाम्रो ४९ जना सांसद् सबैलाई मन्त्री चाहिएको छ। हामीले पाउने भनेको बढीमा सात जना। (नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसमा आयोजित कार्यक्रममा। २०७८ साउन ९)

माथि उल्लेख भएका तीनवटै अभिव्यक्ति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का केही महिनायताका हुन्, जसले निकै चर्चा पाए। आफ्नो राजनीतिक उदयको बेला जुझारु र विद्रोही नेताको छवि बनाएका उनी पछिल्लो कालखण्डमा कस्तो निराशाबाट गुज्रिरहेका छन् भन्ने बुझ्न ती अभिव्यक्तिहरु सहयोगी हुनसक्छन्। क्रमिक अवरोहबाहेक उनले राजनीतिक रुपमा तत्कालै गुमाएको केही छैन। तैपनि दिग्दारी व्यक्त गरिरहेका छन्।

उनका अभिव्यक्तिका सन्दर्भ केलाउँदा उनको निराशाको केन्द्रमा देखिन्छ, माओवादी पार्टीको दुरावस्था। त्यहाँभित्र मौलाएको अवसरवाद। पार्टीलाई पुनः बलियो बनाएर लैजान सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको कमी। त्यसका अतिरिक्त प्रचण्ड स्वयंका कैयौं व्यक्तिगत कमजोरी। जसका कारण उनी निराश सुनिन थालेका छन्।

प्रचण्डले आफ्ना अभिव्यक्तिहरुमा पार्टीलाई पुनः बलियो बनाउनुपर्ने, केन्द्रबाटै नेताहरु सच्चिनुपर्ने बताइरहेका छन्। तर, त्यसले कुनै तात्विक फरक परेको देखिँदैन। किनकि, पार्टी बलियो बनाउन विधि-पद्धति विकास गर्ने, सैद्धान्तिक स्पष्टता कायम गर्ने, सांगठनिक संरचना चुस्तदुरुस्त बनाउने, नेतृत्व हेरफेरको सहज प्रणाली विकास गर्ने, बहस गर्ने र निष्कर्ष निकाल्ने कमिटीगत बैठकहरुलाई नियमित गर्ने लगायतका कामहरुमा उनले खासै रुचि राखेको पाइँदैन। फगत पार्टीको अवस्था सम्झेर चिन्ता व्यक्त गरिरहेका छन्।

माओवादी केन्द्रको अवस्था कमजोर बन्दै गएका कारण उनीप्रति निराशा बढ्दै गएको देखिन्छ। त्यसो भए पार्टीमा कस्ता कमजोरी भइरहेका छन् त? केही माओवादीकै नेता तथा विश्लेषकहरुसँगको कुराकानीका आधारमा यहाँ केलाउने प्रयास गरिएको छ।

सांगठनिक संरचना ध्वस्त
माओवादीको लामो समयदेखिको समस्या भनेको यसको सांगठनिक भद्रगोल हो। आफ्ना सदस्यहरुको लगत माओवादीसँग छैन। साथै, कमिटी प्रणाली पनि छैन। एमालेसँगको एकता विथोलिएसँगै त्यहाँबाट अलग्गिएपछि एक किसिमको संरचना कायम रहेकाले पार्टी केन्द्रमा कमिटीहरु देखिने भए पनि तल्ला तहमा माओवादीको कमिटी छैन। कमिटी नै नभएपछि पार्टीले चुनावी रणनीति अख्तियार गर्न सक्ने अवस्था पनि छैन।

Ncell 2
Ncell 2

चुनावमा हार हुने चिन्ताले प्रचण्डलाई सधैं पिरोलिरहेको देखिन्छ। त्यसैले उनी एक्लै लड्ने आँट अभिव्यक्त गर्न सक्दैनन्। गठबन्धन बनाइराख्ने, टिकाइराख्नेमा उनको जोड देखिन्छ। गठबन्धनले तत्कालीन समयमा लाभ गर्ने भए पनि आफ्नो पार्टी संरचना, प्रतिबद्धता र नयाँ सदस्य आबद्ध गर्ने कुरालाई भने ध्वस्त बनाउँछ। त्यतातिर प्रचण्डले ध्यान दिएको पाइँदैन।

पार्टीमा विधि र पद्धति छैन। उनी मन्त्री बन्नेको हुलले आतंकित भएको त बताउँछन्। तर, मन्त्री चयन गर्ने निश्चित मापदण्ड भने बनाउन सक्दैनन्। वा चाहँदैनन्। बरु फलानोलाई मन्त्री बनाएँ, यतिलाई मन्त्री बनाएँ भनेर रवाफ व्यक्त गर्छन्। सामूहिक निर्णय गर्ने प्रणाली छैन। न महाधिवेशन निश्चित छ, न अन्य बैठक। बहस र छलफल गर्ने माओवादीसँग विषय पनि छैन, त्यसखालको सांगठनिक संरचना पनि छैन।

यो पनि पढ्नुहोस्

प्रचण्ड ३२ वर्षदेखि माओवादी नेतृत्वमा : अझै देखिएनन् दाबी गर्ने कोही

सामूहिकतामा चल्ने र कमिटीगत निर्णयलाई लागू गर्ने जस्ता लोकतान्त्रिक प्रक्रिया अपनाउन नसक्दा माओवादीमा नेतृत्व परिवर्तनको विषय पनि अन्योलपूर्ण छ। पार्टीभित्र उनलाई नेतृत्वमा चुनौती दिन नसक्ने स्थिति सिर्जना हुँदा उनलाई त फाइदै पुगेको छ। तर, त्यसले माओवादी केन्द्रको निरन्तरतामा आशंका सिर्जना गरेको छ। बेलाबखत केही नेताहरुलाई उत्तराधिकारीको रुपमा चर्चा गरिन्छ। तर, ती नेतृत्वको लागि उत्साहित र परिपक्व हुनुअघि नै विवादमा परिसके। कतिपयले नैतिक क्षमता पनि गुमाइसके। कतिपय भ्रष्ट र अपारदर्शी भइसके। उनीहरुसँग नयाँ विचार छैन। थप क्षमता पनि छैन।

पार्टीको नेतृत्व विकासका लागि सहयोगी मानिने भातृ तथा जगवर्गीय संगठनहरुको व्यवस्थित सञ्चालन हुन सकेको छैन। त्यहाँभित्र नेतृत्व सीप विकास गर्ने, क्षमता विकास गर्ने, परिपक्वता विकास गर्नेतिर ध्यान दिइएको छैन। बरु टिके प्रथालाई निरन्तरता दिइएको पाइन्छ। जसले गर्दा प्रचण्डका विश्वासपात्रले अवसर त पाएका छन्, तर पार्टीको आगामी नेतृत्वको हुर्काइ प्रक्रिया प्रभावित भइरहेको छ।

वैचारिक पक्ष ओझेलमा
२०४५ सालको 'सेक्टर काण्ड'पछि मोहन वैद्य 'किरण'ले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए। आफ्नो हातमा नेतृत्व आएपछि उनले पार्टीलाई आफ्नो ढंगले डोर्‍याउन थाले। मुलुकलाई नयाँ राजनीतिक मुद्दाहरु दिए। त्यसमा मूलतः सफल पनि भए। गणतन्त्र र संविधानसभाबाट संविधान जारी भइसकेपछि उनीसँग मुलुकलाई दिन नयाँ चिज केही देखिँदैन।

प्रचण्डसँग जसरी अब नयाँ विचार छैन, माओवादी केन्द्रसँग पनि छैन। जसले प्रचण्डलाई राम्रो भन्छ, उसैले अवसर पाउने अवस्था छ। नियमित रुपमा तलदेखि माथिसम्मका कमिटीको बैठक हुन्थ्यो भने, बहसका विषय र समय उपलब्ध हुन्थ्यो भने पक्कै पनि नेतृत्वको विकास हुन्थ्यो, वैचारिक स्पष्टता बढ्थ्यो, अध्ययनको संस्कृति बढ्थ्यो। नयाँ खालका विचार, कार्यदिशा, रणनीति प्रस्तुत हुनसक्थ्यो। तर, ती अभिव्यक्त हुने खालको पार्टी संरचना र सञ्चालन प्रक्रिया छैन।

यतिबेला माओवादीको मुद्दा के हो? चल्तीकै विषयमा पार्टीको धारणा के हो? पार्टीका बैठकहरु नियमित नहुने, महाधिवेशन नियमित नहुने भएकाले नेताहरुका दस्तावेजहरु, फरकमतहरु, लेख तथा अन्तर्वार्तामा धारणाहरु आउन लभगभ छाडे। जो अलिअलि बोल्छन्, तीमध्ये अधिकांशको ध्यान नेतृत्वलाई खुसी बनाउने वा चित्त दुख्ने हो कि भनेर डराउने खालको छ। बाँकीको स्वर अत्यन्तै मसिनो छ। त्यसैले शिक्षा, स्वास्थ्य, विकास लगायतका विषयमा माओवादीको धारणा के हो? व्यवहार के हो? भन्ने जस्ता विषयमा अन्योल देखिन्छ।

विवादित ठेकेदारको घरमा बसिरहेका छन्, जुन उनकै नेता तथा कार्यकर्तालाई मन परिरहेको छैन। तर प्रचण्डआफूप्रति उठेको प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। बरु रिसाउँछन्।

वैचारिक पक्ष माओवादीका लागि शान्ति प्रक्रियामा आएदेखि नै प्राथमिकतामा परेन। त्यसका दुई उदाहरण हुन्, एकताकेन्द्र मसालसँग एकता गर्दा प्रचण्डपथ छाड्नु र एमालेसँग एकता गर्दा माओवाद छाड्नु। ती कति सान्दर्भिक थिए वा थिएनन्, अलग पक्ष रह्यो। तर, उनमा वैचारिक पक्षप्रतिको दृढता नरहेको भन्ने चाहिँ पुष्टि गर्छन्। अर्कोतिर, आफ्नो राजनीतिक जीवन सुरक्षित हुने भयो भने उनी आफ्नो वैचारिक मान्यता पनि छाड्छन् भन्ने स्पष्ट पार्छन्।

एमालेसँगको एकता मूलतः प्रचण्डको व्यक्तिगत स्वार्थको विकसित रुप थियो। आफ्नो राजनीतिक जीवनको सुरक्षाका निम्ति उनले एमालेसँग पार्टी मिलाएका थिए। त्यसैले उनले केही विश्वासपात्र नेताको सहयोगमा त्यो निर्णय लिएका थिए। त्यत्रो ‘जनयुद्ध’ गरेर मुलुकलाई अग्रमागी बाटोमा हिँडाउन सफल भएको मान्छे, तिनै परिवर्तनका ‘विरोधी’ ओलीलाई नेता मानेर अघि बढ्न तयार भए। यसले पनि उनीभित्रको अवसरवादलाई पुष्टि गर्छ।

भन्न त प्रचण्ड अहिले पनि समाजवादमा जाने हो भन्छन्। तर, त्यसको ठेगाना उनलाई थाहा भएजस्तो चाहिँ देखिँदैन।

व्यक्तिगत कमजोरीले पार्टीलाई क्षति
पछिल्लो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले आफ्नो नाममा कुनै सम्पत्ति नभएको र पत्नी सीता दाहालको नाममा चितवनमा एक कठ्ठा जमिन र तीन तोला सुन रहेको उल्लेख गरेका थिए। त्यही सम्पत्तिको आलोकमा हेर्दा उनको जीवनशैली अत्यन्तै विलासी छ। यसले स्पष्ट गर्छ, उनी अपारदर्शी जीवनशैली बाँचिरहेका छन्। उनी विवादित ठेकेदारको घरमा बसिरहेका छन्, जुन उनकै नेता तथा कार्यकर्तालाई मन परिरहेको छैन। तर, प्रचण्डआफूप्रति उठेका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्दैनन्। बरु रिसाउँछन्।

उनको व्यक्तिगत जीवनको यही पाटोसँग जोडिन्छ, ‘जनयुद्ध’का पीडित र प्रभावितहरुको कष्टसाध्य जीवन। हिजो उनकै पार्टीमा रहेकाहरुले आक्रोशसाथ यही विषय उठाउँछन्, विपक्षीले त्यसैलाई उचाल्छन्। तर, आफू हिजो देखाएका सपनाप्रति इमानदार छु, आफू पनि इमानको जिन्दगी बाँचिरहेको छु भन्न सक्ने अवस्थामा प्रचण्ड छैनन्। उनी स्वयं कसका नेता भएका छन्, उनलाई कसले सहजै भेट्न पाउँछ, कसले पाउँदैन, त्यसकै आधारमा भन्न सकिन्छ।

उनी सधैं आफ्नै चिन्तामा डुबिरहेको देखिन्छ। घटनाक्रमले उनमा पदका लागि मरिहत्ते गर्ने गरेको देखिन्छ। पार्टीलाई सत्ता पक्षमा राखिराख्न उनले शान्ति प्रक्रियायता गरेका प्रयासहरु स्पष्टै छन्। त्यसैका कारण उनको छवि पनि अस्थिर नेताको रुपमा स्थापित भएको छ। नातावाद उनको अर्को कमजोरी हो। जसले गर्दा उनी र माओवादी केन्द्रले विपक्षी प्रहार खेप्नुपरेको छ। आलोचना व्यहोर्नुपरेको छ।

आफ्नो संलग्नताको काममा आत्मप्रशंसा गर्ने प्रचण्ड कमजोरीको व्यवहारिक स्वीकारोक्तिमा भने कमजोर छन्

‘जनयुद्ध’ सकिएको डेढ दशक भइसक्यो। त्यो उनको नेतृत्वमा लडिएको भन्नेमा दुई मत रहेन। तर उनले मात्रै लडेका होइनन्। उनको मात्रै बुद्धि प्रयोग भएको पनि होइन। तर, उनी एकल जस लिइरहेका छन्। हुँदाहुँदा, पार्टीले बनाउने मन्त्रीसम्मलाई मैले नै यति र उतिलाई मन्त्री बनाएँ भनेर आफ्नै बखान गरिरहन्छन्। यसले पार्टीभित्र सामूहिक भावना विकास गर्नमा अवरोध गरिरहेको छ।

आफ्नो संलग्नताको काममा आत्मप्रशंसा गर्ने प्रचण्ड कमजोरीको व्यवहारिक स्वीकारोक्तिमा भने कमजोर छन्। त्यसको पछिल्लो उदाहरण हो, एमालेसँगको एकता र विभाजन। एकताका बेला उनले पार्टीगत छलफल र निष्कर्षको प्रतिनिधित्व गरेका होइनन्। बरु आफूले नै ओलीलाई एकताको प्रस्ताव राखेको थिएँ भनेर दोहोर्यााइरहन्छन्। तर, सम्पूर्ण पार्टीलाई गुमराहमा राखेर गरेको एकता भंग भएपछि उनले नैतिकता देखाएनन्, क्षमा मागेनन्। बरु आफ्नो महिमामण्डन नै गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १९:३१
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत
सम्बन्धित सामग्री
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मङ्सिर ९ ग... आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउदै आएका छन् । तर नागरिक बचाउ दलको सभापतिम... आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा नागरिक बचाउ दलको सभापतिमा माधव खतिवडा (कल्पित) को नाम रहेको छ। उनले पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य रहेको बताए। आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्