• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बाफ रे! सिनेमामा त दुरुस्तै मानिस

कृष्णप्रसाद पराजुली मंगलबार, असोज २६, २०७८  ११:१२
1140x725

हाम्रा निम्ति रेडियो सुन्ने, चलचित्र हेर्ने कुरा सपनाजस्तै थियो। कतै-कतै पसलमा झुन्ड्याइएका भित्तेघडी हेरेर हामी समय थाहा पाउँथ्यौँ। कसै-कसैले कोट इस्टकोटको बगलीमा भिर्ने घडी लिएका हुन्थे। ग्रामोफोन चाहिँ बजेको सुनिन्थ्यो। त्यो रेडियो बजेको सुन्दा उभिन्थ्यौँ हामी। ग्रामोफोनमा मित्रसेन, मेलवादेवी र अरू पुराना गायकका केही गीत मैले त्यस्तै बेला सुनेको हुँ। केही पङ्क्ति अझै सम्झनामा आउँछन्–

–धानको बाला झुल्यो हजुर देशै रमाइलो

-लाहुरेको रेलीमाई फेसनै राम्रो
रातो रुमाल रेलीमाई खुकुरी भिरेको

-अब त जाऊँ कान्छी घर
बाटो छ उकाली-ओराली

-किन गछ्यौ तानातानी, दुई दिनको छ जिन्दगानी

-लोग्नेले भन्नुभो मलाई भाँडाचुलो गर्।

चलचित्रलाई ‘बाइस्कोप’ भन्थे। दरबारतिर देखाइन्छ भन्ने सुनिन्थ्यो। हामीले हेर्न पाएका थिएनौँ। बेलुकी बाङ्गेमुढामा भनिएको पण्डित मुरलीधरको पुराणप्रवचन चाहिँ निकै सुनियो। कथाहरू जोड्दै भनिएको चाखलाग्दो हुन्थ्यो पुराण। समय अगाडि बढ्दै गयो।

२००६ सालमा नै काठमाडौँमा सिनेमा हल खुल्यो। अहिले विशालबजार भएको ठाउँमा सभागृह थियो। त्यसै ठाउँमा खुल्यो सिनेमा हल। नाउँ रहेको थियो– जनसेवा सिनेमा हल।

Ncell 2
Ncell 2
nimb
nimb

‘काठमाडौँमा पनि सिनेमा आयो, हेर्ने होइन?’ साथीभाइ भन्थे।

‘हेर्ने नि, अलि हलुका होस् न।’ हामी भन्थ्यौँ।

काठमाडौँ सिनेमा हल जनसेवा सिनेमा हल भएकै थिएन। त्यो हलमा टिकट पाउन ठूलो कुरा पाएझैँ लाग्थ्यो। टिकटको मूल्य क्रमशः यस्तै थियो- पाँच सुका, एक रुपियाँ, तीन सुका र मोहर। टिकट किन्नेहरूको लाम लामै हुन्थ्यो। लाममा अलिकति पनि गडबडी भयो भने पुलिस (प्रहरी)हरू लिई कर्णेल चन्द्रबहादुर थापा आएर त्राहिमाम् पारी हुत्त्याइदिन्थे।

हामीले पनि बल्लतल्ल टिकट लिएर सिनेमा हेर्‍यौँ। बाफ रे बाफ! त्यहाँ त मानिस बोल्दा रहेछन्, गाउँदा रहेछन्, नाच्ता रहेछन्, रुँदा र हाँस्ता पनि रहेछन्! छक्कै परियो। हलबाहिर बार्‍हमजा कागतको सोतोमा राखिएको नुनिलो, चटपटे खानेकुरा बच्थ्यो। हाफ टाइम (अर्द्धविश्राम)मा बार्‍हमजा लिएर खाँदै फेरि सिनेमा हेर्‍यौँ ।

Xtrem

Xtrem

अलिपछि डेरामा सजिलो हुन्छ भनेर केही दिन घरबाट श्रीमतीलाई पनि काठमाडौँ पठाइदिएका थिए। उनलाई पनि सिनेमा देखाऊँ भन्ने उत्सुकता जागेर जनसेवा सिनेमा हल पुग्यौँ। पहिले नै बुक गरिएकाले टिकट लिन गाहो भएन। श्रीमती नवकिशोरी भइसकेकी थिइन्। उनलाई सँगै ल्याएको देखेर एक जना सहपाठीले फड्कार्दै भने–

‘ओहो! केटी लिएर हेर्न आएको?’

‘हो, तर यिनी त्यस्ती केटी होइनन्- मेरी दुलही हुन्!’

‘ओहो! बिहे पो गरिसकेको?’ उनी यति भनी जिब्रो टोक्तै जिल्ल एकातिर तर्के। हामीले सिनेमा हेर्‍यौँ।

यसरी दुई-चारवटा सिनेमा हेरेपछि सिनेमा सामान्य लाग्दै गयो। पछि त श्रीहल (फोहरा दरबार, कान्तिपथ), जय नेपाल चित्रघर (नक्साल), मुनलाइट (माइतीघर), विश्वज्योति (जमल), रञ्जना (फसिकेब) आदि सिनेमा हल पनि खुले। पाटनमा अशोक सिनेमा हल खुल्यो भने भक्तपुरमा पनि नवदुर्गा मन्दिर खुल्यो। आठदस वर्षसम्मै सिनेमा निकै हेरियो। उतिबेला देखाइने सिनेमाहरू अहिलेजस्तो रङ्गीन थिएनन्, श्यामश्वेत नै थिए। सिनेमाका नायक-नायिका तथा पात्रपात्राहरूको पहिरन पनि त्यस बेलाकै चलनअनुसारका थिए। उतिबेला सिनेमाको प्रचार पनि ठिक्कै थियो। ‘आवाज’, ‘नयाँ समाज’ आदि समाचारपत्रमा चलचित्रका कथा छापिन्थे- त्यत्ति हो।

२००७ सालअघिको कुरा गर्दा कथाजस्तै हुन्छ। मनोरञ्जनका साधन भन्नु पनि के थिए र? हामी त मानिसको भीड हेर्थ्यौ‌ं, साँढे जुधेको दृश्य हेर्थ्यौ‌ं। तराईतिरबाट आउनेले देखाएको चटक हेर्थ्यौ‌ं। असन, इन्द्रचोकमा कतै साँढे जुध्न थालेपछि तिनका पछाडि टिन ठटाएर साँढेलाई झन् उत्तेजित बनाउँथे केही उरन्ठेउला मानिस। चटक खास गरी हिउँदयाममा शिवरात्रिताका निकै देखिन्थ्यो। रानीपोखरी दक्षिणको हात्तीपाटी यता (सोह्रहाते गणेशस्थानको पूर्व) बाँसको लिङ्गोमा देखाएको चटक हेर्दा म निकै छक्क परेको थिएँ।

चैततिर टँडिखेलमा देखाइने घोडेजात्रा हेर्थ्यौ‌ं। तोप हान्ने ठाउँदेखि रानीपोखरी दक्षिण बाटाको छेउसम्म घोडा कुदाइन्थ्यो बेतोडसँग। साइकलको रेस (दौड) पनि हुन्थ्यो। भित्रैसम्म पुग्ने कोसिस गरेर मैले घोडेजात्रामा हुने खेलहरू हेरेको थिएँ। कहिलेकाहीँ टँडिखेलको मुखमा र धेरैजसो जात्रामात्रामा दोहोरी गीत सुन्थ्यौँ- गीत सुन्ने मानिसहरू दायाँबायाँ झ्वाप्पै हुन्थे।

सार्वजनिक पुस्तकालय कतै देखिएनन्। हामी बाटाको छेउ रूखमुनि बेच्न फिजाएर राखिएका पुस्तक आक्कलझुक्कल हेर्थ्यौ‌ं। काठमाडौँमा बस्ताबस्तै मैले यस्ता रमाइला दृश्य देखें जुन दृश्य मेरो मानसपटलमा गहिरोसँग अङ्कित भए। यहाँ बसेर अध्ययन गर्दागर्दै त्यस्ता विविध दृश्य देखेपछि छक्क परेर हेरेँ। तिनको प्रसङ्ग माथि दिइसकिएकै छ। नयाँ कुरा देख्ता चौचौ लाग्ने नै भयो, उसमाथि छिप्पिदै गएको किशोर उमेर, म एक किसिमले लठ्ठै परें। ती बेला आफूले जेजे देखें एकदमै ठूलो कुरा देखेको अनुभव गरेको थिएँ।

जे देखे पनि, जे भोगे पनि आफ्ना निम्ति ‘आकाशको फल आँखा तरी मर्’ थियो। आफूलाई त उतिखेर साइकल चढ्नु पनि ठूलै कुरा लाग्थ्यो। कोही-कोही लेखक, शिक्षक कम्पाउन्डर, डाक्टर र प्रोफेसरसम्म पनि साइकल चढ्थे र काममा जान्थे। अरू धेरैजसो त पैदलै हिँड्थे। हामीलाई पनि साइकल चढ्न, सिक्न मन लाग्यो।

एक जना आफूभन्दा जेठा साथी थिए- आफ्नै जिल्लाको मङ्गलटारका रोहिणीपसाद मैनाली। उनी साइकल चढेर अड्डा जानु-आउनु गर्थे। उनीसँग राम्रो हिमचिम भएकाले साइकल चढ्न सिकाइदिन भनें। टुँडिखेलको मुख (अहिलेको रत्नपार्क)मा उनले आफ्नै साइकल चढाएर ठेल्दै लगे र ‘ह्यान्डिल यसरी समाउनू, जतातिर साइकल लड्न खोज्छ- त्यहीँनेरि अर्कातिर मोड्नू’ भनेर सिकाए र आफूले पछाडिबाट ठेलिदिए। पचास-साठी मिटर अगाडि गएपछि लडें। दुई-तीन चोटि त्यसो गर्दा निकै आँट आयो।

कमलाक्षीमा र फसिकेबका पनि साइकल भाडामा पाइन्थ्यो। घण्टाको बीसपच्चीस पैसा भाडामा साइकल चढ्यो, एक घण्टामा फर्कियो गर्न थालियो। साइकल लिएर धेरैजसो तीनधाराको खुला चौर र कहिलेकाहीँ टुँडिखेल, सानो टुँडिखेल पुगिन्थ्यो।

पहिले सिक्ता लड्नुबाहेक पछि त्यस्तो लड्नेवर्ने क्रिया भएन। लड्न खोजे गोडा टेकिहालिन्थ्यो। एकपल्ट पानीपोखरीबाट झर्दा तलबाट लहरी आउँदै रहेछ। साइकलमा ब्रेक लगाउन खोज्दा ब्रेक बिग्रिएको रहेछ, लाग्दै लागेन। लहरीबाट जोगाउन खोज्दा साइकल बाटामा किनारापट्टि झाङमा जोतेँछु। हातमा अलिकति दरफर्‍यायो, अरू केही भएन।

एकपल्ट दुइटा साइकल लिएर तीन जना साथी टेबहालभित्र चौरमा गयौं। अलि जान्ने साथी साइकल लिएर नयाँसडकतिर लागे। नरदेवी-नेटपाचोतिरका एक जना पसले साथी र म त्यहाँभित्रै रह्यौँ। ती साथीले ब्रेक लगाउन नजान्दा साइकलको घच्चाबाट एउटा बच्चा लडिहाल्यो, साइकल पनि लड्यो। साथी गल्लीबाट भागे। म पनि मलाई समाउँछन् भनेर टाप कसें।

पछि नयाँसडक जाने साथी आएछन्। उनी अलि पाकाझैँ थिए। टोलेहरूले उनीसँग पो दगलफसल गरेछन्। पच्चीस रुपियाँ तिरेर उनले साइकल लिएर आए। बीस रुपियाँ बच्चा लडाउनेले तिरे। पाँच रुपियाँ ती पसलेसँग लागेको मैले तिर्नपर्‍यो। साइकल चढ्ने सोखमा यसरी एकपल्ट जरिवानासमेत खाइयो। त्यसपछि कुनै घटना भएन। धेरैपछि आफैँले साइकल किनेर निकै वर्षसम्म साइकल चढें। साइकलले मेरो काममा धेरै सहयोग पनि पुर्‍यायो।

-यो पुस्तक अंश हामीले स्व.कृष्णप्रसाद पराजुलीको आत्मकथा शिखरयात्राबाट लिएका हौँ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ११:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्