• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

बाफ रे! सिनेमामा त दुरुस्तै मानिस

कृष्णप्रसाद पराजुली मंगलबार, असोज २६, २०७८  ११:१२
1140x725

हाम्रा निम्ति रेडियो सुन्ने, चलचित्र हेर्ने कुरा सपनाजस्तै थियो। कतै-कतै पसलमा झुन्ड्याइएका भित्तेघडी हेरेर हामी समय थाहा पाउँथ्यौँ। कसै-कसैले कोट इस्टकोटको बगलीमा भिर्ने घडी लिएका हुन्थे। ग्रामोफोन चाहिँ बजेको सुनिन्थ्यो। त्यो रेडियो बजेको सुन्दा उभिन्थ्यौँ हामी। ग्रामोफोनमा मित्रसेन, मेलवादेवी र अरू पुराना गायकका केही गीत मैले त्यस्तै बेला सुनेको हुँ। केही पङ्क्ति अझै सम्झनामा आउँछन्–

–धानको बाला झुल्यो हजुर देशै रमाइलो

-लाहुरेको रेलीमाई फेसनै राम्रो
रातो रुमाल रेलीमाई खुकुरी भिरेको

-अब त जाऊँ कान्छी घर
बाटो छ उकाली-ओराली

-किन गछ्यौ तानातानी, दुई दिनको छ जिन्दगानी

-लोग्नेले भन्नुभो मलाई भाँडाचुलो गर्।

चलचित्रलाई ‘बाइस्कोप’ भन्थे। दरबारतिर देखाइन्छ भन्ने सुनिन्थ्यो। हामीले हेर्न पाएका थिएनौँ। बेलुकी बाङ्गेमुढामा भनिएको पण्डित मुरलीधरको पुराणप्रवचन चाहिँ निकै सुनियो। कथाहरू जोड्दै भनिएको चाखलाग्दो हुन्थ्यो पुराण। समय अगाडि बढ्दै गयो।

२००६ सालमा नै काठमाडौँमा सिनेमा हल खुल्यो। अहिले विशालबजार भएको ठाउँमा सभागृह थियो। त्यसै ठाउँमा खुल्यो सिनेमा हल। नाउँ रहेको थियो– जनसेवा सिनेमा हल।

nimb
nimb
Ncell 2
Ncell 2

‘काठमाडौँमा पनि सिनेमा आयो, हेर्ने होइन?’ साथीभाइ भन्थे।

‘हेर्ने नि, अलि हलुका होस् न।’ हामी भन्थ्यौँ।

काठमाडौँ सिनेमा हल जनसेवा सिनेमा हल भएकै थिएन। त्यो हलमा टिकट पाउन ठूलो कुरा पाएझैँ लाग्थ्यो। टिकटको मूल्य क्रमशः यस्तै थियो- पाँच सुका, एक रुपियाँ, तीन सुका र मोहर। टिकट किन्नेहरूको लाम लामै हुन्थ्यो। लाममा अलिकति पनि गडबडी भयो भने पुलिस (प्रहरी)हरू लिई कर्णेल चन्द्रबहादुर थापा आएर त्राहिमाम् पारी हुत्त्याइदिन्थे।

हामीले पनि बल्लतल्ल टिकट लिएर सिनेमा हेर्‍यौँ। बाफ रे बाफ! त्यहाँ त मानिस बोल्दा रहेछन्, गाउँदा रहेछन्, नाच्ता रहेछन्, रुँदा र हाँस्ता पनि रहेछन्! छक्कै परियो। हलबाहिर बार्‍हमजा कागतको सोतोमा राखिएको नुनिलो, चटपटे खानेकुरा बच्थ्यो। हाफ टाइम (अर्द्धविश्राम)मा बार्‍हमजा लिएर खाँदै फेरि सिनेमा हेर्‍यौँ ।

अलिपछि डेरामा सजिलो हुन्छ भनेर केही दिन घरबाट श्रीमतीलाई पनि काठमाडौँ पठाइदिएका थिए। उनलाई पनि सिनेमा देखाऊँ भन्ने उत्सुकता जागेर जनसेवा सिनेमा हल पुग्यौँ। पहिले नै बुक गरिएकाले टिकट लिन गाहो भएन। श्रीमती नवकिशोरी भइसकेकी थिइन्। उनलाई सँगै ल्याएको देखेर एक जना सहपाठीले फड्कार्दै भने–

‘ओहो! केटी लिएर हेर्न आएको?’

‘हो, तर यिनी त्यस्ती केटी होइनन्- मेरी दुलही हुन्!’

‘ओहो! बिहे पो गरिसकेको?’ उनी यति भनी जिब्रो टोक्तै जिल्ल एकातिर तर्के। हामीले सिनेमा हेर्‍यौँ।

यसरी दुई-चारवटा सिनेमा हेरेपछि सिनेमा सामान्य लाग्दै गयो। पछि त श्रीहल (फोहरा दरबार, कान्तिपथ), जय नेपाल चित्रघर (नक्साल), मुनलाइट (माइतीघर), विश्वज्योति (जमल), रञ्जना (फसिकेब) आदि सिनेमा हल पनि खुले। पाटनमा अशोक सिनेमा हल खुल्यो भने भक्तपुरमा पनि नवदुर्गा मन्दिर खुल्यो। आठदस वर्षसम्मै सिनेमा निकै हेरियो। उतिबेला देखाइने सिनेमाहरू अहिलेजस्तो रङ्गीन थिएनन्, श्यामश्वेत नै थिए। सिनेमाका नायक-नायिका तथा पात्रपात्राहरूको पहिरन पनि त्यस बेलाकै चलनअनुसारका थिए। उतिबेला सिनेमाको प्रचार पनि ठिक्कै थियो। ‘आवाज’, ‘नयाँ समाज’ आदि समाचारपत्रमा चलचित्रका कथा छापिन्थे- त्यत्ति हो।

२००७ सालअघिको कुरा गर्दा कथाजस्तै हुन्छ। मनोरञ्जनका साधन भन्नु पनि के थिए र? हामी त मानिसको भीड हेर्थ्यौ‌ं, साँढे जुधेको दृश्य हेर्थ्यौ‌ं। तराईतिरबाट आउनेले देखाएको चटक हेर्थ्यौ‌ं। असन, इन्द्रचोकमा कतै साँढे जुध्न थालेपछि तिनका पछाडि टिन ठटाएर साँढेलाई झन् उत्तेजित बनाउँथे केही उरन्ठेउला मानिस। चटक खास गरी हिउँदयाममा शिवरात्रिताका निकै देखिन्थ्यो। रानीपोखरी दक्षिणको हात्तीपाटी यता (सोह्रहाते गणेशस्थानको पूर्व) बाँसको लिङ्गोमा देखाएको चटक हेर्दा म निकै छक्क परेको थिएँ।

चैततिर टँडिखेलमा देखाइने घोडेजात्रा हेर्थ्यौ‌ं। तोप हान्ने ठाउँदेखि रानीपोखरी दक्षिण बाटाको छेउसम्म घोडा कुदाइन्थ्यो बेतोडसँग। साइकलको रेस (दौड) पनि हुन्थ्यो। भित्रैसम्म पुग्ने कोसिस गरेर मैले घोडेजात्रामा हुने खेलहरू हेरेको थिएँ। कहिलेकाहीँ टँडिखेलको मुखमा र धेरैजसो जात्रामात्रामा दोहोरी गीत सुन्थ्यौँ- गीत सुन्ने मानिसहरू दायाँबायाँ झ्वाप्पै हुन्थे।

सार्वजनिक पुस्तकालय कतै देखिएनन्। हामी बाटाको छेउ रूखमुनि बेच्न फिजाएर राखिएका पुस्तक आक्कलझुक्कल हेर्थ्यौ‌ं। काठमाडौँमा बस्ताबस्तै मैले यस्ता रमाइला दृश्य देखें जुन दृश्य मेरो मानसपटलमा गहिरोसँग अङ्कित भए। यहाँ बसेर अध्ययन गर्दागर्दै त्यस्ता विविध दृश्य देखेपछि छक्क परेर हेरेँ। तिनको प्रसङ्ग माथि दिइसकिएकै छ। नयाँ कुरा देख्ता चौचौ लाग्ने नै भयो, उसमाथि छिप्पिदै गएको किशोर उमेर, म एक किसिमले लठ्ठै परें। ती बेला आफूले जेजे देखें एकदमै ठूलो कुरा देखेको अनुभव गरेको थिएँ।

जे देखे पनि, जे भोगे पनि आफ्ना निम्ति ‘आकाशको फल आँखा तरी मर्’ थियो। आफूलाई त उतिखेर साइकल चढ्नु पनि ठूलै कुरा लाग्थ्यो। कोही-कोही लेखक, शिक्षक कम्पाउन्डर, डाक्टर र प्रोफेसरसम्म पनि साइकल चढ्थे र काममा जान्थे। अरू धेरैजसो त पैदलै हिँड्थे। हामीलाई पनि साइकल चढ्न, सिक्न मन लाग्यो।

एक जना आफूभन्दा जेठा साथी थिए- आफ्नै जिल्लाको मङ्गलटारका रोहिणीपसाद मैनाली। उनी साइकल चढेर अड्डा जानु-आउनु गर्थे। उनीसँग राम्रो हिमचिम भएकाले साइकल चढ्न सिकाइदिन भनें। टुँडिखेलको मुख (अहिलेको रत्नपार्क)मा उनले आफ्नै साइकल चढाएर ठेल्दै लगे र ‘ह्यान्डिल यसरी समाउनू, जतातिर साइकल लड्न खोज्छ- त्यहीँनेरि अर्कातिर मोड्नू’ भनेर सिकाए र आफूले पछाडिबाट ठेलिदिए। पचास-साठी मिटर अगाडि गएपछि लडें। दुई-तीन चोटि त्यसो गर्दा निकै आँट आयो।

कमलाक्षीमा र फसिकेबका पनि साइकल भाडामा पाइन्थ्यो। घण्टाको बीसपच्चीस पैसा भाडामा साइकल चढ्यो, एक घण्टामा फर्कियो गर्न थालियो। साइकल लिएर धेरैजसो तीनधाराको खुला चौर र कहिलेकाहीँ टुँडिखेल, सानो टुँडिखेल पुगिन्थ्यो।

पहिले सिक्ता लड्नुबाहेक पछि त्यस्तो लड्नेवर्ने क्रिया भएन। लड्न खोजे गोडा टेकिहालिन्थ्यो। एकपल्ट पानीपोखरीबाट झर्दा तलबाट लहरी आउँदै रहेछ। साइकलमा ब्रेक लगाउन खोज्दा ब्रेक बिग्रिएको रहेछ, लाग्दै लागेन। लहरीबाट जोगाउन खोज्दा साइकल बाटामा किनारापट्टि झाङमा जोतेँछु। हातमा अलिकति दरफर्‍यायो, अरू केही भएन।

एकपल्ट दुइटा साइकल लिएर तीन जना साथी टेबहालभित्र चौरमा गयौं। अलि जान्ने साथी साइकल लिएर नयाँसडकतिर लागे। नरदेवी-नेटपाचोतिरका एक जना पसले साथी र म त्यहाँभित्रै रह्यौँ। ती साथीले ब्रेक लगाउन नजान्दा साइकलको घच्चाबाट एउटा बच्चा लडिहाल्यो, साइकल पनि लड्यो। साथी गल्लीबाट भागे। म पनि मलाई समाउँछन् भनेर टाप कसें।

पछि नयाँसडक जाने साथी आएछन्। उनी अलि पाकाझैँ थिए। टोलेहरूले उनीसँग पो दगलफसल गरेछन्। पच्चीस रुपियाँ तिरेर उनले साइकल लिएर आए। बीस रुपियाँ बच्चा लडाउनेले तिरे। पाँच रुपियाँ ती पसलेसँग लागेको मैले तिर्नपर्‍यो। साइकल चढ्ने सोखमा यसरी एकपल्ट जरिवानासमेत खाइयो। त्यसपछि कुनै घटना भएन। धेरैपछि आफैँले साइकल किनेर निकै वर्षसम्म साइकल चढें। साइकलले मेरो काममा धेरै सहयोग पनि पुर्‍यायो।

-यो पुस्तक अंश हामीले स्व.कृष्णप्रसाद पराजुलीको आत्मकथा शिखरयात्राबाट लिएका हौँ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ११:१२
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ?
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे लिङ्देन आइतबार, असार ७, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्