काठमाडौं– नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन्। विजयी चापागाईं केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट हुन्।
सभापतिमा चापागाईंसहित अरुण न्यौपाने, कृष्ण कार्की संस्थापनइतरबाट उम्मेदवार थिए भने देउवा पक्षबाट सन्तोष न्यौपाने सभापतिको उम्मेदवार थिए।
आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे।
नगर महाधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो।
त्यसैगरी महानगरको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भए भने सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराइ चयन भए। सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।