• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘आमा, दिदी, बहिनी हो’ गीतबारे रामेशको सम्झना– जेबी टुहुरेले पहिलो पटक गाउँदा शब्द मिलेका थिएनन्

रामेश बिहीबार, भदौ १०, २०७८  २२:०६
1140x725

मंजुल, अरिम र म संकल्प गीतियात्राका क्रममा धरान पुगेका थियौँ। हामी मालेको सांस्कृतिक विभागमा थियौँ। पूर्वी भेकतिर गीत गाउँदै हिँड्थ्यौँ। नेकपा मालेको स्थापनाकालकै कुरा हो, यो।

जेबी टुहुरेजी पनि जनपक्षीय गीत गाउँदै हिँड्नुहुन्थ्यो। उहाँसँग अलि अगाडि नै चिनजान भएको हो। तर, उहाँका गीत हामीले सुनेका थिएनौँ। पछि साथीहरुले उहाँको बारेमा बताउनुभयो। त्यसलगत्तै धरानमा भेट भयो। त्यति बेला हामीलाई हाम्रो शक्ति बढेको महसुस भयो। उहाँलाई हाम्रो कार्यक्रममा गीत गाउन अनुरोध गर्‍यौँ।

हामी गीत गाउँदा प्रायः गितार बजाउँथ्यौँ। धरान जाँदा मादल, हार्मोनियम पनि लगेका थियौँ। यी वाद्यवादन बजाउँदै गाउँथ्यौँ। जेबीजी गाउनु मात्र हुन्थ्यो।

त्यतिबेला धरानमा उहाँले ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ, लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ गीत गाउनुभयो। हामीलाई यो गीत निकै मनपर्‍यो। त्यसपछि ‘आमा, दिदी, बहिनी हो, कति बस्छौ दासी भइ’ गीत गाउनुभयो। अरु पनि एक दुई वटा गीत गाउनुभएको थियो।

उहाँलाई सबैभन्दा बढी चिनाएको गीत ‘आमा, दिदी, बहिनी हो’ नै हो। यो गीत उहाँले कुनै पत्रिका वा पुस्तकमा भेट्नु भएको रहेछ। ‘विकल ज्ञवालीले लेखेको गीत’ भन्नुहुन्थ्यो, मसँग। पछि एकदेव ज्ञवालीले लेखेको भन्ने कुरा आयो। त्यति बेला पञ्चायतबाट जोगिनलाई नाम परिवर्तन गर्ने चलन थियो। एकदेव ज्ञवालीले विकलको नाममा लेखेको पनि हुनसक्छ।

यो गीत उहाँको स्वरबाट पहिलो पटक धरानमा भएको कार्यक्रममा नै सुन्यौँ। पहिलो पटक सुन्दा यसका शब्द अहिलेको जस्तो थिएनन्। मलाई यो गीतले नारी जातिको उपहास मात्र गरेजस्तो लाग्यो। लुगा लाएर मक्ख पर्ने, घरमा नै बस्ने, चन्द्रमाको पूजा र प्राथना गर्ने, आफ्नो घरको चुलोचौको मात्र गरेर बस्ने भन्ने विषय मात्र गीतमा थियो। तर, नारीलाई त्यस्तो बनाएको त सामन्ती र पितृसत्तात्मक व्यवस्थाले हो। त्यसकारण महिलालाई हियाएर गीत बनाए जस्तो लाग्यो।

मैले उहाँसँग गीतका केही शब्दमा विरोध जनाएँ। यो गीत हामीहरुलाई नसुहाउने बताएँ। अनि, फेरि हामीले गीतका सबै शब्द सुन्यौँ। मैले कहाँ–कहाँ गलत छ भन्ने कुरा राखेँ। उहाँले त्यसमा सहमति जनाउनुभयो। अनि भन्नुभयो, ‘त्यसो भए यो गीत नगाउने त?’

‘किन नगाउने? गाउने नि! तर, नारीहरुको जिम्मेवारी र बोधलाई सम्बोधन गरेर अपमान र विभेदको जालो तोड्न उठ्न आह्वान गरेर गाउने,’ मैले भनेँ। उहाँ खुसी हुनुभयो।

nimb
nimb
Ncell 2
Ncell 2

गीतका शब्दले त्यति बेलाको महिलाको अवस्थालाई देखाएको थियो। अब त्यसमा विद्रोहका लागि आह्वान गर्नुपर्ने थियो। किनभने, नारीलाई राम्रो लुगा दियो भने मक्ख पर्ने, साँघुरो घेरामा मात्र रमाइरहने भनेर चित्रित गर्नु पितृसत्ताकै समर्थन हो।

गीतका शब्दले त्यति बेलाको महिलाको अवस्थालाई देखाएको थियो। अब त्यसमा विद्रोहका लागि आह्वान गर्नुपर्ने थियो। किनभने, नारीलाई राम्रो लुगा दियो भने मक्ख पर्ने, साँघुरो घेरामा मात्र रमाइरहने भनेर चित्रित गर्नु पितृसत्ताकै समर्थन हो। उनीहरु त आफ्ना सन्तानलाई योग्य बनाउने र यो सृष्टिलाई बाटो देखाउने अगुवा हुन्। हामी जागरणमा हिँडेका मान्छे थियौँ, त्यसैले अन्तिममा नारीलाई ‘अब उठ’ भनेर आह्वान गर्नुपर्ने मेरो तर्क थियो।

हामी सँगै बसेर गीतका शब्द पुनर्लेखन गर्‍यौं।

आफ्नै कमाइ खान्छन्, आफ्नै पौरख बाँच्छन्, ज्ञानगुनका शिक्षा दिन्छन्, तर पनि अँध्यारोमा जीवन बिताउँछन् जस्ता वाक्यहरुलाई मिलाएर राख्यौँ। सुरुवातका पाँच ६ लाइन बनायौँ। ती लाइन मैले नै लेखिदिएको हुँ। त्यसपछि अन्तराको सुरुमा उहाँले पत्रिकामा जे भेट्नुभएको थियो, त्यही भयो। तर, अन्तिममा हामीले बनाउन पाएनौँ। केही काम परेर उहाँ जानुभयो।
हामी पनि धरानबाट हिँड्यौा।

मैले बनाएका गीतका सुरुका लाइन यस्ता छन्-

आफ्नै पौरख खान्छन् ।
आफ्नै सीपमा बाँच्छन् ।
दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन् ।
असल महान व्यक्तिहरू यिनैले जन्माउँछन् ।
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् ।
तर पनि अँध्यारोमा जीवन बिताउँछन् ।
आमा, दिदीबहिनी हो कति बस्छौ दासी भई सुख्को सधैँ प्यासी बनेर...

गीतका पछाडिका लाइन जेबीजीले धरानका कवि बम देवानसँग बसेर बनाउनुभएछ। उहाँले मलाई सुनाउनुभयो। गीत एकदमै राम्रो भएछ।

जेबीजीलाई परिचित गराउने गीत नै भयो, यो। सबैको जिब्रोमा झुन्डिने भयो।

पछि त मञ्जुल र मैले पनि विभिन्न ठाउँमा उहाँको यो गीत गाएर हिँड्यौँ। त्यति बेला निम्न मध्यम वर्गीय समाजमा पनि महिलाको अवस्था राम्रो थिएन। उनीहरु चुलोचौकोमा मात्र सीमित थिए। अनि हामीलाई ‘महिलालाई भाँड्न खोजेको, घर बिगार्न खोजेको’ भनेर बौद्धिक आक्रमण भयो।

यो पनि पढ्नुहोस्

ओ धरान! जेबी टुहुरे आउँदैनन् अब

तर, हामीले डटेर सामना गर्‍यौँ। हामीले घर भाँड्न खोजेको नभइ महिलालाई सम्मान दिने र अवसर पनि दिने गर्दा परिवारकै इज्जत बढ्छ भनेर भनिरह्यौँ।

यो गीत पञ्चायतकालमा गाउँ र शहरतिर गाएर मात्र हिँडिएको थियो। २०४६ सालपछि जेबीजीले यो गीतलाई रेकर्ड गराउनुभयो। त्यसपछि कालजयी भयो।

जेबी टुहुरे ठूलो संघर्षले यहाँसम्म आएको मान्छे हो। उहाँका गीतले जनताको जागरणका लागि ठूलो योगदान गरेका छन्। उहाँसँग मिलेर हामीले पञ्चायतविरुद्ध चलाएको अभियान अहिले पनि याद आउँछ। यो अभियान जारी रहोस् भन्ने हाम्रो चाहना छ।

हामीले यसरी चलाएको अभियानबाट नै अहिले नेताहरु सत्तामा पुगेका हुन्। तर, उनीहरुले महिलालाई र सीमान्तकृत समुदायलाई उत्थान गर्न कुनै अभियान चालेनन्। उनीहरुले यी गीतलाई भर्‍याङ मात्र बनाए। यो दुःखको कुरा हो।

-रामेशसँगको कुराकानीमा आधारित

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
पहिलो अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपाल ‘ए’ ४५ रनले विजयी बिहीबार, वैशाख २४, २०८३
लिज सम्झौता नगरेका सरकारी जग्गा खाली गर्न सरकारको परिपत्र बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्