• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

जनअपमान रोक देउवा, जनतासँग माफी माग

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  १८:२१
1140x725

काठमाडौं- बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अचाक्ली विवादित बनेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन्। मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको सो अध्यादेश सिफारिस हुनसाथै तीव्र विवादमा परेको थियो। झण्डै २४ घण्टा ‘कानुनी परामर्शका लागि’ राष्ट्रपतिले ‘होल्ड’ गरेको अध्यादेश अन्ततः जारी भएरै छाड्यो। अब हाम्रो लोकतन्त्र र शिशु गणतन्त्रको अभ्यासमा यसका ‘बाइप्रडक्ट’ हेर्न हामी सबै अभिशप्त हुनुपर्नेछ।

अध्यादेश जारी गर्ने विषय स्वयंमा असंवैधानिक होइन। त्यही भएर पनि संविधानले यसको परिकल्पना गरेको छ। तर, मंगलबार मन्त्रिपरिषद्‌बाट सिफारिस भएर बुधबार जारी भएको यो अध्यादेशसँग जोडिएका सम्भावित घटना र परिणामहरुको आलोकमा विषयलाई हेर्नु र बुझ्नुपर्ने हुन्छ। अहिले जारी भएको अध्यादेश निश्चित उद्देश्यबाट प्रेरित छ। अझ भनौं, स्वार्थको जोडघटाउप्रेरित छ। खासगरी आन्तरिक संकटको चरम अवस्थाबाट गुज्रिइरहेको प्रमुख प्रतिपक्ष नेकपा एमालेको माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई नयाँ पार्टी खोल्न सहजीकरण गर्ने गरी यो अध्यादेश ल्याइएको छ।

लोकतन्त्रमा दल बन्छन्, टुक्रिन्छन् पनि। यसलाई स्वभाविक प्रक्रिया मानिन्छ। एमालेका माधव नेपाल वा जसपाका महन्थ ठाकुर चित्त नबुझेको पार्टीमा रहिरहनुपर्छ भन्ने पनि होइन। उनीहरुले आफूलाई मन लागेको पार्टीबाट उपलब्ध संवैधानिक तथा कानुनी प्रावधान अनुसार राजनीति गर्न सक्छन्। त्यसका लागि दल विभाजन गर्ने, अर्को पार्टीमा गाभिने वा नयाँ पार्टी खोल्ने निश्चित प्रावधान राजनीतिक दल सम्बन्धी ऐनमा छँदैछ। भन्नुको तात्पर्य अध्यादेश जारी नहुँदा पनि उनीहरुको संवैधानिक र कानुनी अधिकार कुण्ठित हुँदैन।

नयाँ अध्यादेश ल्याउनुको तात्पर्य एउटै देखिन्छ। त्यो हो– अब कुनै पनि पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत सदस्य जुटाएर पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ। जबकि जनताका प्रतिनिधिले बनाएको कानुन अर्थात् राजनीतिक दलसम्बन्धी ऐनमा कुनै पनि पार्टी विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैतर्फ ४० प्रतिशत सदस्य आवश्यक पर्ने प्रावधान थियो। अध्यादेशमार्फत् यसलाई बदलेर जस्तो प्रावधान राख्न खोजिएको छ, त्यसले अब पार्टीहरु जहिले पनि जसरी फुट्न सक्ने नजीर स्थापित गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको मर्म के थियो भन्ने कुराको समेत अर्थ नहुने बनाएको छ। पार्टी विभाजनका लागि यति खुलुको प्रावधान यसअघि कहिल्यै थिएन।

ऐनमा भएको प्रावधानविपरीत गत वर्ष, २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ऐनको प्रावधान बदल्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुर्‍याए पार्टी विभाजन गर्न सकिने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए। त्यतिबेला अध्यादेश ल्याइनुको उद्देश्य समाजवादी पार्टी विभाजन गराउने थियो। आफ्नो दल नेकपाभित्र ठूलो समस्यामा परेका ओली समाजवादी पार्टी फुटाएर एउटा हिस्सालाई नेकपामा भित्र्याउन चाहन्थे। तर, राष्ट्रपतिबाट जारी भइसकेको सो अध्यादेशको बिरोध यति चुलियो कि ओली त्यसलाई फिर्ता लिन बाध्य भए। सत्तामा रहँदा अध्यादेशको आडमा असीमित शक्तिअभ्यास गर्ने ओलीको त्यही सूत्रलाई प्रयोग गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेओलीकै दल एमाले फुटाउन अध्यादेशको डण्डा चलाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

देउवाको यो शैली पहिलो दृष्टिमै आपत्तिजनक र खेदजनक छ। हिजो ओलीले अपनाएको शैली सर्वथा अनुचित थियो, ओलीको विकल्प बनेर आएका देउवाको यो कदम त्योभन्दा पनि आपत्तिजनक छ। त्यसबेला ओलीले गल्ती स्वीकार नगरे पनि तीव्र बिरोधपछि अध्यादेश जारी गरेको चौथो दिनमै फिर्ता लिने निर्णय गरेका थिए। त्यसबेला ओली सरकारले ल्याएको अध्यादेशको धुँवादार विरोध गर्नेमा देउवा नै थिए। तिनै देउवाले त्यसबेलाको आफ्नै मान्यता चटक्कै भुलेर ओलीको त्यही पथ अंगालेका छन्। बिडम्बना कस्तो भने यतिबेला सत्तापक्षको यो गलत कदमको विरोध गर्ने नैतिक बल प्रमुख प्रतिपक्ष एमालेसँग छैन। अनि, आफ्नो कदमको बचाउ गर्ने नैतिक बल सत्तापक्षसँग पनि छैन।

यसको सबभन्दा डरलाग्दो पक्ष के हो भने अब सत्तामा हुनेहरुले प्रतिस्पर्धी पार्टीलाई विभाजनका लागि पहल गर्न अपनाउने अध्यादेशको हतियार परम्पराको रुपमा स्थापित हुने खतरा बढेको छ। हिजो ओलीले अध्यादेशमार्फत् ४० प्रतिशतमा ‘वा’ राखेर गरेको त्यसको सुरुआत देउवासम्म आइपुग्दा २० प्रतिशतमा झरेको छ, अनि ‘वा’ थपिएको छ। यो कुन हद्सम्म गलत अभ्यास हो भने भोलि कसैले २० प्रतिशतको ठाउँमा १५ वा १० वा ५ प्रतिशत संख्याले पनि पार्टी विभाजन हुने निर्णय गर्न सक्छ। त्यसबेला लोकतन्त्रमाथि हुने योविघ्न भद्दा मजाकको बिरोध गर्ने नैतिक बल एमाले, कांग्रेस, माओवादीसहितका दलमा बाँकी रहनेछैन। र, अन्ततः हाम्रो दलीय प्रणाली र लोकतन्त्रिक अभ्यास नै मजाक बन्न पुग्नेछ।

अर्को बिडम्बना के भने यसले दलहरुभित्रको आन्तरिक संघर्षलाई त्यहीँभित्रको प्रचलित परिपाटी र विधानमा भएका व्यवस्थाअनुसार हल खोज्ने कुरामा प्रोत्साहित गर्दैन। हाम्रा जस्ता कमजोर लोकतान्त्रिक चेत भएका पार्टी र तिनका नेतृत्वलाई लोकतान्त्रिक अभ्यासमै पारंगत बनाउन अपरिहार्य रहेका बेला दलहरु चिराचिरा पार्ने अभ्यासमा उत्प्रेरित गर्ने ‘परम्परा’ स्थापित गर्नु सर्वथा अनुचित छ। किनभने यो निश्चित दलभित्रको समस्या र निकाससँग जोडिएको विषय मात्र होइन। यो त हाम्रो व्यवस्था र प्रणालीसँग सिधै जोडिएको सवाल हो।

दल विभाजनका लागि विगतमा उपलब्ध सहज प्रावधानहरुले हाम्रो दलीय प्रणाली र लोकतन्त्रलाई कसरी कमजोर बनाउँदै लगे र दल तथा तिनका नेताहरुले कसरी आफ्नै सार्वजनिक छवि धुमिल पारे भन्नेबारे आम नेपाली जत्तिको जानकार अरु कोही छैनन्। त्यसैले संविधान सभाले संविधान बनाएपछि राजनीतिक दल सम्बन्धी ऐनमा दल विभाजनका लागि निरुत्साहित गर्न केही कठोर प्रावधान राखिएका थिए। खासगरी दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्‍याउनैपर्ने व्यवस्थाले पछिल्लो समय दल विभाजन हुने क्रम रोकिएको थियो। अस्थिरताको शिकार बनेको हाम्रो शासनव्यवस्था, राजनीति र त्यसको मारमा परेको विकास र समृद्धिको आकांक्षालाई फेरि सही दिशामा फर्काउन गरिएको यस्तो व्यवस्थाले स्थिरतातर्फ डोर्‍याउने आशा जगाएको थियो। त्यो, पार्टीभित्रका असझदारीहरुमा लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्न प्रेरित गर्ने प्रयास पनि थियो। तर, अध्यादेश जारी गर्ने पछिल्लो प्रतिस्पर्धाले हामीले असल नियतसहित सुरुआत गरेको अभ्यासलाई नै खलबल्याउने चिन्ता देखापरेका छन्।

हाम्रो राजनीतिक नेतृत्वको बिडम्बना नै यही हो कि उसले सत्ताभन्दा पर केही देख्न सकेन। यथार्थ के हो भने सत्ता र त्यसका निमित्त गरिने जोडघटाउ अस्थायी मात्र हुन्। मुल कुरा राजनीति हो र त्यसले स्थापित गर्ने मूल्यमान्यता हो। तर, मुलुकको प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउने निहित स्वार्थनिम्ति यो सबैको हद पार गर्ने सुरुआत हिजो भयो, आज थप झांगिएर गयो। यसअर्थमा दल विभाजनको प्रावधानलाई नै मजाक बनाउने प्रधानमन्त्री देउवाको कदमले उनलाई अभिभावकको भूमिकामा रहने मुलुकको प्रमुख कार्यकारी होइन, घर झगडामा ‘तेल थप्ने’ जस्तो पात्रमा सीमित गरिदिएको छ।

हिजोको ओली–पथमा हिँड्ने देउवाको यो रुझान आपत्तिजनक छ जसको जति भर्त्सना गरे पनि पुग्दैन। आफूलाई मुलुककै जेठो लोकतान्त्रिक पार्टी दाबी गर्ने कांग्रेस र त्यसको पनि नेतृत्व गरिरहेका प्रधानमन्त्री देउवाले अहिले चलिरहेको विमर्श र आइरहेका सुझावको हेक्का राखेर जारी भइसकेको अध्यादेश फिर्तीका लागि अर्को सिफारिस गरुन्। लोकतन्त्र अनि नागरिकको अपमानतर्फ अघि बढेका देउवाले अध्यादेश फिर्तासँगै यो गल्तीका निम्ति जनतासँग माफी मागून्। त्यसले नै उनी र उनले नेतृत्व गरिरहेको लोकतान्त्रिक दलको छवि थप धुमिल हुनबाट जोगाउनेछ।

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्