काठमाडौं- पार्टीको वैधानिकता बचाउन भन्दै नेपाली कांग्रेसका युवा नेताहरूले संविधान र दलको विधान सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।
प्रधानमन्त्री समेत रहेका देउवालाई उनको निवासमा विद्यार्थी नेताहरुले विधान र संविधान बुझाएका हुन्। नेपाली विद्यार्थी संघका वर्तमान र पूर्वपदाधिकारीले समयमै महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिने उद्देश्यले संविधान र विधान बुझाइएको बताएका छन्।
सभापतिलाई सांकेतिक रुपमा ‘नेपालको संविधान र कांग्रेसको विधान’ बुझाइएको विद्यार्थी नेता डिल्लीराम सुवेदीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।