• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

राजा महेन्द्रको निधनपछि बुबाले मार्गदर्शक गुमाउनुभयो [पुस्तक अंश]

64x64
नेपाल लाइभ बिहीबार, साउन २८, २०७८  १३:०५
1140x725

२०२४ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायतको चुनाव हारे पनि बुबाले चार वर्षपछि हुने चुनावमा पुनः भाग लिने अठोट गरिसक्नुभएको थियो। यसबिच राजा महेन्द्रसँग पनि त्यसबारे बुबाको कुरा भइसकेको थियो। त्यस पटक बुबाले सघन रुपमा चुनावको तयारी गर्नुभयो। विभिन्न जिल्लाको भ्रमण गरी मतदाताहरुसँग प्रत्यक्ष सम्पर्क राख्नुभएको थियो। साथै, नेपाल भूपू सैनिक सङ्गठनका केन्द्रीय अध्यक्ष तथा अगिल्लो चुनावका विजयी उम्मेदवार श्रीधरशमशेर राणासँग बुबाले चुनावी तालमेल पनि गर्नुभएको थियो। दुई सिटका लागि हुने चुनावमा बुबा र राणाको प्यानल नै बन्यो।

त्यस पटकको चुनाव संयोगवश मकवानपुर जिल्लाको सदरमुकाम भीमफेदीमा हुने भएको थियो। वर्गीय सङ्गठन चुनावको परिणामले राष्ट्रिय राजनीतिको सन्तुलनमा समेत प्रभाव पर्ने भएकाले पञ्चायतका तत्कालीन हस्तीहरु सूर्यबहादुर थापा, डा. तुलसी गिरी, राजेश्वर देवकोटा आफै मैदानमा उत्रिएर प्रचारप्रसारमा लागेका थिए।

सूर्यबहादुर थापाका सहोदर भाइ मेजर हरेन्द्रबहादुर थापा पनि उमेदवार थिए। सूर्यबहादुर उनको पक्षमा वकालत गर्ने नै भए तर बुबाको पक्षमा कुनै पनि हस्तीहरु खुलेर लागेका थिएनन्। हुन त राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका मेरा सहकर्मीहरु चुनावको प्रचारप्रसारमा सहयोग गरिरहेका थिए तर हाम्रा गतिविधि नितान्त सतही भए। त्यसले मतदातालाई कुनै प्रभाव पार्न सकेको थिएन।

चुनावको दिन नजिकिँदै गर्दा सरगर्मी बढेको थियो। मतदाताहरुलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले विभिन्न हतकन्डा उपयोग गरिरहेका थिए। पैसाको व्यापक दुरुपयोग भइरहेको थियो। बुबाको भने कुनै त्यस्तो अस्त्र थिएन। विचार, व्यक्तित्व र सेनामा रहँदा गरेका असल काम नै बुबाको मुख्य शक्ति थियो।

भूपू सैनिकहरुका निमित्त गरिने र गर्नुपर्ने कार्ययोजना समेटेर बुबाले आफ्नो घोषणापत्र तयार गर्नुभयो, त्यही नै बुबाको भोट माग्ने आधार थियो। आवासको सुविधा नभएका केही मतदातालाई हाम्रो हेटौंडा घरमा बस्ने व्यवस्थासम्म गरिएको थियो।

भीमफेदीमा हरेन्द्रबहादुर पक्षधरहरुबाट विरोध र अपमान सहनुपरेपछि अन्तिम घडीमा आएर बुबाका चुनावी सहकर्मी श्रीधरशमशेर राणा प्रतिस्पर्धाबाट अलग्गिए। त्यसबाट बुबाको चुनावी अभियानमा समेत नकारात्मक प्रभाव पर्न गयो।

चुनावको अगिल्लो दिन रसुवा जिल्लाका छ जना मतदाता हाम्रो हेटौंडा घरमा वास बस्न आए। साँझ घरमा सुतेका उनीहरुलाई कति बेला, कसले, कतै लगिसकेछन्। बिहान उनीहरु भेटिएनन्। ती बुबाका प्रतिबद्ध मतदाता भएकाले कसैले अपहरण गरेर वा प्रलोभनमा पारेर लगेको हुनुपर्छ। त्यस पटकको चुनावमा पनि बुबा तीन मतको अन्तरले पराजित हुनुभयो। रसुवाका ती छ जना भोटरहरुलाई राम्रो निगरानी राख्न सकेको भए बुबाको जित निश्चित थियो।

भीमफेदीमा भएको चुनावमा पराजित भएर बुबा हेटौंडा फर्कंदै हुनुहुन्थ्यो। सधैंझैँ त्यस पटक पनि म बुबासँगै थिएँ। मोटरमा सँगै रहेका सहयोगीहरु बुबालाई सान्त्वना दिँदै थिए। प्रतिद्वन्द्वीहरुको चलाखी भनौं वा बदमासीको आलोचना गर्दै थिए। हाम्रा कमजोरीहरुको पनि विश्लेषण हुँदै थियो। बुबा मौन हुनुहुन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस पटकको पराजय बुबालाई अलि बढी नै पीडादायी भएको महसुस भयो। फेरि तयारी गरेर अर्को चुनावमा भाग लिने ऊर्जा गुमाउनुभए जस्तो देखिन्थ्यो। उमेर, आर्थिक अवस्था र परिवर्तित राजनीतिक परिस्थितिले अर्को प्रतिस्पर्धाका लागि साथ दिँदैन कि भन्ने कुरा बुबाको मनमा खेलिरहेको हुनुपर्छ।

चुनाव जितेर राजनीतिक क्षेत्रबाट राष्ट्र र जनताको सेवा गर्ने सपना फेरि पनि चकनाचुर भएकोमा दुःखी भएको भाव अनुहारमा झल्किरहे जस्तो लाग्थ्यो। बुबा हरेस खाने मान्छे त होइन तर उहाँलाई ‘परिस्थिति प्रतिकूल हुँदै गएको’ लागेको हुनुपर्छ।

त्यो चुनावले बुबालाई डेढ लाख रुपैयाँको ऋणी पनि बनाएको थियो। आफन्तसँग लिएको ऋण तिर्ने चिन्ता पनि मिसिएको हुनुपर्छ बुबाको मौनतामा। बुबालाई म अत्यन्त सम्मान गर्थें, बुबा मेरो आदर्श हुनुहुन्थ्यो।  अत्यन्त दृढ र स्वाभिमानी बुबाको अनुहारमा त्यस बखत अभिव्यक्त पीडा सायद नजानिँदो ढङ्गले म अनुभूत गरिरहेको थिएँ। कहाँ, कताबाट कुन साहस आयो मलाई थाहा छैन, अनायास मेरो मुखबाट निस्कियो— “बुबा ! चिन्ता नगर्नोस्, हजुरको सपना म पूरा गर्छु।”

००

Xtrem

Xtrem

२०२८ माघ १७ गते बिहान सबेरैदेखि आकाशमा कालो बादल मडारिइरहेको थियो। आकाश कालो हुनु कुनै नौलो कुरा होइन तर माघ महिनामा त्यो दृश्य अलि असाधारण थियो। बुबाले सधैंझैँ सात बजेको समाचार सुन्न रेडियो नेपाल खोल्नुभयो। रेडियोमा समाचार होइन, शोक धुन बजिरहेको थियो।

एकछिनपछि रेडियोले समाचार दियो— ‘श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेवको हृदयघातबाट बिहान ३:४५ बजे चितवनको दियालो बङ्गलामा स्वार्गारोहण भयो!’

बुबाले पत्याउन सक्ने कुरै भएन तर रेडियो नेपालमा निरन्तर शोक धुन बजिरह्यो। बिच बिचमा राजाको निधनको खबर दोहो-याइरहेको थियो। चारैतिर सन्नाटा छायो तर नहुनुपर्ने भइसकेको थियो। आधुनिक नेपालका युगपुरुष राजा महेन्द्रको ५२ वर्षको उमेरमा महायात्रामा प्रस्थान भइसकेको थियो।

पश्चिम नेपालको भ्रमणपछि राजा महेन्द्र बडामहारानी रत्नसहित केही दिनअगि चितवनको दियालो बङ्गलामा विश्राम गर्न पुगेका थिए। देशको विशिष्ट परिस्थिति विश्लेषण गर्दै राजा महेन्द्र केही महिनादेखि महत्वपूर्ण राजनीतिक परिवर्तनको तयारी गरिरहेका थिए। दलहरुमाथिको प्रतिबन्ध फुकुवा गर्ने, पञ्चायती व्यवस्थाको परिधिभित्र बालिग मताधिकारका आधारमा संसद्को निर्वाचन गर्ने तथा संसद्बाट निर्वाचित व्यक्ति प्रधानमन्त्री हुने प्रणाली कायम गर्ने सोचाइ राजाले बनाइसकेको थिए।

तत्कालीन प्रधानमन्त्री कीर्तिनीधि विष्ट र कानुन मन्त्री वरिष्ठ कानुनवेत्ता शम्भुप्रसाद ज्ञवालीलाई त्यसबारे तयारी गर्न जिम्मेवारी दिइएको थियो। सो विषयमा परामर्शका लागि नेपाली कङ्ग्रेसका नेता सुवर्णशमशेर राणालाई चितवन बोलाइएको थियो। सुवर्णसँगको परामर्शपछि बीपी कोइरालालाई बोलाइने सङ्केत दिइएको थियो। तर, नियतिले परिस्थितिलाई अनायास नयाँ मोड दियो।

नेपालको संवैधानिक व्यवस्था र राजपरम्पराअनुसार राजगद्दी खाली राख्नु हुँदैन। तदनुरुप काठमाडौंमा राजा महेन्द्रका ज्येष्ठ सुपुत्र युवराज वीरेन्द्रलाई नेपाल अधिराज्यको नयाँ श्री ५ महाराजाधिराज घोषित गरियो। हनुमानढोकाको नासलचोकमा एक समारोहबिच बडागुरुज्यूले राजा वीरेन्द्रलाई श्रीपेच पहिराउनुभयो। श्री ५ वीरेन्द्र नेपाल एकीकरणपछि शाह वंशका दशौं राजा हुन्। उनको राज्यारोहणसँगै नेपाल नयाँ युगमा प्रवेश ग-यो।

राजा महेन्द्र चितवनमा रहेको बेला समसामयिक विषयमा राजासमक्ष सुझाव पेस गर्न बुबाले पनि भरतपुर जाने तयारी गरिरहनुभएको थियो।

राजा महेन्द्रको असामयिक निधनले बुबाको जीवनमा ठुलो धक्का लाग्यो। लामो समय सान्निध्यमा रहेर काम गरेको हुँदा राजाप्रति बुबाको स्वाभाविक आत्मीयता र सम्मान थियो। राजा महेन्द्रको राष्ट्रप्रेम एवं दूरदर्शी र साहसिक व्यक्तित्वबाट बुबा अत्यन्त प्रभावित हुनुहुन्थ्यो।

सैनिक सेवाबाट अवकाश भएपछि पहाड घर जान लागेका बुबालाई राजाले रोकेर दरबारको घरकाज, कोटीहोम र पछि बडाहाकिमको जिम्मेवारी दिएका थियो। पूर्व–पश्चिम राजमार्ग जस्तो ऐतिहासिक महत्वको निर्माण आयोजना कार्यान्वनमा भरोसा गर्नुभयो। राजनीतिमा क्रियाशील हुन अभिप्रेरित गर्नुभयो। डिल्लीबजारको घर मर्मत गर्न नखुको पुरानो घरबाट इँट, काठ आदि सहयोग गर्नुभयो। हेटौंडामा जग्गा दिनुभयो। पटक पटक भएका भेटघाटमा महत्वपूर्ण मार्गदर्शन दिनुभयो। राजाको निधनको केही दिनसम्म तिनै परिदृश्यहरु बुबाको मन, मस्तिष्क र आँखामा घुमिरहेका थिए।

भेट हुन नसकेमा लेखेर पनि आफ्नो विचार पेस गर्न राजाले बुबालाई निर्देशन दिनुभएको थियो। त्यसैले राजा महेन्द्रलाई समसामयिक परिस्थिति एवं जनताको चाहनाबारे बुबा निरन्तर बिन्त्रीपत्रमार्फत जानकारी गराउनुहुन्थ्यो। पहिले पहिले डिल्लीबजारमा हुँदा सुब्बाबुबा भीमबहादुर अधिकारी बुबाका बिन्तीपत्र लेखिदिनुहुन्थ्यो। बुबा हेटौंडा गएपछि भने सो काम मैले गर्न थालें। बुबा बुँदाहरु टिपाइदिनुहुन्थ्यो। म बिन्तीपत्र तयार गर्थें र बुबाको निर्देशनबमोजिम कहिले हुलाकबाट पठाउँथें, कहिले दरबारका सचिवलाई बुझाउन आफै लैजान्थें।

राजाको निधनबाट शोकसन्तप्त बुबाले परम्परा निर्वाह गर्दै कपाल खौरनुभयो। हाम्रो बुबाले आफ्नो मार्गदर्शक वा ‘मेन्टर’ गुमाउनुभयो।

(राप्रपा अध्यक्ष कमल थापाका बुवा अवकाशप्राप्त कर्णेल छत्रबहादुर थापाबारे लेखिएको पुस्तक 'एकपटकको सैनिक जीवनभरको सैनिक' पुस्तकको अंश। पुस्तक बिहीबार विमोचन हुँदैछ।)

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्