फाइल तस्वीर।
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेताको बैठक बोलाएका छन्। अहिले देउवाको नीजि निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ।
बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने अजेण्डामाथि छलफल गर्न शीर्ष तहका नेताको बैठक बोलाइएको हो। बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ।
शीर्ष तहमा सहमति खोज्नका लागि आजसम्मको समय निर्धारण गरिएको थियो। भदौ १६ देखि १९ सम्म तोकिएको कांग्रेस महाधिवेशन नहुने सम्भावना बढ्दै गएको छ। महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकामाथि छलफल गर्न बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ।
पार्टीमा क्रियाशील विवाद थप बढ्दै गएको छ। ९८ प्रतिशत क्रियाशील सदस्यता टुंगिएको छानविन समितिले दाबी गरेको छ। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले करिब ४० जिल्लामा समस्या रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।