• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सरकारी सेवामा ४१ वर्ष बिताएका स्वास्थ्यकर्मीको अनुभव– ‘सुत्केरीको उपचार गर्दा सुनपानी छर्किदिए’
रिता लम्साल मंगलबार, साउन १९, २०७८  ०७:०१
1140x725

काठमाडौं– गुल्मीका चुडामणि भण्डारी २०३५ सालमा सीएमए पढ्दै थिए। त्यहीबेला सुत्केरी भएकी उनकी ठूलीआमालाई ज्वरोले सतायो। गाउँमा स्वास्थ्यकर्मी बस्दैन थिए। सुत्केरीलाई कसैले छुन नहुने मान्यताका कारण उपचार हुन सकिरहेको थिएन। सुत्केरीलाई स्वास्थ्य सेवा दिन पुरुष स्वास्थ्यकर्मीका लागि सहज पनि थिएन।

भण्डारी लगौटी लगाएर ठूलीआमा बसेको कोठामा गए। उपचार गरे। अनि सुनपानी छर्किएर चोखिएपछि मात्र बाहिर निस्किए। उनी भन्छन्, ‘पहिला–पहिला सुत्केरीलाई छुन हुँदैन भनिन्थ्यो। आफ्नै घरमा ठूलीआमाले उपचार नपाउने अवस्था आएपछि मैले हिम्मत गरेको थिएँ। स्वास्थ्यको अवस्था त्यस्तो थियो।’

उनी सीएमए पढ्दै गर्दा अर्को घटना पनि भयो। पढ्न थालेको ६ महिना मात्र पुगेको थियो। आफैँ बिरामी परे। गाउँको स्वास्थ्यचौकी गए पनि स्वास्थ्यकर्मी भेटेनन्। अनि पाँच दिनसम्म आफूलाई आफैँले सुई हाने। ‘गाउँमा स्वास्थ्यकर्मी नै बस्दैन थिए, मेरा लागि विकल्पै थिएन,’ उनी भन्छन्।

२०३० को दशकमा गुल्मीमा स्वास्थ्य सेवा प्रवाहको अवस्था निकै कमजोर थियो। त्यतिबेला स्वास्थ्य सेवामा पहुँच नहुँदा सामान्य झाडापखालाको समस्या पनि विकराल बन्थ्यो। आफ्नो गाउँमा स्वास्थ्य सेवाको पहुँचको अवस्था कमजोर देखेका भण्डारीले स्वास्थ्यसेवामै काम गर्ने सोच बनाएका थिए। उनको सोचलाई परिवारले पनि साथ दियो। सीएमए अध्ययनपछि २०३६ सालमा स्वास्थ्यसेवा विभागबाट अस्थायी जागिर गरे।

२०३८ सालमा स्थायी स्वास्थ्यकर्मी बनेका भण्डारी सिएमए, एचए हुँदै हेल्थ म्यानेजर भए। त्यसपछि पनि निरन्तर उनको वृत्तिविकास भइरह्यो। त्यसका लागि मकवानपुर पुगे। २०३८ सालमा स्थायी भएपछि सिन्धुपाल्चोक सरुवा भयो। त्यसपछि गण्डकी अस्पताल, पोखरा, स्वास्थ्य सेवा विभाग हुदै करिब १२ वर्षजति स्वास्थ्यकर्मीको रुपमा विभिन्न ठाउँमा काम गरे।

उनले हेल्थ असिस्टेन्ट (एचए)को कोर्ष गरे। एचए अध्ययनपछि उनको पोष्टिङ बुटवल र गुल्मीका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा भयो। त्यसपछि उनी फेरी स्वास्थ्य सेवा विभाग आए र बीपीएच अध्ययन गरे।

उनले जनस्वास्थ्य अधिकृत भएर १० वर्षजति ‘हेल्थ म्यानेजर’को रुपमा काम गरे। त्यतिबेला बाजुरा, डोटी, दोलखा लगायतका जिल्ला, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शाखा तथा महाशाखामा काम गरे।

भण्डारीले हालै मात्र सरकारी सेवाबाट अवकाश पाएका छन्। जागिरे जीवनमा उनी स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकदेखि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण केन्द्रको निर्देशक समेत भए। अवकाशपछि अब उनको लक्ष्य छ, एमफिल पढ्ने।

Ncell 2
Ncell 2

उनले सरकारी स्वास्थ्य सेवामा ४१ वर्ष बिताए। अब अवकाशको जीवन निस्क्रिय बिताउन चाहँदैनन्। अध्ययन गर्ने। सक्रिय बनिरहने। तर, फेरि कुनै जागिर गर्ने सोच भने छैन।

गुल्मीमा जन्मिएका भण्डारीले कक्षा ८ सम्म गुल्मीको शारदा निमाविमा अध्ययन गरे। त्यसपछि पाल्पाको पद्म पब्लिक माविमा कक्षा ९ मा भर्ना भए। २०३४ सालमा त्यही विद्यालयबाट एसएलसी गरे।

‘स्वास्थ्य सेवामा पहुँच बढेको छ’
२०३० को दशक र अहिलेको स्वास्थ्य सेवाको अवस्था तुलना गर्दा धेरै परिवर्तन भइसकेको भण्डारीको अनुभव छ। २०३०–४० को दशकमा ग्रामीण जिल्लाहरुमा खोपको सहज उपलब्धता थिएन। भण्डारी पनि आफ्ना छोराछोरीलाई खोप लगाउन एक दिनभन्दा बढी हिँडेर गुल्मीबाट पाल्पा पुगेका थिए। तर, अहिले कम्तिमा एक–डेढ घण्टा हिँड्दा खोप सेवा जिल्लाभित्रै पाइन्छ। 

२०३०–४० को दशकमा ग्रामीण जिल्लाहरुमा खोपको सहज उपलब्धता थिएन। भण्डारी पनि आफ्ना छोराछोरीलाई खोप लगाउन एक दिनभन्दा बढी हिँडेर गुल्मीबाट पाल्पा पुगेका थिए। तर, अहिले कम्तिमा एक–डेढ घण्टा हिँड्दा खोप सेवा जिल्लाभित्रै पाइन्छ।

स्वास्थ्य सेवामा अहिले जनताको पहुँच बढेको भण्डारी बताउँछन्। ‘अहिले कम्तीमा जिल्लाभित्र नै खोप लगाउन सक्ने अवस्था छ, परिवार नियोजनका साधनको उपलब्धता छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा छन्, कहीँ त चिकित्सक पनि छन्।’

स्वास्थ्य सेवाको गुणस्तर पनि बढेको उनले बताए। पहिला पहिला स्वास्थ्य सेवा प्रवाहका लागि निजी क्षेत्र थिएन। तर, अहिले स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी बढेको छ। यसरी निजी क्षेत्रको लगानी बढ्दा त्यसका गुण र अवगुण दुवै  भएको उनी बताउँछन्। ‘कोरोना महामारीको बेला टेकु अस्पतालको सेवा प्रवाह र निजी अस्पतालको सेवा प्रवाह तुलना गर्न सक्छौं, सरकारले दिने र निजी क्षेत्रले दिने स्वास्थ्य सेवा तथा गुणस्तर मात्र होइन मूल्यबारे पनि कोरोनाको संकटमा छर्लङ्ग भयो,’ उनी भन्छन्।

नेपालमा सुरुआती अवस्थामा कोरोना संक्रमित भेटिँदा कतिपय निजी अस्पतालले ज्वरोका बिरामीलाई भर्ना समेत लिन छाडेका थिए। जसले गर्दा सरकारी अस्पतालमा चाप बढेको थियो। कुर्सी तथा म्याटमै राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो। संक्रमण बढ्दै गएपछि भने सरकारले निजी क्षेत्रलाई पनि कोरोना विशेष अस्पतालको रुपमा परिभाषित गर्दै सेवा प्रवाह गर्न लगाएको थियो।

सरकारी सेवामा लागेर दिक्क भएनन्
उनको अहिलेसम्मको जीवनको अधिकांश समय सरकारी सेवामा नै बिताए। चार दशकभन्दा लामो समय सरकारी स्वास्थ्य क्षेत्रमा बिताएका उनी कहिल्यै दिक्क भएनन्। बरु उनले विभिन्न जिल्लामा रहेर स्वास्थ्य सेवा प्रवाहका लागि नेतृत्वदायी भूमिका खेले। ‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’

२०४३ सालतिर आफ्नो गृहजिल्ला गुल्मीमा थिए। त्यतिबेला स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट (इन्चार्ज) भएर गएका थिए। हेल्थपोष्टको व्यवस्थापनको कामसँगै दैनिक डेढ सयभन्दा बढी बिरामीको स्वास्थ्यजाँच गर्थे।

एक दिनभन्दा बढी समय हिँडेर पुग्नुपर्ने ठाउँमा स्वास्थ्य सेवा दिइरहेका थिए। त्यही बेला उनलाई थप अध्ययनका लागि काठमाडौं आउनुपर्ने भयो। तर, स्थानीयले गाउँ छाड्न नै दिएनन्। ‘मैले बीपीएच पढ्नका लागि काठमाडौं जान्छु भन्दा त्यहाका जनताहरुले रोके,’ उनले भने, ‘राम्रो काम गर्ने स्वास्थ्यकर्मी त्यहाँबाट फर्किने भनेपछि स्थानीयहरु बाटो छेक्न आइपुग्थे। अर्को स्वास्थ्यकर्मी आउने टुंगो नहुने कारण उनीहरु विवश थिए।’

उनी अझै धेरै पढेर फर्किन्छु भनेर गाउँबाट हिँडेका थिए। तर, उनले वाचा पूरा गर्न भने सकेनन्। बीपीएच अध्ययन पूरा गरेपछि नीतिगत तहमा बसेर काम गर्नुपर्ने अवस्था आयो। 

श्रीमान्–श्रीमती सँगसँगै बिरामीको सेवामा
उनी पोखराको गण्डकी अस्पतालमा कार्यरत हुँदा विवाह भयो। विवाहपछि उनले श्रीमतीलाई नर्सिङ पढाए। नर्सिङ अध्ययन पूरा गरेपछि उनीहरुले गुल्मी, सिन्धुपाल्चोक र काठमाडौंमा सँगै पनि काम गरे।

श्रीमान्–श्रीमती नै गुल्मीमा काम गर्दा गाउँ–गाउँमा पुगेर बिरामीको स्वास्थ्य उपचार गरेको भण्डारी सम्झन्छन्। ‘विवाहपछि श्रीमतीलाई नर्सिङ पढाएँ, गुल्मीमा हुँदा त हामी कति धेरै हिँडेर घर–घरमा पुगेर बिरामीको उपचार गर्थ्यौं,’ भण्डारीले भने। उनकी श्रीमतीले पनि दुई वर्षअघि अवकाश पाइसकेकी छन्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव सोमबार, वैशाख २९, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी सोमबार, वैशाख २९, २०८२
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल सोमबार, वैशाख २९, २०८२
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु सोमबार, वैशाख २९, २०८२
पौडी खेल्ने क्रममा डुबेर मृत्यु सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा सोमबार, वैशाख २९, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्