• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरकारी सेवामा ४१ वर्ष बिताएका स्वास्थ्यकर्मीको अनुभव– ‘सुत्केरीको उपचार गर्दा सुनपानी छर्किदिए’

रिता लम्साल मंगलबार, साउन १९, २०७८  ०७:०१
1140x725

काठमाडौं– गुल्मीका चुडामणि भण्डारी २०३५ सालमा सीएमए पढ्दै थिए। त्यहीबेला सुत्केरी भएकी उनकी ठूलीआमालाई ज्वरोले सतायो। गाउँमा स्वास्थ्यकर्मी बस्दैन थिए। सुत्केरीलाई कसैले छुन नहुने मान्यताका कारण उपचार हुन सकिरहेको थिएन। सुत्केरीलाई स्वास्थ्य सेवा दिन पुरुष स्वास्थ्यकर्मीका लागि सहज पनि थिएन।

भण्डारी लगौटी लगाएर ठूलीआमा बसेको कोठामा गए। उपचार गरे। अनि सुनपानी छर्किएर चोखिएपछि मात्र बाहिर निस्किए। उनी भन्छन्, ‘पहिला–पहिला सुत्केरीलाई छुन हुँदैन भनिन्थ्यो। आफ्नै घरमा ठूलीआमाले उपचार नपाउने अवस्था आएपछि मैले हिम्मत गरेको थिएँ। स्वास्थ्यको अवस्था त्यस्तो थियो।’

उनी सीएमए पढ्दै गर्दा अर्को घटना पनि भयो। पढ्न थालेको ६ महिना मात्र पुगेको थियो। आफैँ बिरामी परे। गाउँको स्वास्थ्यचौकी गए पनि स्वास्थ्यकर्मी भेटेनन्। अनि पाँच दिनसम्म आफूलाई आफैँले सुई हाने। ‘गाउँमा स्वास्थ्यकर्मी नै बस्दैन थिए, मेरा लागि विकल्पै थिएन,’ उनी भन्छन्।

२०३० को दशकमा गुल्मीमा स्वास्थ्य सेवा प्रवाहको अवस्था निकै कमजोर थियो। त्यतिबेला स्वास्थ्य सेवामा पहुँच नहुँदा सामान्य झाडापखालाको समस्या पनि विकराल बन्थ्यो। आफ्नो गाउँमा स्वास्थ्य सेवाको पहुँचको अवस्था कमजोर देखेका भण्डारीले स्वास्थ्यसेवामै काम गर्ने सोच बनाएका थिए। उनको सोचलाई परिवारले पनि साथ दियो। सीएमए अध्ययनपछि २०३६ सालमा स्वास्थ्यसेवा विभागबाट अस्थायी जागिर गरे।

२०३८ सालमा स्थायी स्वास्थ्यकर्मी बनेका भण्डारी सिएमए, एचए हुँदै हेल्थ म्यानेजर भए। त्यसपछि पनि निरन्तर उनको वृत्तिविकास भइरह्यो। त्यसका लागि मकवानपुर पुगे। २०३८ सालमा स्थायी भएपछि सिन्धुपाल्चोक सरुवा भयो। त्यसपछि गण्डकी अस्पताल, पोखरा, स्वास्थ्य सेवा विभाग हुदै करिब १२ वर्षजति स्वास्थ्यकर्मीको रुपमा विभिन्न ठाउँमा काम गरे।

उनले हेल्थ असिस्टेन्ट (एचए)को कोर्ष गरे। एचए अध्ययनपछि उनको पोष्टिङ बुटवल र गुल्मीका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा भयो। त्यसपछि उनी फेरी स्वास्थ्य सेवा विभाग आए र बीपीएच अध्ययन गरे।

उनले जनस्वास्थ्य अधिकृत भएर १० वर्षजति ‘हेल्थ म्यानेजर’को रुपमा काम गरे। त्यतिबेला बाजुरा, डोटी, दोलखा लगायतका जिल्ला, क्षेत्रिय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालयका विभिन्न शाखा तथा महाशाखामा काम गरे।

भण्डारीले हालै मात्र सरकारी सेवाबाट अवकाश पाएका छन्। जागिरे जीवनमा उनी स्वास्थ्य सेवा विभागको उपमहानिर्देशकदेखि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण केन्द्रको निर्देशक समेत भए। अवकाशपछि अब उनको लक्ष्य छ, एमफिल पढ्ने।

Ncell 2
Ncell 2
nimb
nimb

उनले सरकारी स्वास्थ्य सेवामा ४१ वर्ष बिताए। अब अवकाशको जीवन निस्क्रिय बिताउन चाहँदैनन्। अध्ययन गर्ने। सक्रिय बनिरहने। तर, फेरि कुनै जागिर गर्ने सोच भने छैन।

गुल्मीमा जन्मिएका भण्डारीले कक्षा ८ सम्म गुल्मीको शारदा निमाविमा अध्ययन गरे। त्यसपछि पाल्पाको पद्म पब्लिक माविमा कक्षा ९ मा भर्ना भए। २०३४ सालमा त्यही विद्यालयबाट एसएलसी गरे।

‘स्वास्थ्य सेवामा पहुँच बढेको छ’
२०३० को दशक र अहिलेको स्वास्थ्य सेवाको अवस्था तुलना गर्दा धेरै परिवर्तन भइसकेको भण्डारीको अनुभव छ। २०३०–४० को दशकमा ग्रामीण जिल्लाहरुमा खोपको सहज उपलब्धता थिएन। भण्डारी पनि आफ्ना छोराछोरीलाई खोप लगाउन एक दिनभन्दा बढी हिँडेर गुल्मीबाट पाल्पा पुगेका थिए। तर, अहिले कम्तिमा एक–डेढ घण्टा हिँड्दा खोप सेवा जिल्लाभित्रै पाइन्छ। 

२०३०–४० को दशकमा ग्रामीण जिल्लाहरुमा खोपको सहज उपलब्धता थिएन। भण्डारी पनि आफ्ना छोराछोरीलाई खोप लगाउन एक दिनभन्दा बढी हिँडेर गुल्मीबाट पाल्पा पुगेका थिए। तर, अहिले कम्तिमा एक–डेढ घण्टा हिँड्दा खोप सेवा जिल्लाभित्रै पाइन्छ।

स्वास्थ्य सेवामा अहिले जनताको पहुँच बढेको भण्डारी बताउँछन्। ‘अहिले कम्तीमा जिल्लाभित्र नै खोप लगाउन सक्ने अवस्था छ, परिवार नियोजनका साधनको उपलब्धता छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा छन्, कहीँ त चिकित्सक पनि छन्।’

स्वास्थ्य सेवाको गुणस्तर पनि बढेको उनले बताए। पहिला पहिला स्वास्थ्य सेवा प्रवाहका लागि निजी क्षेत्र थिएन। तर, अहिले स्वास्थ्य सेवामा निजी क्षेत्रको लगानी बढेको छ। यसरी निजी क्षेत्रको लगानी बढ्दा त्यसका गुण र अवगुण दुवै  भएको उनी बताउँछन्। ‘कोरोना महामारीको बेला टेकु अस्पतालको सेवा प्रवाह र निजी अस्पतालको सेवा प्रवाह तुलना गर्न सक्छौं, सरकारले दिने र निजी क्षेत्रले दिने स्वास्थ्य सेवा तथा गुणस्तर मात्र होइन मूल्यबारे पनि कोरोनाको संकटमा छर्लङ्ग भयो,’ उनी भन्छन्।

नेपालमा सुरुआती अवस्थामा कोरोना संक्रमित भेटिँदा कतिपय निजी अस्पतालले ज्वरोका बिरामीलाई भर्ना समेत लिन छाडेका थिए। जसले गर्दा सरकारी अस्पतालमा चाप बढेको थियो। कुर्सी तथा म्याटमै राखेर बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो। संक्रमण बढ्दै गएपछि भने सरकारले निजी क्षेत्रलाई पनि कोरोना विशेष अस्पतालको रुपमा परिभाषित गर्दै सेवा प्रवाह गर्न लगाएको थियो।

सरकारी सेवामा लागेर दिक्क भएनन्
उनको अहिलेसम्मको जीवनको अधिकांश समय सरकारी सेवामा नै बिताए। चार दशकभन्दा लामो समय सरकारी स्वास्थ्य क्षेत्रमा बिताएका उनी कहिल्यै दिक्क भएनन्। बरु उनले विभिन्न जिल्लामा रहेर स्वास्थ्य सेवा प्रवाहका लागि नेतृत्वदायी भूमिका खेले। ‘४१ वर्ष स्वास्थ्य सेवामा काम गर्दा कहिल्यै दिक्क लागेन। यो क्षेत्र छोडौं भन्ने पनि लागेन। मैले डुबेर नै काम गरेँ,’ उनले भने, ‘स्वास्थ्य सेवाको ठाउँमा भएका कमजोरी कसरी सुधार्ने र कसरी राम्रो काम गर्ने भन्नेमै मेरो ध्यान गयो।’

२०४३ सालतिर आफ्नो गृहजिल्ला गुल्मीमा थिए। त्यतिबेला स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट (इन्चार्ज) भएर गएका थिए। हेल्थपोष्टको व्यवस्थापनको कामसँगै दैनिक डेढ सयभन्दा बढी बिरामीको स्वास्थ्यजाँच गर्थे।

एक दिनभन्दा बढी समय हिँडेर पुग्नुपर्ने ठाउँमा स्वास्थ्य सेवा दिइरहेका थिए। त्यही बेला उनलाई थप अध्ययनका लागि काठमाडौं आउनुपर्ने भयो। तर, स्थानीयले गाउँ छाड्न नै दिएनन्। ‘मैले बीपीएच पढ्नका लागि काठमाडौं जान्छु भन्दा त्यहाका जनताहरुले रोके,’ उनले भने, ‘राम्रो काम गर्ने स्वास्थ्यकर्मी त्यहाँबाट फर्किने भनेपछि स्थानीयहरु बाटो छेक्न आइपुग्थे। अर्को स्वास्थ्यकर्मी आउने टुंगो नहुने कारण उनीहरु विवश थिए।’

उनी अझै धेरै पढेर फर्किन्छु भनेर गाउँबाट हिँडेका थिए। तर, उनले वाचा पूरा गर्न भने सकेनन्। बीपीएच अध्ययन पूरा गरेपछि नीतिगत तहमा बसेर काम गर्नुपर्ने अवस्था आयो। 

श्रीमान्–श्रीमती सँगसँगै बिरामीको सेवामा
उनी पोखराको गण्डकी अस्पतालमा कार्यरत हुँदा विवाह भयो। विवाहपछि उनले श्रीमतीलाई नर्सिङ पढाए। नर्सिङ अध्ययन पूरा गरेपछि उनीहरुले गुल्मी, सिन्धुपाल्चोक र काठमाडौंमा सँगै पनि काम गरे।

श्रीमान्–श्रीमती नै गुल्मीमा काम गर्दा गाउँ–गाउँमा पुगेर बिरामीको स्वास्थ्य उपचार गरेको भण्डारी सम्झन्छन्। ‘विवाहपछि श्रीमतीलाई नर्सिङ पढाएँ, गुल्मीमा हुँदा त हामी कति धेरै हिँडेर घर–घरमा पुगेर बिरामीको उपचार गर्थ्यौं,’ भण्डारीले भने। उनकी श्रीमतीले पनि दुई वर्षअघि अवकाश पाइसकेकी छन्।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्