• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संसद भवनको अव्यवस्था

सदनमा बारम्बार उठिरहन्छ शौचालय, पानी र सिट कभरको प्रसंग

64x64
किशोर दहाल शनिबार, साउन १६, २०७८  २०:३०
1140x725

काठमाडौं- भव्य देखिन्छ, संघीय संसद्‍ भवन। ठूलो क्षेत्रफलमा बगैँचा फैलिएको छ। बेखाबखतमा पानीको फोहोरा देख्न पाइन्छ। साँझपख बल्ने ल्याम्पपोस्टहरुले त्यो भवनलाई झनै आकर्षक देखाउँछन्। फैलावट, ढाँचा र स्थान विशेषका कारणले हुनुपर्छ, यो भवनलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने र टिकटक बनाउनेहरु यदाकदा देखिन्छन्। धेरैलाई लाग्दो हो- त्यो भवनभित्र सब कुरा ठीकठाक चलिरहेको हुन्छ। यहाँ कुनै सुविधाको अभाव छैन।

तर, जनताको प्रतिनिधित्व गर्ने सांसदले त्यही भवनभित्र भोग्नुपर्ने हैरानी भने कम्ती छैन। कहिलेकाहीँ उनीहरुको हैरानी सदनको महत्त्वपूर्ण समयमा प्रस्फुटित हुने गरेको छ। शून्य समय र विशेष समयमा उठाइने कतिपय सन्दर्भहरुले संसद्‍ भवनभित्रको अव्यवस्था उजागर गर्छ। त्यस्तै भयो, गत साउन १३ गते। राष्ट्रिय सभाको बैठकमा बोल्दै विना पोखरेलले भनिन्- 'खानेपानी हुने, ग्लास नहुने; कहिले ग्लास हुने, पानी नहुने कुराको सुनुवाइ होस्।'

शून्य समयमा बोलेकी पोखरेललाई एक मिनेटको समय उपलब्ध थियो। तर, उनले देखेका र महसुस गरेका समस्याको सूची लामै थियो। निर्धारित समय सकिएर माइक अफ भइसक्दा पनि बोलिरहेकी उनले ट्वाइलेटमा पानीको अभावदेखि महिला कर्मचारीलाई प्याडको आवश्यकतासम्मका विषय राखिन्। आफ्नो कुरा त्यसभन्दा अघि अध्यक्षलाई भनेको भए पनि सुनुवाइ नभएकाले शून्य समयमै भन्नुपरेको उनको भनाइ थियो।

संसद्‍ भवन भाडामा लिएर चलाइएको हो। त्यसमा पानीको व्यवस्थापन बीआईसीसीको व्यवस्थापनले गर्ने र हलभित्रको अरु कामचाहिँ संसद्‍ सचिवालयले गर्ने सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन्।

संसद्‍को ट्वाइलेटमा पानी नहुने प्रसंग पोखरेलले पहिलोपटक उठाएकी होइनन्, २०७३ वैशाखमा बजेटको प्राथमिकतामाथि बोल्न व्यवस्थापिका संसद्‍को रोस्ट्रम पुगेका कांग्रेस सांसद सञ्जय गौतमले भनेका थिए- 'सरकार देशमा रेल गुडाउने प्लान लिएर आएको छ, त्यो प्लान आफैंमा सराहनीय पनि छ। यदि सरकार राम्रोसँग काम गर्न इमान्दार छ भने पहिला संसद्‍को ट्वाइलेटमा पानीको व्यवस्था गरोस्।' त्यतिबेला सांसद हरिचरण साहले ‘यो संसद्‍को ट्वाइलेट जाने अवस्थासमेत छैन, ट्वाइलेटमा पानीसमेत नभएपछि यस्तो संसद्‍मा बस्नु उचित हुँदैन' भन्दै संसद्‍ बैठक नै बहिष्कार गरेका थिए।

ट्वाइलेटको मात्रै कुरा होइन, एक सांसदले आफू बस्ने कुर्सीकै कारण ज्यान जोगाइ पाऊँ भन्नुपर्ने अवस्था आएकोसमेत भनेका छन्। प्रतिनिधि सभाको २०७६ जेठ १९ गतेको बैठकमा सांसद खगराज अधिकारीले सभामुखसँग समय लिएर बोलेका थिए। भाँचिएको कुर्सीको आधा भाग उचालेर देखाउँदै उनले भनेका थिए- 'चारपटक भयो सभामुख महोदय म यहाँबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। तर, यो कतिपटक भन्नुपर्ने हो संसद्‍ सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्। यो त धराप भयो। त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाइ पाऊँ भन्नुपर्ने अवस्था आयो।'

उनको ध्यानाकर्षणसँगै संसद्‍ बैठक कक्षमा हाँसो छाएको थियो भने सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे ध्यानाकर्षण भएको जनाएका थिए।

यो पनि पढ्नुहोस्

संसद्‌मा भाँचिएको कुर्सी देखाउँदै सांसद अधिकारी - ४ पटक भयो सभामुख महोदय म यहाँबाट लडेकोआइतबार, जेठ १९, २०७६

२०७६ साउन २३ मा कांग्रेस सांसद सुजाता परियारले संसद्‍ हलमा एसी नभएर समस्या परेको प्रसंग निकालेकी थिइन्। शून्य समयमा बोलेकी उनले तीन दिनसम्म एसी बनाउन नसक्नु सरासर लापरवाही भएको भन्दै असन्तुष्टि पोखेकी थिइन्। 'यस सभाहलमा केही दिनदेखि एसी छैन। यति धेरै गर्मी बढेको महिनामा पनि गुम्सिएर सभाहलमा बस्नुपरेको छ', उनले भनेकी थिइन्, 'सुनिन्छ, एसीमा पानी छैन। पानी नभएर एसी चलेको छैन। सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो? पानी पेट्रोलभन्दा महँगो भएको हो?'

Ncell 2
Ncell 2
nimb
nimb

उनले तत्काल सम्बन्धित निकायलाई निर्देशन गर्न सभामुखलाई अनुरोध गरिन्।

1140x725

२०७६ को अन्तिमतिर कोरोना भाइरसको त्रास उच्च थियो। विद्यालय बन्द गर्नेदेखि संसद्‍ बैठक स्थगित गर्नुपर्ने बहस चलिरहेका थिए। यस्तै मनोविज्ञानका बीच २०७६ फागुन २९ गते प्रतिनिधि सभाको बैठक बसेको थियो

उक्त बैठकको शून्य समयमा बोलेकी सांसद रेणुकुमारी यादवले आफू बस्ने सिटको कभर नै उचालेर देखाएकी थिइन्। 'यो सदनभित्र हामी सुरक्षित छौं कि छैनौं? पटकपटक विज्ञापन हुन्छ- १०-१० मिनेटमा साबुन पानीले हात धोऔँ। तर, म सोध्न चाहन्छु- यो सदनभित्र यो फोहोर सिट कभर (निकालेर देखाउँदै) लाई पटक-पटक छोएपछि कहाँ साबुन पानीले हात धुनु?,' उनको भनाइ थियो।

Xtrem

Xtrem

यसका अतिरिक्त बैठक चलिरहँदा बेलाबखत लाइन जाने गरेको छ। सांसदले समाएको माइक 'बिग्रिएर' अर्को समात्नुपर्ने बाध्यता पनि आइलाग्छ।

संसद्‍ भवन भाडामा लिएर चलाइएको हो। त्यसमा पानीको व्यवस्थापन बीआईसीसीको व्यवस्थापनले गर्ने र हलभित्रको अरु कामचाहिँ संसद्‍ सचिवालयले गर्ने सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन्।

भाँच्चिएका कुर्सीहरुको सचिवालयले मर्मत गर्नुपर्ने र गर्ने गरेको उनको भनाइ छ। '२५ वर्षभन्दा बढी भइसकेको बीआईसीसीको भवनको सामानहरु बेलामौकामा बिग्रिने, टुट्ने भइरहन्छ। त्यसलाई नियमितरुपमा मर्मत गरेर चलाइएको स्थिति हो,' उनले भने, 'सांसदहरुले कुरा उठाउनुहुन्छ। हामीले पनि नियमितरुपमा चेक गरेर मर्मत गरिरहेका हुन्छौँ। कहिलेकाहीँ पुरानो सामान बिग्रिने र भत्किने भइहाल्छ।' 

यो पनि पढ्नुहोस्

'शून्य समय'लाई सुन्ने कहिले?शनिबार, साउन ३२, २०७६

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशन सुरु हुन लागेको हो । आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष अध्यक्ष नवीनले पत्रका लेखेका छन्, 'भारतीय जनता पार्टीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट, म तपाईं, नेपाली कांग्रेसको नेतृत्व तथा सम्... आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति गगन थापालाई पत्र लेख्दै अध्यक्ष खड्गेले दुई देशबीचको लोकतान्त्रिक अभ्यासको स्मरण गरेका छन... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्