• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अस्पताल जाने बाटो खन्ने डाक्टर : धुले कक्षादेखि विशेषज्ञ चिकित्सकसम्म

कमला गुरुङ मंगलबार, साउन १२, २०७८  ०९:०९
1140x725

काठमाडौं– सरकारी सेवामा ३७ वर्ष बिताएर अवकाश पाएपछि कसैको योजना के होला? आराम गर्ने। घुम्ने। तीर्थ जाने। अथवा अरु केही।

तर, डा.सागर राजभण्डारीको चाहना फरक छ। उनी भन्छन्, ‘अझै पनि १०/१५ वर्ष जति स्वास्थ्य सेवामा काम गर्छु।’

उनले २०४१ सालबाट जागिरे जीवन सुरु गरेका हुन्। गएको १५ असारमा उमेर हदका कारण अवकाश पाए। यद्यपि, जनताको सेवा गर्ने चाहना पूरा भइसकेको छैन।

सरकारले पुनः अवसर दिए काम गर्न तयार भएको उनको भनाइ छ। सरकारी नभए पनि निजी तथा विभिन्न क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा सक्रिय रहने अठोट गरेका छन्। ‘मैले एमडीजीपी गरेको हुँ। पेट चिर्नेदेखि सबै किसिमको उपचार गर्न सक्छु। मैले हासिल गरेको विशेषज्ञता अझै पनि देशको लागि काम लाग्न सक्छ। यो अनुभव र सीपलाई खेर जान दिनु हुँदैन,’ उनी भन्छन्।

डा. राजभण्डारी बागलुङको व्यापारी परिवारका सदस्य हुन्। कसैले पनि चिकित्सा क्षेत्र रोजेका थिएनन्। त्यसैले उनले यो क्षेत्रमा आउनै पनि संघर्ष गर्नु परेको थियो। उनको परिवारबाट स्नातकोत्तर गर्ने पनि उनी नै पहिलो व्यक्ति हुन्।

विद्यार्थी जीवनमा उनी कहिल्यै दोस्रो भएनन्। सामुदायिक विद्यालयमा पढ्थे। विद्यालय पुग्न घण्टौँ हिँड्नपर्थ्यो। कापी कलम समेत थिएन। ‘कलम भन्ने थाहा थिएन। बोर्डमा माटोले लिपेर सिन्काले लेख्नु पर्थ्यो। त्यसपछि बोर्ड आयो अनि चकले लेख्न थालियो,’ उनी भन्छन्।

विद्यालयमा बस्ने बेन्च थिएन। घरबाटै चकटी लिएर जानुपर्थ्यो। जाडो मौसममा खुला चौरमा जता घाम लाग्छ उतै सरेर बस्थे।

परिवारको पुस्तक पसल थियो। उनी फुर्सदमा पसल जान्थेँ र पुस्तक पढ्थे। त्यहाँ भेटेजति सबै पुस्तक पढेर सकाउँथे। उनी अंग्रेजी र संस्कृत भाषामा पनि अब्बल थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कक्षा ८ पुग्दा नयाँ शिक्षा लागू भयो। एउटा ऐच्छिक विषय छान्नु पर्थ्यो। उनले कुखुरा पालन (पोल्ट्री) विषय छानेका थिए। उनको परिवारले इन्कुभेटरमा चल्ला कोरल्ने काम पनि गथ्र्यो। अहिलेको जस्तो आधुनिक मेसिन, बिजुलीको सुविधा थिएन। समय÷समयमा बत्ती बाल्ने, ६/६ घण्टामा फूललाई घुमाउने, पानी परिवर्तन गर्ने, रातभर बसेर रेखदेख गर्ने सबै उनी आफैँले पनि गर्थे।

औषधि उपचारको विषयमा पनि उनलाई चासो थियो। मानिसलाई प्रयोग गर्ने औषधि उनी कुखुरालाई खुवाउँथे। कुनै बेला गरिएको यस्तो प्रयोगले उनलाई सकारात्मक उर्जा दिएको थियो। त्यसैले पछि उनको झुकाव ‘मेडिकल साइन्स’तर्फ गयो।

एचए पढेपछि पनि दुई वर्ष व्यापारमै
२०३४ सालमा उनले एसएलसी दिए। एसएलसीको नतिजा थाहा पाउनु अहिलेजस्तो सहज थिएन। नतिजा प्रकाशन भएको खबर त रेडियो नेपालले दिन्थ्यो, तर पास÷फेल थाहा पाउन एक साता कुर्नुपर्थ्यो। फोनको सुविधा पनि थिएन।

एसएलसी उत्तीर्ण गरेपछि उनले मेडिकल साइन्स पढ्ने निधो गरे। उनी हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा भर्ना भए। २०३९ सालमा उनले एचएको अध्ययन सकाए।

एचएको अध्ययन पूरा गरे पनि उनले दुई वर्ष जति घरपरिवारलाई व्यापारमा सघाए। तर, मन व्यापारमा रमाउन सकेको थिएन। त्यसैले स्वास्थ्य क्षेत्रमै काम गर्ने निधो गरे। अनि सुरु भयो उनको नयाँ यात्रा।

बागलुङकको राङखानी हेल्थपोस्टबाट २०४१ सालमा उनले आफ्नो जागिरे जीवन सुरु गरे। आफ्नो सबै सामानको भारी आफैंले बोकेर १२ घण्टाको पैदलयात्रापछि उनी हेल्थपोस्ट पुगेका थिए।

हेल्थपोस्ट खरको छानोले छाएको थियो। जम्मा दुई वटा कोठा थिए, एउटामा बिरामी हेर्ने र अर्कोमा सामान राख्ने गरिन्थ्यो। शौचालय थिएन। न त पानीको सुविधा नै थियो। खाना बनाएर खाने, भाँडा माझ्ने, खोलामा पानी लिन जाने सबै आफैँ गर्नुपर्थ्यो।

औषधिहरु एक वर्षको लागि एकै पटक आउँथ्यो। सरिन्ज र निडिलहरुलाई उमालेर प्रयोग गर्नुपर्थ्यो। निडलहरु धेरै पटक प्रयोग गर्दा धार जान्थ्यो, अनि घोटेर चुच्चो बनाउनुपर्थ्यो।

उनी बिहान ८ देखि बेलुकी ७ बजेसम्म हेल्थपोस्टमा बस्थे। उनीसहित, अहेब र कार्यालय सहयोगी गरी तीन जना मात्र थिए। उनले एकदिनमा ८५ जनासम्म बिरामीको उपचार गरे। झण्डै एक वर्ष हेस्थपोस्टमा काम गरिसकेपछि उनलाई बागलुङ अस्पतालमा काजमा तानियो।

यसरी सुरु भयो डाक्टर बन्ने यात्रा

राजभण्डारी आफ्नो कामप्रति निकै जिम्मेवार थिए। आफूले जानेका उपचारका सबै मापदण्ड पछ्याउँथे। त्यो बेला विदेशबाट पढेर आएका नेपाली डाक्टरहरु बागलुङ अस्पतालमा पनि आउँथे। उनीहरुसँग राजभण्डारीको झगडा नै हुन्थ्यो। ‘एपेन्डिसाइटिस भएको बिरामीलाई खान दिनु हुँदैन। तर एक जना डाक्टरले खान दिएछन्। ती डाक्टरसँग मेरो झगडा भयो। म प्रोटोकल अनुसार जान खोज्थेँ। उनीहरुको अभ्यास अलि कम हुन्थ्यो। त्यही कारण कुरा मिल्दैन थियो,’ उनी भन्छन्।

ती डाक्टरले एकदिन राजभण्डारीविरुद्ध कम्प्लेन गरे। ती डाक्टरले उनलाई लेखेका थिए, ‘प्लिज डोन्ट गो ओभर मी।’ अर्थात्, मभन्दा धेरै जान्ने नहोउ।

त्यो कुराले उनको मनमा ठूलो चोट पुग्यो। त्यसपछि उनले ती डाक्टरलाई ‘डेफिनेट्ली वान डे आइ वील बी डाक्टर’ भनेर पुनः राङखानी हेल्थपोस्टमै फर्किए।

हेल्थपोस्टमा उनले दुई वर्ष काम गरे। अनि, २०४५ सालमा छात्रवृत्तिमा अध्ययनका लागि तत्कालीन सोभियत संघ गए।
उनले युक्रेनको ओडिसा शहरमा रहेको ओडिसा मेडिकल इन्स्टीच्युटमा एमबीबीएस अध्ययन गरे। सात वर्षको अध्ययनपछि पुनः नेपाल फर्किए।

नवलपरासी जिल्लाको परासी अस्पतालमा उनको नियुक्ति भयो। २०५२ असोज १९ बाट उनले मेडिकल अधिकृतको रुपमा काम सुरु गरे। त्यहाँ चार वर्ष काम गरे। परासी अस्पतालमै काम गर्ने सिलसिलामा क्षयरोग (टीबी) सम्बन्धी ६ महिने तालिम लिन जापान जाने अवसर पनि पाए।

खण्डहर जस्तो भवनमा जिल्ला अस्पताल
उनी ३ चैत २०५६ मा लुम्बिनी अञ्चल अस्पतालमासरुवा भए। त्यसको पाँच महिना बित्न नपाउँदै सल्यान अस्पताल पठाइए। त्यस बेला माओवादी द्धन्द्ध उत्कर्षमा थियो।

कतिले त उनलाई सल्यान नजान भने। सरुवा बदर गरिदिने आश्वासन पनि थियो। तर, उनी मानेनन्। उनलाई लाग्यो, ‘यही बेला त्यो ठाउँमा मेरो आवश्यकता छ।’

उनी दोहोरो जिम्मेवारी लिएर सल्यान पुगे। सल्यान अस्पताल मात्र नभई जिल्ला जनस्वास्थ्य कार्यायल प्रमुखको जिम्मेवारी पनि थियो।
त्यति बेला सल्यान अस्पताल खण्डहर जस्तो भवनमा थियो। छानो भत्किएको थियो। गाह्रो पनि जीर्ण भइसकेको। अस्पतालमा न एक्सरे थियो, न ल्याब नै। एचएको भरमा अस्पताल सञ्चालन भइरहेको थियो। सुविधा नभएपछि बिरामी पनि कम आउँथे।

अस्पतालको दयनीय अवस्था देखेपछि डा.राजभण्डारी त्यहाँको अवस्था परिवर्तन गर्न विशेष योजना लिएर काठमाडौं आए। काठमाडौंबाटै उनले अस्पताललाई चाहिने धेरैजसो सामान बोकेर गए। उनी भन्छन्, ‘ल्याब क्लिनिकल, एक्सरे प्लेटहरु लिएर म सल्यान गएँ। अपरेशन थिएटर बनाएँ, अनि अपरेशन सुरु गरेँ। त्यसपछि जिल्लाका मात्र होइन रोल्पाबाट पनि बिरामी सेवा लिन आउन थाले।’

अस्पताल जाने बाटो कच्ची र अप्ठ्यारो थियो। बिरामीलाई आउ–जाउ गर्न गाह्रो थियो। दिउँसो ३ बजेपछि बिरामी नहुने हुँदा उनी आफैँ बाटो बनाउन जान्थे। ‘डाक्टरले बाटो बनाउन खनेको देखेपछि अरु कर्मचारी र स्थानीयलाई पनि अप्ठ्यारो लागेछ, आएर सहयोग गर्थे,’ उनी भन्छन्।

सल्यान जाँदा उनको कान्छो छोरा दुई महिनाको मात्र थियो। त्यहाँ गएको २२ महिनापछि उनी २०५९ सालमा म्याग्दी पुगे। त्यसको एक वर्षपछि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाटै एमडीजीपी अर्थात् जेनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिनमा एमडी पढ्ने मौका पाए।

तीन वर्षको अध्ययनपछि उनी म्याग्दी नै फर्किए। करिब सात महिनापछि फेरि बागलुङ अस्पतालमा पुगे। तर, यो पटक उनी फरक जिम्मेवारीमा थिए। बागलुङ अस्पतालको सिनियर मेडिकल अफिसर भएका थिए। बागलुङमा तीन वर्ष काम गरेपछि उनले नवौँ तहको परीक्षा पास गरे। अनि मेडिकल सुपरिटेन्डेन्ट भएर जिल्ला अस्पताल, पर्वत पुगे।

घर परिवारबाट टाढा रहेर उनले काम गर्न थालेको वर्षौ भइसकेको थियो। सोही कारण उनले चौतारा अस्पताल सिन्धुपाल्चोकमा सरुवा मागे। काठमाडौंमा घर बनाइसकेका उनलाई सिन्धुपाल्चोकमा सरुवा भएपछि आउजाउ गर्न सहज भयो। उनी शुक्रबार साँझ घर आएर आइतबार बिहानै फर्किन्थे।

भूकम्पले तहसनहस सिन्धुपाल्चोक
डा.राजभण्डारी १२ वैशाख २०७२ दिउँसो घरैमा थिए। एक्कासी भूकम्प गयो। भूकम्प गएको दुई मिनेटमै उनको फोन बज्न थाल्यो। परिवारलाई सुरक्षित भएर बस्नू भनेर उनी मोटरसाइकलमै सिन्धुपाल्चोकतिर लागे।

बेला–बेला परकम्पन गइरहेको थियो। कति ठाउँमा त लडे पनि। लड्दै–उठ्दै उनी सिन्धुपाल्चोक पुगे। चौरभरी मानिसहरु थिए। घरहरु भत्किएका थिए। रुवाबासी थियो। भूकम्पले करिब ८० प्रतिशत स्वास्थ्य संस्था ध्वस्त भएका थिए।

स्वास्थ्य संस्था नै ध्वस्त भएपछि घाइतेको उपचार गर्नु निकै चुनौतीपूर्ण र कठिन थियो। सुरुको चार दिन त घाइतेहरुको प्लास्टर गर्ने काममै बित्यो। उनी भन्छन्, ‘एक्सरे थिएन। बिजुली पनि थिएन। सुरुको चार दिन लगातार प्लास्टर नै गरिरहेँ। त्यो बेला मैले केही खान पनि सकिनँ। अवस्था दर्दनाक थियो। भोकप्यासको मतलब नै भएन।’

भूकम्प गएको तेस्रो दिनपछि मात्र उनीहरु खुला आकाशबाट टेन्टमा सर्न पाए। बिरामीको उपचार पनि टेन्टमै हुन थाल्यो। खाना भने दिनको दुई पटक मात्र हुन्थ्यो।

जुरेको पहिरोको दुःखदायी घटना पनि उनले देखे। घाइतेहरुको दुखाइमा थोरै भए पनि मल्हम लगाए। दुई वर्षको बसाइपछि उनको सरुवा पुनः बागलुङ अस्पतालमै भयो। त्यहाँ पुगेपछि उनले भौतिक पूर्वाधारमा सुधार गरे। त्यसपछि २०७६ सालमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको रुपमा काठमाडौं आए।

करिब ११ महिनापछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकका नियुक्त भए। त्यो बेला नेपालमा एक जनामा कोरोना पुष्टि भइसकेको थियो। ९ माघ २०७६ पहिलो पटक कोरोना पुष्टि भएको एक महिनापछि नै उनी निर्देशकका रुपमा शुक्रराज अस्पताल पुगेका थिए।

उनी भन्छन्, ‘मानिसहरु त्रसित थिए। विदेशबाट उद्धार गरेकालाई यही अस्पतालमा राखिन्थ्यो। अस्पतालमा पीसीआर परीक्षण हुँदैन थियो। पीडादायक अवस्था थियो। त्यो अवस्थामा मैले काम सुरु गरे।’

अस्पतालको पुरानो भौतिक संरचनाका कारण कोरोनाको उपचार व्यवस्थापन सहज थिएन। उनको निम्ति यो अवसर र चुनौती दुवै थियो। उनले अस्पतालको पुरै संरचना परिवर्तन गरी व्यवस्थापन गरे।

स्वास्थ्यकर्मीको सुरक्षालाई सधैं पहिलो प्राथमिकतामा राखे। पीपीईको कहिले अभाव हुन नदिएको उनी बताउँछन्। २ वैशाख २०७७ देखि अस्पताल आफैँले पीसीआर परीक्षण पनि सुरु गर्‍यो। शुक्रराज अस्पतालमा १७ महिना काम गरेपछि उनी उमेरहदका कारण अवकाशमा गए।

स्वास्थ्य क्षेत्र संघीय प्रणालीको मारमा परेको उनी बताउँछन्। तीन तहका सरकारबीच समन्वय नहुँदा स्वास्थ्य क्षेत्र भद्रगोल जस्तो भएको उनको अनुभव छ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्