• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

देउवालाई विश्वासको मत दिन्छौं, केही समयलाई हाम्रो पार्टी अलग पनि हुनसक्छ : मेटमणि चौधरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असार ३०, २०७८  २०:२९
1140x725

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षका २३ जना सांसदलेसमेत हस्ताक्षर गरेको रिट निवेदनमाथि सुनुवाइ गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर हुने फैसला सुनाएको छ। सर्वोच्चको त्यही फैसलाको जगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको छ। एमालेमा अन्तरसंघर्ष चुलिएका बेला गरिएको यो हस्ताक्षरको नतिजा एमाले संघर्ष सुल्झाउने भन्दै दोस्रो तहका नेताहरुबीच सहमति भएको भोलिपल्ट आएको हो। यसले आमजनमा संशय छ, एमालेमा सहमति भएपछि नेपालपक्षले देउवालाई विश्वासको मत दिन्छ या सहमति नै तोडिन्छ? देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २३ जना सांसदमध्ये एक मेटमणि चौधरी पनि हुन्। उनी संविधान जोगाउनका लागि कुनै पनि हालतमा देउवा सरकारलाई विश्वासको मत दिनुपर्ने बताउँछन्। प्रस्तुत छ, सांसद चौधरीसँग नेपाल लाइभका डिबी खड्काले गरेको संवाद:

आफ्नै पार्टीको सरकार ढलेकोमा दु:खी हुनुहुन्छ कि आफ्नो हस्ताक्षरका कारण देउवा प्रधानमन्त्री भएकोमा खुसी हुनुहुन्छ?
म दु:खी र खुसीभन्दा पनि मुलुकमा एक खालको 'मोनोपली' निरंकुश शासनको तयारी भइरहेको थियो, त्यो परास्त भएको छ। मुलुकलाई सञ्चालन गर्ने महत्त्वपूर्ण संविधानलाई धुजा-धुजा गर्ने, मुलुकको प्रणाली कोल्याप्स पार्ने, सबै प्रकारका कानुनलाई अमान्य ठान्ने र कानुन, संविधानभन्दा पनि आफ्नै तरिकाले अध्यादेशमार्फत् देश चलाउने अवस्थाको अन्त्य भएको छ। यस मानेमा म धेरै खुसी छु।

जहाँसम्म देउवा प्रधानमन्त्री बनेको कुरा छ। एमालेपछि ठूलो दल कांग्रेस नै भएकाले उनी प्रधानमन्त्री बन्नु स्वाभाविक हो।

तपाईंहरुको असन्तुष्टि केपी ओली र उनको सरकारप्रति थियो तर, ओली सरकार ढल्दै गर्दा एमालेको सरकार पनि ढलेको छ। यस मानेमा त अलिअलि दु:ख होला नि?
मलाई कत्ति पनि दु:ख लागेको छैन। जुन सरकार र व्यक्तिका कारण मुलुक ध्वस्त बन्दै थियो, मुलुकको प्रणाली कोल्याप्स हुँदै थियो। त्यसबाट मुलुक जोगिएको छ।

मुलुक त जोगियो भन्नुभयो, अब तपाईंको पार्टी जोगिएला त?
पार्टीलाई फेरि पनि ठीकठाक पार्नुपर्छ। जसरी मुलुकको प्रणालीलाई ट्र्याकमा ल्याउने काम भएको छ, अब नेकपा एमालेलाई पनि लिकभित्रै ल्याउनुपर्छ। त्यसका लागि उच्चस्तरको छलफल, उच्चस्तरको संस्कृति हामीले अवलम्बन गर्नुपर्छ। ‘मै सबथोक हुँ, म मात्रै जान्ने हुँ, मैले मात्रै बुझेको छु’ भन्ने जुन मनोविज्ञान थियो, हिजोअस्तिदेखि त्यसको तापक्रम घटेको होला। त्यो तापक्रम ठीक ठाउँमा आउन चार-पाँच दिन लाग्ला। त्यसपछि संवादको संस्कृति अघि बढाउँछौं र नेकपा एमालेलाई व्यवस्थित बनाउँछौं।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर प्रतिनिधि सभा विघटन बदर गराउन सफल हुनुभयो। तर, तपाईंहरुले विश्वासको मत दिनुभएन भने त्यसको आयु त थप एक महिना न लम्बिएको हो। विश्वासको मत दिनुहुन्छ?
हामी विश्वासको मत दिन्छौं। देउवालाई प्रधानमन्त्री बनाउने कुरामा हाम्रो ठूलो भूमिका छ। किनभने, कांग्रेस, माओवादी र जसपाको एक पक्षले मात्रै त्यसो गर्न पुग्दैनथ्यो। त्यसपछि मुलुक त जोगाउनुपर्‍यो नि भनेर अदालतमै पुगेर हस्ताक्षर गर्ने काम गरेका हौं। देउवालाई प्रधानमन्त्री बनाउने कुरा मात्रै महत्त्वपूर्ण होइन, मुख्य कुरा भनेको प्रतिनिधि सभा पाँचै वर्ष कसरी टिकाउने भन्ने हो। आउने प्रधानमन्त्रीले फेरि पनि यस्तो हर्कत नगरुन् भनेर रोक्ने हो। जबर्जस्ती कानुन मिचेर प्रतिनिधि सभा भंग गर्ने आँट अबको पचासौं वर्षपछि आउने प्रधानमन्त्रीले पनि गर्न नसकून् र नपाउन् भनेर हस्ताक्षर गरेका छौं। त्यसैले देउवाले मागेको विश्वासको मतका पक्षमा हामी सबैले भोट हाल्छौं। त्यो भोट केवल २३ होइन, ४० को संख्यामा पुग्ने अवस्था छ। त्यसैले यो सरकार २०७९ साल मंसिर २१ सम्म चल्छ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने र एमालेमा सहमति जुटाउने कुरा आफैंमा विरोधाभास भएन र? 
विरोधाभाष हुँदैन। किनकि, हामीले जे गरिरहेका छौं, यो संविधानका पक्षमा छ। सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनका पक्षमा छ। पार्टी मिलाउने कुरा र संविधान जोगाउने कुरा फरक पाटो हो। देउवालाई विश्वासको मत दिएपछि पार्टी एकता नै नहुने कुरा हुँदैन। पार्टी एकता हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सकेसम्म एमालेले नै देउवालाई विश्वासको मत दिने वातावरण बनाउँछौं। त्यसो भएन भने पनि ४० जनाले विश्वासको मत दिन्छौं र सरकार टिकाउँछौं।

अध्यक्ष ओली पक्षले असंवैधानिक फैसला भनेको छ। केही जनवर्गीय संगठनले फैसलाको प्रतिवाद गर्ने घोषणा गरेका छन्। तपाईं फैसलाको मर्म जोगाउन लाग्ने भन्नुहुन्छ। यसरी बाटै अलग भएपछि पार्टी एकताको कुरा त कता-कता भयो नि होइन?
हाम्रो अन्तिम प्रयास पनि एमालेलाई एक ठाउँमै राख्ने र राख्नुपर्छ भन्ने हुन्छ। अध्यक्ष केपी शर्मा ओलीको नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई गर्ने व्यवहार सन्तुलित भयो भने पार्टी एक ठाउँमा आउँछ। फेरि पनि जबर्जस्ती गर्ने, आफ्नै कुरा मात्रै लागू हुनुपर्छ भन्ने कुरा गर्ने, छलफललाई अघि बढाउने कुरा भएन भने केही समयका लागि पार्टी अलग पनि हुनसक्छ। त्यसबेला अलग पार्टी बनाउने बाध्यता हुनसक्छ। तर, हामी एकतामै जोड दिन्छौं।

बाहिर-बाहिर एकता भने पनि भित्र-भित्र फरक पार्टीको अभ्यास पनि थालेको हो?
हामीले त्यो तयारी गरेका छैनौं। अध्यक्ष नै नेपालको कम्युनिस्ट आन्दोलन मात्रै होइन, नेपालको प्रणाली (संघीय लोकतान्त्रिक गणतन्त्र)लाई नै खारेज गर्न लागिपरेजस्तो लाग्छ। कम्युनिस्ट पार्टीलाई सिध्याउनका लागि भारतसँग, त्यहाँको दूत सामन्त गोयलसँग, अन्य शक्तिराष्ट्रसँग कम्युनिस्ट आन्दोलन ध्वस्त गर्न र यसप्रति वितृष्ण जगाएर सधैंका लागि कम्युनिस्ट आन्दोलन सिध्याउन लागिरहेको जस्तो देखिन्छ। यदि त्यो उहाँको पूर्वतयारी हो भने नेकपा एमाले एक हुन सक्दैन। ध्वस्तै गर्न लागेपछि एक हुने कुरै भएन। ध्वस्त गर्ने चाहना होइन भने एक ठाउँमा रहन्छ।

एकता कार्यदल छ, त्यसले आगामी कदम पार्टीको निर्णयबाट मात्रै चालिने सहमति गरेको छ। बहुमत ओलीसँग छ। तपाईंले विश्वासको मत दिने निर्णय पार्टीबाट हुन सक्दैन। यसको अर्थ अब तपाईं नेकपा एमाले त्याग्न तयार भएर बसेको रुपमा बुझे हुने हो?
हामीले त्यो सोचेका छैनौं। मैले अनुमान पनि गरेको छैन। एमालेमा बस्ने अवस्था नआएपछि, घरभित्र छिर्नका लागि झ्यालढोका सबै बन्द गरेपछि, गेटसमेत बन्द गर्ने अवस्थामा राजनीति गर्ने मान्छेले राजनीति गर्न अर्को पार्टी बनाउँछ। त्यसबेला अर्को पार्टी मात्रै होइन, ओलीबाहेक जति कम्युनिस्ट पार्टी छन्, हाम्रो पहिचानसँग निकट रहेका (जस्तो: बाबुराम भट्टराई र उपेन्द्र यादव)सँग पनि एकता हुनसक्छ। फेरि पनि मुलुकको ठूलो पार्टीका रुपमा स्थापित हुन्छौं।

Xtrem

Xtrem

यदि ओलीले आफ्नो गल्ती महसुस गरे, उनले ‘तपाईंहरुको चित्त दु:खाएँ, देशको प्रणालीमाथि घात गरें’ भन्दै सार्वजनिक रुपमा माफी मागेमा एमालेमा रहेर पहिलो पार्टीका रुपमा स्थापित गर्न लागिपर्छौं। हामी रहेको पार्टी दोस्रो वा तेस्रो पार्टी हुँदैन। पहिलो नै हुन्छ।

ओलीसँग अलग भयौं भने चारवटा पार्टीसँग एकता हुन्छ। निर्वाचनमा कांग्रेससँग गठबन्धन हुनसक्छ। कम्युनिस्छ पार्टीप्रति माया मारिसकेका जनताहरुलाई फेरि गोलबन्द गर्नेछौं। एमालेमा रहँदा एउटा चुनौती के छ भने ओली अहिले यति बदनाम भइसकेका छन् कि ओलीलाई लिएर चुनाव सामना गर्ने अवस्थामा हामी छैनौं। ओलीकै नामबाट चुनावमा जाँदा नेकपा एमाले धुलोपीठो हुन्छ। पार्टी नै सिद्धिने अवस्था छ। यी सबैलाई हामी क्रिटिकल्ली विश्लेषण गरेर अघि बढ्छौं।

ओली अलोकप्रिय भन्नुको अर्थ अब अध्यक्षको रुपमा माधव नेपाललाई अघि सार्नुपर्छ र आगामी निर्वाचन उनकै नेतृत्वमा लड्नुपर्छ भन्न खोज्नुभएको हो?
एउटै मान्छे सधैंभरि नेता र नेतृत्व हुनुपर्छ भन्ने छैन। कि चिनियाँ राष्ट्रपति सी चिनफिङ जस्तै सफल हुनुपर्‍यो। ली क्वान यू जस्तै सफल हुनुपर्‍यो। ठूलो पार्टी बनाएर सांसद भएर संसद् छिर्ने, निस्कँदा सानो पार्टी भएर निस्कने भएपछि यस्ता नेताको कामै भएन। केपी ओलीकै व्यवहारले गर्दा पार्टी पनि सकियो। मुलुक पनि ध्वस्त भयो। मुलुकका सबै संरचनाहरु ध्वस्त भए। माधव नेपाल र जेएन कमरेडबाहेक अरु मान्छे पनि आउन सक्छन्। त्यो बहसको विषय भयो। तर, ओलीबाहेकको नेतृत्व आउनुपर्छ।

पार्टी एकता र विश्वासको मत दिने अलग-अलग कुरा हुन्। हामी संविधानलाई क्रस गर्न सक्दैनौं। अहिले सर्वोच्चको फैसला आएको छ। देउवा संविधानको धारा ७६ को उपधारा ५ लाई टेकेर प्रधानमन्त्री बन्नुभएको छ। त्यो धारामा आएपछि हामी स्वतन्त्र भइसकेका छौं।

दुवै पक्षको कार्यदलले तयार गरेको १० बुँदे सहमतिमा तपाईंकै नेताहरुले सहमति जनाउनुभएको थियो। त्यस विषयलाई लिएर माधव नेपाललगायत तपाईंले समेत असहमति जनाउनुभयो। खास के विषयमा असन्तुष्ट हुनुहुन्थ्यो?
हामीले हदैसम्मको लचकता देखाएका छाैं। जस्तै, नेकपा एमाले भन्दाबित्तिकै २०७५ साल जेठ २ गतेको पार्टी हो नि। जेठ ३ गते होइन। तर, हामी एमाले मिलोस्, एमाले मिल्नुपर्छ भनेर ३ गते मनोनीत गरेका ४४ जना केन्द्रीय सदस्यलाई समेत मान्न तयार भयौं। यतिमात्रै होइन, माओवादी समूहबाट आएका नेकपा हुँदा जो-जो जुन कमिटीमा थिए, जुन पोजिसनमा थिए, तिनलाई समेत स्वीकार गरेका छौं। त्यसमा हामीले गुनासोसमेत गरेका छैनौं। एमालेभन्दा अघि बढेर केपी ओलीले निर्णय र मनोनीत गरेका केन्द्रीय सदस्य मान्ने यो भन्दा लचकता के हुनसक्छ?

एमाले एक ठाउँमा आउँछ, आउनुपर्छ भनेरै लचकता अपनाएका छौं। एमाले एक हुनुपर्छ भन्ने चाहना भएकाले लचकता अपनाएका हौं। जेठ २ गतेको एमाले बनाउने भनेपछि २०५ जनाको केन्द्रीय कमिटिमा टेक्नुपर्‍यो नि! गत माघ २३ गते एमाले र माओवादी केन्द्रलाई अदालतले ब्युँताएपछि फागुन २८ गते एउटा गुटको बैठक बसेर, केपी ओलीका कोटरीका मान्छे मात्रै बसेर मनोनीत गरेका मान्छेलाई स्वीकार गर्न पनि हामी तयार भयौं। एमाले विभाजन नहोस् भनेर स्वीकार गर्न तयार भएका हौं। तर, हामीले सबै कुरा मान्दा पनि केपी ओली मान्न तयार भएनन्। उनी मान्दैनन्। कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने कसम, क्रिया र प्रतिबद्धता जाहेर गरेका छन्। त्यसैले एमाले एकता चाहँदैनन्।

नेपालपक्ष नै दुई ध्रुवमा विभक्त भन्ने सुनिन्छ। एउटा पक्ष छ, जो एमाले छोड्न तयार छ तर माधव नेपाल नछाड्ने। अर्को एमाले छाड्ने दिन आउँदा बरु माधव नेपाल नै छाड्ने। पार्टी नै विभाजन नै हुने अवस्थामा नेपालपक्ष पनि त विभाजित होला?
राजनीतिमा जस्तोसुकै पनि हुनसक्छ भन्ने देखिसकेका छौं। माधव नेपालपक्षमा धेरै बहस र छलफल हुन्छ। यहाँ भएका २३ जना सांसदहरु नै आ-आफ्नो धारणा राख्छाैं। कुरा राखेकै कारण २३ जनामै विभाजन भयो भन्ने विश्लेषण गर्न मिल्दैन। एमालेमै रहने कि अर्को पार्टी बनाउने यो खालको छलफल हुने नै भयो। अर्को पार्टी बनाउँदा के-के चुनौतीहरु हुन सक्छन्? अवसरहरु के-के हुन सक्छन्? अथवा यही एमालेमा रहँदा के-के मिल्नसक्ने सम्भावनाहरु हुन सक्छन्? हाम्रो पोजिसन के हुनसक्छ? सबै कोणबाट विश्लेषण हुन्छ। यही विश्लेषण हुँदा आ-आफ्नो धारणा राख्दा धेरै ध्रुवमा विभाजित भयो भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा पार्टी एकता रोज्नुपर्ने अवस्था आएमा कुन रोज्नुहुन्छ?
पार्टी एकता र विश्वासको मत दिने अलग-अलग कुरा हुन्। हामी संविधानलाई क्रस गर्न सक्दैनौं। अहिले सर्वोच्चको फैसला आएको छ। देउवा संविधानको धारा ७६ को उपधारा ५ लाई टेकेर प्रधानमन्त्री बन्नुभएको छ। त्यो धारामा आएपछि हामी स्वतन्त्र भइसकेका छौं।

ओलीसहितको पार्टी एक ठाउँमा ल्याउने हो भने एक वा दुई काम गरे पुग्छ। मैले मुलुकको जे जति अहित हुने काम गरेँ, त्यसमा माफी चाहन्छु भन्नुपर्‍यो। संविधान, लोकतन्त्र, पार्टीको विधिविधान मिचेर जुन काम गरेँ, त्यसको लागि माफ गरिदेऊ भन्नुपर्‍यो।

अहिले कसैको बहुमत भएन। दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बनाउने अवस्थाको अभ्यास गरिसक्यौं। कुनै पनि सांसदले विश्वासको मत प्राप्त गरेमा प्रधानमन्त्री हुने अवस्थामा पुर्‍याएका छाैं। अहिले हामी स्वतन्त्र सांसदको ठाउँमा पुगेका छौं। यसमा पार्टीको ह्वीप पनि लाग्दैन। कानुनीरुपमा असंवैधानिकसमेत हुँदैन। सर्वोच्चले गरेको पछिल्लो फैसलाले पार्टीका सांसदलाई कारबाहीसमेत गर्न मिल्दैन भनिसकेको छ। एक हिसाबले हामी स्वतन्त्र निर्णय गर्नसक्ने भएका छौं।

तर, एमालेलाई एकताबद्ध बनाइराख्न जस्तोसुकै त्याग गर्न पनि तयार छौं। जसरी हामीले त्याग गरिरहेका छौं, त्यही खालको त्याग ओलीले पनि गर्नुपर्‍यो। पार्टीको अध्यक्ष भइसकेपछि पार्टी विभाजन गर्ने होइन नि? एकताबद्ध बनाउनुपर्ने हो। तर, उहाँले माओवादी केन्द्र र एमालेबीचमा विखण्डन गर्नुभयो। बाँकी रहेको एमालेलाई विखण्डन गर्न लाग्नुभएको छ। एमाले विभाजनको पोजिसनमा ल्याउनुभएको छ। हुँदाहुँदा आफ्नै पार्टीका असल मान्छेहरुलाई लखेट्ने काम गरिरहनुभएको छ। यी सबै कामको जिम्मा ओलीले लिनुपर्छ।

ओलीसहितको पार्टी एक ठाउँमा ल्याउने हो भने एक वा दुई काम गरे पुग्छ। मैले मुलुकको जे जति अहित हुने काम गरेँ, त्यसमा माफी चाहन्छु भन्नुपर्‍यो। संविधान, लोकतन्त्र, पार्टीको विधिविधान मिचेर जुन काम गरेँ, त्यसको लागि माफ गरिदेऊ भन्नुपर्‍यो। त्यति भनेर आत्मालोचना गरे पुग्छ। त्यसपछि एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्‍यो। यही कमिटी नै सक्रिय हुन्छ र क्रियाशील हुन्छ। त्यति भए सकियो।

यस्तो अवस्थामा फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री भए स्वीकार गर्न गाह्रो हुँदैन। गल्ती गरिराख्ने, बदमासी गरिख्ने अनि त्यसको आत्मालोचना नगर्नेले अरुलाई अलोचना गरेर हुन्छ? ओलीले गलत काम गरिराख्ने र हामी उनको पछि-पछि दौडीराख्ने कुरा हुँदैन।

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्