• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
सन्दर्भ : भानु जयन्ती

यी हुन् भारतमा भानुभक्तका सालिक ठड्याउने कलाकार

ज्ञानेन्द्र विवश मंगलबार, असार २९, २०७८  ०९:००
1140x725
आसामको गाहापुर र दिमा हसाओमा राखिएका भानुभक्तका सालिक।

आदिकवि भानुभक्त आचार्यका सालिक भारतका धेरै ठाउँमा राखिएका छन्। त्यहाँका नेपाली भाषीले भानुभक्त आचार्यलाई एकताका प्रतीक मान्छन्। उनको सम्झनामा हरेक वर्ष २९ असारमा धुमधामले भानु जयन्ती मनाइन्छ। 

भानु जयन्तीमा विभिन्न कार्यक्रम गर्नुका साथै भानुका सालिकमा माल्यर्पण गरिन्छ। भारतका दार्जिलिङ, कालिम्पोङ, सिलगढी, सिक्किम, मणिपुर, शिलाङ, गुवाहाटी आदि स्थानमा भानुको सालिक राखिएका छन्। यी सालिकले आदिकविको सम्झना गराइरहे पनि उनलाई आकार दिने कलाकारको भने कतै चर्चा हुँदैन। न त सालिकमा कलाकारको नाम नै राखिने गरिन्छ। 

दार्जिलिङको चौरस्ता चोकमा नौ फिट अग्लो सालिक राखिएको छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा प्रतिस्थापित सो सालिकलाई पश्चिम बंगालस्थित कृष्णनगरका चर्चित मूर्तिकार मृगांक पालले बनाएका हुन्। 

यसअघि यही ठाउँमा भानुको अर्धकदको सालिक थियो। त्यसलाई पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री डा. कैलाशनाथ काटजुको सहयोगमा १७ जुन १९४९ मा स्थापना गरिएको थियो। सो सालिक सन्तपल स्कुलका ई.एफ. थमसनले निर्माण गरेका थिए। 

दार्जिलिङको चौरस्तामा भानुको सालिकमा तस्वीर लिँदै पर्यटक।

तर, गोर्खा पावत्र्य परिषद्को आन्दोलनमा उक्त सालिक तोडफोड गरियो। त्यसपछि मृगांक पालले बनाएको पूर्णकदको सालिक राखिएको हो। पालले बनाएका भानुका सालिक सिलगढी, नक्सालबाढी, खर्साङमा पनि प्रतिस्थापन गरिएको छ। उनले भारतका विभिन्न सहरमा राखिएका राजा हर्षबद्र्धन, महात्मा गान्धी, इन्दिरा गान्धी, सुवासचन्द्र बोस आदिका सालिक पनि बनाएका छन्।

डा. टेकनारायण उपाध्यायका अनुसार शिलाङमा रहेको भानुको सालिक ‘अखिल शिलाङ भानु जयन्ती समारोह समिति’ले स्थापना गरेको हो। यो सालिक गोर्खा पाठशालाको प्राङ्गणमा प्रतिस्थापन गरिएको छ। उक्त समितिको अध्यक्ष भइसकेका डा. उपाध्यायकै कार्यकालमा सन् २००४ मा सालिक स्थापना गरिएको हो। तर, बनाउने कलाकारबारे कुनै जानकारी दिइएको छैन। डा. उपाध्यायले सालिक समितिकै सम्पत्ति भएको बताए। 

भारतको बिरपाडा डुवर्स निवासी कलाकार किर्पेन्द्र गुरुङले भानुका धेरै सालिक बनाइसकेका छन्। उनले बनाएका भानुका मूर्तिको त्यहाँ निकै ख्याति र माग छ। उनी मूर्तिकलासँगै चित्रकलाको पनि साधना गरिरहेका छन्। उनी भन्छन्, ‘मेरो प्रथम अभ्यास भनेकै आदिकवि भानु बाजे हुन्। प्रशिक्षणकै बेला मेरो गुरु सुब्रतो मण्डलको रेखदेखमा मैले सिमेन्टबाट आदिकवि भानुभक्तको अर्धकद्को सालिक बनाइ कालेबुङ बीटी कलेज कार्यालयको अघि राख्न पाएँ।’

बिरपाडा डुवर्सका कलाकार किर्पेन्द्र गुरुङ आफूले बनाएका सालिकअघि तस्वीर खिचाउँदै।

अहिलेको जागरुक र सचेत जमातमा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्नुपर्ने सोच आउँदा नै मूर्तिकलालाई प्रोत्साहन मिलेको गुरुङ बताउँछन्। समाजलाई योगदान दिने विभिन्न व्यक्तिहरुको सालिक स्थापना गर्ने चलन पुरानो होइन। अहिले मूर्तिकारहरुको पनि सम्मान हुन थालेको उनको अनुभव छ। 'भानुजस्ता व्यक्तिको सम्झनामा सालिक बनाउँदा मूर्तिकलाको पनि सम्मान हुन्छ। एउटा कलाकारको कला तबसम्म बाँच्छ, जबसम्म अवसरहरू प्राप्त भइरहन्छ,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष भानुको अर्धकदका दुई वटा सालिकको माग भएपछि उनले बनाएर दिएका थिए। एउटा सालिक सिलिगुढी पानीघट्टा मोडमा र अर्काे अलिपुरद्वार जिल्लाको रामझोडामा राख्ने योजना थियो। उनी भन्छन्, ‘यसपालि सात वटाभन्दा बढी भानुको सालिकको माग अनि कुराकानी चल्दै थियो। अचानक कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी लकडाउनको कारणले प्रायः सबै ठाउँमा सालिक राखिने कार्यक्रम ठप्प बनेको छ।’ उनका अनुसार दिल्ली, गान्तोक, सिलिगुढी अलिपुरद्वार र जलपाइगुढी जिल्लाको केही ठाउँमा सालिक राखिने योजना थियो। 

चित्र र मूर्तिका अर्का कुशल शिल्पी हुन्, अमिर सुन्दास। उनी डुवर्सले जन्माएको बहुआयामिक प्रतिभा हुन्। सुन्दासले पश्चिमोत्तर भारतका धेरै भूभागमा आदिकविको आकृति बनाइसकेका छन्। उनले बनाएका भानुका सालिक स्थानीय चोक, गल्ली र प्राङ्गणमा शोभायमान बनेका छन्।

कालेबुङस्थित भानुको प्रतिमा।

‘म नौ–दस कक्षा पढ्दासम्म चित्र कोर्ने भइसकेको थिएँ। लाइभ स्केच गरेर मान्छेका अनुहार उतार्थें। उनीहरू मलाई सय, दुईसय रूपैयाँ दिन्थे।’ उनी भन्छन्। उनी गाडीका नम्बर प्लेट र पोष्टरहरू पनि बनाउथे। वालपेन्टिङ र साइनबोर्ड लेख्थे। त्यसरी जम्मा भएको पैसा स्कूलको पढाइमा खर्च गर्थे। कापी-कलम, लुगाफाटो किन्थे। वास्तवमा उनले चित्रकलाको सिर्जना अभ्यास गरेनन्, काम गरे। काम गर्दागर्दै अभ्यस्त हुँदै गए। 

उनले मूर्ति पनि बनाउने गरेको मानिसहरुले थाहा पाउँदै गए। अनि धमाधम माग आउन थाल्यो। हरेक मूर्ति कसरी राम्रो गराउने भन्ने ध्याउन्नमा हुन्थे। त्यसपछि चित्रकारबाट मुर्तिकारतिर बढी समय दिन थाले। ‘अनि चित्रकार कम र मूर्तिकार बढी भइसकेँछु,’ उनी भन्छन्। उनले अहिलेसम्म ६०–७० वटा मूर्ति बनाइसकेका छन्। उनले खासगरी भानुभक्त, महाकवि दक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवाल, अरूणा लामाका मूर्ति बनाएका छन्। 

Xtrem

Xtrem

उनले बनाएको एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूमा बिक्री हुन्छ। कला सिर्जनामा समर्पण भएबापत उनी पुरस्कृत पनि भइसकेका छन्। पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङ्देल स्मृति प्रतिष्ठानले ‘लैनसिंह बाङदेल स्मृति पुरस्कार’ दिएको थियो। 

सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्।

त्यस्तै सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्। त्यहाँ भानुजयन्तीमा नेपाली भाषा, साहित्य र जातिय एकताका लागि वृहत कार्यक्रम पनि हुने गरेका छन्। 

सिक्किमकी कलाकार दीपा साराजा बुङछेन राई त्यहाँ भानु जयन्तीको विशेष महत्व भएकाले भव्यताका साथ मनाइने बताउँछिन्। गान्तोकको भानु उद्यानमा सन् १९८१ मा तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको तत्परतामा भानुको सालिक स्थापना गरिएको थियो। नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल भानुको यो पहिलो सालिक भएको बताउँछन्। यो सालिकका मूर्तिकार कोलकोत्ता निवासी मुक्ति पाल हुन्।

उता मणिपुरका भवानी अधिकारीका अनुसार त्यहाँ सन् १९६० बाट धुमधामले भानु जयन्ती मनाइन्छ। पहिले दार्जिलिङतिरबाट फोटो लगेर कार्यक्रम गरिन्थ्यो। अहिले इन्टरनेटबाट निकालेर फोटो सजाइन्छ। कलाकार बुद्धि थापाका अनुसार नागाल्याण्ड, डिमापुरतिर पनि तस्वीरमा माल्यार्पण गरेर भानुजयन्ती मनाइन्छ। 

असममा भने धेरै स्थानमा भानुभक्तका सालिक छन्। त्यहाँका स्थानीय देवेन सापकोटाका अनुसार तिनसुकिया जिल्ला जागुनको उदयपुरमा सन् १९९३ मा सालिक राखिएको थियो। त्यस्तै डिगबो, सोणितपुर, गामिरी, लोख्रा–चारदुवार, डिमाहासाओ जिल्लाको उम्राङ्सु ,कासार जिल्लाको सिलसरस्थित हरिनगरमा पनि भानुका सालिक राखिएका छन्।

कालिङपोङस्थित लिंगसे, त्रिकोण पार्कमा आदिकविको अर्धकदको सालिक अवस्थित छ। सामसिङ्ग चिया कमानको भानुभनगर र नबुमा रवीन्द्र–भानु मञ्च, बाग्राकोटको भानु मैदानछेउमा पनि सालिक राखिएको छ। गत साल चिलाउने चियाबारीमा पनि सालिक अनावरण भएको छ। सिलगढीका विभिन्न स्थानमा पनि आदिकविका आकृति सम्मानपूर्वक राखिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण बिहीबार, असोज १५, २०८३
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै बिहीबार, असोज १५, २०८३
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्